उमाशङ्कर द्विवेदी
अर्जुनले भने– “राधापुत्र, अहिले भर्खरै तिमी मेरै सामुन्ने मसितको युद्धबाट भागेर गएका थियौ र तिम्रो ज्यान बच्यो, केवल तिम्रो भाइ मात्र मारियो । तिमीबाहेक को अर्को मान्छे होला, जो भाइलाई मार्न लगाएर युद्धबाट भागेको होस् र सत्पुरुषहरूको सामुन्ने उभिएर यस प्रकारको अनर्गल कुरा गरिरहेको होओस् ।”
यति भनेर अर्जुनले कर्णमाथि कवचलाई पनि छिन्नभिन्न गरिदिने खालका बाणहरूको प्रहार गर्न थाले । कर्णले पनि बाणवृष्टि गर्दै अर्जुनसित भिडिहाले । अर्जुनले अलगअलग बाण हानेर कर्णको घोडाहरूलाई मारिदिए, हस्तत्राण काटिदिए । अनि कर्णले पनि बाण हानेर अर्जुनको हात बाँधिदिए । तत्पश्चात् अर्जुनले कर्णको धनुष काटिदिए । आफ्नो धनुष काटिएको देखेर कर्णले अर्जुनमाथि शक्ति प्रहार गरे । अर्जुनले आफ्नो बाणवर्षाले त्यस शक्तिलाई पनि टुक्राटुक्रा पारिदिए । यो देखेर कर्णका अनुगामी योद्धाहरू एकैपल्ट अर्जुनमाथि आक्रमण गरिदिए तर अर्जुनको गाण्डिवद्वारा हानिएका बाणहरूबाट ती जम्मै योद्धाहरू यमराजका पाहुना बन्न पुगे । अनि अर्जुनले धनुषको डोरी आफ्नो कानसम्म तानेर एउटा तेजस्वी बाण कर्णको छातीमा हाने । त्यो बाण कवचलाई छेडेर कर्णको शरीरभित्र छिर्यो । कर्ण मूर्छा परे र उनको आँखाअगाडि अँध्यारो भयो । भित्रभित्रै पीडा सहन गर्दै उनी युद्ध गर्न छाडेर उत्तर दिशातर्फ भागिहाले । महारथि अर्जुन र उत्तरकुमार उच्च स्वरले गर्जना गर्न थाले ।
कर्णमाथि विजय पाएपछि अर्जुनले उत्तरकुमारसित भने– “जहाँ रथको ध्वजामा सुवर्णमय ताडी रूखको चिह्न देखिइरहेको छ, त्यसै सेनाको बीचमा मलाई लग । त्यहाँ मेरो पितामह भीष्मज्यू हुनुहुन्छ, जो हेर्नमा देउताभैंm देखिइरहनुभएको छ, रथमा सवार हुनुहुन्छ तथा मसित युद्ध गर्न चाहनुहुन्छ ।” उत्तरकुमारको शरीर बाणहरूको मारबाट अत्यन्त घाइते भएको थियो । अत: उनले अर्जुनसित भने–“वीरवर, अब म तपाईंको रथका घोडाहरूलाई काबुमा राख्न सक्दिनँ । मेरो प्राण सन्तप्त छ, मन आत्तिएको छ । आजसम्म म कुनै पनि युद्धमा यतिका शूरवीरहरूको समागम देखेको थिइनँ । तपाईंसित यिनीहरूको युद्ध देखेर मेरो मन आत्तिइरहेको छ । गदाहरू एकापसमा ठोकिंदा उत्पन्न हुने भयड्ढर आवाज, शङ्खहरूको कडा ध्वनि, वीरहरूको सिंहनाद, हात्तीहरूको कराइ, बिजुलीको गडगडाहटको समान गाण्डिवको टड्ढार सुन्दासुन्दै मेरो कान बहिरो हुन पुगेको छ, स्मरणशक्ति क्षीण भइसकेको छ । अब ममा चाबुक र घोडाहरूको बागडोर सम्हाल्ने शक्ति बाँकी छैन ।”
अर्जुनले भने– “नडराऊ, धैर्य राख । तिमीले पनि युद्धमा बडो अद्भुत पराक्रम देखाएका छौ । तिमी राजाको पुत्र हौ । शत्रुहरूको दमन गर्ने मत्स्य नरेशको विख्यात वंशमा तिम्रो जन्म भएको छ । त्यसैले यस अवसरमा तिमी उत्साहहीन हुनुहुँदैन । राजपुत्र, राम्ररी धैर्य राखेर तिमी रथमाथि बस र युद्धको बेला घोडाहरूमाथि नियन्त्रण राख । ल, अब तिमी मलाई भीष्मज्यूको सेनाको बीचमा लग र हेर म कुन प्रकारले दिव्यास्त्रहरूको प्रयोग गरिरहेको छु । आज सम्पूर्ण सेनालाई तिमी चक्र भई नाचिरहेको देख्नेछौ । यस बेला म तिमीलाई बाण हान्ने तथा अन्य शस्त्रहरूको सञ्चालन गर्ने योग्यता देखाउनेछु । मैले मुट्ठीलाई दृढ राख्न इन्द्रबाट, हातको फूर्ति ब्रह्माज्यूबाट तथा सड्ढटको समयमा विचित्र प्रकारले युद्ध गर्ने कला प्रजापतिबाट सिकेको छु । यसै
प्रकार रुद्रबाट रौद्रास्त्र, वरुणबाट वरुणास्त्र, अग्निबाट आग्नेयास्त्र र
वायु देउताबाट वायव्यास्त्रको शिक्षा पाएको छु । अत: तिमी नडराऊ,
म एक्लैले कौरवरूपी वनलाई नष्ट पार्नेछु ।”
यस प्रकार अर्जुनले धैर्य राख्ने सल्लाह दिएपछि उत्तरकुमारले उनको रथलाई भीष्मज्यूद्वारा सुरक्षित रथसेनानजिक लगे । कौरवहरूमाथि विजय पाउने इच्छाले अर्जुन आफूतिर आइरहेको देखेर निष्ठुर पराक्रम देखाउने ग·ानन्दन भीष्मले धीरतापूर्वक उनको गति रोकिदिए । अनि अर्जुनले बाण हानेर उनको रथको ध्वजा काटिदिए । यो देखेर महाबली दु:शासन, विकर्ण, दु:सह र विविंशति नामक चार वीरहरूले आएर अर्जुनलाई चारैतिरबाट घेरे । दु:शासनले एउटा तीखो बाण हानेर उत्तरकुमारलाई घाइते बनाइदिए तथा तथा अर्को बाण अर्जुनको छातीमा हाने । अर्जुनले पनि तीखो बाण हानेर दु:शासनको सुवर्णजटित धनुषको डोरी काटिदिए र उनको छातीमा पाँच बाण हाने । त्यस बाणले दु:शासनलाइ बडो पीडा भयो तथा उनी युद्धबाट भागिहाले । यसपछि विकर्णले आफ्नो तीखो बाणहरूबाट अर्जुनलाई घाइते पार्न थाले । अनि अर्जुनले उनको कञ्चटमा एउटा बाण हाने । त्यो बाण लाग्ने बित्तिकै उनी घाइते भएर रथबाट खसिहाले । तदन्तर दु:सह र विविंशति दुवै एकै साथ आएर भाइको बदला लिनको लागि अर्जुनमाथि बाणवर्षा गर्न थाले । अर्जुन अलिकति पनि विचलित भएनन्, उनले दुईटा तीखा बाण हानेर ती दुवै भाइलाई एकैसाथ बाँधिदिए तथा रथका घोडाहरूलाई मारिदिए । दुईटै घोडाहरू मरेको तथा दुईटै भाइहरूलाई रक्ताम्मै तथा घाइते भएको देखेर उनीहरूलाई अर्को रथमा बसालेर युद्धभूमिबाट पर लगे र जसको तारो कहिले पनि व्यर्थ जाँदैन्थ्यो ती महाबली अर्जुन रणभूमिमा चारैतिर डुल्न थाले ।
अर्जुनको यस प्रकारको पराक्रम देखेर दुर्योधन, कर्ण, दु:शासन, विविंशति, द्रोणाचार्य, अश्वत्थामा र महारथि कृपाचार्य अमर्षले भरिएर उनलाई मार्नको लागि आआफ्ना दृढ धनुषको टड्ढार गर्दै पुन: आइलागे । त्यहाँ आएर जम्मैजनाले अर्जुनमाथि बाणवर्षा गर्न थाले । उनीहरूको बाणवर्षाको कारण
अर्जुनको शरीरको सम्पूर्ण अ·प्रत्य· घाइते हुन पुग्यो । यस्तो अवस्थामा
अर्जुनले आफ्नो गाण्डिव धनुषमाथि ऐन्द्रअस्त्रको संधान गरी बाणहरूको
झरी लगाइदिएर कौरवसेनालाई ढाकिदिए । गाण्डिव धनुषबाट छुटेका बाणहरूबाट दशौं दिशा आच्छन्न भए । रणभूमिमा रहेका सम्पूर्ण सेना, हात्ती सवार र रथि जम्मै मूर्छित भइसके । जम्मैजनाको उत्साह चिसियो । सम्पूर्ण सेना छताछुल्ल भयो । जम्मै योद्धा जीवनबाट निराश भएर चारैतिर भाग्न थाले । क्रमश:...