फुलमहम्मद मियाा
शैक्षिक चेतना र प्राज्ञिक क्रियाकलापले मानव व्यक्तित्व उच्च बनाउँछ तर त्यो स्वरूप मात्र हो । सामाजिक काममा सहभागिताबिना मानिसको व्यक्तित्व विकास अपूरो हुँदो रहेछ । त्यसको गुणात्मकता समाजप्रतिको जिम्मेवारी बोध र निस्स्वार्थ सेवाभावमा प्रकट हुन्छ । निष्ठापूर्वक गरिएको सेवाले आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ ।
हाम्रो समाजमा समाजसेवीको रूपमा राजनीतिक कार्यकर्ता अग्रस्थानमा देखिन्छन् । यथार्थमा जनताको दु:ख–सुखमा सहभागी नभएका र समग्र सामाजिक समृद्धिको अभियानमा जनताको साथमा नरहेका ती कार्यकर्ता कोरा राजनीतिक व्यापारीको रूपमा हुन्छन् । समाजसेवीको पूर्णता सामाजिक कामबाट नै हुनुपर्दछ न कि खोक्रो राजनीतिबाट । व्यक्तिगत स्वार्थ र लाभका निम्ति गरिने सेवा समाजसेवा हुन सक्दैन । सामाजिक काममा आफूलाई निस्स्वार्थ समर्पण गर्ने उसको सार हो । यिनै धेरै सामाजिक काम गर्ने क्षेत्रमध्येको एउटा मानवीय सेवा गर्ने संस्था रेडक्रस हो ।
कुनै राष्ट्रको लागि राष्ट्रियता ठूलो कुरा होला तर रेडक्रसमा त राष्ट्रियता भनेको केही हुँदो रहेनछ । रेडक्रस मानवीय सेवा गर्ने विश्वव्यापी संस्था हो, तसर्थ मानवता राष्ट्रियताको घेरामा कैद हुँदो रहेनछ । मानवताको कुनै सीमा हुँदो रहेनछ । वास्तवमा मानवता त सबै राष्ट्रियतालाई जोड्ने अनेकतामा एकता रहेछ । आज नेपाली समाजले पहिचान खोजी रहेको छ । के मानवताबिनाको पहिचान सभ्य र सुसंस्कृत हुन्छ ? कदापि हुन सक्दैन ।
रेडक्रसकर्मीले हरेक कुरा मानवताको आँखाले हेर्छ । रेडक्रसको मूल काम भनेकै बाढी, पहिरो, आगलागी जस्ता प्रकोप पीडितलाई तत्काल राहत सहयोग, असहाय बिरामीहरूलाई एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, रक्त सञ्चार सेवा केन्द्र सञ्चालन आदि हो । प्रत्येक वर्ष हुने यी प्रकोपका स्थल र पीडितहरूको अवलोकन निरीक्षण गर्दा त्यहाँ बसोवास गरीबकै हुँदो रहेछ । आगलागीमा फुसको छाप्रो पर्छ । एम्बुलेन्सको माग पनि छेउछाउका बस्ती र गाडीको पहुँच नभएकालाई नै चाहिन्छ । बाढी, पहिरो, भूकम्प, हावाहुरीले पनि पहिले कच्ची घर नै भत्काउँछ । शीतलहर र महामारीले पनि पहिला त्यस्तै घरका मानिस पीडित हुन्छन् र प्राकृतिक प्रकोपको पहिलो मार गरीबलाई नै पर्दछ । झाडापखाला, कुपोषण आदि महामारी पहिला गरीबकै घर पुग्छ । लाग्छ, गरिबी र मानवीय पीडा सँगसँगै छन् अर्थात् गरीबको संरचना कमजोर हुने भएकोले पहिलो नोक्सान उनीहरूले नै भोग्नुपरेको छ । रेडक्रसले भन्छ पहिलो सेवा त्यसलाई गरौं, जो सबभन्दा पीडित छ, सड्ढटमा छ ।
तर गरिबी र मानवीय सड्ढट एउटै कुरा होइनन् । गरिबीको अर्थ आर्थिक सड्ढट वा अभाव हो भने मानवता मानिसको जीवन सड्ढट । गरिबी र मानवताबीच अन्योन्याश्रित सम्बन्ध छ तर यी फरक कुरा हुन् । रक्तअल्पता भएका बिरामी रगतको अभावमा मर्न सक्छ । ऊ जतिसुकै धनी भएपनि रगतको अभावमा उसको जीवन सड्ढटमा हुन्छ । उसलाई बचाउन उसको रगतसँग मिल्ने समूहकै रगत नै चाहिन्छ । त्यसैले धनी र सम्पन्न हुँदैमा उसको जीवनमा सड्ढट आउँदैन भन्ने होइन, सम्पन्न व्यक्तिको जीवनमा पनि मानवीय सड्ढटमा आउन सक्छ ।
रेडक्रसको सम्बन्ध मानवतासँग हुन्छ । रेडक्रसकर्मीले कसैलाई अनुगृहित वा ऋणी बनाउने होइन । रेडक्रसको काम त मानवजीवन बचाउने हो । मानिसको रगत मानिसकै लागि हो । मानवतासँग सम्बन्ध राख्नु नै रेडक्रसको मान्यता हो । राहत सहयोग वा उद्धार कार्य कसैलाई पनि ऋणी बनाउनका लागि नभई मानवताका लागि गर्नु रेडक्रसको धर्म हो ।
हामी रेडक्रसको मञ्चमा उभिने बित्तिकै रेडक्रस एक मानवीय संस्था हो भन्दै भावविभोर हुन्छौं । जीवनरक्षा र आत्मसम्मानको उच्च प्रशंसा गर्छौं । यो रेडक्रस शिक्षाले सृजित गरेको चेतना हो । मानवताको भावना कसैले शिक्षा दिएर सृजना हुने होइन । यो त मानिसभित्र अन्तर्निहित निस्स्वार्थ सेवाभाव मात्र हो । मानवीय सेवा पैसाले होइन, निस्स्वार्थ भावनाले गर्ने हो । रेडक्रसले मानवीय चेतनाको विस्तार गरी मानिसभित्र अन्तर्निहित भावनाको पूँजीकरण गरेको छ भन्दा अतिशयोक्ति मान्नुपर्दैन ।
मानव भएर जन्मनु आपैंmमा वरदान हो । मानवीय भावनाले ओतप्रोत व्यक्तित्वहरूको सहभागितामूलक अभियान र भावनात्मक समर्पण नै रेडक्रस हो । रेडक्रस स्वयम् एक उच्च आदर्श हो । आदर्श मानव समाज उत्कृष्ट परिकल्पना हो । मानव समाजमा विभिन्न कमी कमजोरी हुँदाहुँदै पनि मानवीय सद्गुणहरूको सन्तुलित, समन्वयात्मक तथा विकासमूलक प्रयासहरूको स·ठनात्मक स्वरूपका साथै उच्च मानवीय भावनाहरूको सञ्जालका रूपमा क्रियाशील स्वयंसेवी उद्धार संस्थाको रूपमा रेडक्रस रहेको छ । मानवजीवनको रक्षा र स्वास्थ्यको सुरक्षा गर्नु, कुनै पनि किसिमका मानवीय पीडालाई सकिन्छ पूरै हटाउनु नसके जति सकिन्छ त्यति घटाउने रेडक्रसको मूल भावना हो । कसैप्रति भेदभाव नगरी आवश्यकताको आधारमा सहयोग गर्नु, मानवीय सम्मानलाई सुनिश्चित गर्दै आपसी समझदारी, मित्रता, सहयोग र चिरस्थायी शान्ति कायम गर्न गराउनका लागि रेडक्रस विभिन्न स्तरमा सदैव क्रियाशील रहेको छ । तथापि रेडक्रसकर्मीहरूमा मानवीय सेवाभावले मात्र पुग्दैन, समयको माग अनुसार दक्षता, सीप र व्यावसायिकता पनि चाहिन्छ । तसर्थ राम्रा अनुभव, गहन सिकाइ आदिलाई आत्मसात् गर्दै असल काम, व्यवहार र संस्कारका साथ आगामी दिनलाई अझ बढी उपलब्धिमूलक बनाउन क्रियाशील भएर मानवीय अभियानमा भावी पुस्ता अगाडि आउन जरुरी छ ।
(लेखक नेरेसो पर्सा शाखाका सभापति हुन् ।)