प्रस, ठोरी, पर्सा, १८ वैशाख/
अत्यधिक गर्मीको रापमा पनि ढेडुखोलामा जाली भर्न तल्लीन छ स्थानीय जनता। वर्षाको समयमा उर्लेर आउने भेलले गाउँ नै बगाउने चिन्ताले एउटा हातले पसिना पुछ्दै अर्काे हातले जालीमा ढुङगा हालिरहेका छन् यस क्षेत्रका बासिन्दा । प्रत्येक वर्ष यो नदीले पुर्याउने क्षति न्यूनीकरणका लागि जाली भर्ने कार्यलाई निरन्तरता दिने काम यहाँका बासिन्दाको वार्षिकीजस्तै भइसकेको छ । निर्मल–ठोरी उपभोक्ता समितिले २ लाख रुपियाँ जाली भर्न आर्थिक सहयोग गरेपछि यहाँका बासिन्दा वैशाखको उखरमाउलो गर्मीमा बढी जोखिम पुग्ने ठाउँमा जनश्रमदानबाट २६ वटा जाली भर्न लागेको उपभोक्ता समितिका अध्यक्ष कमल तिमिल्सिनाले जानकारी दिए। २६ छटा जाली अपुग भए पनि यसले यो वर्षको भेलको धार तर्काउन सकिन्छ भन्ने आशाका साथ जाली भर्ने काम गरिएको उनले बताए। यो वर्ष भरिएको जालीले वर्षामा आउने भेल तर्काउन सकिए ठोरीको १, २, ३ र ४ गरी ४ वडाका बासिन्दाले केही सुरक्षित महसुस गर्ने निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिए।
समितिले उपलब्ध गराएको आर्थिक सहयोगले मात्र यो खोला नियन्त्रण हुन नसक्ने भन्दै खनालले ठोरी जोगाउने हो भने राष्ट्रिय योजनामा नदी नियन्त्रणको लागि कार्यक्रम पारेर कार्य गर्नुपर्ने बताए । ठोरीको मध्य भागमा अवस्थित गाउँ जानकीनगरका बासिन्दा यस नदीले गर्दा लगभग विस्थापित भइसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रबाट बगेर आउने यो ढेडुखोलाले ठोरीको १, २, ३, ४ र ५ नम्बर वडालाई प्रत्यक्ष असर पुर्याएको छ। वर्षायाममा आकाशमा कालो बादल मडारिन थालेपछि सरस्वतीचोक, जानकीनगर, दिपकनगरका बासिन्दालाई राति निद्रा लाग्दैन। ढेडुखोलामा उर्लेर आउने भेलले घरखेत नै होइन ज्यानै लैजाने चिन्ताले रातभर जाग्राम बस्न बाध्य हुन्छन्।
ठोरीको ढेडुखोलासहित ठुटेखोला, झिँगेखोला, अमुवाखोला, सरस्वतीखोला, जरायोखोलाले वर्षाको समयमा खेतियोग्य जमिन बगाउने गरेको भए पनि यसको दीर्घकालीन नियन्त्रणका लागि सम्बन्धित निकायले खासै ध्यान पुर्याएको देखिंदैन ।