$type=ticker$count=12$cols=4$cate=0

पर्साका सांसद्ले कार्यकर्तालाई बाँडे ११ करोड

SHARE:

प्रस, वीरगंज, १७ जेठ/
    पर्साबाट निर्वाचित पाँचजना निर्वाचित र १२ जना समानुपातिक सांसदले चालू आवमा आफ्ना कार्यकर्तालाई ११ करोडको माटो भरेर ग्रेभल गर्ने कार्यमा बाँडेको समाचार प्राप्त भएको छ ।
    निर्वाचित सांसद्ले निर्वाचित क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालित कार्यविधि नियम ३ बमोजिम पाएको ५ वटा निर्वाचन क्षेत्रका सांसद्हरूले रु ७ करोड ५० लाख तथा समानुपातिक सांसदले पाएको २० लाखको दरले १२ जना गरी १० करोड ९० लाख आफ्ना कार्यकर्ता तथा आसेपासेलाई बाँडेको समाचार स्रोतले जनाएको छ ।
    निर्वाचन क्षेत्र नं. ५ का निर्वाचित सांसद जयप्रकाश थारू, समानुपातिक सांसद लक्ष्मणलाल कर्ण, लालबाबू राउत गद्दीले माटो भरी ग्रेभल गर्ने कार्यमा बढी प्राथमिकताका साथ विकास योजना सञ्चालन गरेको देखिन्छ । प्राप्त जानकारी अनुसार बिजबनिया पुलदेखि खलुचडी हुँदै बगोडासम्म रु ७ लाखको ग्रेभल माटो, तुलसीबर्वादेखि धोबिनी ८ लाखको ग्रेभल माटो, ओरिया खोलादेखि असवारी हुँदै नहरसम्म १० लाखको ग्रेभल माटो, लक्ष्मीपुरदेखि जमुनिया जानकीटोलासम्म १० लाख ग्रेभल माटो, झलमहियादेखि बुडगाईंसम्म १० लाखको ग्रेभल माटो, चिलझप्टीदेखि हनुमान मन्दिरसम्म १० लाखको ग्रेभल माटो, सुपौलीदेखि सखुवनियासम्म १२ लाखको ग्रेभल माटो, कोनौलीदेखि हरैयासम्म १० लाखको ग्रेभल माटो, सुपौली, जीतपुर, परसवासम्म १२ लाखको माटो–ग्रेभल, मिर्जापुरको उत्तर नयाँ बाटोदेखि भलुवहियासम्म ७ लाखको माटो ग्रेभल, भवानीपुरदेखि परसवासम्म १५ लाखको माटो ग्रेभल, उमावि ओढार गौतमनगर भवन निर्माण, वाल कम्पाउन्ड १४ लाख आफ्नो कार्यकर्ता तथा आसेपासेलाई बाँडफाँड गरेका छन् ।
    त्यसैगरी निर्वाचन क्षेत्र नं. ४ का सभासद् सुरेन्द्र चौधरीले सखुवनिया–औराहा जनता सडकमा माटो ग्रेभल गर्न १० लाख, श्रीपुर बजारदेखि बेलवासम्म ११ लाखको माटो, कौवा वनकटैयादेखि सोलखपुरसम्म ७ लाखको माटो–ग्रेभल, अकवा सुगौली सडकमा १० लाखको माटो ग्रेभल, देकुली, पथरैया, हरजोता, देउरवाना, निचुटामा १५ लाखको माटो ग्रेभल, मुडली, रविदासमा १० लाखको माटो ग्रेभल, लहावरथकरी पूर्व टोलदेखि पश्चिम टोल हुँदै भेडिहारीसम्म १२ लाखको माटो ग्रेभल, हरिहरपुर, तीनडोभिया सडक ग्रेभल गर्न ७ लाख, पकाहादेखि मैनपुर सडकमा ७ लाखको माटो ग्रेभल, लक्ष्मीपुर, पोखरिया गदियानी सडकमा ७ लाखको माटो ग्रेभल, मनोज चौरसियादेखि (भेडिहारी) शड्ढर मुखिया बिनको घरसम्म १० लाखको माटो ग्रेभल, गुदरबाबा मन्दिर विवाह मण्डप निर्माणमा १० लाख, नवर·िया खोला बाँध निर्माणमा ७ लाख आफ्नो कार्यकर्तालाई मात्र बाँडेको प्रमाण भेटिएको छ ।
    क्षेत्र नं. ३ का निर्वाचित सांसद् राजकुमार गुप्ता, समानुपातिक सांसद् रामचन्द्र साह, फुलझरी देवी, मेघराज नेपाली निषादले विश्रामपुर, शिवटोल हुँदै मौजेसम्म माटो ग्रेभल १४ लाख, बैरियाबिर्ता–८ देखि पद्मरोडसम्म १० लाखको माटो ग्रेभल, फुलकौलदेखि रामनगरी २६ लाखको ग्रेभल, रामनगरीदेखि हुलाकी सडकसम्म ७ लाखको माटो ग्रेभल, बगवन्नादेखि जमुनियासम्म १० लाखको माटो ग्रेभल, बिरुवागुठी–१ मा माटो ग्रेभल गर्न १० लाख, बहुअर्वाभाठा, गर्दौल मूलसडकमा ९ लाखको माटो ग्रेभल, झौवागुठी नहर बाटोदेखि चमारटोलसम्म ७ लाखको माटो ग्रेभल, सुर्जाहादेखि राधाकृष्ण मन्दिरसम्म ८ लाखको माटो ग्रेभल, बहुअरी नहर, गण्डक नहर, रामेश्वरको घरसम्म १० लाखको माटो ग्रेभल, थरूहट सडकमा माटो पुरी ग्रेभल गर्ने कार्यमा १० लाख, धोरे, पकाहा, वनकटवा, सोनबर्सामा १२ लाखको योजना सांसदहरूले आफ्नो आसेपासे कार्यकर्तालाई बाँडेको जिल्ला विकास समितिको स्रोतबाट थाहा भएको छ ।
    त्यसैगरी क्षेत्र नं. २ का निर्वाचित सांसद विचारी यादव र समानुपातिक सांसद् जुनैद अन्सारी, राजकुमार अग्रवालले भौतिक निर्माणतर्फ अधिकतम खर्च गरेको देखिन्छ ।
    सिद्धार्थ माविमा ८ लाख, सुखचैना माविमा १४ लाख, श्रीपुर माविमा ७ लाख, सुरजीदेवी माविमा ९ लाख, नेराप्रावि रतनपुरमा १० लाख, बसडिलवा माविमा ७ लाख, वीउमनपा–२१ भवानीपुरसम्म सडक ढलान १० लाख, वीउमनपा–२३ मा सडक ढलान १५ लाख, वीउमनपा–१४ मा धर्मशाला निर्माणमा ७ लाख, नाउक्षेमा ११ लाख, परवानीपुरदेखि ताजपुरसम्म सडक ढलानमा ११ लाख, चोर्नी रजैया सडकमा माटो पुरी ग्रेभल गर्न १० लाख, वीउमनपा–३० नथु हजराको घरदेखि रामचन्द्र कुशवाहाको घरसम्म माटो पुरी ग्रेभल गर्ने कार्यमा १० लाख, उदयपुर घुर्मीमा सडकमा माटो–ग्रेभल गर्न १० लाख, वीउमनपा–१८ मा छठघाट निर्माणमा ७ लाख रकम बाँडफाँड गरेको देखिन्छ ।
    त्यसैगरी क्षेत्र नं. १ का सांसद् राजेन्द्रबहादुर अमात्य, समानुपातिक सांसद विमल केडिया, रमेशप्रसाद कुर्मीले भन्सारटोलदेखि भैयारामको बोरिङसम्म सडक निर्माणमा १८ लाख,   निर्माणाधीन धर्मशाला, भन्सार टोलामा ७ लाख, रामगढवामा नाला निर्माणमा १४ लाख, निर्माणाधीन धर्मशाला अशोकवाटिकामा ७ लाख, सूर्य मन्दिर छठघाट अलौमा १० लाख, अधूरो नाला निर्माणमा ९ लाख, बैरिया बिर्तामा छठघाट निर्माणमा २२ लाख, बैरिया बिर्तामा मन्दिर निर्माणमा ७ लाख, विद्यालय भवन निर्माणमा ७ लाख, विद्यालय भवन विन्दवासिनीमा ७ लाख, नाउक्षेमा ११ लाख, वीउमनपा–११ पुस्तकालय निर्माणमा ९ लाख, वीउमनपा सडक निर्माणमा ७ लाख रकम आफ्नो मान्छेलाई मात्र बाँडेको आरोप अन्य पार्टीले लगाएका छन् ।
    निर्वाचित तथा समानुपातिक सांसदहरूले सर्वसम्मतिबाट छनोट गरेको योजनामा अन्य पार्टीका व्यक्ति तथा समुदायका मानिसले उपभोक्ता बनाएर ल्याउँदा विवाद उत्पन्न भएको छ ।
    निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत् सञ्चालित हुने योजनामा सांसदहरूको कार्यकर्ता तथा नेताहरूबाहेक अन्य व्यक्तिले उपभोक्ता बनाई पेश
गरेमा अधिकतम योजनामा विवाद देखिएको छ । अन्य व्यक्तिले उपभोक्ता समिति बनाई ल्याएकोमा सभासद्हरूले एक्लो निर्णय गरी आफ्नो कार्यकर्ताहरूलाई बाँडेको जिविस स्रोतले जनाएको छ ।
    यस विषयमा प्राविधिक शाखामा सम्पर्क गर्दा नाम नबताउने शर्तमा एकजना प्राविधिकले दिएको जानकारी अनुसार नेपाल सरकारले जनताको लागि सांसदमार्फत् पठाएको रकमको सही उपयोग नभई आफ्नो आसेपासे कार्यकर्तालाई बाँडेर बर्सेनि रकम दुरुपयोग हुने गरेको बताए । काम नभए पनि बलजफ्ती सांसद्हरूले बिल भौचर फछर्योट गराउने गरेको र नगरेको खण्डमा धाकधम्की दिने गरेको उनले बताए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पर्साका सांसद्ले कार्यकर्तालाई बाँडे ११ करोड
पर्साका सांसद्ले कार्यकर्तालाई बाँडे ११ करोड
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/05/blog-post_192.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/05/blog-post_192.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy