प्रस, वीरगंज, १८ वैशाख/
नेपाल चिकित्सक सङ्घ, नारायणीका पूर्वअध्यक्ष डा. रवीन्द्रप्रसाद सिंहले छोरी डा. प्रेरणा सिंहको विवाह सामाजिक चेतनासमेत फैलाउने गरी गरेका छन्।
शुक्रवार नगर सभागृहमा छोरी डा. प्रेरणा र ज्वाईं रवि प्रसादको प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा बाँध्दै डा. रवीन्द्रप्रसाद सिंहले वैवाहिक कार्यक्रममा जिल्ला बाल कल्याण गृहका १४ जना बालबालिकालाई सहभागी गराएर उदाहरण पेश गरेका हुन्। उनले सहभागी अनाथ बालबालिकालाई प्राविधिक शिक्षाको लागि एक थान कम्प्युटर प्रदान गरेका थिए।
जिल्ला बाल कल्याण गृहकी महिला विकास निरीक्षक विमला पन्तलाई अञ्चल प्रहरी कार्यालय, वीरगंजका प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्का र प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले सो कम्प्युटर प्रदान गरेका थिए । सोही अवसरमा महिला तथा बालबालिका कार्यालय पर्साको तर्फबाट निमित्त प्रमुख सुनीता प्रसाईलाई पनि एक थान कम्प्युटर प्रदान गरिएको थियो ।
डा. सिंहले अनाथ बालबालिकाहरू पनि समाजकै अङग भएकाले उनीहरूलाई सामाजिक क्रियाकलापमा सहभागी गराउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न छोरीको वैवाहिक कार्यक्रममा सहभागी गराएको बताए। उनले अन्य अतिथिको तुलनामा अनाथ बालबालिकाहरूको स्वागतमा कुनै कसर बाँकी राखेनन्। भोजमा बालबालिकाहरूलाई सोधीसोधी खुवाउनुको साथै साङगीतिक कार्यक्रममा सहभागी गराएका थिए।
अनाथ बालबालिकाहरू पनि खुशीका साथ वैवाहिक कार्यक्रममा घुलमिल भएका थिए। उनीहरूले लायन्स क्लबले आयोजना गर्ने कार्यक्रममा बाल कल्याण गृह बाहिर भोजमा सहभागी भएको बताउँदै पहिलोचोटी भव्य विवाह समारोहमा सहभागी हुने अवसर पाएको बताएका थिए।
डा. सिंहले सामाजिक उदाहरण प्रस्तुत गरेर विवाह सम्पन्न गरे पनि छोरी प्रेरणाले प्रेम विवाह गैरजातिसँग गरेको भन्दै वीरगंजका राजपूत समाजले वैवाहिक कार्यक्रम बहिष्कार गरेको थियो । स्वजातिबाट विवाह बहिष्कार गरिए पनि थोरै सङ्ख्यामा राजपूत समाजका मानिसको सहभागिता थियो। डा. सिंहले छोरीको विवाहमा उपहार पनि स्वीकार गरेनन्। निमन्त्रण कार्डमा उपहार स्वीकार हुँदैन भन्ने लेख्न बिर्सिए पनि उपहार लिएर आएका अतिथिहरूलाई हात जोडेर उपहार नदिन आग्रह गरेका थिए। आफन्तबाहेकबाट उपहार स्वीकार गरिएको थिएन।
यसैगरी विवाहमा नगद दाइजो पनि लेनदेन भएको थिएन। जीतपुर गढीमाई नपाका हरिप्रसादका छोरा रविप्रसाद र डा. प्रेरणाबीच गौतम माविमा अध्ययन गर्दाताका मित्रता थियो र ५ वर्ष पहिले दुवैमा प्रगाढ माया बसेको थियो।