प्रस, परवानीपुर, १७ जेठ/
बारा, लिपनीमाल–८ मा पर्ने चैनपुरको सार्वजनिक पोखरी खन्ने काम सम्पन्न भएको छ । गाविसको खर्चमा सो पोखरी खनेर ठेक्का लगाउने योजना रहेको छ । गाविसको परिषद्ले सो पोखरी खनी मरम्मत–सम्भार गर्ने शीर्षकमा चालू आर्थिक वर्षको लागि रु ४ लाख छुटयाएको थियो । दुई वर्षयता पोखरीमा माटो र छाईं बगेर भरिंदै गएको थियो । पोखरीको गहिराइ घट्दा जलाशयको क्षेत्र कम भएर ठेकेदारहरू पोखरी ठेक्कामा लिनट हच्केका थिए । जसले गर्दा गाविसको आम्दानीको स्रोतमा असर परेको थियो ।
दुई वर्ष पहिले सो पोखरी ५ वर्षको लागि रु ६ लाखमा ठेक्का लग्ने गर्दथ्यो । ठेक्काबाट आएको पैसा गाविसको विकास कार्यमा खर्च गरिन्थ्यो । पोखरीको डिल र नारायणी सिमेन्ट जोन सडकबाट माटो र स्थानीय कलकारखानाबाट उड्ने छाईंले पोखरीको पानीको गहिराइ कम भएको स्थानीयहरू बताउँछन् । पोखरी खनेर निस्केको माटोले नेरा प्रावि चैनपुरको चौर र चैनपुर चोकदेखि उक्त गाउँ जाने बाटोमा माटो पुरिएको छ ।
पोखरी खन्ने काममा इन्धन दिएर ३५ सय रुपियाँ प्रतिघण्टाको हिसाबले १ सातादेखि एउटा हेक्साभेटर लगाइएको थियो ।
बाँकी पैसा पानी हाल्ने र पोखरीमा माछापालनको लागि खर्च गरिने लिपनीमालका पूर्व गाविस अध्यक्ष मुक्तिराउत कुर्मीले बताएका छन् ।