Posts

Showing posts from May, 2016

२०७३ जेठ १८ गते मङ्गलवारको प्रतीक दैनिक पढ्नुहोस् ।

२०७३ जेठ १८ गते मङ्गलवारको प्रतीक दैनिक पढ्नुहोस् ।

फिरौतीको कुरा षड्यन्त्रको उपज– केडिया

प्रस, वीरगंज, १७ जेठ/     अपहरणको चार दिनपछि भारतको मोतिहारीबाट भारतीय प्रहरीद्वारा उद्धार गरिएका वीरगंजका व्यापारी सुरेश केडियाको रिहाइको विषयलाई लिएर अहिले टीकाटिप्पणी शुरु भएको छ ।     खासगरी भारतीय सञ्चार माध्यम आजतक, एबिपि न्यूज टेलिभिजनले केडियाको रिहाइ १० करोड फिरौती तिरेर भएको आइतवार र सोमवार समाचार प्रसारण गरेपछि यस विषयलाई लिएर नेपाली सञ्चारमाध्यममा पनि टीकाटिप्पणी शुरु भएको छ ।     अनलाइन खबरहरूले सोमवार भारतीय टेलिभिजनको सो न्यूजलाई प्राथमिकता दिएर १० करोडको फिरौतीमा केडियाको रिहाइ भएको दाबी गरेका छन् ।     यस विषयमा सोमवार रिहा भएका सुरेश केडियाका भाइ वीउवासङ्घका अध्यक्ष प्रदीप केडियाले अनाहक बदनाम गर्न खोजेको बताएका छन् ।     अध्यक्ष केडियाले सुनियोजित तवरबाट अपहरण भएपछिकै दिनदेखि आफूभित्रकै एकथरी समूह गलत अफवाह फैलाउन लागिपरेको प्रतीकलाई बताए ।     उनले १०० करोड फिरौती माग भएको समाचार भारतीय सञ्चार माध्यमहरूबाट प्रसारण गर्न लगाउनु पनि सोही षड्यन्त्रकारीको भूमिका रहेको उनले बताए । अध्यक्ष केडियाले षड्यन्त्रमा लागेका आफूभित्रको व्यक्तिको नाम भने खुलाएन ।     उनले अपहरणमुक्

सार्वजनिक पोखरी खनेर सडक तथा चौर पुरियो

Image
प्रस, परवानीपुर, १७ जेठ/     बारा, लिपनीमाल–८ मा पर्ने चैनपुरको सार्वजनिक पोखरी खन्ने काम सम्पन्न भएको छ । गाविसको खर्चमा सो पोखरी खनेर ठेक्का लगाउने योजना रहेको छ । गाविसको परिषद्ले सो पोखरी खनी मरम्मत–सम्भार गर्ने शीर्षकमा चालू आर्थिक वर्षको लागि रु ४ लाख छुटयाएको थियो । दुई वर्षयता पोखरीमा माटो र छाईं बगेर भरिंदै गएको थियो । पोखरीको गहिराइ घट्दा जलाशयको क्षेत्र कम भएर ठेकेदारहरू पोखरी ठेक्कामा लिनट हच्केका थिए । जसले गर्दा गाविसको आम्दानीको स्रोतमा असर परेको थियो ।     दुई वर्ष पहिले सो पोखरी ५ वर्षको लागि रु ६ लाखमा ठेक्का लग्ने गर्दथ्यो । ठेक्काबाट आएको पैसा गाविसको विकास कार्यमा खर्च गरिन्थ्यो । पोखरीको डिल र नारायणी सिमेन्ट जोन सडकबाट माटो र स्थानीय कलकारखानाबाट उड्ने छाईंले पोखरीको पानीको गहिराइ कम भएको स्थानीयहरू बताउँछन् । पोखरी खनेर निस्केको माटोले नेरा प्रावि चैनपुरको चौर र चैनपुर चोकदेखि उक्त गाउँ जाने बाटोमा माटो पुरिएको छ ।     पोखरी खन्ने काममा इन्धन दिएर ३५ सय रुपियाँ प्रतिघण्टाको हिसाबले १ सातादेखि एउटा हेक्साभेटर लगाइएको थियो ।     बाँकी पैसा पानी हाल्ने र पोखरीमा

पर्साका सांसद्ले कार्यकर्तालाई बाँडे ११ करोड

प्रस, वीरगंज, १७ जेठ/     पर्साबाट निर्वाचित पाँचजना निर्वाचित र १२ जना समानुपातिक सांसदले चालू आवमा आफ्ना कार्यकर्तालाई ११ करोडको माटो भरेर ग्रेभल गर्ने कार्यमा बाँडेको समाचार प्राप्त भएको छ ।     निर्वाचित सांसद्ले निर्वाचित क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालित कार्यविधि नियम ३ बमोजिम पाएको ५ वटा निर्वाचन क्षेत्रका सांसद्हरूले रु ७ करोड ५० लाख तथा समानुपातिक सांसदले पाएको २० लाखको दरले १२ जना गरी १० करोड ९० लाख आफ्ना कार्यकर्ता तथा आसेपासेलाई बाँडेको समाचार स्रोतले जनाएको छ ।     निर्वाचन क्षेत्र नं. ५ का निर्वाचित सांसद जयप्रकाश थारू, समानुपातिक सांसद लक्ष्मणलाल कर्ण, लालबाबू राउत गद्दीले माटो भरी ग्रेभल गर्ने कार्यमा बढी प्राथमिकताका साथ विकास योजना सञ्चालन गरेको देखिन्छ । प्राप्त जानकारी अनुसार बिजबनिया पुलदेखि खलुचडी हुँदै बगोडासम्म रु ७ लाखको ग्रेभल माटो, तुलसीबर्वादेखि धोबिनी ८ लाखको ग्रेभल माटो, ओरिया खोलादेखि असवारी हुँदै नहरसम्म १० लाखको ग्रेभल माटो, लक्ष्मीपुरदेखि जमुनिया जानकीटोलासम्म १० लाख ग्रेभल माटो, झलमहियादेखि बुडगाईंसम्म १० लाखको ग्रेभल माटो, चिलझप्टीदेखि हनुम

न्यायिक सर्वोच्चताको सवाल र हाम्रो व्यवहार

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव   संसदीय सर्वोच्चताको अवधारणा भनेको संसद्लाई कार्यापालिका र न्यायपालिकाको तुलनामा विशेष शक्ति प्रदान गरेको विशेषाधिकार हो  । एभी डायसीका अनुसार जुनसुकै विषयमा कानुन बनाउने वा नबनाउने पूर्ण अधिकार हुनुका साथै संसद् निर्मित कानुनलाई कसैले चुनौती दिन सक्दैन । विश्वमा संसदीय सर्वोच्चता भएका मुलुकहरूको रूपमा बेलायत, फिनल्यान्ड र न्युजिल्यान्ड हो । बेलायतमा महिलालाई पुरुष तथा पुरुषलाई महिला बनाउनुबाहेक सबै कार्य संसद्ले गर्ने  मान्यता नै छ भने फिनल्यान्डमा राष्ट्रपतिको भिटोलाई अस्वीकार गर्ने, संविधान संशोधन वा बदल्न सक्ने अधिकार छ । न्युजिल्यान्डमा संसद् निर्मित कानुनलाई कसैले चुनौती दिन नसक्ने अवस्था छ । यद्यपि नेपालमा संसद्ले बनाएको कानुन पनि अदालतले अमान्य घोषित गर्ने गरेको छ  भने कानुन बनाउन आदेश पनि दिने गरेको छ । संसद् विघटन सम्बन्धी संसद्को निर्णयलाई पनि अदालतले नै अन्तिम फैसला गरेको दृष्टान्त छ भने संविधानसभाजस्तो सर्वोच्च निकायको कार्यकाललगायत सन्दर्भमा पनि अदालतको निर्णय नै अन्तिम हुने गरेको छ । राजाको शाही आयोग खारेज गर्ने निर्णयले पनि न्यायिक सर्वो

सुखद समाचार

    वीरगंजको औद्योगिक घराना केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडिया अपहरणमुक्त भएका छन् । उनको मुक्ति कसरी सम्भव भयो भन्ने कुरा स्पष्टरूपले सार्वजनिक भइसकेको छैन, तर नेपाल प्रहरीको तदारुकता तथा भारतीय पुलिसको सक्रियताले भएको प्रचार गरिएको छ । अपहरित सुरेश केडिया स्वयंले अपहरणकारीहरूले हात र मुख बाँधेर हाइवेमा ल्याई मुक्त गरिदिएको बताएका छन् । सुरेश केडियाको बयानले दुईवटा शड्ढा उब्जाएको छ । पहिलो सुनिए अनुसार अपहरणपछि फिरौती माग गरिएको थियो । उनको मुक्तिका लागि फिरौती कारक हो कि प्रहरीको उच्च सतर्कता र गतिविधि जसबाट आत्तिएर अपहरणकारी उनलाई मुक्त गर्न बाध्य भए । कारण जे होस्, एउटा ज्यान सुरक्षित भएको छ । योभन्दा सुखद समाचार केही हुन सक्दैन । लामो समयदेखि अपहरण, चन्दा–आतड्ढ र र·दारीको त्रासबाट मुक्त रहेको सीमान्त क्षेत्रको नेपाली नागरिक यसबाट केही आश्वस्त भएको छ । तर आश्वासनले मानिसलाई लापरवाह बनाइदिन्छ भने आपराधिक गतिविधिले मलजल प्राप्त गर्छ । सतर्कता कुनै पनि अवस्थामा शिथिल हुनुहुँदैन र सुरक्षाको सबैखाले उपकरण, जेजति उपलब्ध छ प्रयोगमा ल्याउनुपर्छ ।     के फिरौती तिरेर सुरेशलाई मुक्त गरि

२०७३ जेठ १७ गते सोमवारको प्रतीक दैनिक

२०७३ जेठ १७ गते सोमवारको प्रतीक दैनिक पढ्नुहोस् ।

अपहरणको ४ दिनपछि केडिया सकुशल मुक्त भारतबाट एक तथा नेपालबाट ६ जना पक्राउ

Image
प्रस, वीरगंज, १५ जेठ/     केडिया अर्गनाइजेशनका अध्यक्ष हीरालाला केडियाका छोरा सुरेश केडियालाई  अपहरण भएको ४ दिनपछि भारतीय प्रहरीले सकुशल मुक्त गराएको छ।     मोतिहारी, गोपालगंज रोडस्थित कोतवा भन्ने ठाउँबाट बिहान १  बजे मोतिहारीका एसपी जितेन्द्र राणा र बेतियाका एसपी विनय कुमारको नेतृत्वमा खटेको बिहार पुलिसको टोलीले केडियालाई अपहरणकारीको चङ्गुलबाट मुक्त गराउनुका साथै अपहरणमा संलग्न रक्सौल निवासी रञ्जन झालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले आज दिउँसो १ बजे फोनबाट सुरेश केडिया अपहरणमुक्त भएको सूचना उनको परिवारलाई दिएको थियो।     वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले घटनाको आधा घण्टापछि भारतीय प्रहरीबाट सूचना पाएको बताए।     "बिहार पुलिसका दुईजना एसपी जितेन्द्र राणा र विनय कुमारको अनुसन्धानबाट केडिया मुक्त भएका हुन् । बिहार पुलिसलाई अपहरणपछि नेपाल पुलिसले अनुसन्धानमा सघाएको थियो ।      अपहरणमा नेपाल र भारतका अपराधीको हात रहेको एसपी जितेन्द्र राणाले पत्रकार सम्मेलनमा जानकारी गराए।     भारतीय प्रहरी इन्सपेक्टर दिलीप कुमार र रवि कुमारको नेतृत्वमा रहेको टोलीले केडि

पर्सामा रु ४२ करोड ५० लाखको माछा उत्पादन ८ करोडको माछा निर्यात

Image
प्रस, परवानीपुर, १६ जेठ/     पर्याप्त बजार मागका कारण नगदमा बिक्री हुन थालेपछि व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ। स्थानीय उपभोगका लागिसमेत भारत र छिमेकी बारा जिल्लाबाट माछा आयात हुँदै आएको पर्सा जिल्लामा पछिल्लो पाँच वर्ष यता माछा उत्पादनमा किसानको बढ्दो आकर्षणसँगै आयात पनि प्रतिस्थापन हुँदै गएको छ। गत आवमा पर्सामा  रु ४२ करोड ५० लाख बराबरको १७ हजार टन माछा उत्पादन भएको छ। गत वर्ष पर्साबाट रु ८ करोड ७५ लाख बराबरको ३ सय पचास मेट्रिक टन माछा नेपालकै बाहिरी जिल्लाहरूमा निकासी भएको छ ।     कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा यहाँ उत्पादित १७ हजार मेट्रिक टनमध्ये तीन सय ५० मेट्रिक टन माछा अन्य जिल्लाका बजामा निर्यात गरिएको थियो। यहाँको माछाको काठमाडौं, मलेखु, पोखरा, हेटौंडा, भरतपुरमा ठूलो माग छ। यहाँ ४ सय ८० हेक्टर क्षेत्रफलमा माछा पोखरी खनिएको छ। पर्सामा १२ सय पोखरीको कुल जलाशय करिब ३ सय तीन हेक्टर क्षेत्रफल छ। प्रतिहेक्टर उत्पादकत्व औसत ६ मेट्रिक टन माछा छ। पर्साको माछा बाहिर निर्यात हुनु पर्सावासीका लागी खुशीको कुरा भएको जिल्ला कृषि विकास कार्यालयकी मत्स्य

संविधान पुनर्लेखन नगरेसम्म आन्दोलन नरोकिने – उपेन्द्र यादव

Image
प्रस, वीरगंज, १६ जेठ/     सङ्घीय गठबन्धनको विरोधसभा आज वीरगंजमा सम्पन्न भएको छ।     कार्यक्रममा बोल्दै प्रमुख अतिथि गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखन नगरेसम्म आन्दोलन नरोकिने बताएका थिए।     जारी संविधानले मधेसी, आदिवासी, जनजाति, उत्पीडितलगायत पिछडा वर्गको अधिकार सुनिश्चित गर्न नसक्ने बताउँदै उनले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका थिए।     खस शासकहरूको नियन्त्रणमा बनेको संविधानबाट मधेसीलगायत अन्य पिछिडिएका समुदाय अधिकारबाट वञ्चित हुने हुँदा हिमाल, पहाड, तराईका जनता आन्दोलित भएको यादवले बताएका थिए ।     कार्यक्रममा बोल्दै अर्का नेता राजेन्द्र महतोले सीमाङकनको मुद्दा संशोधन गर्नुको साटो वत्र्तमान सरकारले बल्झाउन खोजेको आरोप लगाए।     आयोगले दिएको प्रतिवेदनको आधारमा सीमाङकन नगरे मधेस आन्दोलन जारी रहने उनले बताएका थिए।     कार्यक्रममा बोल्दै शरद सिंह भण्डारीले देशमा आन्दोलन गरिरहेको जनतालाई अधिकार नदिई अहिलेको सरकारले फाइदाको राजनीति गर्न खोजेको बताए।     मधेसी जनताको चाहना अनुसार छुट्टाछट्टै आन्दोलन गर्दै आएका मधेसी दलहरू एउटै झन्डामुनि अधिकारको लडाइँ लडिरहेको र यस

अतिक्रमित जग्गा खाली गराउन पहल

Image
प्रस, जीतपुर, १६ जेठ/     गढीमाई नगरपालिका–७ जीतपुर सडक छेउ रहेको वीरगंज–जीतपुर गौशालाको जग्गा अतिक्रमण गरी २७ वटा घर, टहरा बनाई वर्षौदेखि भोगचलन गर्दै आएकोमा सो जग्गा खाली गरेर सरोकारवाला तथा स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सल्लाह, सुझाव बमोजिम सो जग्गाको उपभोग गर्ने बढीमाई नगरपालिका कार्यालय जीतपुरका कार्यकारी अधिकृत नाथुप्रसाद साहले बताए।     हाल वीरगंज–जीतपुर गौशालाको जग्गा अतिक्रमणकारीलाई २० गतेभित्र जग्गा खाली गर्न सार्वजनिक सूचना टाँस भएको छ र सो अवधिमा खाली नभए गनपाले खाली तथा सफा गरी सोको खर्च सम्बन्धित व्यक्तिबाट असुल गर्ने कार्यकारी अधिकृत साहले बताए।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलकुदले नेपाललाई विश्वसामु चिनाउँदैछ– पूर्वमन्त्री पौडेल

Image
प्रस, वीरगंज, १६ जेठ/     क्षेत्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता आजदेखि वीरगंजमा  शुरु भएको छ। पूर्व खेलकुदमन्त्री सांसद पुरुषोत्तम पौडेलले नारायणी रङ्गशालामा आज एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरे।     उद्घाटन मन्तव्य दिंदै सांसद पौडेलले नेपाली खेलाडीहरूले आफूभन्दा ठूला र शक्तिशाली राष्ट्रहरूलाई खेलको माध्यमले जित हासिल गरी नेपालको गरिमा बढाउँदै आएको बताए। उनले नेपाललाई विश्वसामु चिनाउन खेलकुदको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै वीरगंजमा खेलकुद प्रतियोगितालाई निरन्तरता दिए मात्र यस क्षेत्रमा खेलको विकास हुने बताए।         सांसद बिचारीप्रसाद यादवले वीरगंज प्रतियोगिताविहीन बन्दै गएको बताए। उनले खेलकुदलाई नगर, जिल्लास्तरमा भए पनि निरन्तरता दिनुपर्ने बताए। दुईवटा रङगशाला भएको वीरगंजमा खेलकुद शून्य हुनु लज्जास्पद भएको बताउँदै सांसद यादवले रङगशालाको जीर्णोद्धारका लागि बजेट विनियोजन गराउन लगाउने बताए। उनले खेलको स्तर बढाउन सरोकारवाला सबै सङ्घसंस्थालाई अगाडि आउन आह्वान गरे।     मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजराको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमु

क्षतिपूर्ति कसले दिने ?

    देशमा नयाँ बजेट आएको छ। बजेटले कसलाई के दिन्छ र कसले के पाउँछ भन्ने बहस हुनेखाने र जान्नेबुझ्नेबीच हुने गर्दछ। निम्सरा नेपाली जनताले त बजेट कार्यान्वयनपछि भोग्ने महँगी वा सुविधा अनुभूति गरेपछि मात्र थाहा पाउँछ, बजेटको प्रभावकारिता कसको पक्षमा छ भनेर। बजेटले नेपालमा तीनवटा वर्ग जन्माएको छ। पहिलो वर्गले बजेटको प्रभावकारिताको स्वाद बजेट आउनुपूर्व नै आकलन गरेर चाख्छ। यो उद्योगी र व्यवसायी–व्यापारी वर्ग हो। बजेटमा कुन राजस्व कति बढ्छ, कति घट्छ, त्यसै आधारमा सामान भित्र्याएर वा बाहिर थन्क्याएर राखेर बजेट सार्वजनिकीकरणपछि एकमुस्ठ लाभ प्राप्त गर्दछ। यस वर्गलाई बजेटको रूप, आकार र भंसार दरले धेरै फरक पार्छ, जताबाट पनि नाफा नै हुन्छ।  दोस्रो वर्ग भने बजेटको कुराहरूलाई खेलाउँदा, आफूपायक केही भएकोमा मस्त हुन्छ–जस्तै यसपालि आयकर सीमा बढेको छ। यति मात्र उसका लागि रमाउने मुख्य आधार हो। आयकर सीमाको बढोत्तरीबाट प्राप्त आयभन्दा बरु बचत थोरै किन नहोस्, त्यसको उसले हिसाब गर्दैन। तेस्रो वर्ग चाहिं माथि भनिएजस्तै न लाभ पाउँछ, न दिवास्वप्न देख्छ, अनुभव मात्र गर्छ।     त्यस्तै अनुभव गर्नेमा नेपालमा किसान

बोर्डिङ, बबन्डर र विमर्श

Image
अनन्तकुमार लाल दास     आजभोलि  सामाजिक सञ्जालहरूमा केही कार्टुन निकै चर्चामा छ। त्यस्तै एउटा कार्टुन छ, एउटा सुनसान गल्लीबाट हिंडिराखेको एउटा लुटेराले रिवाल्भर तेर्साउँदै भन्छ–“पर्स निकाल।” त्यो व्यक्तिले विनम्रतापूर्वक भन्छ–“भाइ, मसँग के छ लुट्छौ, आज नै स्कूलमा फी तिरेर आएको छु।” त्यस्तै अर्को कार्टुन चर्चामा छ। विद्यार्थीको बुवाले अखबारमा पढ्दै गरेको हुन्छ, बोर्डिङग स्कूलहरूको मनोमानी। त्यही बेला स्कूलले पठाएको बिल लिएर आमा आउँछिन् र भन्छिन्–“सुन्नु भो १ विद्यालयले डायरीमा लेखेर पठाएको छ– अबदेखि विद्यालयले नै तोकेको पसलमा हेयर कटिङ गराउनुपर्त रे १” यी दुई कार्टुनले बोर्डिङग स्कूलहरूको शोषण गर्ने प्रवृत्ति उजागर गरेको छ।     कार्टुनको कुरा छोडौं, हाम्रै शहरमा विद्यालयहरू बर्सेिी पाठ्यपुस्तक परिवर्तन गर्छन्। कुनै वर्ष खास–खास विषयको पुस्तकमा हेरफेर गरिन्छ र यसरी हेरफेर गरिएका किताबहरूको मोल अस्वाभाविक रूपमा महँगो हुन्छ। कुनै विद्यालयले बर्सेनि कुनै न कुनै यस्तो शुल्क लिइरहन्छ र सो अनुसारको सुविधा व्यावहारिकरूपमा विद्यालयले दिइरहेको हुँदैन। कसैले बर्सेनि विद्यालय–पोशाक फेर्छ र उसले

२०७३ जेठ १४ गते आइतवारको प्रतीक दैनिक डाउनलोड गर्नुहोस् ।

२०७३ जेठ १४ गते  आइतवारको प्रतीक दैनिक डाउनलोड गर्नुहोस् ।

बजेट भाषणको दिन भन्सारबाट सिमेन्टका कच्चा पदार्थहरू छुटे

प्रस, वीरगंज, १५ जेठ/     वीरगंज भन्सार कार्यालयले बजेट भाषणको दिन शनिवार पहिलोचोटि भन्सार कार्यालय सञ्चालनमा ल्याएको छ।     यद्यपि वीरगंज भन्सार कार्यालयले पूर्वसूचना जारी गरी बजेट भाषणको दिन शनिवार भन्सारको कुनै पनि कार्य नहुने जनाऊ दिंदै सूचना प्रकाशित गरेको थियो ।     यसअघि बजेट भाषणको दिन देशभरकै भन्सार कार्यालयको काम ठप्प हुँदै आएको थियो । वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले भन्सार यार्डमा सवारी साधनहरूको घुइँचो बढेकाले सिमेन्टको कच्चा पदार्थ बोकेका ट्रकहरूलाई छाडिएको बताएका छन् ।     प्रमुख पोखरेलले पूर्वभुक्तानी गरेका सिमेन्टको कच्चा पदार्थ बोकेका ट्रकहरूलाई आज बजेट भाषणको दिन कच्चा पदार्थमा मूल्यवृद्धि भएको खण्डमा सोही अनुसार भुक्तानी गर्नुपर्ने बन्ड बनाएर छाडिएको बताए ।     वीरगंज भन्सारमा कारोबार गर्ने व्यवसायीहरूले भने एकथरी कारोबारीलाई विशेष ग्राहयता दिएर नेपालकै इतिहासमा पहिलोचोटि बजेट भाषणको दिन भन्सार सुविधा प्रदान गरेकोमा दु:खेसो व्यक्त गरेका छन् । उनीहरूले सिमेन्टका कारोबारीहरूलाई मात्र विशेष सुविधा प्रदान गरिनु न्यायोचित नभएको बताए ।     वीरगंज भन्सार कार

८ महिलासहित १०६ जनाद्वारा रक्तदान

Image
प्रस, जीतपुर, १५ जेठ/     ९ औं गणतन्त्र दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र बाराले जीतपुरमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिलासहित १०६ जनाले रक्तदान गरेका थिए ।     कर्मचारी मिलन केन्द्र बाराका अध्यक्ष अच्युत पन्तको अध्यक्षता र बाराका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा जीतपुरको फकिरा गिरी राजेश्वर गिरी उच्च मावि नगौलको प्रा·णमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।     गढीमाई नगरपालिका कार्यालय जीतपुरको आर्थिक सहयोगमा आयोजित कार्यक्रमको सो नपाका कार्यकारी अधिकृत नाथुप्रसाद साहले रक्तदान गरेर शुभारम्भ गरेका थिए । कार्यक्रममा निशा यादव, उषा बस्नेत, सानु थापा, राजीवकुमार चौरसिया, राजु गुप्ता, सिम्रन श्रेष्ठ, बबिता शर्मा, विशाल श्रीवास्तव, श्रेया गुप्ता, रिंकुकुमारी ठाकुर, अर्जुनकुमार गुप्ता, रामविश्वास कुशवाहा, विकाश झा, अनिलकुमार पटेल, विकाश श्रीवास्तव, एजाज अन्सारी, अरुणकुमार यादव, नविना शर्मा, सोनुकुमार साह, आशीष रहीम, ज्ञानेन्द्रकुमार सिंह, अनुज गुप्ता, सुलभ चौधरी, साइरफ सुब्बा, हाकिम खान, सुनील चौधरी, ब्रजेशकुमार सिंह, विनोद यादव, सूर्यप्रसाद

सामुदायिक सेवा केन्द्रलाई सक्रिय बनाइने

Image
प्रस, वीरगंज, १५ जेठ/     सामुदायिक सेवा केन्द्र, श्रीपुर, मुर्ली र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा मुर्ली बजार व्यवस्थापन तथा सामुदायिक सेवा केन्द्र सक्रिय बनाउनेसम्बन्धी अन्तक्र्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ।     कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले वीरगंजमा बढ्दो जनसङ्ख्यासँगै सवारीको चाप बढेकाले मुर्ली बजार हटाउन आवश्यक रहेको बताएका थिए ।     मुर्ली बजार ऐतिहासिक बजार रहेको पनि समय अनुसार परिवर्तन गर्नुपर्ने र यसको लागि आवश्यक जग्गाको लागि नगरपालिकाले पहल गर्ने बताएका थिए । बजारको लागि आवश्यक जग्गा भाडामा लिई सञ्चालन गर्दा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।     कार्यक्रममा सहभागीहरूले सामुदायिक सेवा केन्द्र निष्क्रिय भएको कारणले यसलाई व्यवस्थित गर्न, सदस्यता बढाउन सामुदायिक प्रहरीलाई आग्रह गरेका थिए ।     सामुदायिक प्रहरी मुर्लीका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठ, अपराध अनुसन्धान सामुदायिक महाशाखाका प्रहरी नायब उपरीक्षक रमेश पडित, प्रहरी निरीक्षक विप

केडियाको रिहाइ माग गर्दै प्रजिअमार्फत् गृहमन्त्रीलाई ज्ञापन

Image
प्रस, वीरगंज, १५ जेठ/     वीरगंजको औद्योगिक घराना केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालाल केडियाका छोरा सुरेश केडियाको अपहरण भएको विरोधमा वीरगंज उद्योग वाणिज्य सङ्घले आज प्रजिअमार्फत् गृहमन्त्रीलाई ज्ञापन बुझाएको छ ।     वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माको अगुवाइमा जिप्रका पर्सा पुगेको सङ्घका पदाधिकारी सदस्यहरूको टोलीले प्रजिअ केशवराज घिमिरेमार्फत् गृहमन्त्रीलाई ज्ञापन बुझाएको थियो ।     ज्ञापन बुझाउँदै वरिष्ठ उपाध्यक्ष शर्माले व्यवसायी केडियालाई अविलम्ब अपहरण मुक्त गरी शान्तिसुरक्षाको प्रत्याभूति दिन माग गरेका थिए ।     दिनदहाडै व्यवासायीको अपहरणले पर्सा–बाराका उद्योगी–व्यवसायीहरूमा आतड्ढको माहोल सृजना भएको सङ्घका वरिष्ठ उपाध्यक्ष शर्माले बताउँदै आतड्ढको माहोल हटाएर शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन अपहरणकारीलाई पक्राउ गरी केडियाको सकुशल रिहाइतर्फ पहल चलाउन आग्रह गरेका थिए ।     प्रजिअ घिमिरेले ज्ञापन बुझ्दै व्यवसायी केडियाको अपहरणबाट सबै चिन्तित भएको बताए । उनले अपहरण मुक्त गराउनेतर्फ सरकारीस्तरबाट व्यापक पहल भइरहेको जानकारी गराएका थिए ।     यसैबीच केडिया अर्गनाइजेसनका सदस्

डेढ महिनामा पनि पुस्तक उपलब्ध भएन

प्रस, पोखरिया, १५ जेठ/     नयाँ शैक्षिक सत्र शुरू भएको डेढ महिना बितिसक्दा पनि पर्सा जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा सबै पाठ्यपुस्तकहरू उपलब्ध हुन सकेको छैन ।     जिल्ला उच्चा·ल रामदेवप्रसाद कलवार उमावि पोखरिया, कालीप्रसाद लाखे मावि ल·डी, म·ल उमावि भिस्वा, नेरामावि चेरगाहाँलगायत दर्जनौं विद्यालयमा यस शैक्षिक वर्षका पाठ्यपुस्तकहरू उपलब्ध हुन नसकेको अभिभावकहरूले गुनासो गरेका छन् ।     अभिभावकहरूले विद्यार्थीहरूलाई सबै पाठ्यपुस्तक प्राप्त नभएको र सम्बन्धित विद्यालयमा गुनासो गर्दा गैरजिम्मेवार उत्तर पाउने गरेको गुनासो गरे ।     शैक्षिक सत्र शुरू भएको डेढ महिनासम्म पनि सम्पूर्ण पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या परेको छ ।     यसबारेमा जिशिका पर्साका जिशिअ रामविनय सिंहसँग बुझ्दा उनले पाठ्यपुस्तक नपुगेका विद्यालयहरूले आगामी एक साताभित्र पाठ्यपुस्तक विद्यार्थीहरूलाई उपलब्ध नगराएको खण्डमा उनीहरूको खाता रोक्का गर्ने प्रतीकलाई बताए ।     सबै विद्यालयलाई पर्याप्त हुने पाठ्यपुस्तकहरूको व्यवस्था मिलाइएकोमा विद्यार्थीहरूलाई पुस्तक उपलब्ध नगराउने विद्यालयको खाता रोक्का गर

टीबी शाह मेमोरियल क्रिकेट प्रतियोगिता

Image
प्रस, वीरगंज १५ जेठ/     टीबी शाह मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता शनिवारदेखि शुरू भएको छ । नारायणी र·शालामा आयोजित प्रतियोगिताको उद्घाटन सूर्य नेपाल प्रालि, सिमरा, बाराका महाप्रबन्धक प्रभाकर विक्रम शाहले गरेका थिए ।     प्रतियोगिता उद्घाटनपश्चात् शुरू भएको पहिलो खेलमा डिपिएस वीरगंजले कमरान खान क्रिकेट एकेडेमी युपी भारतलाई पराजित गरेको छ ।     पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १४९ रन बनाएको थियो । प्रतिउत्तरमा डिपिएसले अन्तिम बलमा छक्का प्रहार गरी जीत हासिल गरेको थियो । आजको खेलमा सर्वाधिक रन बनाउन सफल डिपिएसका अभिषेक साह म्यान अफ दि म्याच घोषित भए ।     सानो पाइला वीरगंजद्वारा आयोजित सो प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुने सुवीर घोषले बताए । नेपालको क्रिकेट क्षेत्रमा आफ्नो जीवनकालको ३४ वर्ष बिताएर देशविदेशमा नेपाली क्रिकेटलाई चिनाउन सफल स्व. टीबी शाहको सम्झनामा सो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल र भारतका ६ वटा टिम सहभागी छन् ।

वीरगंजमा मेयर कप भलिबल प्रतियोगिता शुरू, उद्घाटन खेलमा गौतम र विशाल प्रतिष्ठान विजयी

Image
प्रस, वीरगंज, १५ जेठ/     गणतन्त्र दिवसको अवसरमा शनिवारदेखि वीरगंजमा मेयर कप भलिबल प्रतियोगिता शुरू भएको छ । वीरगंज उपमहानगरपालिकाको सहयोगमा जिल्ला खेलकुद विकास समिति पर्साद्वारा आयोजित सो प्रतियोगिता आदर्शनगर र·शालाको प्रवेशद्वारमा रहेको भलिबल कोर्टमा शुरू भएको हो ।     समिति पर्साका अध्यक्ष सुदीप पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन बल प्रदान गरेर गरेका थिए ।     कार्यक्रममा वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइराला, नेपाल चेस एसोसिएसनका केन्द्रीय सदस्य रामकिशोर सिंह परागलगायतको उपस्थिति थियो ।     मेयर कप भलिबल प्रतियोगिताको शनिवार सम्पन्न उद्घाटन खेलमा गौतम मावि र विशाल स्मृति प्रतिष्ठान क्लब विजयी भएका छन् ।     गौतम माविले अल्पाइन माविलाई पराजित गरेको थियो भने विशाल स्मृति प्रतिष्ठान क्लबले तराई युथ एकेडेमीलाई पराजित गरेको थियो ।     प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार, दोस्रोलाई १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

प्रस, वीरगंज, १५ जेठ/     आइतवार जेठ १६ गतेदेखि सञ्चालन हुने क्षेत्रीय स्तरको दुई दिवसीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ ।     नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै  प्रतियोगिताका संयोजक एवं मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजारले जेठ १६ र १७ गते सञ्चालन हुने प्रतियोगितामा १९ जिल्लाका खेलाडी र प्रशिक्षकसमेत गरी करिब एक हजार ७ सयजनाको सहभागिता रहने बताए ।     नारायणी र·शाला र जिल्ला खेलकुद विकास समिति पर्साको कभर्डहल गरी दुई स्थानमा प्रतियोगिता हुने उनले जानकारी गराए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कराँते, उसु, कबड्डी, फूटबल, क्रिकेट (महिला/पुरुष) खेलहरू हुने उनले जानकारी दिए ।     प्रतियोगितामा खेलाडी तथा प्रशिक्षकहरूको खाना र बस्नको लागि रु. ५ सयका दरले ३ दिनको दैनिक भत्ता २२ लाख ८० हजार, मेडल, ट्रफी र प्रमाणपत्रको लागि १ लाख २० हजार, पोशाकमा ३ लाख ६ हजार, नगर पुरस्कारमा ४५ हजार, उद्घाटन र समापन कार्यक्रममा ३० हजार, निर्णायक र रेफ्री भत्तामा ४ लाख २० हजार, खे

गणतन्त्रका ८ वर्ष : अपेक्षा र यथार्थ

Image
ओमप्रकाश खनाल     आठ वर्षअघि संविधानसभाले नेपाललाई सङ्घीय गणतन्त्र घोषणा गर्दा धेरैलाई लागेको थियो, अब राजनीतिक अधिकारका लडाइँका दिन सकिए । जनताको अधिकारमाथि पटकपटक धावा बोल्दै आएको राजतन्त्र सदाका लागि समाप्त भएको खुसीयालीमा जनताले त्यतिखेर दीपावलीमात्र मनाएनन्,  राजनीतिक उपलब्धिको जगमा आर्थिक विकास र उपभोगको अधिकारको सपना पनि स्वाभाविक थियो । लामो राजनीतिक द्वन्द्वबाट आजित जनतामा त्यो बेला दीर्घकालीन शान्ति, स्थायित्व र समृद्धिको अपेक्षाबाहेक अन्य थिएन ।     गणतन्त्र घोषणाको करिब एक दशकको अवधिमा राजनीतिक सङ्क्रमणको गाँठो अरू कस्सिएको भान हुन थालेको छ । नवौं गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका मात्र छन्, तिनमा कुनै प्रकारको उत्साह भने प्रतीत भइराखेको छैन । राष्ट्रप्रमुखदेखि, कार्यकारी प्रमुखसम्मले यो अवसरमा वक्तव्यका कर्मकाण्ड पूरा गरे पनि त्यस क्रमका प्रयुक्त शब्दहरूले उत्साह होइन, बरु जनतामाथि पीडा प्रवाह गरिराखेको महसुस हुन्छ ।     यो समयान्तरमा बल्लतल्ल एक थान संविधानमार्फत् गणतन्त्र संस्थागत भने भएको छ । सँगै सङ्घीयता र धर्मनिरपेक्षताजस्ता कुराहरूलाई संविधानक

मनलाई वशमा कसरी गर्ने ?

    मनको सन्दर्भमा हाम्रो चिरपरिचित धारणा छ– मन चञ्चल हुन्छ, मान्दैन, यसलाई वशमा राख्न कठिन छ । केही हदसम्म यो कुरा सही हो तर यसलाई पूर्णत: स्वीकार्नु ठीक होइन । कारण, यो कार्य दुष्कर अवश्य छ, तर असम्भव छैन ।     हामी यदि ठोस मन्थन गरेर यसका कारणहरूको तहसम्म पुग्ने प्रयास गरौं, जसको कारणले यस्तो हुन्छ । तब हामीले पाउँछौं कि यसको एकमात्र मुख्य कारण हो– हाम्रो लालसा, नाना प्रकारका जिज्ञासा, जसले मनलाई अस्थिर गर्छ र मनको यो अस्थिरताले नै चञ्चलता प्रदान गर्छ । फलस्वरूप मन यताउता भट्किन थाल्छ ।     दोस्रो मुख्य कारण हो– मोह, तेरो–मेरोको जन्मदाता । यो तेरो–मेरो आसक्तिले मनमुटाव उत्पन्न गर्छ, जसले मनलाई त्यसैमा लगाउँछ । मन यो सोच्न विवश हुन्छ कि को मेरो हो, को पराया र फेरि त्यसैमा रमाउन थाल्छ । जहाँ आफन्त छ, त्यहाँ राग छ र जहाँ पराया छ, त्यहाँ द्वेष । यो ‘राग–द्वेष’ दुवै सहोदर भाइ हुन् । मनलाई भटकाउने जरो यही हो । हाम्रो जीवनमा न राग राम्रो हो र न द्वेष । सम र निरपेक्ष बन्नु नै उत्तम हो । यसको लागि आवश्यक छ, सम र विषम दुवै परिस्थितिमा हामी एउटा मात्र बनिरहौं । सकारात्मक परिस्थितिमा पनि त्यसै

२०७३ जेठ १३ गते शनिवारको प्रतीक दैनिक डाउनलोड गर्नुहोस् ।

२०७३ जेठ १३ गते  शनिवारको प्रतीक दैनिक डाउनलोड गर्नुहोस् ।

केडिया अपहरणमा सुरक्षा निकायको चरम लापर्बाही

प्रस, वीरगंज, १४ जेठ/     केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालाल केडियाका छोरा ५३ वर्षीय सुरेश केडियाको अपहरण भएको २४ घण्टा बितिसक्दा पनि कुनै सुराक फेला परेको छैन ।     बिहीवार बाराको बरियारपुरनजिक पसाहा पुलबाट भारतीय सशस्त्र हतियारधारी समूहले केडिया चढेको बलेरो जीपका चालक रामउमेश साह कानूलाई गोली हानी केडियालाई अपहरण गरेर लगेको थियो । अपहरण सम्बन्धमा पछिल्लो सूचना अनुसार अञ्चल प्रहरी कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोली भारतीय प्रहरीको सहयोगमा छौडादानोलगायतका क्षेत्रमा रातिदेखि नै सोधखोजमा सक्रिय छ तर केडियाको कुनै सुराक फेला पर्न सकेको छैन ।     अपहरणपछि धेरै कुराहरूले सुरक्षा सवालमा प्रश्नचिह्न तेर्साएको छ । बिहीवार साँझ सवा ५ बजे स्कार्पियो जीपमा सवार हतियारधारी समूह पसाहा पुल पुग्नुभन्दा पहिलेदेखि बलेरोबाट आइरहेका केडियाको पछि लागेको थियो ।  पुलमा पुगेपछि हतियारधारी समूहले फायर गरेको गोली चालकलाई लागेर गाडी रोकिएपछि केडियालाई नियन्त्रणमा लिएर अपहरणकारी समूह भारतीय स्कार्पियो गाडीमा सीमातर्फ हुइँकिएको थियो ।     प्रत्यक्षदर्शीका अपहरणपछि हुइँकिएर गएको स्कार्प

नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण, बाराबाट आर्थिक विकासको सुरुआत हुनुपर्छ –वरिष्ठ उपाध्यक्ष राणा

Image
प्रस, निजगढ, १४ जेठ/     बारा जिल्लाबाट आर्थिक विकासको सुरुआत गर्नुपर्ने उद्योग वाणिज्य महासङ्घकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले बताएकी छन् ।     शुक्रवार बारा उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा प्रमुख अतिथि राणाले बारा कृषिको उर्वर जिल्ला रहेको बताउँदै जिल्लामा रहेका धार्मिक क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउँदै पर्यटन क्षेत्रको विकास विस्तार गर्न सकिने बताइन् ।     एकताको खाँचो रहेको बताउँदै प्रमुख अतिथि राणाले सोका लागि स्थानीयको सहभागिता हुनुपर्ने बताइन् । सरकारको मुख ताकेर मात्र बस्ने बेला नभएको जनाउँदै सरकारबाट प्राप्त थोरै सहयोगले धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण बन्न बारावासीलाई उपाध्यक्ष राणाले आग्रह गरिन् ।     तराई आन्दोलनले तराईका अन्य जिल्लासँगै बारालाई प्रताडित गरेको बताउँदै तराईका जिल्लाहरूमा विकासले लिन सक्नुपर्ने गति लिन नसकेको बताइन् । एक दिनअघि मात्रै व्यापारीको अपहरणले आफूहरूलाई मर्माहत बनाएको भन्दै व्यापारी केडियालाई सुरक्षित साथ अपहरणमुक्त गर्न राज्यसँग माग गरिन् । उनले उद्योगी, व्यापारीहरू लगानीतर्फ

भुक्तानीको माग गर्दै उखु किसानले मिलमैं थुने कर्मचारीलाई

प्रस, गरुडा, १४ जेठ/     चिनी उद्योगलाई तीन वर्ष बेचेको उखुको मूल्य नपाएका रौतहटका किसानले भुक्तानी पाउन मिल कर्मचारीलाई  थुनेका छन् ।     गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडसित करिब बयानब्बे करोड भुक्तानी लिन बाँकी रहेको भन्दै रौतहट उखु उत्पादक सङ्घका अध्यक्ष अशोकप्रसाद यादवको नेतृत्वमा किसानहरूले तीनजना कर्मचारीलाई कार्यालयमैं ताला लगाएर थुनेका हुन् । जेठ १५ गते भुक्तानीको कार्यतालिका प्रकाशन गर्नुपर्नेमा उद्योगले कुनै तयारी नगरेकोले लेखा फाँटका तीनजना कर्मचारीलाई कार्यकक्षमैं थुनेको अध्यक्ष यादवले बताए ।     तीन आर्थिक वर्षको गरी करिब अठार हजार उखु किसानलाई उद्योगले भुक्तानी दिन बाँकी रहेको सङ्घका कोषाध्यक्ष मनोजकुमार सहनीको भनाइ छ ।     गत जेठ ३ गते उद्योग मन्त्रालयमा उद्योग राज्यमन्त्री मेघराज निषादको कार्यकक्षमा सङ्घ र उद्योगपति दिवाकर गोल्छाका छोरा हितेश गोल्छाबीच जेठ १५ गते किसानको रकम भुक्तानीको कार्यतालिका प्रकाशन गरी १६ गतेदेखि भुक्तानी दिने सहमति भएको थियो । सो अवसरमा राज्यमन्त्री निषादसहित सांसदहरूको उपस्थिति थियो ।     सहमतिबमोजिम उद्योगले कुनै तयारी नगरेकोले दबाब दिन उ

धन्यवाद !

Image
यमुना प्रधानाङ्ग‘मुना’     वीरंगजमा फागुन २७ गते आंैठीका कारण विवाद चर्किएपछि लोभी युवकसँग विवाह नगर्ने अडान लिएकी सोनी र बिनादहेज विवाह गर्न तयार भएका  साहसिक युवक जटाधारीको विवाहको सन्दर्भलाई लिएर वीरगंजमा चलेको चर्चाको विषयमा समर्थन नजनाइ बस्न सकिनँ । धन्यवाद जटाधारी तथा धन्यवाद सोनी बर्णवाल । तपाईंहरूले रुढीवादी परम्परामा जकडिएको दाइजो (नगदसमेत) दिनुपर्ने हाम्रो समाजमा एउटा साहसिक काम गरेर उदाहरणीय हुनुभएको छ । तपाईंहरू भोलिका दिनमा हाम्रो समाजमा प्रेरणाको स्रोत बन्नुहुनेछ भन्ने विश्वास लिएकी छु । कैयौं बुबाआमा दाइजो प्रथाले गर्दा आफ्ना छोरीहरूलाई विवाह गरी पठाउन छोरी जन्मेको दिनदेखि नै चिन्ताग्रस्त अवस्थामा डुबेको देखेकी छु । सोनीले एउटा औंठीका कारण आफ्नो विवाहसमेत दाउमा लगाउने ती हुतिहारा युवक तथा निजको बुबालाई राम्रो पाठ सिकाउनुभएको छ । पतिपत्नी भनेको एउटा रथका दुईटा पाङ्ग्रा हुन् भन्ने कुरा किन नबुझेका होलान् ? विवाहपश्चात् त तिनीहरू एक हुने नै थियो । सानोभन्दा सानो औंठीको कुराले विवाह रोकियो । लाजमर्दो १ अवश्य पनि तिनीहरू समाजमा हाँसोका पात्र बनेका छन् ।     सोनी बर्णवाल पढि

पाण्डवहरूको अज्ञातवास–२६

Image
उमाशङ्कर द्विवेदी     यसको जवाफमा रनिवासमा बस्ने स्त्री तथा कन्याहरूले निवेदन गरे– “महाराज, हजुर युद्धमा गएपछि कौरवहरू आई गाईहरूलाई लान लागेको सुनेर राजकुमार क्रोधित भई अत्यन्त साहसको साथ एक्लै नै उनीहरूलाई जित्न भनेर हिंडिहाले । साथमा सारथिको रूपमा बृहनल्ला गएका छन् । कौरवको सेनामा भीष्म, कृपाचार्य, कर्ण, दुर्योधन, द्रोणाचार्य र अश्वत्थामा गरी जम्मा छजना महारथिहरू रहेका छन् ।”     राजा विराटले छोरा एक्लै बृहनल्लाको साथ एउटा रथ मात्र लिएर कौरवहरूसितको युद्धमा गएको सुनेर अत्यन्त दु:खी भएर आफ्ना प्रधानमन्त्रीलाई भने– “मेरा जति सेनाहरू त्रिगर्तहरूको साथमा भएको युद्धमा घाइते भएका छैनन्, ती जम्मै राजकुमार उत्तरको रक्षाको लागि युद्धभूमिमा जाऊन् ।” सेनालाई युद्धभूमिमा जान आज्ञा गरेपछि उनले पुन: मन्त्रीहरूसित भने– “पहिला यस कुराको पत्तो लगाउनु कि राजकुमार उत्तर जीवित छन् कि छैनन् । उसको सारथि एउटा नपुंसक छ, मेरो छोरा बाँचिरहेको सम्भावना म देख्दिनँ ।” राजा विराटलाई दु:खी भएको देखेर धर्मराज युधिष्ठिरले हाँस्दै भने–“राजन्, यदि बृहनल्ला सारथि छ भने विश्वास गर्नुहोस्, तपाईंको पुत्रले समस्त राजाहर

खप्तड: जीवित स्वर्गको यात्रा–२ डोटीको सेरोफेरो: हेर्दा अनि बुझ्दा

Image
गताङ्कको बाँकी     वीरगंजदेखि डोटीस दुई दिनको बसयात्राले शरीर थाकिसकेको थियो तर सिलगढी बजारको रूप हेर्न भने मन व्याकुल थियो । बजारभन्दा करिब पाँच किमि वरै कृषि भवनको गेस्टहाउसमा हामीलाई बस्ने व्यवस्था डोटी क्याम्पसले मिलाएको थियो । तात्तातो पुरी, तरकारी अनि चिया दन्काएर सिलगढी एवं प्रसिद्ध मन्दिर शैलेश्वरीको दर्शन गर्न मानसिकरूपबाट तयार भयौं । डोटीको प्राकृतिक सौन्दर्यलाई त्यस भेकमा गाइने यी लोकगीतले गर्दा मेरो मन भने छिटो डोटीलाई हेर्न व्यग्र भइरहेको थियो–     डोटी राम्डो डणेल्धुरा अछाम राम्डो साँफ्या ।     मलाई लकै उडाई लै जा ह्युँचुलिका डाँफ्या ।।     सबभन्दा पहिले हामी बसेको ठाउँबाट शैलेश्वरी मन्दिर जान सकिने तर ठाडो उकालो चढ्नुपर्ने । बसमा बस्दाबस्दा खुट्टा खुम्चिएका थिए, शरीर पूरै थाकेको, तर मन भने नथाकेको हुँदा स्वाँस्वाँ गर्दै डाँडो उक्लिन थाल्यौं । उकालो चढ्नु त्यस बेला सहज भएन । पसिनाले निथु्रक्क भयौं । मुटु नै फुल्न थालेको आभास भो । तर डाँडोमा पुग्दा चिसो बतासले शरीरलाई छँुदा थाकेको शरीरमा रक्त सञ्चार भयो । करिब ४५ मिनेट उकालो चढेपछि देवीको मन्दिर पुग्यौं । देवीको बारे पुर

मधेसमा पठन संस्कृति

Image
सञ्जय साह ‘मित्र’     आजभोलि अध्ययनको संस्कृति हराउँदै गएको छ । वीरगंजमा रहेको ठाकुर राम क्याम्पसदेखि जनकपुरमा रहेको राराब क्याम्पससम्मको धरतीमा यीसमेत अन्य दर्जनौं क्याम्पहरूले बर्सेनि हजारौं प्रमाणपत्रहरू युवामा पुर्‍याइरहेका छन् । मुख्यरूपमा यी दुवै क्याम्पसहरू यस प्रदेशको शैक्षिक मेरुदण्ड हुन् । काठमाडौंलगायत देशका अन्य क्षेत्र तथा शहरबाट पनि ठूलो परिमाणमा प्रमाणपत्रहरू भित्रिएका छन् । यद्यपि देशका सबैभन्दा निरक्षर जिल्लाहरू पनि यसै प्रदेशमा पर्दछन् तर उच्च शिक्षाको दृष्टिकोणले हेर्ने हो भने पूर्ण साक्षर वा शिक्षित कहलिएका जिल्लाहरूको तुलनामा प्रमाणपत्रहरूको कमी पाइँदैन । अझ प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा यो क्षेत्रले निकै ठूलो प्रगति गरेको पनि देखिएको छ । तर दुर्भाग्यको पक्ष के हो भने पठनको संस्कृति छँदै छैन ।     क्याम्पसमा पढाउने, विभिन्न क्याम्पसहरूमा आफ्नो नाम झुन्ड्याउन चाहने, सबैभन्दा शिक्षित र जान्ने भनेर देखाउन चाहने तर वास्तवमा पठनतिर भने निरक्षरभन्दा पनि कम ध्यान दिने राम्रा शिक्षक तथा प्राध्यापकहरू छन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि पढाइको सम

डा. कुलदीपले कोरेको सीमाञ्चल सम्बन्ध

Image
चन्द्रकिशोर फणीश्वरनाथ रेणु जो प्रसिद्ध भारतीय हिन्दी साहित्यकार र अधिकारकर्मी थिए, उनी नेपाल र नेपालीका पनि त्यतिकै हितैषी थिए । २००७ सालको नेपाली क्रान्तिसँग साइनो बोकेका रेणु त्यसका जिउँदा साक्षी पनि थिए । उनका रचनावलीमा नेपाल र नेपालप्रतिको भावनात्मक लगाव प्रशस्त भेटिन्छन् तर यतिमात्रले रेणुको नेपाल साइनोको सान्दर्भिकता बिसाइँदैन । नेपाल र भारतबीच जनस्तरका सम्बन्धमा उनी एक प्रतीक हुन् । त्यो यस अर्थमा कि उनी स्वयम् आफ्नो देश भारतको संस्थापनको नेपाल नीतिबारे एक नागरिकको तहमा त्यसलाई आलोचना पनि गर्थे, उनकै चर्चित कृति “नेपाली क्रान्ति”कथामा त्यतिखेरका भारतीय राजदूतका सम्बन्धमा उनले गरेका टिप्पणी आज पनि दुई छिमेकीबीचको नागरिक तहको सम्बन्धमा उल्लेख गरिने सन्दर्भ सुक्ति बनेको छ । उनै फणीश्वरनाथ रेणुले नेपालको राणाविरोधी सशस्त्र आन्दोलनमा ज्यान गुमाउन पुगेका एक भारतीय नागरिक डा. कुलदीप झाका बारेमा लेखेका शब्दहरू मूलत: यो दुई अभिन्न मित्र राष्ट्रका सीमाञ्चल सम्बन्धका लागि स्थायी स्मारक हुन पुगेका छन् । आज नेपाल–भारत सम्बन्धका बारेमा अनेकौं उकालीओरालीका पङ्क्तिहरू दुवैतर्फ खर्चिराखेको पृ