प्रस, वीरगंज, १६ वैशाख/
जिल्ला प्रहरी कार्यालय, पर्साले ‘हाम्रो साथी प्रहरी’ कार्यक्रम प्रभावकारी भएपछि यसलाई निरन्तरता दिंदै आएको छ।
प्रहरीबारे विद्यार्थीहरूमा अनेक किसिमका नकारात्मक भावना देखिएपछि पर्सा प्रहरीले वीरगंजस्थित विद्यालयहरूमा पुगेर विद्यार्थीहरूसँग सम्बन्ध स्थापित गरी अन्तक्र्रियामार्फत् प्रहरी क्रियाकलापबारे जानकारी गराउँदै आएको छ।
वीरगंज नगरलाई लक्षित गरेर प्रहरीले स्कूल सम्पर्क कार्यक्रम बिहीवार नेपाल राष्ट्रिय विद्यापीठ उमावि श्रीपुर मुर्लीमा सम्पन्न गरेको छ। हाम्रो साथी प्रहरी स्कूल सम्पर्क कार्यक्रमका प्रमुख अतिथि प्रउ राजुबाबू श्रेष्ठले विद्यार्थीहरूलाई स्याउ प्रदान गरी आत्मीयता देखाएका थिए। सो क्रममा जिप्रका, पर्साले विद्यार्थीहरूलाई प्रहरीले दिने सेवा, प्रहरीको काम, कर्तव्य र अधिकारबारे जानकारी गराएको थियो ।
विद्यालयका प्राचार्य गोपाल महतोले यस्ता कार्यक्रमबाट विद्यार्थी र प्रहरीबीच सम्बन्ध प्रगाढ हुने बताए। उनले विद्यार्थीहरूमा प्रहरीप्रति सकारात्मक सोच वृद्धि हुने र उत्कृष्ट कामका लागि कार्यक्रमले दिशाबोध गराउनुको साथै विद्यार्थीहरूमा ऊर्जा प्रदान गर्ने बताए। अन्तक्र्रियामा विद्यार्थीहरूको भूमिका, सहकार्य तथा समन्वय, विद्यार्थी–प्रहरीबीच अन्तर्सम्बन्ध विषयमा छलफल गरिएको पर्साका प्रवक्ता प्रनाउ होविन्द्र बोगटीले प्रतीकलाई जानकारी गराए।