शुक्रवारको रासस बुलेटिनमा एउटा समाचार प्रकाशित भएको छ। ‘सोच्नुहोस्, मासु, दूध र अन्डा खानयोग्य छ कि छैन ?’ समाचारमा पशु विकास विभाग, केन्द्रीय पशु चिकित्सालयलाई उद्धृत गर्दै मासु प्रयोजनका लागि पशुपक्षीलाई कुनै बिमारी छ कि छैन भनी जाँच्नुपर्छ, छ भनेउपचार गर्नुपर्छ र पशुमा औषधिको प्रभाव बाँकी छ कि छैन, निश्चित गरेर भोलिपल्ट मात्र काट्नुपर्छ। यो त भयो चिकित्सकको कुरा। तर व्यवहारमा हामीकहाँ कस्तो पशुपक्षी काटिन्छ भन्ने विचार गर्ने हो भने आङ सिरिङ हुन्छ। प्राय: घरमा पालेको खसी, कुखुरालाई कुनै रोग लागेको थाहा भयो भने औषधि गर्नु कहाँ हो कहाँ तुरुन्तै काटेर मासु बाँडफाँड गरेर खाने चलन छ। यो कुरा छाडिदिउँ, मासु त प्रत्येक दिन हाम्रो खाद्यपदार्थमा सामेल हुँदैन। तर तरकारी, खासगरी हरियो, हामीलाई नभइहुन्न। स्वास्थ्य चेतना बढेकोले पनि हरियो तरकारीको लागि अचेल बजारमा हारालुछ हुन्छ । तर त्यो तरकारीमा विषादि छरेको छ, छैन, छ भने कति दिन भयो भनेर आजसम्म कसैले सोध्ने गरेको छैन।
तरकारीको कुरा पनि छाडौं, किनकि जुन पसलेबाट हामी तरकारी किन्छौं ऊ स्वयंले त्यो तरकारी उत्पादन गरेको हुँदैन। तर आँप यस्तो वस्तु हो, जसलाई कार्बाइडमा पकाएर मात्र बिक्री गरिन्छ भन्ने कुरा गाउँ–शहरका मानिसलाई पक्कै थाहा हुन्छ। प्राय: मानिसलाई कुन आँप कुन महिनामा पाक्छ भन्ने पनि थाहा हुन्छ। तर पनि असमयमा पहेंलपुरे बनेर बजारमा बिक्रीको लागि राखिएको आँप पढेलेखेका–जान्ने–बुझ्ने मानिसले समेत किनेर खाने गर्दछन्। बजारमा समय भएर पाकेको आँप र कार्बाइडमा पकाएको रहरलाग्दो आँप खुटयाउन प्राय: उपभोक्ताले सक्छन्, तर किन्ने बेला कार्बाइडले पकाएको आँप किन्छन्। स्वास्थ्यप्रति हामी पढेलेखेका मानिसहरूको यो अवस्था छ भने नदेखिने, नजानिने प्रदूषणबारे कसरी चेतनशील बन्न सक्छौं ? अचेल विषादि प्रयोग नभएको तरकारी पाउनै सकिन्न। खाद्यविज्ञहरूका अनुसार विषादि छरेको तीन दिनपछि मात्र तरकारी खानेयोग्य हुन्छ। तर कसले सोध्छ कति दिन पहिले विषादि छरिएको थियो भनेर ? माछा–मासुको कुरा त झन् गोपनीयताको बाक्लो तहमा लुकेको हुन्छ।
आँखादेखी वीरगंजमा सार्वजनिक नाला छेउमा खसी, बाख्रा, कुखुरा काटिन्छ। मासुमा झिँका भन्किरहेको हुन्छ, नालाको पानीले खसीको सरसफाइ गरिन्छ, खसीको नसामा साइकलको पम्पले फोहर पानी हालेर मासु फुलाइन्छ–कसलाई थाहा छैन ? खोइ को उपभोक्ता आजसम्म विरोध गर्न उभिएको छ। उपभोक्ताको कुरा छाडिदिउँ– शहरमा जिल्ला प्रशासन, नगरपालिका, प्रहरी, उपभोक्ता सङ्घ, मानव अधिकारकर्मी, खाद्य अनुसन्धान एकाइ के छैन, खोइ कसले आजसम्म विरोध गर्यो, खोइ ती बगरेलाई कसले जनचेतना सिकायो, खोइ कसैमाथि कारबाई भयो ? आँखा अगाडि हुने यस्ता अनियमितताबारे कोही बोल्दैन भने नदेखेको कुराको खोजीनीति गर्ने जाँगर नेपाली उपभोक्तामा कहाँबाट आउँछ ? हो एउटा तर्क सबै उपभोक्ताले दिन्छन्–यै खाएर ठूलो भइयो आजसम्म केही भएको छैन !शरीरमा भएको इम्युन पावरले केही समयका लागि केही नभएको हुन सक्छ, त्यति भन्दैमा यस्ता वस्तुहरू खाद्य त बन्दैनन्। इम्युन पावर जुन दिन समाप्त हुन्छ, यस्तो खाद्य पदार्थले असर देखाउन थाल्छ, तबसम्म धेरैढिलो भइसकेको हुन्छ। स्वास्थ्य जोगाउने यस्ता सतर्कता अपनाउन ढिलो हुनु अगावै होश पुर्याउनु श्रेयस्कर !