–कुमार रुपाखेती
नेपाल बैंक लिमिटेड मौकामा चौका हान्न खप्पिस व्यापारी संस्था हो । नेपाल बैंक नेपालकै सबैभन्दा पुरानो र नेपाल राष्ट्र बैंकभन्दा जेठो बैंक हो । नेपाल राष्ट्र बैंकको स्थापना अगाडि राष्ट्र बैंकले गर्ने कार्यसमेत नेपाल बैंकले नै गर्दै आएको थियो ।
बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएपछि आधुनिकीकरणको नाममा कम्प्युटराइज्ड भएपछि नेपाल बैंकमा अहिले दुई हजारको हाराहारीमा कर्मचारी, एक सयभन्दा बढी शाखा छन् । कुनै बखत दश हजार कर्मचारी र दुई सयभन्दा बढी शाखाहरू, ६४ जिल्लामा फैलिएको थियो, नेपाल बैंकको । माओवादी आक्रमण र बैंक सुधारको नाममा नेपाल बैंकले विगतमा थुप्रै शाखाहरू बन्द गर्यो, घाटामा गइरहेको महुवन शाखा, भिस्वा, परसौनी, सिमरा, चिनीमिल, अमलेखगंज शाखा अझै सञ्चालनमा आउन नसकी बन्द छन् । वीरगंज भन्सारमा रहेको नेपाल बैंकसमेत अहिले सञ्चालनमा छैन ।
अचेल नेपाल बैंकले कर्मचारी भर्ना गर्दासमेत ‘करारमा’ भन्ने शब्द राख्दछ । विगतमा ६ महिनाको परीक्षणकालपछि स्वत: स्थायी हुने चलन थियो । २०५२ सालपछि भर्ना हुने कर्मचारीले अवकाश पश्चात् पाउने पेन्सन पनि कटौति गरेको छ बैंकले । सात वर्षे पेन्सनमा बस्ने कर्मचारीहरूलाई बढेको तलबको फरक रकम दिंदै जाने भनिए पनि त्यस्तो सुविधा नदिंदा भूपू कर्मचारीहरूले बैंकमाथि मुद्दासमेत दिएका छन्, जसको सुनवाइ अदालतले यही २०७३ जेठ २३ गते गर्दैछ । नेपाल राष्ट्र बैंकले भने यस्तो सुविधा आफ्नो भूतपूर्व कर्मचारीहरूलाई दिंदै आएको छ र स्मरणीय छ, नेपाल बैंक नेपाल राष्ट्र बैंकको नीति, निर्देशन र मातहतमा चल्ने संस्था हो । युनियनबाजी र ऋण प्रवाहको नाममा, ब्याज मिनाहाको काममा यो बैंक खासै बदनाम पनि छ । आफ्नो जग्गा र भवन हुँदाहुँदै कतिपय स्थानमा यो बैंक भाडामा सञ्चालन भइरहेको छ । श्रीपुर, कलैया, जीतपुर शाखा यसको ज्वलन्त उदाहरण हुन् । धेरैलाई थाहा छैन होला, रक्सौलमा पनि नेपाल बैंक सिटी अफिस बिर्ताको नाममा प्रशस्त जग्गा छ । सिटी अफिसले बर्सेनि रक्सौल म्युनिसिपलेटीलाई जग्गाको तिरो, मालपोत बुझाउँछ । तर पचीसौं वर्षदेखि बैंकको यो जग्गामा रक्सौलका दब·हरूले कब्जा गरेर हकभोग, चलन गरिरहेका छन् । नेपाल बैंकका पुराना कर्मचारी अवकाश हुँदै जानु, नयाँ भर्ना नगर्नु, कामको चाप बढ्दै जानु आदिले गर्दा बैंकले, बैंकको कामको अनुभव गर्न चाहने बिबिए/बिबिएस गरेका विद्यार्थीहरूलाई आकर्षित गर्न दैनिक एक सय खाजा भत्ता दिनेगरी बढीमा ६० कार्य दिनका लागि इन्टरसीपका लागि नियुक्ति गर्न थाल्यो । प्रारम्भमा इन्टरसीप गर्नेहरूको सङ्ख्या न्यून हुन्जेल बैंकले दैनिक १०० दिने कार्य जारी राख्यो । तर नेपाल बैंकमा इन्टरसीप गर्न चाहनेहरूको भीड र लर्को लाग्न थालेपछि बैंकले दिंदै आएको एक सय रुपियाँ कटौती गरेको छ । अचेल नेपाल बैंकमा इन्टरसीप गरिरहेका विचरा विद्यार्थीहरूले चियासमेत गोजीबाटै तिरेर खानुपर्छ । धेरैले नेपाल बैंकलाई बनिया बैंक पनि भन्दछन् । आफ्नो भवन हुँदाहुँदै मासिक लाखौं भाडा तिरेर बस्ने, स्वदेश र विदेशमा रहेका करोडौंका मूल्यवान जग्गा जमिन आफ्नो स्वामित्वमा लिन नसक्ने । तर दैनिक एक सय रुपियाँ बचाउने बैंकको यो नीतिलाई मौकामा चौका नभनी अरू के भन्ने ?
हाउगुजी
अचेल कोही आन्दोलनको हाउगुजी देखाएर त कोही विखण्डनको हाउगुजी देखाएर आमजनतालाई त्राहिमाम पार्दैछन् । प्रकृतिले समेत नेपालमा कहिले भैंचालो त कहिले पराकम्पनको हाउगुजी देखाएर त्रास फैलाएको छ । तराईको मौसममा समेत एकाएक परिवर्तन आएको छ, गर्मी बढेको छ, चैतदेखि तातो हावा चल्न थालेको छ । लामखुट्टे र झिँगाको रजाइँ बढेको छ, मर्निङ जानेलाई समेत छाडा कुकुरहरूले खेदो खन्न थालेको छ, शहर धुलाम्मे भएको छ । त्यसो त आन्दोलन र विखण्डनभन्दा झिनामसिना कुरा हुन् यी । अनि यिनै झिनामसिना कुराहरू आम जनताको दैनिकी बनेको छ । सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । सरकार आन्दोलन कुरेर बसेको छ, आन्दोलनकारी भनिनेहरू विभिन्न तानाबाना बुन्न व्यस्त छन् । सबै हाउगुजी देखाउने रोगले ग्रस्त छन् ।
कुम्लो बोकी ठिमीतिर भनेभैंm वीनपाले पनि वडा वडामा लगत सड्ढलन फारम –२०७२ पठाएर ठूलै काम गरेको ठान्दैछ । झाडातिरुवारूपमा सामाजिक परिचालकहरूलाई लगत सड्ढलनको असफल काममा लगाएको छ । स्मरणीय छ, वीनपाले वडा वडामा नियुक्ति दिएका सामाजिक परिचालकहरूले विगत पाँच महिनादेखि तलब पाएका छैनन् । मुलुकभर ४७ हजार सामाजिक परिचालक कार्यरत छन् । अन्तको त मलाई थाहा छैन तर वीनपाबाट खटेका सामाजिक परिचालकहरू पाँच महिनादेखि भोकै छन् अर्थात् भुखे भजन ना होइ गोपालाको अवस्था छ ।
१५ दिनभित्र लगत सड्ढलन फारम भराएर देऊ भन्ने उर्दी जारी गर्दै यस्तो हाउगुजी देखाउनेहरूले बुझ्न नसकेको अथवा बुझ पचाएको कुरा के हो ? एउटा अदना सामाजिक परिचारक र परिचालिकाले १५ दिनमा सही तथ्याड्ढ दिनै सक्दैनन् । किनकि वीनपाको वडा नं. ५ सबैभन्दा सानो वडा हो जहाँ सबैभन्दा थोरै चार सयको हाराहारीमा घरधुरी छन् । वडा नं. १३ र १९ को कुरै नगरौं । स्मरणीय छ लगत सड्ढलन फारम जमिनदारको तमसुकभन्दा डरलाग्दो छ । जसलाई न परिचालकहरूले जोरजबरजस्ती भराउन सक्छन् न घरधुरी भएका वडावासीले सही–सही भर्छन् । वडा नं. ६ मा फारम भराउन जाँदा सामाजिक परिचालकले खप्की खाएको देखियो । सही तथ्याड्ढ र लगत राख्नु राम्रो हो । तर यस्तो महत्त्वपूर्ण कामलाई वीनपा कर्मचारी नेतृत्वले झाडातिरुवारूपमा परिचालकहरू खटाएर स्वयं नै असफल पारेको छ । मेरो विचारमा त नगर नेतृत्व, नगरपालिकाका जिम्मेवार अधिकृतहरूले यसमा नेतृत्व गर्नुपर्छ । हाउगुजी देखाउन छोड्नुपर्छ ।
कसले अनुगमन गर्ने ?
पासपोर्ट बनाउन सिडिओ कार्यालय धाउनुपर्छ । पासपोर्ट बनाउन चाहनेले सर्वप्रथम त्यहाँको १४ नं.को कोठामा बस्ने कर्मचारीसँग सक्कल नागरिकता र प्रतिलिपि ठीक भएको प्रमाणित गराउनुपर्छ, त्यसपछि ९ नं. कोठामा जानुपर्छ जहाँ पासपोर्ट लिन चाहनेको फोटो र विवरण कम्प्युटरमा टाइप गरिन्छ अनि ६ नं. कोठामा जानुपर्छ, जहाँ पासपोर्टबापत् दस्तुर तिरिन्छ, रसिद लिएर फेरि ९ नं. कोठामा गएर सहीछाप गर्नुपर्छ । यो सबै १५ देखि २० मिनेटको काम हो तर यति जाबो कामका निम्ति पर्सा सिडिओ कार्यालयमा कम्तीमा दुई घण्टा लाग्छ । १४ नं.का कर्मचारी १०:२० मा आफ्नो कोठामा प्रवेश गर्छन्, टेबुल कुर्सीको धूलो टकटकाउँछन्, कोठाको लामखुट्टे धपाउँछन् । अनि १०:३० बजेतिर सेवाग्रहीतिर पुलुक्क हेर्छन् । ९ नं.को भित्री कोठामा कर्मचारीहरू गफगाफमा मस्त छन्, गफ सकिएपछि आफ्नो कुर्सीमा बस्छन्, त्यतिन्जेल ११ बजिसक्छ । दस्तुर तिर्ने ६ नं. कोठाबाट दस्तुर तिरेर फर्किदा ११:३०, ११:४५ बज्छ ।
विद्युतीय फोटो प्रणालीबाट मतदाता बन्न चाहनेले पनि फोटो खिच्न लामै कुर्नुपर्छ । किनकि उनी पनि १०:०० बजे आउन भ्याउँदैनन् । आएपछि भलाकुसारी र घुमघाम अनि थोत्रो फोटो खिच्ने कम्प्युटरको तार मिलाउँदा–मिलाउँदै चिया पिउने बेला हुन्छ । अन्य सरकारी, गैरसरकारी कार्यालयहरूमा सेवाग्रहीको काम छिटो छरितो गरिदिने निर्देशन र अनुगमन गर्ने प्रजिअको कार्यालयको ढिलासुस्ती कसले अनुगमन गर्ने, कहाँ गुहार्ने मलाई थाहै भएन । पञ्चायतकालमा त सिडिओ कार्यालयमा ढिलासुस्ती हुँदा अञ्चलाधीश कार्यालय पुगिन्थ्यो । अब नजाने कहाँ–कहाँ भौतारिनुपर्ने हो ।