प्रस, वीरगंज, १५ जेठ/
सामुदायिक सेवा केन्द्र, श्रीपुर, मुर्ली र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा मुर्ली बजार व्यवस्थापन तथा सामुदायिक सेवा केन्द्र सक्रिय बनाउनेसम्बन्धी अन्तक्र्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ।
कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले वीरगंजमा बढ्दो जनसङ्ख्यासँगै सवारीको चाप बढेकाले मुर्ली बजार हटाउन आवश्यक रहेको बताएका थिए ।
मुर्ली बजार ऐतिहासिक बजार रहेको पनि समय अनुसार परिवर्तन गर्नुपर्ने र यसको लागि आवश्यक जग्गाको लागि नगरपालिकाले पहल गर्ने बताएका थिए । बजारको लागि आवश्यक जग्गा भाडामा लिई सञ्चालन गर्दा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले सामुदायिक सेवा केन्द्र निष्क्रिय भएको कारणले यसलाई व्यवस्थित गर्न, सदस्यता बढाउन सामुदायिक प्रहरीलाई आग्रह गरेका थिए ।
सामुदायिक प्रहरी मुर्लीका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठ, अपराध अनुसन्धान सामुदायिक महाशाखाका प्रहरी नायब उपरीक्षक रमेश पडित, प्रहरी निरीक्षक विपिन गौतम, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक ऋषि ढु·ाना, सामुदायिक सेवा केन्द्रका सल्लाहकार जगदीश शर्मा, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष मनोज अर्याललगायतले आआफ्नो धारणा राखेका थिए ।