चन्द्रकिशोर
फणीश्वरनाथ रेणु जो प्रसिद्ध भारतीय हिन्दी साहित्यकार र अधिकारकर्मी थिए, उनी नेपाल र नेपालीका पनि त्यतिकै हितैषी थिए । २००७ सालको नेपाली क्रान्तिसँग साइनो बोकेका रेणु त्यसका जिउँदा साक्षी पनि थिए । उनका रचनावलीमा नेपाल र नेपालप्रतिको भावनात्मक लगाव प्रशस्त भेटिन्छन् तर यतिमात्रले रेणुको नेपाल साइनोको सान्दर्भिकता बिसाइँदैन । नेपाल र भारतबीच जनस्तरका सम्बन्धमा उनी एक प्रतीक हुन् । त्यो यस अर्थमा कि उनी स्वयम् आफ्नो देश भारतको संस्थापनको नेपाल नीतिबारे एक नागरिकको तहमा त्यसलाई आलोचना पनि गर्थे, उनकै चर्चित कृति “नेपाली क्रान्ति”कथामा त्यतिखेरका भारतीय राजदूतका सम्बन्धमा उनले गरेका टिप्पणी आज पनि दुई छिमेकीबीचको नागरिक तहको सम्बन्धमा उल्लेख गरिने सन्दर्भ सुक्ति बनेको छ । उनै फणीश्वरनाथ रेणुले नेपालको राणाविरोधी सशस्त्र आन्दोलनमा ज्यान गुमाउन पुगेका एक भारतीय नागरिक डा. कुलदीप झाका बारेमा लेखेका शब्दहरू मूलत: यो दुई अभिन्न मित्र राष्ट्रका सीमाञ्चल सम्बन्धका लागि स्थायी स्मारक हुन पुगेका छन् । आज नेपाल–भारत सम्बन्धका बारेमा अनेकौं उकालीओरालीका पङ्क्तिहरू दुवैतर्फ खर्चिराखेको पृष्ठभूमिमा डा. कुलदीपको बलिदान र नागरिक सम्बन्धसँग जोडिएका सवालहरू त्यतिकै मुखर भएर आउँछन् ।
डा. कुलदीपको समाधि समयको धूलोले छोपिदिएको छ । उनको शहादत आज विस्मृतिमा छ तर रेणुले लेखेका थिए– “डा. कुलदीप–भारत का जो कोई इमानदार इतिहास लेखक होगा, तवारिख में डा. कुलदीप का नाम बडे शहीदों में लिखेगा । लेकिन अगर नेपाल का भी कोई निष्पक्ष इतिहास लेखक हो तो वह भी नेपाल की शहीदों की फेहरिस्त से डा. कुलदीप का नाम छोडने की गलती नहीं करेगा । दुनिया में ऐसे बहुत कम व्यक्ति हुए हैं जो किसी दो देशों में एक सा ही स्थान रखते हों । डा. कुलदीप उन्हीं इने गिने भाग्यवानो में से एक हैं ।” करिब पैंसट्ठी वर्ष पहिला अर्थात् २५ डिसेम्बर १९५० मा नेपाली मुक्तिसेनासँगै लड्दै तत्कालीन राणाशाहीका सैनिकद्वारा उनी पूर्वी सीमाञ्चल क्षेत्रको कुसहा घाटमा मारिएका थिए । त्यतिखेर दुवैतर्फका नागरिकले उनको शहादतप्रति नतमस्तक हुँदै हजारौंका सङ्ख्यामा शवयात्रा गरेका थिए । त्यसैगरी तत्कालीन सङ्घर्षमा पश्चिमी तराईमा भारतीय संसद् सदस्य शिवलाल सक्सेनासहित सैकडौं भारतीय नागरिक घाइते भएका इतिहास छ ।
नेपाल र भारतबीचको सम्बन्धमा सीमाञ्चलको सम्बन्धले यसलाई झन् भावनात्मक बनाउँछ र भनिने पनि गरिन्छ कि सीमाञ्चलमा प्रत्येक दिन एउटा रामायणको रचना गरिन्छ । वारिपारि बिहावारीको सम्बन्धलाई लिएर यसरी टिप्पणी गर्ने गरिन्छ । स्वतन्त्र भारतको खुला परिवेशमा जब काठमाडौं र दिल्लीबीचको सम्बन्धले नयाँ व्याकरण लेख्न थालेको थियो, त्यतिखेर सीमाञ्चलमा डा. कुलदीप जस्ताको प्रयत्नले त्यसलाई नयाँ समास दिंदै थियो । आज सात दशक बितिसक्दा काठमाडौं र दिल्लीको सम्बन्ध फेरि नयाँ व्याकरणको रचनागर्भमा छ तर त्यहाँ सीमाञ्चल सम्बन्धको प्रतिध्वनि कतिको मुखरित हुन सकिरहेको छ, त्यो अहिलेका लागि महत्त्वपूर्ण सवाल हो ।
२००७ सालको आन्दोलनदेखि नै सीमाञ्चलमा सामाजिक जीवनका विभिन्न हिस्साबाट नेपालीले साथ सहयोग प्राप्त गर्दै आएको छ । त्यतिखेर नेपालको मुक्तिका लागि सँगसँगै लडेकाहरूले दिल्लीसँग गुनासो पोखे पनि काठमाडौंप्रति बलियो साथ दिन चाहन्थे । भारतीय परिदृश्यमा नियाल्दा यतिखेर पनि त्यस प्रकारको अवस्था भेटिन्छ । संविधान निर्माणपश्चात् नेपाली समाजमा देखा परेको विभाजनको असर भारतीय नागरिक समाजमा पनि देखा परेको छ । एकथरीले काठमाडौं अर्थात् नेपाल सरकारको नीतिप्रति सहानुभूति राख्छन् र आफ्नो देशमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिप्रति आलोचना गर्छन् । अर्को पक्ष छ, जो भारत सरकारको “नेपाल हेराइ”लाई सही ठम्याउँछन् र नेपालको दक्षिणी भूगोलमा भइरहेको आन्दोलनलाई सामाजिक न्यायको सङ्घर्ष ठान्दछन् । नेपाली संस्थापन पक्षले भारतीय नागरिक समाजभित्र आफ्नो पक्षमा लबिङ गर्न अनेकौं यत्न गरिराखेको छ । दिल्लीमा नेपालको सरकारी प्रयत्न नागरिक संवादमा मुखर देखिए पनि छिमेकी भारतीय राज्य विहार र उत्तरप्रदेशमा त्यो कारगर हुन सकेको छैन । बरु त्यहाँ मधेस आन्दोलनको स्वर सुनिन्छ । दिल्लीमैं पनि भारतीय विदेश मन्त्रालयको छायामा रहेको एउटा नागरिक समाज वृत्त छ, जो उनकै अनुकूलका बोली बोलिरहन्छ ।
डा. कुलदीपको सम्झना गर्दै उठाउन खोजिएको सवाल के हो भने सीमाञ्चल सम्बन्धको अवस्था कस्तो छ, त्यसले काठमाडौं र दिल्लीबीचको सम्बन्धमा कतिको प्रभाव पारेको छ र नेपालमा नागरिक तहमा भारतीयलाई हेर्ने दृष्टि र नेपालीलाई भारतमा हेर्ने दृष्टि कस्तो छ ? मूलत: सीमाञ्चल सम्बन्धको मनोवैज्ञानिक तथा बौद्धिक आधार तयार गर्नु साझा गृहकार्यको खाँचो छ । यस पृष्ठभूमिमा रेणुको स्वयम्को एउटा भोगाइ मननीय हुन आउँछ । रेणुले “दिलबहादुर दाज्यू” शीर्षक अन्तर्गत एकजना नेपाली नागरिकसँगको सम्बन्धबारेमा रेखाचित्र कोरेका छन् तर त्यहाँ स्वयम् आफ्ना भोगाइका बारेमा पनि लेखेका छन् । रेणुले नेपाललाई “सानो आमा” भन्थे । उनले त्यो सम्झना चित्रमा लेखेका छन्– “काठमाण्डु के एक होटल में बैठकर चाय पी रहा था । अकेला मैं और बडा सा टेबल । होटल के सभी टेबल भरे हुए थे, किन्तु कोई मेरे टेबल के चारो ओर खाली कुर्सियों पर नहीं बैठा । मुझे देखते ही दूसरे टेबल की ओर बढ जाते । उनमे से एक नौजवान के मुँह से निकल ही गया, “यो मूजी हिन्दुस्तानीहरू ।” त्यसैगरी विहारका प्रसिद्ध समाजवादी तथा लेखक रामवृक्ष बेनीपुरी, जसले सम्पादन गरेका “नई धारा” पत्रिकाले नेपाली आन्दोलनलाई बल पुर्याएको चर्चा गणेशमान सिंहले गर्नुभएको छ । उनको अनुभव पनि यस्तै छ । १२ जनवरी १९५५ को आफ्नो नेपाल डायरीमा उनले लेखेका छन्– “एक विचित्र बात यह देखी है कि भारत और भारतीयों के प्रति साधारणत: लोगों का अच्छा रूख नहीं है ।”
यहाँ मैले “दिल्ली”प्रति नेपालीले गर्ने आलोचना वा असहमतिको कुरा गरेको होइन । एउटा आम भारतीयप्रति नेपालीमा यदाकदा देखिने असहिष्णुताको कुरा गरेको हो । कतिपय भारतीय नागरिक अगुवाले नेपालको एउटा वृत्तमा भारतीयप्रति अनुदार दृष्टिकोण रहेको गुनासो पोख्छन् । कैयौंले सुगौली सन्धिपश्चात् नेपालीहरूको वीरलीलामा विराम लागेको हुनाले त्यसको प्रभाव जनमानसमा व्यापक रहेको अथ्र्याउँछन् । त्यसो हो भने भारतीयहरूले भन्ने गरेको स्वतन्त्रताका लागि प्रथम विद्रोह सन् १८५७ ताका नेपाली सेनाले लखनऊ लूट गरी त्यसलाई तुहाएकोप्रति आजभोलि त्यहाँ कुनै टिप्पणी सुनिंदैन । विगतका आफ्नै महत्त्व र भूमिका हुन्छ । विगतको आफ्नै द्विविधा र गल्तीहरू हुन्छन् । विगतका आफ्नै असन्तुष्टि र क्रोध पनि हुन्छन् । नेपाल–भारत साइनोको चर्चा गर्दा खेरी नागरिक सम्बन्धको तहमा देखा परेका अन्तर्विरोधहरूलाई कार्पेटमुनि राखेर काठमाडौं वा दिल्ली कूटनीतिको इत्र छर्दै अगाडि बढ्न खोजे भने पनि दुर्गन्धले त्यसलाई आखिर पछ्याइ नै रहन्छ ।
निश्चितरूपमा नेपाल र भारत दुई सार्वभौम मुलुक हुन् र आफ्नो सार्वभौमिकताको अभिव्यक्ति काठमाडौं र दिल्लीले आआफ्नो कूटनीतिमार्फत् प्रकट गरिरहेका हुन्छन् । एक अर्थमा अहिलेको समयले अवसर पनि दिएको छ । त्यो भनेको हाम्रा छिमेकीसँगको सम्बन्धका विभिन्न पाटाहरूबारे केस्रा–केस्रामा केलाएर विमर्श गर्ने र भावी बाटो तय गर्ने । भारत, नेपालका लागि एउटा यथार्थ हो । त्यहाँ नेपालका हित चिताउने बलियो नागरिक समाज हुनुपर्छ । त्यसका निमित्त हाम्रोतर्फबाट पनि निरन्तर संवाद र सूत्रहरूको खोजी हुनुपर्छ । नेपाली जनताको व्यापक हित र राष्ट्रको उन्नत स्वार्थका निमित्त त्यहाँ पनि सुन्ने र बोलिदिनेहरू कम छैनन् तर आवश्यकता के छ भने एकअर्काबीचको सम्बन्धलाई निरन्तरता दिनु । विगतमा अप्ठेरो बेलामा नेपालीको हितमा बोलिदिनेहरूलाई हामीले सम्झिने र सम्मान गर्ने काम गरेनौं । काठमाडौं आफ्नोअनुकूलका लागि दिल्लीमा रमाए पनि नागरिक तहको सम्बन्धका लागि उसले विशेषगरी सीमावर्ती भारतीय राज्यहरूका पटना, लखनऊ, कोलकाता र देहरादूनमा आफ्नो हितैषी समूहको पहिचान गर्नैपर्छ । पञ्चायतविरुद्धको सङ्घर्षको बेला पनि नेपालको तर्फबाट दुईटा धार थियो, जो भारतभित्र आफ्नो पक्षमा माहोल बनाउन खोजिरहेको थियो । अर्थात् तत्कालीन सरकारी पक्ष र सङ्घर्षरत प्रजातान्त्रिक र वामपन्थी खेमा ।
अहिले देखा परेको विस·त पक्ष के हो भने नेपाल सरकारले पनि लोकतन्त्र र राष्ट्रियताको पक्षमा अडान लिएको बताउँछ । उता मधेसी शक्तिहरू त्यही सवालमा आन्दोलनरत रहेको दाबी गर्छन् । यसले गर्दा भारतभित्रको नागरिक पहल पनि विभाजित भइसकेको अवस्था हो । डा. कुलदीपको सम्झनाले जनस्तरको सम्बन्धको क्रियाशीलता र त्यसको केन्द्रमा प्रभावकारिताको खोजी गर्छ । रेणुले भने जस्तै डा. कुलदीपको बलिदान दुईटै मुलुकका लागि धरोहर हो, त्यस अर्थमा सीमाञ्चल सम्बन्धको स्थायी स्मारक पनि । सीमाञ्चल सम्बन्धको कुरा गरिराख्दा नेपालका सबै पक्षले बुझ्नुपर्ने कुरा के हो भने आफू विभाजित रहे त्यसको प्रतिछाया पारिपट्टि पनि पर्छ । त्यसैले सगोलमैं आफ्नो स्वार्थको प्रकटीकरण र पारिको जनस्तरको सद्भाव बटुल्नु बुद्धिमानी हुन्छ र यहींनिर डा. कुलदीप जस्ता नायकहरू हाम्रा साझा मार्गदर्शक हुन आउँछन् ।