प्रस, वीरगंज, १५ वैशाख/
एमाले बारा क्षेत्र नं. ४ का उम्मेदवार नेता महमुद आलमको हत्या अभियोगमा पक्राउ परेका एमालेका पूर्व सभासद् रामचन्द्र कुशवाहा (प्यासी)लाई बारा
अदालतले १० वर्ष कैद सजाय सुनाएको छ ।
३ वर्षदेखि चल्दै आएको मुद्दाको आज छिनोफानो हुने क्रममा आज दुवै पक्षका एमाले कार्यकर्ताहरूको ठूलो घुइँचो जिल्ला अदालतमा थियो । आलमको हत्या अभियोग लागेका रामचन्द्र कुशवाहा प्यासी, विपिन यादव भन्ने महम्मद फैद, अतिक खान र राजु श्रीवास्तवलाई मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १६ नम्बर अनुसार बारा जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको इजलासले १०–१० वर्ष कैद सजायको फैसला बुधवार गरेको छ ।
गोली प्रहार गर्ने मनोज पाण्डे भन्ने राजेश मिश्रालाई ज्यान सम्बन्धी महलको १३, ४ बमोजिम जन्मकैद सजाय हुने फैसलासमेत इजलास नम्बर १ बाटै भएको स्रेस्तेदार सुदिप भट्टराईले जानकारी गराए ।
बारा अदालतको फैसलाबारे आपत्ति जनाउँदै स्व. आलमकी एवं बारा क्षेत्र नं. ४ की निर्वाचित सभासद् नेजमा खातुन आलमले आपत्ति जनाएकी थिइन् ।
एउटै कसुरमा मुख्य आरोपी कुशवाहालगायत अन्यलाई १०–१० वर्ष कैद र बाँकी जन्म कैद गर्नु अदालतको पूर्वाग्रही फैसला रहेको प्रतिक्रिया दिइन् । सभासद् खातुनलगायत उनका पक्षधरहरूले निर्णय आउनेबित्तिकै अदातल भित्रै न्यायाधीश शर्माविरुद्ध नाराबाजी गर्दै अभद्र व्यवहारसमेत गरेका थिए ।
अदालतजस्तो संवेदनशील ठाउँमा मुद्दाको फैसला हुने बित्तिकै सभासद् खातुनका समर्थकहरूले कडा विरोध गरेका थिए । सोही क्रममा न्यायाधीश शर्माको चेम्बरमा प्रवेश गरी झ्यालका शीशासमेत तोडफोड गरी दुव्र्यवहार गरेको बारा प्रहरीले जानकारी गराएको छ ।
खातुन पक्षधरलाई नियन्त्रण गर्न बारा जिल्ला अदालतमा ठूलो सङ्ख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालित थिए ।
दोस्रो संविधानसभा चुनावमा एमालेबाट बारा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार एमाले नेता महमुद आलमको चुनाव अगाडि नै २०७० साल असोज १८ गते परवानीपुर–वीरगंज सडकखण्डमा गोली प्रहार गरी हत्या गरिएको थियो ।