$type=ticker$count=12$cols=4$cate=0

पाण्डवहरूको अज्ञातवास–२१

SHARE:

उमाशङ्कर द्विवेदी
    कर्ण भागेपछि दुर्योधन आदि वीरहरू आआफ्नो सेनाको साथमा बिस्तारै बिस्तारै अर्जुनतिर आइलागे । अनि अर्जुनले हाँस्दै दिव्यास्त्रहरूको प्रयोग गर्दै प्रत्याक्रमण गर्न थाले । त्यतिबेला कौरवसेनाको रथ, हात्ती, घोडा र कवच आदि मध्येबाट कुनै पनि यस्तो बचेको थिएन, जसमाथि दुई/दुई औलाको फरकमा तीक्ष्ण अस्त्रबाट घाउ भएको नहोस् । अर्जुनको दिव्यास्त्रको प्रयोग, घोडाको शिक्षा, उत्तरकुमारको रथ हाँक्ने कला, पार्थको अस्त्र सञ्चालनको क्रम र पराक्रम देखेर शत्रुहरूले पनि स्याबासी दिन थाले । अर्जुन प्रलयकालीन अग्निको समान शत्रुहरूलाई भष्म पार्दै थिए । त्यसबेला उनको तेजस्वी स्वरूपको सामु शत्रुले आँखा उठाएर हेर्न पनि सकिरहेका थिएनन् । उनको दगुरिरहेको रथ समीप आएपछि एकैचोटि कुनै पनि शत्रुले चिन्न सक्दथे, अर्को पटकको लागि उसले यसको अवसर नै पाउँदैनथे । किनभने सामना भएपछि अर्जुनले छिट्टै त्यसलाई रथबाट लडाएर परलोक पठाइदिन्थे । समस्त कौरववीरहरूको शरीर उनीद्वारा छिन्नभिन्न भएर कष्ट पाइरहेका थिए । त्यो अर्जुनकै काम थियो, अन्य कसैसित अर्जुनको तुलना गर्न सकिन्नथ्यो । अर्जुनले द्रोणाचार्यलाई त्रिहत्तरी, दुस्सहलाई दश, अश्वत्थामालाई आठ, दु:शासनलाई बार्‍ह, कृपाचार्यलाई तीन, भीष्मलाई साठी र दुर्योधनलाई सय बाण हानेर घाइते पारिदिए । अनि कणर््िा नामक बाण हानेर कर्णको कान बिधि दिए, साथै कर्णको रथ, सारथि र घोडालाई पनि नष्ट पारिदिए । यो देखेर समस्त कौरवसेना यत्रतत्र छरिन पुगे ।
    त्यसपछि विराट कुमार उत्तरले अर्जुनसित भने– “विजय, अब तपाईं कुन सेनामा जान चाहनुहुन्छ ? मलाई आज्ञा दिनुहोस्, म रथलाई उतैतिर लग्नेछु ।” अनि अर्जुनले भने– “राजकुमार उत्तर, जुन रथमा राता घोडाहरू छन्, जसमा नीलो ध्वज फरफराइरहेको छ, त्यस रथमा बसेका जो अत्यन्त कल्याणकारी भेषमा व्याघ्रचर्मधारी महापुरुष देखिंदैछन, उनी कृपाचार्य हुन् तथा त्यही छ, उनको सेना । तिमी मलाई त्यसै सेनामा लग । अनि हेर, जसको ध्वजामा सुवर्णमय कमण्डलुको चिह्न छ, उनी नै यस सम्पूर्ण शस्त्रधारीहरूमा सर्वश्रेष्ठ आचार्य द्रोण हुन् । तिमी मेरो रथबाट उनको परिक्रमा गर । उनले ममाथि प्रहार गरेपछि मात्र म उनीमाथि प्रहार गर्नेछु । यस्तो गर्दा उनी ममाथि कोप गर्ने छैनन् । उनीभन्दा अलि पर जसको रथको ध्वजामा धनुषको चिह्न देखिंदैछ, उनी आचार्य द्रोणका पुत्र महारथि अश्वत्थामा हुन् । अनि जो रथहरूको सेनामा तेस्रो सेनाको साथमा उभिएका छन्,  जसको रथको ध्वजामा  स्वर्णमय हात्तीको चिह्न बनेको छ, स्वर्णको कवच धारण गरेका छन्, उनी नै धृतराष्ट्रपुत्र दुर्योधन हुन् । जसको ध्वजाको अग्रभागमा हात्तीको चिह्न छ, उनी कर्ण हुन्, जसलाई तिमीले पहिले पनि देखिसकेका छौ तथा जसको सुन्दर रथमाथि स्वर्णमय पाँच मण्डल भएको नीलो र·को ध्वजा फरफराउँदो छ, जसले हस्तत्राण लगाएका छन्, जसको धनुष ठूलो तथा अत्यन्त पराक्रमी छ, जसको रथमाथि सूर्य र तारा चिह्न भएका अनेकौं ध्वजाहरू फरफराउँदा छन्, टाउकोमा सुनको टोप र त्यसमाथि श्वेत छत्र शोभा पाइरहेको छ, उनी हामी जम्मैका पितामह शान्तनुनन्दन भीष्म हुन् । उनको छेउमा हामीहरू सबैभन्दा अन्त्यमा जानुपर्छ किनकि उनले मेरो कार्यमा विघ्न हाल्ने छैनन् ।” अर्जुनको कुरा सुनेर उत्तरकुमार सावधान भएर कृपाचार्यको रथ भएको ठाउँमा अर्जुनको रथ लगे ।
    विराटकुमारले रथबाट उनको परिक्रमा गराइ उनको सम्मुख लगेर रथ रोके । तदन्तर अर्जुनले आफ्नो नाम बताएर परिचय दिए र देवदत्त नामक शङ्ख बडो जोरले बजाए । त्यसबाट यति टड्कारो आवाज आयो मानौ पर्वत् च्यातिएको होस् । त्यो शङ्खनाद आकाशमा गुञ्जियो र त्यसबाट जुन प्रतिध्वनि भयो, त्यो वज्रपातभैंm थियो । युद्धार्थि कृपाचार्यले पनि अर्जुनमाथि कुपित भएर आफ्नो शङ्ख जोरले बजाए । त्यसको शब्द तिनौ लोकमा व्याप्त हुन पुग्यो । अनि उनले आफ्नो महान् धनुष हातमा लिएर त्यसको टङ्कार गरी अर्जुनमाथि दश हजार बाणको वर्षा गर्दै विकट गर्जना गरे । अनि अर्जुनले भल्ल नामक तीखो बाण हानेर कृपाचार्यको धनुष र हस्तत्राण काटिदिए तर उनको शरीरलाई कति पनि क्लेश पारेनन् । कृपाचार्यले अर्को धनुष हातमा लिए, अर्जुनले त्यसलाई पनि काटिदिए । यस प्रकार कृपाचार्यका कैयन धनुष काटिदिएपछि कृपाचार्यले प्रज्वलित वज्रको समान बल्दै गरेको एउटा शक्ति अर्जुनमाथि हाने । आकाशबाट उल्कापातभैंm आफूमाथि आइरहेको त्यस शक्तिलाई अर्जुनले दश बाणबाट काटिदिए । अनि एउटा बाणले कृपाचार्यको रथ काटिदिए, चार बाणबाट चारै घोडा मारिदिए अनि छवटा बाणबाट सारथिको शिर काटिदिए । धनुष, रथ, घोडा र सारथि नष्ट भइसकेपछि कृपाचार्यले हातमा गदा लिएर हाम्फालेर अर्जुनमाथि गदा प्रहार गरे । यद्यपि कृपाचार्यले गदा बडो सम्हालेर हानेका थिए तर अर्जुनले बाण हानेर त्यसलाई पनि फर्काइदिए । त्यसपछि कृपाचार्यको सहायता गर्ने जम्मै योद्धा अर्जुनलाई चारैतिरबाट घेरा हालेर बाण वर्षा गर्न थाले । यो देखेर विराटकुमारले घोडाहरूलाई वामावर्त घुमाएर यमक नामक मण्डल बनाएर शत्रुहरूको गति रोकिदिए । अनि उनीहरू रथहीन कृपाचार्यलाई साथमा लिएर उनीहरू त्यहाँबाट भागे । क्रमश:...
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पाण्डवहरूको अज्ञातवास–२१
पाण्डवहरूको अज्ञातवास–२१
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjTb1SWANsp8bKlfOFFsRjhCM8VApCWodXvFVeyI87mEI0WY43TAA9OnCwVzX4QtFXZYMC3lw0IIcWIalTTDBKbAEi5G0RBJMmPM5AdW57MADbAwOpx96QNFLhWdbuucrPtpe56_l-dbVY/s200/umashankar.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjTb1SWANsp8bKlfOFFsRjhCM8VApCWodXvFVeyI87mEI0WY43TAA9OnCwVzX4QtFXZYMC3lw0IIcWIalTTDBKbAEi5G0RBJMmPM5AdW57MADbAwOpx96QNFLhWdbuucrPtpe56_l-dbVY/s72-c/umashankar.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/04/blog-post_565.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/04/blog-post_565.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy