प्रस, वीरगंज, १६ जेठ/
क्षेत्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि वीरगंजमा शुरु भएको छ। पूर्व खेलकुदमन्त्री सांसद पुरुषोत्तम पौडेलले नारायणी रङ्गशालामा आज एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरे।
उद्घाटन मन्तव्य दिंदै सांसद पौडेलले नेपाली खेलाडीहरूले आफूभन्दा ठूला र शक्तिशाली राष्ट्रहरूलाई खेलको माध्यमले जित हासिल गरी नेपालको गरिमा बढाउँदै आएको बताए। उनले नेपाललाई विश्वसामु चिनाउन खेलकुदको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै वीरगंजमा खेलकुद प्रतियोगितालाई निरन्तरता दिए मात्र यस क्षेत्रमा खेलको विकास हुने बताए। सांसद बिचारीप्रसाद यादवले वीरगंज प्रतियोगिताविहीन बन्दै गएको बताए। उनले खेलकुदलाई नगर, जिल्लास्तरमा भए पनि निरन्तरता दिनुपर्ने बताए। दुईवटा रङगशाला भएको वीरगंजमा खेलकुद शून्य हुनु लज्जास्पद भएको बताउँदै सांसद यादवले रङगशालाको जीर्णोद्धारका लागि बजेट विनियोजन गराउन लगाउने बताए। उनले खेलको स्तर बढाउन सरोकारवाला सबै सङ्घसंस्थालाई अगाडि आउन आह्वान गरे।
मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजराको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य दिनेश राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
आजदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराँते, उसु, क्रिकेट, फूटबल, कबड्डीलगायत खेल हुने मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजराले बताए।
नारायणी रङगशाला र जिल्ला खेलकुद विकास समिति पर्साको कभर्डहल गरी दुई ठाँउमा प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा १९ जिल्लाका करिब १७ सय खेलाडी र प्रशिक्षकहरू सहभागी छन्। आज र भोलि सञ्चालन हुने प्रतियोगिताको भोलि समापन हुनेछ ।