सुदर्शनराज पाण्डे
वनज·ल ईश्वरको उपहार र प्रकृतिको अनुपम वरदान हो । हराभरा, हरियाली र स्वच्छ वातावरणमा हुर्कन र रमाउन पाउनु प्रत्येक मानिसका लागि सौभाग्य हो । प्रकृतिको अनमोल रचना नेपालमा छ । अनुपम सौन्दर्यले ढोकेको नेपाल साधकहरूका लागि सिद्धस्थल पनि हो । उत्तरतर्फको हिमालयको काखमा बसेको पूर्व मेचीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको नेपाली धर्तीको माटो तेजोमय छ । हिमाल, पहाड र तराई मधेसको भूभाग रहेको नेपालको संस्कार र संस्कृति तन्त्रमन्त्रमय छ । देश देशो हिमालय, अधिकतम देवस्थल र तीर्थस्थल नेपालमैं छन् । हिमालयबाट उत्पन्न भएका अटुटरूपमा बग्ने हिमनदी नेपालमैं छन् । कैलाश पर्वतबाट गायब भएका भगवान् शिवजी ज·लमा म·ल गर्न मृगको रूप धारण गरी पशुपति क्षेत्रमा आएर धेरै दिनसम्म बसेको पुराण, धार्मिकग्रन्थमा उल्लेख छ । वनज·लमा मात्र पाइने दुर्लभ गुण भएका साध्य/असाध्य रोगहरूको उपचार गर्ने जडीबुटी प्राचीनकालदेखि नेपालमा प्रशस्त पाइन्छन् । वैदिक सनातन हिन्दू धर्ममा आस्थावान हुनेहरूले दैनिक साधना, विधिअनुरूप शान्ति पाठ गर्दै “ॐ द्यौं, शान्तिरन्तरिक्ष ग शान्ति: पृथ्वी शान्तिराप: शान्तिरोषधय शान्ति: वनस्पतय: शान्ति र्विश्वे देवा: शान्तिब्रहम शान्ति: सर्वगूं शान्ति: शान्तिदेव शान्ति: सामा शान्तिरेधि । ॐ शान्ति: । शान्ति: । शान्ति: । मन्त्र उच्चारण गर्दछन् । वनविनाशले जलवायु परिवर्तन निम्त्याएको छ । जलवायु परिवर्तनले वातावरणीय सन्तुलन बिगारिदिएको छ । माटो, हावा, पानी सबै प्रदूषित बनेको छ । वन अतिक्रमण गरी शहरीकरण गरिएको छ । जनसङ्ख्या वृद्धि अनियन्त्रित छ । हामी सबै मनुष्यलाई श्वासप्रश्वास क्रियाका लागि वनज·ल, बोटबिरुवाबाट मात्र पैदा हुने अक्सिजन अनिवार्य छ । वनज·ल अतिक्रमण र विनाश प्रकृतिमाथिको दुव्र्यवहार हो । प्रकृतिमाथिको मनुष्यको दुव्र्यवहारले महाविपत्ति दैवी विपत्ति उत्पन्न भएको छ । जसको पीडा हामीले भोगेका, देखेका छौं । तैपनि हामीहरूकै कारणबाट सिर्जित प्राकृतिक विपत्तिको दुष्परिणामप्रति बेलैमा सचेत र सतर्क नहुनु वातावरण संरक्षण र संवद्र्धनतर्फ क्रियाशील नहुनु हाम्रो मूर्खता ठहर्छ । बढ्दो वनविनाशले दु:खको पहाड खडा गर्छ । वनज·ललाई कसैको दया र निगाह चाहिएको छैन । प्रकृतिको वरदान वनज·ल, बोटबिरुवाको दया भएन भने यो पृथ्वीमा मनुष्य, पशुपक्षीको जीवन समाप्त हुन्छ । अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, भोकमरी, रोगको महामारी, वनज·ल विनाशकै श्राप हो । तसर्थ वनसंरक्षण र संवद्र्धन अति आवश्यक र जरुरी छ । बढ्दो वनज·लको विनाशले सि·ो मनुष्य, समाज, घरपरिवारलाई नै समस्याग्रस्त बनाइसकेको छ । वनज·लको विनाश पाप र अपराध दुवै हो । वृक्षरोपण अभियानद्वारा वनज·लको हैसियत अभिवृद्धि गर्नु पुण्य कार्य हो । वनमा लागेको डढेलो निभाउनमा सक्रिय हुनु सप्ताह पुराण लगाएर पुण्य कमाएसरह हो । प्रकृतिको अनमोल रचना जोगाउनु हामी सबैको साझा दायित्व र कर्तव्य हो । वनज·ल सबैलाई फाइदा दिने साझा सम्पत्ति हो । ऊर्जा सड्ढट, इन्धन सड्ढटले गर्दा बचेखुचेको ज·ल पनि दिन गुनी, रात चौगुनीका दरले विनाश हुँदैछ । वन पैदावार काठ, जडीबुटी आदिको मूल्य निकै चर्किएकाले वनविनाशमा अपराधीहरू सक्रिय छन् । डढेलो व्यवस्थापन र वन अतिक्रमण नियन्त्रणमा आजसम्म भएका प्रयास ‘कुरा ठूलो, काम शून्य’ देखा परेको छ । वनज·ल क्षेत्र छ, बोटबिरुवा छैनको अवस्था छ । यतिखेर सरकारी वन, सामुदायिक वन र साझेदारी वनमा वनतस्करहरूकै साम्राज्य छ । रूख काटी काठ तस्करी गर्ने कार्य तीव्ररूपमा भइरहेकाले यसको नियन्त्रण एउटा कठिन चुनौती बनेको छ । नेपाल वातावरणीय जोखिममा परिसकेको छ । कागजमुखी, भाषणमुखी होइन कि कार्यक्षेत्रमुखी नीति, कार्यक्रम हुनुपर्दछ । वनज·लको रूख अवैधरूपमा काट्नेलाई मानिसलाई ज्यानमारा सरहको दण्ड जरिवाना हुनुपर्दछ । वनतस्कर र वनरक्षकबीच गोली हानाहानको घटना पनि बढिरहेको छ । वनतस्करलाई गोली हानी ठहरै पार्ने कानुन हुनुपर्दछ । तबमात्र वनज·ल कटान र बेचबिखन गर्नुहुँदैन । वनज·ल सबैको हो, सबै मिलेर संरक्षण गर्नुपर्दछ भन्ने भावना जागृत हुन सक्दछ । जनचेतना जागृत गरी औपचारिक बजेट सिध्याउने कार्यक्रमले मात्र अब वनज·लको संरक्षण हुन सक्दैन । काँडेतार लगाएर वनविनाश हुन नदिने योजना अब काम नलाग्ने भइसक्यो । मानिसले चाह्यो भने वनविनाश असम्भव छैन । वनसंरक्षणका लागि कडा कानुनसँगै मानिसको भावना परिवर्तन गर्नुपर्दछ । वनज·लमा बाध्यतावश आधारित मानिस, घरपरिवारलाई तत्काल सरकारले विकल्प दिई वनसंरक्षण अभियानमा सबै मानिस सरिक हुन नीति, कार्यक्रम, बजेट र योजना सरकारले अघि ल्याउनुपर्दछ । यथास्थितिको वन व्यवस्थापनले वनको संरक्षण अब हुन सक्दैन । गोष्ठी, अन्तक्र्रियामा भन्दा वृक्षरोपणमा जनसहभागिता अधिकतमरूपमा परिचालन गर्नुपर्दछ । ज·ल मानव जीवनको अनुपम वरदान हो भन्ने मूलमन्त्रलाई प्रत्येक मनुष्यले प्रत्येक दिन जपेर आफूले पनि वनविनाश नगर्ने, रूखबिरुवा नकाट्ने, आफ्नो नजरले भ्याएसम्म अरूलाई पनि रूखबिरुवा काट्न नदिने प्रतिबद्धता अब हुनुपर्दछ । हालै काठमाडौंमा सम्पन्न विश्व चौथो काष्ठकला दिवस (२४ मार्च)को उद्घाटन मन्तव्य दिने क्रममा संविधानसभाद्वारा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएपछि नेपालको इतिहासमैं प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले जहाँ ज·ल, त्यहाँ म·ल, प्रकृति र संस्कृति एक अर्काका परिपूरक हुन् भन्ने भनाइलाई सबैले व्यवहारमा आत्मसात् गर्नुपर्ने बेला आएको छ । व्यक्ति वा सरकारी सबै बाँझो जमिनमा, खाली सार्वजनिक जमिनमा अनिवार्य वृक्षरोपण र संरक्षणको अनिवार्य राष्ट्रिय नीति लागू गरिनुपर्दछ । वीरगंज नगर क्षेत्रको आइल्यान्डमा लगाइएको बल्लतल्ल हुर्किएको रूखबिरुवा अधिकारको सुनिश्चितताका नाममा भएको मधेस आन्दोलनको क्रममा भाँचेर सर्वनाश गरेको दृश्य अब कहीं कतै नदोहोरियोस् । आन्दोलनका नाममा बोटबिरुवा, वनज·ल विनाश नेपालको आन्दोलनको संस्कृति बन्न हुँदैन । पञ्चायतकालमा रूख रोप्न दिएन, रूखमा काङ्ग्रेस नै काङ्ग्रेस देख्न थाल्यो भनेर पञ्चायती व्यवस्था र राजाको सबल र सक्रिय नेतृत्वको विरोध गर्ने नेपाली काङ्ग्रेस पार्टीले व्यवस्था परिवर्तनपछि आफू सत्ता र प्रतिपक्षमा रहँदा पनि पार्टीको चुनाव चिह्न रूखको संरक्षणमा कुनै चासो र चिन्ता नलिएको, पार्टी नेता वीपी कोइरालाको नाममा रूखबिरुवा रोपण र संरक्षण अभियानलाई अघि नसारेकोले नेपाली काङ्ग्रेसको हात्तीको जस्तो दुईवटा दाह्रा लुकाउने र चपाउने द्वैध मापदण्ड र द्वैध चरित्र रहेको पाइन्छ । वनतस्करहरूको संरक्षणकर्ता पार्टीका नेता र कार्यकर्ता नै रहेको दु:खदायी घटना पनि देखा पर्दै आइरहेको छ । वनज·लको सर्वोपरि उपयोगितालाई बुझेर सबैले वनसंरक्षणमा हात बढाउन अत्यन्त आवश्यक छ । वन डढेलो व्यवस्थापन रणनीति र वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ को मूल्याड्ढन र समीक्षा गरी भएको कमीकमजोरीलाई सच्याउनुपर्दछ । ऐन, कानुन, नीतिले मात्र वनसंरक्षण हुँदैन, ती सबै व्यवहारमा उत्रिनुपर्दछ र वैज्ञानिक हुनुपर्दछ । जैविक विविधताको धनी देश नेपाललाई गरिब राष्ट्रको उपमा दिने काम दरिद्र मानसिकताका शासक, प्रशासकहरूबाट भइरहेको छ । कुराले राष्ट्रको निर्माण, वनको संरक्षण हुँदैन, आवश्यक काम जरुरी छ । मानिसको जीवन ज·लसँग गाँसिएकोले वनसंरक्षणलाई राष्ट्रले पहिलो प्राथमिकतामा राख्नुपर्दछ र अब उप्रान्त कुनै पनि कार्यक्रमको उद्घाटन वृक्षरोपण गरेर हुनुपर्दछ । वृक्षरोपण र संरक्षण हाम्रो दैनिक जीवन र संस्कृति बन्नुपर्दछ । मुलुकको झन्डै ४० प्रतिशत क्षेत्रफल ओगटेको वन वन्यजन्तु, कृषि, पर्यटन, उद्योग, जलस्रोत र भौतिक पूर्वाधारको मेरुदण्डका रूपमा रहेको छ । जनसङ्ख्या चाँपसँगै वन पैदावारको माग त्यही अनुपातमा बढ्नु स्वाभाविकै हो । वनपैदावारको पनि विकल्प खोज्ने बेला आइसकेको छ । भूमिहीन सुकुमबासीलाई बस्ती बसाउन, दैवी प्रकोपपीडितलाई राहत दिलाउन वनकै विनाश हुने गरेको छ । सडक निर्माण, अन्य भौतिक पूर्वाधार निर्माण, जलविद्युत्को प्रसारण लाइन निर्माणका नाममा प्रत्येक वर्ष वनज·लको ठूलो क्षति भइरहेको छ । विकासका नाममा हुने वनविनाशको क्रमलाई पनि कम गराउनेतर्फ सोच्न जरुरी छ । वनसम्बन्धी सरकारी तथ्याड्ढ मिथ्याड्ढ भएको विज्ञहरूको भनाइ छ । राष्ट्रिय वनलाई भूमाफिया र सरकारी कर्मचारीहरूको मिलेमतोमा निजी सम्पत्तिका रूपमा दर्ता गरी बेचबिखन गर्ने कार्य जारी छ । नेपाल संयुक्त राष्ट्रसङ्घीय विभिन्न वातावरणीय महासन्धिको पक्ष राष्ट्र रहेको छ तर उद्देश्य र लक्ष्यलाई सफल कार्यान्वयनमा लैजान नसक्दा प्रत्येक वर्ष ठूलो धनराशि बजेट हुँदा पनि वन, वातावरण, जैविक विविधता जोगाउन प्रतिबद्ध छैन, सन्तोषजनक कार्य कहीं कतै छैन ।
डढेलो प्रत्येक वर्ष कतै प्राकृतिकरूपमा र कतिपय स्थानमा वन पैदावारको चोरी निकासी, वन अतिक्रमण, चोरी शिकारी जस्ता गतिविधिमा सहयोग पुर्याउन र वनमा डढेलो लगाएपछि गाईवस्तु चराउन छिटो घाँस पलाउँछ भन्ने धारणाबाट हुने गरेको छ । मन डढेको कसैले देख्दैन, वन डढेको सबैले देख्छन् तैपनि डढेलो नियन्त्रणमा स्थानीय सहभागिताको सक्रियता, चिन्ता र चासो छैन । सामुदायिक वन, साझेदारी वन, व्यक्तिको निजी वन, सैनिक खटाइएको वन्यजन्तु आरक्षण, राष्ट्रिय निकुञ्जको वनमा आगलागी हुँदा पनि निभाउने प्रयासको सुरुआत अझै नहुनुले भोलिका दिनको लागि राम्रो सड्ढेत गर्दैन । डढेलो रोकथाम तथा नियन्त्रणका लागि सरकारी, गैरसरकारी सङ्घसंस्था तथा नागरिक समाजबाट आजसम्म भएका पहल कागज र बोलीमा मात्र सीमित छ ।
नेपालको वनक्षेत्र कृषि, पर्यटन, उद्योग, जलस्रोत र भौतिक पूर्वाधारको आधारस्तम्भका रूपमा रहेको छ । केही वर्षयतादेखि नेपाली युवाहरूको वैदेशिक रोजगारमा लहर चलेकोले खेतबारी बाँझो र ज·ल फडानीको क्रम रोकिएको छ । वनमाराले वनक्षेत्रलाई दिन प्रतिदिन नोक्सानी पुर्याउँदै छ । खाली बाँझो जग्गा पूरै वनमाराले ढाकिसकेको छ । वनविनाशको प्रमुख कारण वनमारा बोटबिरुवा पनि बन्दैछ । वन अतिक्रमणका कारण मरुभूमीकरण, जैविक विविधतामा ह्रास, दैवी प्रकोप र जलवायु परिवर्तनको पीडा भोग्नुपरेको छ । वनसंरक्षण ‘तैं रानी मै रानी कसले भर्ने पानी’ भन्ने उखान चरितार्थ रहेसम्म हुँदैन । डढेलो नियन्त्रण र वन अतिक्रमण रोक्ने कार्य एक जटिल कार्य हो । चुनौतीपूर्ण कार्य हो । वातावरणमैत्री सरकारी नेतृत्व नभएसम्म जति लेखे पनि, जति बोले पनि वन अतिक्रमण रोकिंदैन । काग कराउँदैछ पिना सुक्दैछको अवस्था रहिरहनेछ । खोक्रो आश्वासन, बोक्रे प्रतिबद्धताले वन संरक्षण र संवद्र्धन हुँदैन । उद्योगले वन पैदावार प्रयोग गर्ने, वृक्षरोपण र संरक्षणमा कुनै चासो नदिने, सरकारी कर्मचारी तलब, भत्ता पचाउने र वनसंरक्षणका लागि परिणाममुखी काम नगर्ने परिपाटी रहेसम्म राम्रो सन्देश जान सक्दैन । सबैको ध्यान वनज·ल विनाशमैं भएपछि जति रणनीति बनाए पनि सरकारी स्तरबाट उल्लेखनीय काम हुन सक्दैन । जनस्तर जाग्यो भने नेपालको वन विश्वकै नमुना र उदाहरणीय बन्न सक्ने सम्भावना अझै छ ।