–कुमार रुपाखेती
कुनै बखत आकर्षणको केन्द्र मानिने वीरगंज उपमहानगरपालिकाको कार्यकारी अधिकृतको कुर्सीमा अब त्यो दमखम नरहे पनि विष्णु कोइराला पुन: दोस्रोपल्ट वीउमनपा आएका छन् । वीरगंज फोहर भए पनि उनले नगरपालिकाको बगैचामा फूल फुलाउने र नपा परिसर साफ सुथरा राख्ने काम चाहिं गरेका छन् । कोइरालाको पहिलो वीरगंज नपा बसाइ न अति उत्तम थियो, न अति खराब । मध्यम खालको प्रदर्शन गरेका उनको दोस्रो कार्यकाल कस्तो होला भन्ने कौतूहलता सबैमा छ । कर्मचारी थर्काउन उनी खप्पिस मानिन्छन् । कोइरालाको अफिसमा खास–खास फाँट र विभागमा बसी काम गर्न नजराना टक्रयाउनुपर्ने प्रावधानबाट उनी वाकिफ छन्, छैनन् त्यो त मलाई यकिन भएन । एउटा एफएममा त कोइरालालाई मार्ने धम्की दिएको कुरासमेत प्रचारमा आयो । कोइरालाले यसको आधिकारिक खण्डन नगरे पनि पत्रकारहरूमाझ आफूलाई कुनै कर्मचारीले त्यस्तो धम्की नदिएको बताएका छन् । वीरगंजको विकास गर्न आफू फर्किआएको बताउने कोइराला साना कर्मचारीप्रति पूर्वाग्राही भएको, हेपाहा नीति लिएको तथा केही चल्तापुर्चा अधिकृत–कर्मचारीहरूको चंगुलमा परेको नपा सूत्र बताउँछ । कोइरालाजी ‘ऐसे कैसे वीरगंजके विकास होइ’ । एक हातसे तालस् कहाँ बाजी ? थोत्रो प्रचारबाजीले वीरगंजको विकास हुँदैन, कोइराला सर १ अनि प्रमुख भएपछि कर्मचारीहरूका लागि असल अभिभावकको भूमिका खेल्नु पनि तपाईंकै दायित्व हो सर १ ‘हर बहे खर खाए, बकरी खाए अचार’ नगर्नु बेस १
वाह डाक्टर साबहरु १
अस्ति संजोगले कुनै औषधि निर्माताले राजधानीको ठूलो होटलमा आयोजना गरेको डाक्टरहरूको भेलामा म पनि जाने मौका पाए । औषधि निर्माता तथा :च् मेडिकल रिप्रजेन्टेटिभहरूको भेला कस्तो होला भन्ने कौतूहल उपस्थित डाक्टरहरूको कुरा सुनेर छुमन्तर भयो । एकजना डाक्टर अर्को डाक्टरलाई भन्दै थिए– ‘तपाईंको आम्दानी निक्कै छ रे । तपाईं मुटु सम्बन्धी पर्नुभयो । राम्रो बिरामी फेला पर्दा ४–५ लाख झार्नु हुन्छ रे । आफू त नसा सम्बन्धी परें बिरामीसँग माल झार्नै सकिंदैन ।
त्यस्तै अर्का डाक्टरले भन्दै थिए– हाम्रो अस्पतालमा आउने रोगी हेर्ने बित्तिकै यो बिरामीले ५ देखि ८ लाखसम्म आम्दानी गराउँछ भन्ने अन्दाज गरी हाल्छौं ।
कार्यक्रमको अन्तमा एउटा डाक्टरले घरमा पत्नी र छोरीका लागि नास्ता प्याक गरिदिन आयोजकहरूलाई अनुरोध गर्दै थिए भने अर्का डाक्टरले मेरो क्लिनिकमा नास्ता पाइँदैन मलाई पनि एउटा भ्हतचब नास्ता पाकेट चाहियो भन्दै हात पसार्दै थिए ।
आयोजकले कार्यक्रमको समाप्तिपछि कुनै उपहार नदिएकोमा केही डाक्टर खिन्न हुँदै आलोचना गर्दै थिए । यस्ताहरूलाई ‘डाक्टर ईश्वरको अवतार हुन्’ भन्ने चलन हाम्रो समाजमा छ ।
थिलथिलो क्।ी।ऋ।
पहाडी क्षेत्रमा भैचालोले र तराईमा मधेस आन्दोलनले यस पालि २०७२ एसएलसी दिने विद्यार्थीहरूको पढाइ प्रभावित भयो, लथालि· भयो । आधाअधकल्चो पढेर परीक्षा दिन पुगेका विद्यार्थीहरुलाई च्याउसरी उम्रेका कलेज, क्याम्पसको विज्ञापनले झनै नर्भस बनायो । प्रत्येक वर्षझै यस वर्ष पनि परीक्षा केन्द्र वरपर क्याम्पसहरूको प्रचार सामग्री लिएर बस्नेहरूले परीक्षार्थीहरूलाई आजित नै पारे । वि.सं. १९९० देखि नेपालमा शुरु भएको एसएलसी परीक्षा वि.सं. २००३ देखि मात्रै नेपाल हुन थालेको हो । यसपल्टदेखि अल्फाबेटिक ग्रेडि· सिस्टममा रिजल्ट निस्कने, केही फेल नहुने हुँदा चिट चोर्ने चोराउने गिरोह बेरोजगार भए । तर क्याम्पस, कलेजका प्रचारक र बाधित विद्युत् आपूर्तिबाट विद्यार्थीहरू निकै आजित भए ।
विजयकुमार प्रधान रहेनन्
वीरगंज गहवा–१० निवासी हाल शङ्खपुर काठमाडौं निवासी विजयकुमार प्रधानको यही चैत १४ गते काठमाडौंमा असामयिक निधन भयो । उनी वीरगंज गहवामा २०२४ सालमा जन्मेका हुन् । उनी नेपाल बैंकका अधिकृत र समाजसेवी थिए । उनी पूर्व प्रधानपञ्च स्व. गोपालप्रसाद प्रधानका भतिजा हुन् ।
वीरगंजको मान्छेलाई काठमाडौंमा जुनसुकै अप्ठेरो पर्यो प्रधानले थाहा पाउने बित्तिकै सबै तरहले सहयोग गर्दथे । वीरगंज स्थित नेपाल बैंकमा कर्मचारीहरूको प्रधान कार्यालय काठमाडौबाट गराउनुपर्ने शतप्रतिशत काम स्व. प्रधानले गराइदिन्थे । सबैले उनलाई नै कामको लागि फोन गर्थे । त्यस्तै वीरगंजबाट गएका चिनेजानेका व्यक्तिको सरकारी अड्डा, अदालतबाट गराउनुपर्ने काममा समेत उनी आफै मोटरसाइकलमा राखेर दौडिरहन्थे । काठमाडौंमा पर्सा सम्पर्क केन्द्र, वीरगंज मिलन केन्द्रको नामले थुप्रै संस्थाहरू सक्रिय छन् तर इलभ :बल ब्चmथ प्रधानबारे उनीहरूले चालै पाएनन् । वीरगंज सिटी अफिस नेपाल बैंकका अधिकृत शत्रुघ्न नेवाले मलाई चैत १४ गते वीरगंजबाट फोन गरेर विजयकुमार प्रधानको घटना सुनाउँदा म स्तब्ध भएँ । काठमाडौंमैं भएकोले म सीधै पशुपति आर्यघाट पुगें । आर्यघाट स्थित भयमेश्वर घाटमा थुप्रै लाश जल्दै थिए । स्व. विजयको पार्थिव शरीर कुन हो ठम्याउन गार्हो भयो । त्यसै बखत वीरगंजका श्याम श्रेष्ठ भेट भए । उनले नै जलिरहेको एउटा लाश देखाउँदै विजयको भनेर बताए । मैले स्व.प्रधानलाई अन्तिम नमस्कार गरें । एउटा समाजसेवीको यस्तो असामयिक निधन र भयमेश्वर घाटमा बेवारिसेझै जलिरहेको देखेर ‘के रहेछ त जिन्दगी’ सोच्दै म धेरै बेर घोरिइरहें । यसै लेखबाट म विजय प्रधानको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । स्व. प्रधानका एक छोरा र पत्नी छन् ।