प्रस, वीरगंज, १६ वैशाख/
इप्रका पोखरिया र प्रहरी चौकी महुवनको संयुक्त टोलीले बिहीवार आफ्नो क्षेत्रमा सञ्चालित करिब ६ वटा अवैध मदिराभट्टी नष्ट गरेको छ। सूचनाको आधारमा विभिन्न ६ वटा स्थानमा छापामारी गरेर ठूलो परिमाणमा कच्चा मदिरा, मदिरा उत्पादन गर्ने मेसिन र सञ्चय गर्ने ड्रम बरामद भएको जिप्रका, पर्साका प्रनाउ होविन्द्र बोगटीले जानकारी गराएका छन्।
उनले गम्हरिया–१ मा बिजली राम, विनोद चमार, बलिराम चमार, महुवन–५ मा कुञ्जबिहारी, प्रभु साह र नगरदाहा–८ मा मदन साहले सञ्चालन गरेको अवैध मदिराभट्टीमा छापामारी गरेको र ७२ सय लिटर कच्चा मदिरा तथा २ सय लिटर तयारी मदिरा नष्ट गरेको बताए। प्रहरीले छापामारीबाट ६ थान मदिरा बनाउने मेसिन, ११ वटा मदिरा सञ्चय गर्ने ड्रम बरामद गरेको बताएका छन्।
प्रनाउ बोगटीले मदिरा उत्पादकहरू प्रहरीले छापामारी गर्ने क्रममा बेपत्ता भएका र उनीहरूको खोजी भइरहेको बताएका छन्। जिल्लामा अवैधरूपले मदिरा भट्टी सञ्चालनमा रहेको र यसबाट सामाजिक अपराध वृद्धि भइरहेको अवस्थामा प्रहरीले तदारुकताका साथ अभियान सञ्चालन गरेको र हालसम्म थुप्रै स्थानमा मदिराभट्टी नष्ट गरेको जिप्रका, पर्साले जनाएको छ।