–कुमार रुपाखेती
परेवा शान्तिको प्रतीक मानिन्छ । ज·ली ढुकुरलाई परेवाको पुर्खा मानिन्छ । तराईमा परेवाको मासु खाने चलन छ । कतिपयले बिक्रीको उद्देश्यले तराईतिर परेवा पाल्दछन् । तराईमा परेवा खाने भएकाले यताका मठमन्दिरमा चढावाका परेवाहरू देखिंदैनन तर पहाडतिरका मन्दिरमा भरमार परेवा देखिन्छन् । पहाडतिर परेवाको मासु खाने चलन हुँदैन, जसले गर्दा मन्दिर छोडिएका जिउँदा परेवाको सङ्ख्या त्यता निकै देखिन्छन् । इलामको मूलचोकमा त्यहाँको प्रसिद्ध माईस्थान र नारायणथानमा छोडिएका परेवाहरूले बिहानैदेखि मूलसडकमा बसेर सडकजाम गरेका देखिन्छ । त्यस सडक भएर गुड्ने यातायातका साधनहरू रोकेर, उत्रिएर, परेवा भगाएर, परेवाबाट जाम सडक खाली गराएर मात्र जान सकिन्छ । मठमन्दिरमा जिउँदा परेवा उडाउनाले फलिफाप हुने र यस्ता परेवाहरूले मन्दिर परिसरमा छरिएका फोहर आदि खाने गर्दा मन्दिर सफा रहने, मन्दिरको शोभा बढ्ने, तीर्थालुहरूलाई आनन्द आउने विश्वास गरिन्छ ।
वीरगंजमा रहेका थुप्रै मठमन्दिरहरूमा समेत भक्तहरूले बर्सेनि सयकडौं परेवा उडाउने गरेका र केही दिनमैं यी परेवा हराउने गरेका छन् ।
रक्सी
अचेल भारतको विहारमा रक्सी बेच्न र पिउन मनाही छ । जसले गर्दा रक्सीका अम्मलीहरूको आकर्षणको केन्द्र हाम्रो वीरगंज पनि बनेको छ । हाम्रो सरकारको झन्डै आधा आम्दानी नै रक्सीले गराउँछ । विहारमा बन्देज लागेपछि हाम्रोमा रक्सीको व्यापार फस्टाएको छ । अचेल सीमा क्षेत्रमा रक्सीको कालोबजारी बढेको छ । उताबाट गाडीमा हाल्ने पेट्रोल ल्याउने र यताबाट मान्छेमा हाल्ने पेट्रोल (रक्सी) लाने क्रम बढेको छ । अम्मलीहरूका लागि यताबाट रक्सौलसम्म होम डिलिभरीको व्यवस्थासमेत छ ।
रक्सीका बोतलको तीन साइजमध्ये क्वार्टरको खुबै डिमान्ड छ रे । हुनेखानेहरू विवाहमा पाहुनाको स्वागत गर्न विहारमा रक्सी नपाइने हुँदा मोतीहारी–मुजफ्रपुरसम्मका रइस र रक्सीका पारखीहरू वीरगंजसम्म आएर भोजभतेर गर्न थालेका छन् भने साँझ परेपछि रक्सी नभई नहुनेहरू वीरगंजमैं डेरा, घरभाडा लिएर बस्न थालेका छन् । हिजोअस्ति लत्ताकपडा खरिद गर्न आउने विहारका हाकिमहरू अचेल रक्सीको प्यास बुझाउने बहाना बनाउँदै वीरगंज आउन थालेका छन् ।
भैंचालो
संसारभरि नै घरिघरि घुम्दै, फिर्दै भैंचालोले तबाही मचाउँदैछ । २०७२ वैशाख १२ मा नेपाल यसको पहिलो शिकार बन्यो । भनिन्छ, संसारभर पृथ्वी तल १६ वटा प्लेट छन्, जसमा यो संसार अडेको छ । भैंचालोले अहिलेसम्म अनगिन्ती ज्यान लिएर पनि यसको सटीक भविष्यवाणी गर्ने यन्त्र कसैले विकास गर्न सकेको छैन । पोंगा पण्डित, पुरोहितको ‘ताक परे तिवारी...’ वाला भविष्यवाणीको बेग्लै कुरा हो । सङ्क्षेपमा भन्ने हो भने भैंचालोको ब्रेक फेल भएको छ, मध्यमस्तरका थुप्रै झटका सर्वत्र महसुस गरिएका छन् । भनिन्छ, जुनसुकै मुलुकको पहाडी क्षेत्र अहिले भैंचालोको उच्च जोखिममा छ । भैंचालोले नै निर्माण गरेको विश्वको सर्वोच्च शिखर सगरमाथाको स्थिति नै सबैभन्दा डरलाग्दो छ रे । भैंचालोको आभास मात्रले मान्छे डराउँछन्, जमिनमुनि हुने हलचललाई भैंचालो भनिन्छ । अरबौं डलर खर्च गर्दासमेत भैंचालोको अनुसन्धान गर्न असफल भएपछि अमेरिकाले यसको अनुसन्धानमा ठूलो राशि खर्च गर्न र अनुसन्धान गर्न कटौती गर्ने निर्णय गरेको छ ।