अनन्तकुमार लाल दास |
आजभोलि सामाजिक सञ्जालहरूमा केही कार्टुन निकै चर्चामा छ। त्यस्तै एउटा कार्टुन छ, एउटा सुनसान गल्लीबाट हिंडिराखेको एउटा लुटेराले रिवाल्भर तेर्साउँदै भन्छ–“पर्स निकाल।” त्यो व्यक्तिले विनम्रतापूर्वक भन्छ–“भाइ, मसँग के छ लुट्छौ, आज नै स्कूलमा फी तिरेर आएको छु।” त्यस्तै अर्को कार्टुन चर्चामा छ। विद्यार्थीको बुवाले अखबारमा पढ्दै गरेको हुन्छ, बोर्डिङग स्कूलहरूको मनोमानी। त्यही बेला स्कूलले पठाएको बिल लिएर आमा आउँछिन् र भन्छिन्–“सुन्नु भो १ विद्यालयले डायरीमा लेखेर पठाएको छ– अबदेखि विद्यालयले नै तोकेको पसलमा हेयर कटिङ गराउनुपर्त रे १” यी दुई कार्टुनले बोर्डिङग स्कूलहरूको शोषण गर्ने प्रवृत्ति उजागर गरेको छ।
कार्टुनको कुरा छोडौं, हाम्रै शहरमा विद्यालयहरू बर्सेिी पाठ्यपुस्तक परिवर्तन गर्छन्। कुनै वर्ष खास–खास विषयको पुस्तकमा हेरफेर गरिन्छ र यसरी हेरफेर गरिएका किताबहरूको मोल अस्वाभाविक रूपमा महँगो हुन्छ। कुनै विद्यालयले बर्सेनि कुनै न कुनै यस्तो शुल्क लिइरहन्छ र सो अनुसारको सुविधा व्यावहारिकरूपमा विद्यालयले दिइरहेको हुँदैन। कसैले बर्सेनि विद्यालय–पोशाक फेर्छ र उसले नै तोकेको पसलमा कपडा किन्नुपर्ने र उसैले भनेको टेलरिङगमा सिलाउनुपर्ने उर्दी जारी गर्छ । त्यतिमा पनि सुख छैन। मोजा, रूमाल र झोला पनि विद्यालयले भनेकै पसलबाट किन्नुपर्छ। यति भइसकेपछि जुत्ता किन छुटोस् ? बोर्डिङगमा गतिलो शुल्क तिरेर पढाउन पठाइएको विद्यार्थीले अतिरिक्त ट्युशन किन पढ्नुपर्ने ? तर के देखिएको छ भने बोर्डिङग स्कूलका विद्यार्थीहरू सरकारी विद्यालयका शिक्षकहरूसँग बिहान–बेलुका ट्युशन पढ्न तँछाड–मछाड गरिराखेका हुन्छन्। स्वयं बोर्डिङगका शिक्षकहरू पनि आफैंसँग ट्यूसन पढ्न उक्साउँछन्। ट्युशन पढने विद्यार्थीलाई आफ्नो विषयमा आन्तरिक परीक्षामा राम्रो अङक दिने, प्रश्नहरूको पूर्व सूचना दिने र ट्युशन नपढ्ने विद्यार्थीलाई हेप्ने गरेको पाइन्छ। ए बाबा १ बोर्डिङग स्कूलमा पढ्नेले ट्युशन पढ्न अन्यत्र किन जानुपर्यो ?
एउटै टोलमा गुजमुल्टिएर विद्यालयहरू खुलेका छन्। न्यूनतम पूर्वाधार छैन कतिपय विद्यालयहरूमा। कोठामा गाइगोरुजस्तो कोंचिएर विद्यार्थीहरूलाई राखिएको हुन्छ। आवश्यक पङ्खाको व्यवस्था हुँदैन। जाडोमा झ्यालमा खापा हुँदैन। खुला झ्यालबाट जाडोयाममा चिसो हावा आउँछ । कोठामा आवश्यक प्रकाशको व्यवस्था हुँदैन। कोठाहरू अँध्यारा हुन्छन् । छेउछाउ फोहोरको दुर्गन्ध आइरहन्छ। विद्यालयको गेटमा विद्यार्थीहरूलाई लोभ्याउनेगरी फास्टफूडका नाङ्ले पसल खोलिएका हुन्छन्। त्यस्तै कम गुणस्तरका खाजाहरू खान विद्यार्थीहरूलाई बाध्य पारिएको हुन्छ। विद्यालयले सवारी शुल्क त लिन्छ तर शहरमा हिंड्ने गाडीहरूको अवस्था, त्यसमा विद्यार्थीहरूको बसाइ, सहयोगी चालकको व्यवहारलाई एकपटक हेर्नुस् । अनि गम्नुस् के भइरहेको छ ?
कम्प्यूटर शुल्क छ तर कम्प्यूटर कोठामा छिर्न निषेध। विद्यालयसँग आफ्नो खेलकूदको मैदान नै हुँदैन। जुन बेला मन लाग्यो विद्यार्थीहरूलाई व्यायाम गर्न बाध्य पारिन्छ। शिक्षकहरू योग्य हुँदैनन्। बोर्डिङगमा अङ्ग्रेजी माध्यममा पढाइन्छ, तर कहीं बिक्न नसकेर न्यूनतम तलबमा खट्ने शिक्षकहरू के अङ्ग्रेजी पढाउलान् ? प्राय: शिक्षकहरू अशुद्ध अङ्ग्रेजी मात्र होइन, सही तरिकाले अभिव्यक्त पनि गर्न जान्दैनन्। विषयगत ज्ञानको कमी हुन्छ। यो कसरी हुन्छ भने विद्यालय व्यवस्थापकहरू खोटो सिक्कालाई असली देखाउन विज्ञापनको सहारा लिन्छन्। त्यसैले स्कूल–भर्नाको बेला अनेकथरी विशेषण लगाएर विद्यालयहरूको प्रचार गरिन्छ तर त्यहाँ पनि कमसल विद्यालयहरूको ढोलको पोल खोलिरहेको हुन्छ। विज्ञापनका शब्दावलीहरूले नै ड्राफ्ट गरिएको सामग्री कमजोर रहेको पुष्टि गर्छ। त्यसले त्यहाँका शिक्षकको योग्यतालाई पनि प्रमाणित गरिरहेको हुन्छ।
विद्यार्थी तानातानको कस्तो घृणित खेल हुन्छ भने त्यसले बसस्टयान्डमा यात्रुका लागि हुने लुछाचुँडीलाई बिर्साउँछ । बसस्टयान्डमा जब कोही यात्रु पुग्छ सवारीका एजेन्टहरू, कसैको यात्रुलाई पाखुरा समाएर तान्छन्, कसैको झोला तान्छन्, कोही दाहिने तान्छ भने कोही देब्रे। त्यसैगरी बोडिङग स्कूलको पनि खेल चल्छ। यहाँ पनि अनेकथरी प्रलोभन दिएर विद्यार्थी भर्ना लिइन्छ। शुरुको एक दुई महिना शुल्क यथावत रहन्छ त्यसपछि बढाइन्छ। एउटा विद्यालयबाट अर्को विद्यालयमा भर्ना हुन जाँदा उपयुक्त र आवश्यक कागजात नभए पनि नामाङकन गरिदिने, चारित्रिक प्रमाणपत्र नखोज्ने, एउटा विद्यालयबाट अर्को विद्यालयमा शिक्षक फकाएर लग्दा सम्बन्धित विद्यालयलाई जानकारी नदिने, कुन तहमा स्थानान्तर हुने, कुन तहमा नहुने त्यसको कुनै लेखाजोखा हुँदैन। कसलाई प्रोमोशन दिने र कसलाई नदिने कुनै नियम हुँदैन। विद्यार्थीको नाम लेखाइन्छ बोर्डिङग स्कूलमा, समानान्तरमा त्यही विद्यार्थीको नाम सरकारी स्कूलमा पनि हुन्छ। त्यसका पछाडि पनि अनेकौं स्वार्थहरू छन्। वीरगंजकै कुरा गर्ने हो भने यहाँ भारतको महावाणिज्य दूतावास छ जसले प्रत्येक वर्ष केही विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्छ। त्यसका लागि विद्यार्थीले राम्रो अङक प्राप्त गरेको हुनुपर्छ। तर हुन्छ के भने छात्रवृत्ति प्राप्त गर्न बोर्डिङग स्कूलबाट गलत माक्र्सशीट बनाउन लगाइन्छ। अर्को सरकारी विद्यालयबाट परीक्षा दिइयो भने सोझै डाक्टर र इंजिनियर बन्न पाइन्छ भन्ने हल्ला सरकारी विद्यालयहरूले पनि आ–आफ्नो एजेन्टमार्फत् चलाउन थालेका छन्।
अरू पनि नयाँ चलन आएको छ। विद्यालयहरू चर्चामा ल्याउन, विद्यालयका हर्ताकर्ताले आफ्नो व्यक्तित्व बनाउन वा दैनिक आइपर्ने तनाव व्यवस्थापन गर्न हाइफाइ काम गरिराखेका हुन्छन्। त्यो भनेको केही यस्ता कार्यक्रम गर्ने जसमा नगरका प्रभावशाली पदाधिकारी वा पात्रलाई बोलाउने, स्थानीय एफएम र अखबारहरूलाई प्रयोग गर्ने, आफ्नो विद्यालयको प्रचारप्रसार गराउने, समय–समयमा भोजभतेरको आयोजना गर्ने, एकभन्दा विरोधी राजनीतिक शक्तिहरूको समन्वयमा बस्ने र उनीहरूलाई सहयोग गर्ने। विभिन्न गैसस वा सरकारी पक्षले कार्यक्रम आयोजना गर्दा बिनाप्रयोजन विद्यालयबाट नृत्य टोली पठाइदिने, जुलुसमा सहभागिता गराइदिने, सभागोष्ठीको भीड बढाइदिने र यस्ता काममा विद्यार्थी प्रयोग गर्ने। यसरी आफूले खुशी पार्नुपर्ने व्यक्ति वा संस्थाका लागि विद्यार्थीहरूलाई शोपीस बनाउने। यसले अर्को के सोच विकसित भएको छ भने कार्यक्रममा भीड देखाउनु छ भने वा कार्यक्रमलाई रोचक बनाउनु छ भने बोर्डिङग स्कूललाई भनि मात्र दिनुपर्छ।
समय–समयमा बोर्डिङग स्कूल सुधारका नाममा केही नौटङकी हुन्छ। त्यस्ता नौटङकीबाज पात्रहरू राम्ररी कमाउँछन्। आफन्तलाई जागिर लगाउँछन् अनि चुप लाग्छन्। केही शक्तिशाली भनाउँदाहरूका लागि बोर्डिङग स्कूल दुहुनो गाई भएको छ। तिनीहरूको बुझाइमा बोर्डिङग स्कूलहरू लुटेरा हुन्, पाए यिनलाई पनि लुट्नुपर्छ। त्यसैले यस्ताहरूले विभिन्न बहाना गरेर पत्र पठाउँछन्, मोलमोलाइ गर्छन् अनि मज्जाले कमाउँछन्। यस्ता समस्याबारे स्थानीय मिडियाले खोजखबर गर्नुपर्ने हो तर मिडियाको पनि रोचक कथा छ। विद्यालय–विद्यालय चहार्दै वार्षिक ग्राहक बनाउँछन् तर पत्रिका बिलसँग एकपटक मात्र आउँछ। आफूखुशी विज्ञापन छाप्छन् अनि विद्यालयमा पुगेर हैरान पार्छन्।
अरू कुरो पनि छ। किताब बिक्रेताहरू राम्रै भोजभतेर गर्छन् र खल्ती तताउँछन् । उच्च शिक्षाका लागि भारत लग्न प्रयत्नशील धेरै संस्थाहरूले विद्यालयहरूसँग समन्वय गरेर राम्रै चलखेल गर्छन्। बोडिङग स्कूल सुधारका लागि हुने सरकारी प्रयत्न सहयोगी छैन। उनीहरू पनि यस्तैमा मङगल गर्न चाहन्छन् । त्यसैले बोर्डिङगभित्र जवाफदेहिता कम हुँदै जाँदा विकृति झाँगिदै गएको छ। अभिभावकहरूको पनि खासै चासो देखिन्न । ठाउँ–ठाउँमा अभिभावक सङ्घ छ तर तिनीहरूको पनि आफ्नै रामकहानी छ। बोर्डिङग स्कूलबारे समाजमा जुन नकारात्मक धारणा विकसित भएको छ त्यो एक दिनमा भएको होइन।
यस आलेखको पृष्ठभूमि वीरगंज मात्रै होइन। त्यसैले यसलाई वीरगंजमैं केन्द्रित गरेर हेर्नुहुँदैन। कुनै पनि शहरमा यही समस्या देखा पर्छ। कुनै विद्यालयमा कुनै प्रवृत्ति होलाm भने कुनैमा अर्को। यस आलेखको उद्देश्य बोर्डिङग स्कूलहरूको छवि सुध्रियोस् र कमी–कमजोरीबारे खुला विमर्श होस् भन्ने मात्र हो। शैक्षिक क्षेत्रमा बोर्डिङग स्कूलले पुर्याएको योगदानबारे यसै स्तम्भमा प्रशस्त लेखिएको छ। आफ्नै कमी–कमजोरीबारे आफै उजागर गर्ने साहसले नै रचनात्मक दिशा दिन्छ। विद्यालयका बालबालिकाहरू भविष्यका सुन्दर फूल हुन्। बोर्डिङग स्कूलमा अत्यन्त दु:ख गरेर, महँगो शुल्क तिरेर अभिभावकहरू आफ्ना सन्तानलाई भर्ना गर्छन्। तसर्थ विद्यालय विशेषको सोच विद्यार्थी र अभिभावकप्रति सकारात्मक हुनुपर्यो।