प्रस, निजगढ, १४ जेठ/
बारा जिल्लाबाट आर्थिक विकासको सुरुआत गर्नुपर्ने उद्योग वाणिज्य महासङ्घकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले बताएकी छन् ।
शुक्रवार बारा उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा प्रमुख अतिथि राणाले बारा कृषिको उर्वर जिल्ला रहेको बताउँदै जिल्लामा रहेका धार्मिक क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउँदै पर्यटन क्षेत्रको विकास विस्तार गर्न सकिने बताइन् ।
एकताको खाँचो रहेको बताउँदै प्रमुख अतिथि राणाले सोका लागि स्थानीयको सहभागिता हुनुपर्ने बताइन् । सरकारको मुख ताकेर मात्र बस्ने बेला नभएको जनाउँदै सरकारबाट प्राप्त थोरै सहयोगले धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण बन्न बारावासीलाई उपाध्यक्ष राणाले आग्रह गरिन् ।
तराई आन्दोलनले तराईका अन्य जिल्लासँगै बारालाई प्रताडित गरेको बताउँदै तराईका जिल्लाहरूमा विकासले लिन सक्नुपर्ने गति लिन नसकेको बताइन् । एक दिनअघि मात्रै व्यापारीको अपहरणले आफूहरूलाई मर्माहत बनाएको भन्दै व्यापारी केडियालाई सुरक्षित साथ अपहरणमुक्त गर्न राज्यसँग माग गरिन् । उनले उद्योगी, व्यापारीहरू लगानीतर्फ अग्रसर रहेको बताउँदै सुरक्षित वातावरणको प्रत्याभूति दिलाउन उनले सरकारलाई आग्रह गरिन् ।
शान्ति, सुरक्षा, अमनचयन र भय मुक्त अवस्थामा मात्र लगानीकर्ताहरूले उद्योगधन्दामा लगानी गर्ने भएकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने उनले बताइन् । प्रमुख अतिथि राणाले राजनीतिक दलहरूलाई समेत आर्थिक विकासतर्फ लाग्न आग्रह गर्दै अहिलेको अवस्थामा उद्योगी–व्यापारीहरू अप्ठ्यारो स्थितमा रहेको प्रस्ट्याइन् । व्यापारी– उद्योगीहरू सुरक्षित लगानीको वातावरण खोजिरहेका छन्, उनले भनिन् ।
प्रमुख अतिथि भवानी राणाले बाराको विकासमा आफूले सधैं सक्दो साथ दिने प्रतिबद्धता जनाएकी थिइन् । उनले सङ्घ बाराको अतिथि सदन निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गर्नेसमेत बताइन् ।
सो अवसरमा बारा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शिवनाथ शर्मा, निर्वाचन अधिकृत परमहंश केशरी, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपाने, महासङ्घका केन्द्रीय सदस्य निरक केसीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा सङ्घ बाराका अध्यक्ष विनोद साह, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष रामबाबूकुमार यादव, तमलोपा बाराका अध्यक्ष नवलकिशोर सिंह, सद्भावना पार्टी बाराका अध्यक्ष महम्मद सफिक अन्सारी, राजवंशी चौधरी, रामचन्द्र चौधरी, बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी, एमाओवादीका मुकेश साह, नेपाली काङ्ग्रेसका शोभाकर पराजुली, राप्रपा नेपालका भरतबहादुर मल्ललगायतले मन्तव्य राखेका थिए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख अतिथि राणाले सङ्घका नवनिर्वाचित अध्यक्ष विनोद साहलाई शपथग्रहण गराएकी थिइन् । सोही कार्यक्रममा नै अध्यक्ष साहले अन्य नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका थिए ।
बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद साहको सभापतित्वमा सम्पन्न कार्यक्रमका सञ्चालन सङ्घका महासचिव जयप्रकाश साह र अमित मिश्राले गरेका थिए ।