विश्वराज अधिकारी
कुनै पनि अपराध भएपछि त्यो अपराधको लागि कुनै व्यक्ति वा पक्ष अनिवार्यरूपमा जिम्मेवार हुनुपर्दछ र अपराध कर्म गरेबापत अपराध गर्ने व्यक्तिले अनिवार्यरूपमा सजायको भागीदार हुनुपर्दछ । र, त्यसैगरी उक्त अपराधकर्मको लागि उसले उचित सजाय पनि पाउनुपर्दछ । अर्थात् अपराध गर्ने व्यक्ति वा पक्षले न्यायिक समाजमा उन्मुक्ति पाउँदैन र उन्मुक्ति पाएको देखिएको पनि छैन । प्राकृतिक कारणबाहेक कुनै व्यक्ति, संस्था वा राजनैतिक दलबाट ठूलो सङ्ख्यामा व्यक्तिहरूको हत्या हुनु ठूलो एवं अक्षम्य अपराध हो । हत्यामा प्रत्यक्ष सहभागी हुनु, हत्या हुने किसिमको आदेश दिनु, हत्या हुने वातावरण तयार पार्नु र साथै आफ्नो नियन्त्रणमा रहेको शक्तिलाई नियन्त्रित गर्न नसकेर त्यस शक्तिद्वारा हत्या हुनु, यी सबै अपराध कर्महरू हुन् । अपराध कर्म गर्नेहरूले उन्मुक्ति पाउन जस्तोसुकै जिकिर गरे तापनि ।
राजनैतिक परिवर्तन ल्याउनका लागि जनताको हितमा आन्दोलन गर्ने पक्ष र विरोधी पक्ष, जसबाट पनि ठूलो सङ्ख्यामा हताहत हुनु वा हताहत हुने वातावरण सृजना हुनुसमेत अपराध कर्म नै हो । तसर्थ कुनै पनि कारणबाट, कुनै पनि नाम दिएर, कसैले पनि, ठूलो सङ्ख्यामा हताहत गर्न पाउँदैन ।
यस्तै किसिमको आमहत्या गरेकोमा अहिले सजायको भागीदार भएका छन्, रादोवान काराजिक । हजारौं व्यक्तिको हत्या हुने अवस्था सृजना गरेको एवं आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई आमहत्यामा संलग्न हुन आदेश दिएर अप्रत्यक्षरूपमा हत्यामा संलग्न भएको अपराध गरेबापत ७० वर्षीय पूर्व बोस्नियाली सर्व नेता काराजिकलाई निदरल्यान्ड्सको द हेगस्थित राष्ट्रसङ्घीय ट्रिब्युनल (त्चष्दगलब)िका न्यायाधीशले हालै (मार्च २०१६) चालीस वर्षको कारावास सजाय सुनाएका छन् ।
काराजिकले आफ्नो राजनैतिक महत्त्वाकाङ्क्षा पूरा गर्न जातिवादी राष्ट्रवादको नारा उचालेर सन् १९९२–९५ को बोस्नियाली युद्धमा लगभग आठ हजार जति मुस्लिमहरूको हत्या हुने अवस्था सृजना गरेका थिए । यसैगरी उनको अप्रत्यक्ष नेतृत्वमा हजारौं क्रोएट्सको पनि ज्यान गएको थियो । मुस्लिम र क्रोएटहरू गरेर सारायावो शहरमा १२ हजारभन्दा बढी व्यक्तिको ‘जातीय सफाया’ काराजिकको इशारमा नै भएको थियो । सन् १९९२–९५ मा भएको बोस्नियाली युद्धमा एक लाखभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । २२ लाख व्यक्ति विस्थापित भएका थिए भने लगभग २० हजार महिला क्रूरतापूर्वक बलात्कारको शिकार भएका थिए ।
हत्या गर्दा काराजिकले आफूलाई कुनै शक्तिले दण्डित गर्न सक्नेछ, सोचेका थिएनन् । त्यस कारण उनी जातीय सफायामा निर्धक्क भएर संलग्न भए । उग्र राष्ट्रवादको नाममा हजारौ निर्दोष नागरिकको हत्यामा सक्रिय रहे । एक किसिमको मनोमानी गरे । तर पछि उनलाई आफ्नो करतुतको छानबिन हुने र आफू अपराधी ठहर हुने भयले सताउन थाल्यो । एक दिन काराजिक आफू बसेको ठाउँबाट एकाएक गायब भए ।
तर पाप धुरीबाट कराउँछ भन्ने तथ्य चरितार्थ भयो । काराजिक पक्राउ परे । १३ वर्षपछि अर्थात् २१ जुलाई २००८ मा काराजिक गिरफ्तार हुँदा उनी बेलग्रेडमा नाम र रूप दुवै परिवर्तन गरेर एक आरोग्यकर्ताको कार्य गरिरहेको अवस्थमा फेला परे । उनलाई ‘युद्ध अपराध अदालत’मा उपस्थित हुन निदरल्यान्ड्स पुर्याइयो । काराजिक पक्राउ पर्दा उनले परिचित व्यक्तिले पनि पहिचान गर्न नसक्ने गरी लामो दारी पालेको र ठूलो चश्मा लगाएको (भेष बदलेको) अवस्थामा देखियो । जेहोस् पाप धुरीबाट कराउँछ भन्ने तथ्य असत्य साबित भएन, काराजिक पक्राउ परे, उनले सजाय पाए । काराजिकको महत्त्वाकाङ्क्षाको शिकार हुने, ज्यान गुमाउनेका प्रिय एवं आफन्तहरूले सन्तोषको अनुभूति गरे ।
काराजिक को थिए र के अपराध गरे ?
काराजिक को थिए र के अपराध गरे भन्नेबारे विस्तृतमा लेख्ने हो भने अर्को थप दुई–चार लेख तयार हुन्छ । त्यस कारण छोटकरीमा उनी पूर्व युगोस्लाभिया, जो एक कम्युनिस्ट राष्ट्र थियो, टुक्रिएर अनेक राष्ट्रहरूमा परिणत भएपछि युगोस्लाभियाभित्रको क्षेत्र बोस्निया–हर्जगोविनाले सन् १९९२ मा एक स्वतन्त्र राष्ट्रको मान्यता पायो । त्यसरी मान्यता पाउने बित्तिकै बोस्नियाको सर्व नेताको रूपमा काराजिकको उदय भएको थियो । काराजिक बोस्निया–हर्जगोविनाको राष्ट्रपति निर्वाचित पनि भए । बोस्निया–हर्जगोविनाले स्वतन्त्र राष्ट्रको मान्यता पाएको दुई वर्ष नबित्दै काराजिकले त्यसलाई ‘सर्बियन रिपब्लिक अफ बोस्निया–हर्जगोविना’ को नामबाट नयाँ देशको सृजना गरिएको घोषणा गरे । र, त्यस नयाँ देशको नाम पुन: परिवर्तन गरेर ‘रिपब्लिक सर्पस्का’ राखे र आफूलाई त्यस राष्ट्रको प्रमुख पनि घोषणा गरे । त्यहाँको राजनीतिमा केवल बोस्नियाली सर्वहरूको शक्ति बढाउन खोजे । राजनीतिमा आउनुपूर्व उनी मनोचिकित्सक थिए । काराजिक शक्तिमा रहेको बेला बोस्निया–हर्जगोविनाभित्र रहेका अल्पसङ्ख्यक मुस्लिम र क्रोएटहरूको जातीय सफाया हुने वातावरण उनले सृजना गरेका थिए । काराजिकले बोस्नियाली सर्वहरूको पक्ष लिएर मुस्लिम र क्रोएटमाथि अत्याचार गरेका थिए । यही नै उनको मुख्य अपराध थियो । मुख्यरूपमा, सन् १९९५ मा सर्वेनिचामा भएको आमहत्या (mबककबअचभ ) वा जातीय सफायाले (नभलयअष्मभ), जसमा हजारौं अल्पसङ्ख्यक मुस्लिमहरूको हत्या भएको थियो, काराजिकलाई तानेर युद्ध अपराध अदालतसम्म पुर्यायो । उनीमाथि युद्ध अपराध एवं जातीय सफाया गरेको अभियोग लगाइयो ।
रादोवान काराजिकको सन्दर्भलाई नेपालको राजनीतिसँग जोडौं । नेपालमा पनि नेताहरूले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न जनताको उपयोग गरेका छन्, पटकपटक गरेका छन् । हजारौ व्यक्तिलाई उत्प्रेरित गरेर, हतियार बोक्न लगाएर, उनीहरूलाई हत्यामा संलग्न हुन निर्देशन दिएका छन् । नेताहरूको इशारा वा निर्देशन पाएर नै नेपालीहरूले अस्त्रशस्त्र बोकेर, एकापसमा नै युद्ध गरेर, हजारौंको ज्यान लिएका छन् । आफ्नै देशवासी उपर भाला, बन्चरो, कुखुरी आदि प्रहार गरेका छन् । गोली बर्साएका छन् । नेताहरूको महत्त्वाकाङ्क्षाको कारण नै माओवादी खुनी सङ्घर्षमा परेर करिब १७ हजार नेपालीको ज्यान गयो । मधेस आन्दोलनले पनि सयौ नेपालीको ज्यान लियो ।
तर यसरी हत्या हुने वातावरण सृजना गर्ने नेताहरू के सजायबाट उन्मुक्ति पाउनेछन् ? नेपालमा दण्डहीनताको स्थिति सधैं यसैगरी रहिरहनेछ ?
सयौं, हजारौं व्यक्तिको हत्या हुने अपराध गरेबापत कुनै एक पक्ष (विद्रोही वा सरकार, आन्दोलनकारी वा सरकार)ले उक्त हत्याको जिम्मेवारी त लिनै पर्छ, किनभने यी दुई पक्षमध्ये एउटा त अवश्य पनि दोषी हुन्छ नै । कुनै पनि अपराधकर्म दोषी वा अपराधकर्तारहित हुँदैन । त्यस कारण कुनै एक पक्षलाई