Posts

Showing posts from April, 2016

२०७३ वैशाख १९ गते आइतवारको प्रतीक दैनिक

२०७३ वैशाख १९ गते आइतवारको प्रतीक दैनिक

डा. रवीन्द्रप्रसाद सिंहले सामाजिक चेतना फैलाउने गरी छोरीको बिहे गरे

Image
प्रस, वीरगंज, १८ वैशाख/     नेपाल चिकित्सक सङ्घ, नारायणीका पूर्वअध्यक्ष डा. रवीन्द्रप्रसाद सिंहले छोरी डा. प्रेरणा सिंहको विवाह  सामाजिक चेतनासमेत फैलाउने गरी गरेका छन्।     शुक्रवार नगर सभागृहमा छोरी डा. प्रेरणा र ज्वाईं रवि प्रसादको प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा बाँध्दै डा. रवीन्द्रप्रसाद सिंहले वैवाहिक कार्यक्रममा जिल्ला बाल कल्याण गृहका १४ जना बालबालिकालाई सहभागी गराएर उदाहरण पेश गरेका हुन्। उनले सहभागी अनाथ बालबालिकालाई प्राविधिक शिक्षाको लागि एक थान कम्प्युटर प्रदान गरेका थिए।     जिल्ला बाल कल्याण गृहकी महिला विकास निरीक्षक विमला पन्तलाई अञ्चल प्रहरी कार्यालय, वीरगंजका प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्का र प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले सो कम्प्युटर प्रदान गरेका थिए । सोही अवसरमा महिला तथा बालबालिका कार्यालय पर्साको तर्फबाट निमित्त प्रमुख सुनीता प्रसाईलाई पनि एक थान कम्प्युटर प्रदान गरिएको थियो ।     डा. सिंहले अनाथ बालबालिकाहरू पनि समाजकै अङग भएकाले उनीहरूलाई सामाजिक क्रियाकलापमा सहभागी गराउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न छोरीको वैवाहिक कार्यक्रममा सहभागी गराएको बत

बस्ती जोगाउन ढेडुखोलामा जाली

प्रस, ठोरी, पर्सा, १८ वैशाख/     अत्यधिक गर्मीको रापमा पनि ढेडुखोलामा जाली भर्न तल्लीन छ स्थानीय जनता। वर्षाको समयमा उर्लेर आउने भेलले गाउँ नै बगाउने चिन्ताले एउटा हातले पसिना पुछ्दै अर्काे हातले जालीमा ढुङगा हालिरहेका छन् यस क्षेत्रका बासिन्दा । प्रत्येक वर्ष यो नदीले पुर्‍याउने क्षति न्यूनीकरणका लागि जाली भर्ने कार्यलाई निरन्तरता दिने काम यहाँका बासिन्दाको वार्षिकीजस्तै भइसकेको छ ।         निर्मल–ठोरी उपभोक्ता समितिले २ लाख रुपियाँ जाली भर्न आर्थिक सहयोग गरेपछि यहाँका बासिन्दा वैशाखको उखरमाउलो गर्मीमा बढी जोखिम पुग्ने ठाउँमा जनश्रमदानबाट २६ वटा जाली भर्न लागेको उपभोक्ता समितिका अध्यक्ष कमल तिमिल्सिनाले जानकारी दिए। २६ छटा जाली अपुग भए पनि यसले यो वर्षको भेलको धार तर्काउन सकिन्छ भन्ने आशाका साथ जाली भर्ने काम गरिएको उनले बताए। यो वर्ष भरिएको जालीले वर्षामा आउने भेल तर्काउन सकिए ठोरीको १, २, ३ र ४ गरी ४ वडाका बासिन्दाले केही सुरक्षित महसुस गर्ने निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिए।     समितिले उपलब्ध गराएको आर्थिक सहयोगले मात्र यो खोला नियन्त्रण हुन नसक्ने

रानीघाटकी सुन्दरीको रक्सौलमा हत्या

राजेश केशरीवाल, रक्सौल, १८ वैशाख/     वीरगंज–१३ रानीघाट निवासी २५ वर्षीया सुन्दरी देवीको हत्या गरिएको अवस्थामा शव बरामद भएको छ।     रक्सौल थाना प्रभारीका प्रमुख राजेश्वरप्रसादले सुन्दरी देवीको शव रक्सौलदेखि दक्षिण लक्ष्मीपुरको सेनवरियाबाट बरामद भएको बताए। उनले हत्या गरी शरीरमा तेजाब फालिएको अवस्थामा बिहान शव बरामद भएको जानकारी गराएका छन्। सुन्दरी देवीका पति दीपेन्द्र महतोले शवको सनाखत गरेका छन्।     शवलाई पोस्टमार्टमको लागि सदर अस्पताल मोतीहारी पठाइएको छ। हत्याको कारण खुलिसकेको छैन, अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

हेरिरहूँजस्तो लाग्ने बिग्नी र कमलाको मित्रता

Image
जीतलाल श्रेष्ठ, निजगढ, १८ वैशाख/     बारा विशम्भरपुरकी ५२ वर्षीया बिग्नी राम र निजगढ निवासी ४२ वर्षीया कमला भुजेलको मित्रता हेरिरहूँ जस्तो लाग्छ। उनीहरूको मित्रता मनै लोभ्याउने खालको छ।     एक अर्कालाई दिल खोलेर काममा सहयोग गर्छन्। त्यसैले दुवै मिलेर मनग्गे आम्दानी पनि गरिरहेका छन्। बिग्नी मधेसी र भुजेल पहाडिया मूलका हुन्। तर यिनीहरूलाई यसले कुनै असर पारेको छैन।     “जात ने कथी होई, मिल के काम करेकी परी”—बिग्नी राम भन्छिन्। यता कमला पनि ‘जातभात भन्दा ठूलो मन र व्यवहार हो’—भन्छिन्। “मन र व्यवहार राम्रो भयो भने, त्यो जतिको असल संसारमा अरू केही छैन”— भाषा फरक भए पनि आखिरमा दुवैको भनाइ एउटै छ।     यी दुवै निजगढस्थित बकैयाखोला बगरमा गिट्टी चालेर दैनिक ५ सयदेखि १ हजारसम्म कमाउँछन्। दुई दिनमा एक ट्याक्टर–टेलर गिट्टी बनाएर बिक्री गरेपछि २ हजार पाउँछन्। बढीमा तीन दिनमा सो कमाई दुवै मिलेर गर्छन्।     बिग्नी र कमलाको भेट १५ दिन अघि भएको हो। कमला वर्षौदेखि  बगरमा गिट्टी चाल्दै आएकी थिइन्। यी दुवैको मित्रताले अन्य मानिस पनि छक्क पर्छन्। मिलेरै खोला आउँछन्। साँझसम्म काम गर्छन्—देख्नेहरू भन्छन्।   

प्रहरीद्वारा रानीघाट र बिर्ता मन्दिरमा सफाइ

Image
प्रस, वीरगंज, १८ वैशाख/     जिल्ला प्रहरी कार्यालय, पर्साले ‘हाम्रो साथी प्रहरी’ अन्तर्गत २१ औं संस्करणमा शनिवार रानीघाट र बिर्ता मन्दिरमा सरसफाइ गरेको छ।     वप्रका श्रीपुरसमेतको आयोजनामा रानीघाट बजार, सडक, गली र त्यहाँ थुपारिएको अव्यवस्थित फोहरलाई व्यवस्थित तवरबाट राख्ने काम गरिएको थियो।     यसैगरी बिर्ता मन्दिर परिसरमा सरसफाइ गरिएको जिप्रका, पर्साले जनाएको छ।     वप्रका बिर्ताको सहयोगमा बिर्ता मन्दिरमा प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठ, वप्रका बिर्ताका प्रनि जीवलाल चुडालीसमेतको सहभागितामा सरसफाइ गरिएको थियो।

स्वार्थमा जेलिएको पुनर्निमार्ण

Image
ओमप्रकाश खनाल     अमेरिकी म्यागजिन फोब्सले नेपालमा शक्तिशाली भूकम्प गएको एक वर्षपछि यो भूकम्पलाई इतिहासकै शक्तिशाली भूकम्पको सूचीमा राख्यो । करिब ९ हजार मानिसको ज्यान लिएको भूकम्प धेरै संस्था र खोजकर्ताहरूका लागि अनुसन्धानको विषय मात्र भएन, नेपालको समकालीन राजनीतिक जोडघटाउको उपयुक्त औजार पनि बन्यो । भूकम्पीय विपद्को टेकोमैं संविधान निर्माण र सत्ता समीकरण परिवर्तन पनि भयो ।     करिब दशक लामो राजनीतिक दाउपेच निरर्थक बनिराखेको राजनीतिक दृश्यावलीमा भूकम्पीय क्षति व्यवस्थापनको उद्देश्यले प्रमुख राजनीतिक दलहरूलाई एक ठाउँमा उभ्याइदियो । यो राजनीतिक उपलब्धि आफैंमा विरोधाभासमुक्त छैन, यो बहसको अलग विषय हो । तर यो एकवर्षे कालखण्ड भूकम्पपीडितका लागि कालरात्रिभन्दा कम भएन । भूकम्पीय क्षति राजनीतिका लागि सत्ता र शक्ति आर्जनको हतियार बन्यो । पुनर्निर्माणका लागि बनाइएको प्राधिकरणजस्तो निकायमा देखिएको राजनीतिक खिचातानी यसको ज्वलन्त प्रमाण हो ।     अघिल्लो वर्ष वैशाख १२ को विपद्लाई स्मरण गदै भर्खरै स्मृतिका औपचारिकता पूरा गरिएका छन् । तर यो एक वर्षमा पीडितलाई राहत र पुनर्निर्माणमा कुनै पनि आशलाग्दा क

२०७३ वैशाख १८ गते शनिवारको प्रतीक दैनिक

२०७३ वैशाख १८ गते शनिवारको प्रतीक दैनिक

चन्दाको विषयलाई लिएर एमाओवादी पर्सा फेरि विभाजित

Image
प्रस, वीरगंज, १७ वैशाख/ कुनै बेला तीनवटा जिल्ला कार्य समितिमा विभाजित एनेकपा माओवादी पर्सा सङगठन चन्दाको विषयलाई लिएर पुन: दुई चिरामा विभाजित भएको छ। एनेकपा माओवादी पर्सा सङगठनले शुक्रवार पत्रकार सम्मेलन गरी जिल्ला संयोजक बाबुराम कौशिकमाथि भ्रष्टाचारको आरोप लगाउँदै उनलाई  पदबाट हटाइएको घोषणा गरेको छ।  सङ्गठनका जिल्ला इन्चार्ज विजय महतोले कौशिकलाई पदबाट हटाएर रामदरश कुशवाहाको अध्यक्षतमा नयाँ  कार्यसमिति गठन गरेको घोषणा गरेका थिए।  पत्रकार सम्मेलनमा कौशिकले पदको दुरुपयोग गरी आर्थिक सङगलन गरेको  महतोको आरोप थियो।  चार महिना पहिले मात्र एनेकपा माओवादी उपाध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी परित्याग  गरेपछि तीन चिरामा विभाजित एमाओवादी पर्सा एक भएर बाबूराम कौशिकको अध्यक्षता कार्यसमिति बनेको थियो। शुक्रवार नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नयाँ गठित कार्यसमितका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले निष्कासित कौशिकमाथि वीरगंज भन्सारलगायत दर्जनौं सरकारी कार्यालयमा लेटरप्याड दुरुपयोग गरी चन्दा आतङग मचाएको आरोप लगाए।  पत्रकार सम्मेलनमा श

अस्वस्थकर मासुविरुद्ध अभियान

Image
प्रस, वीरगंज, १७ वैशाख/  वीरगंज उपमहानगरपालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नगरमा अस्वस्थ  तरिकाबाट बिक्री हुँदै आएको माछा, मासुविरुद्ध शुक्रवार अभियान चलाएर थुप्रै स्थानबाट मासु नियन्त्रणमा लिएको समाचार छ।  वीरगंजमा जथाभावी नाला, फूटपाथ, खुला सडकमा माछा, मासु बिक्री गरिंदै आएको विरुद्ध शुक्रवार तीनवटा टोली बनाएर अलौदेखी वीरगंजको श्रीराम हलसम्म छापमारी गरी मासु नियन्त्रणमा लिएको वीउमनपाका प्रवक्ता प्रेमकुमार कार्कीले बताए। उनले जथाभावी माछा, मासुको बिक्रीले नगरवासी अस्वस्थकर मासु खान बाध्य भएकाले वीउमनपाले शुक्रवारदेखि यसविरुद्ध अभियान चलाएको बताए।  तीनवटा समूह बनाएर नियन्त्रणमा लिएको मासुलाई सम्बन्धित निकायमा प्रतिनिधीहरूको रोहबरमा गाडेर नष्ट गरिएको प्रतीकलाई बताएका छन्। नाला, फूटपाथमा झिँगा भन्कने गरी माछा, मासु बिक्री भैरहेकोमा बिहान चलाइएको अभियानका कारण खसी र ब्वाइलर कुखुराको मासु मात्र नियन्त्रणमा लिन सकिएको कार्कीले बताए।  माछा, मासु व्यवसायी सङ्घले भने अस्वस्थकर माछा, मासु नियन्त्रण गर्ने अभियानको नाममा टोलीले पसलघरमा स्वस्थकर मासुलाई पन

सङ्घीय गठबन्धनद्वारा सरकारी कार्यालयमा कालोझन्डा

Image
प्रस, वीरगंज, १७ वैशाख/ मधेस आन्दोलन २०७२ हालसम्म जारी रहेको र मधेसको माग पूरा नहुन्जेल जारी रहने बताउँदै आएको मधेसवादी दलहरूसहित समाहित २७ दलीय गठबन्धनको सङ्घीय गठबन्धनले शुक्रवार जिल्ला प्रशासन कार्यालयसमेत सरकारी कार्यालयमा कालोझन्डा झुन्डयाएर विरोध गरेको थियो।  सङ्घीय गठबन्धनसँग आबद्ध सङ्घीय समाजवादी पार्टी नेपाल, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तमलोपा, मजफो गणतान्त्रिकलगायत पार्टी नेता, कार्यकर्ताले समूह विभाजित गरी वीरगंजमा रहेको सरकारी कार्यालयमा कालो झन्डा झुन्डयाउने काम गरेका थिए भने उनीहरू गएलगत्तै प्रहरीले झन्डा हटाउने काम गरेको थियो । प्रहरीले कालो झन्डा झुन्ड्याउने काममा अवरोध नगरेको कारण कतै झडप भएन। गठबन्धनले झुन्डाउने र प्रहरीले हटाउने काम मात्र गर्‍यो।  प्रस, रौतहट/ सङ्घीय गठबन्धन, रौतहटका कार्यकर्ता तथा नेताहरूले आज सदरमुकाम गौरमा जुलुस प्रर्दशन गर्दै सरकारी कार्यालयहरूमा कालो झन्डा झुन्डयाएको छ। तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालयबाट शुरु भएको जुलुस नारा सहित कालो झन्डा प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटलगायत विभिन्न कार्यालयमा क

यहाँ खानेयोग्य के छ ?

शुक्रवारको रासस बुलेटिनमा एउटा समाचार प्रकाशित भएको छ। ‘सोच्नुहोस्, मासु, दूध र अन्डा खानयोग्य छ कि छैन ?’ समाचारमा पशु विकास विभाग, केन्द्रीय पशु चिकित्सालयलाई उद्धृत गर्दै मासु प्रयोजनका लागि पशुपक्षीलाई कुनै बिमारी छ कि छैन भनी जाँच्नुपर्छ, छ भनेउपचार गर्नुपर्छ र पशुमा औषधिको प्रभाव बाँकी छ कि छैन, निश्चित गरेर भोलिपल्ट मात्र काट्नुपर्छ। यो त भयो चिकित्सकको कुरा। तर व्यवहारमा हामीकहाँ कस्तो पशुपक्षी काटिन्छ भन्ने विचार गर्ने हो भने आङ सिरिङ हुन्छ। प्राय: घरमा पालेको खसी, कुखुरालाई कुनै रोग लागेको थाहा भयो भने औषधि गर्नु कहाँ हो कहाँ तुरुन्तै काटेर मासु बाँडफाँड गरेर खाने चलन छ। यो कुरा छाडिदिउँ, मासु त प्रत्येक दिन हाम्रो खाद्यपदार्थमा सामेल हुँदैन। तर तरकारी, खासगरी हरियो, हामीलाई नभइहुन्न। स्वास्थ्य चेतना बढेकोले पनि हरियो तरकारीको लागि अचेल बजारमा हारालुछ हुन्छ । तर त्यो तरकारीमा विषादि छरेको छ, छैन, छ भने कति दिन भयो भनेर आजसम्म कसैले सोध्ने गरेको छैन। तरकारीको कुरा पनि छाडौं, किनकि जुन पसलेबाट हामी तरकारी किन्छौं ऊ स्वयंले त्यो तरकारी उत्पादन गरेको हुँदैन। तर आँप यस्तो वस्

माफियातन्त्र मालामाल, शैक्षिक अवस्था बेहाल

Image
वैद्यनाथ ठाकुर आज वैशाख १७ गते भए पनि विद्यार्थीहरूको हातमा निश्शुल्क पुस्तक सामुदायिक विद्यालयहरूमा नेपाल सरकार शिक्षा मन्त्रालयले उपलब्ध गराउन सकेको छैन। भाषण गर्न जति सजिलो छ काम गर्न त्यति नै कठिन छ । सरकारले वैशाखको पहिलो सातामैं विद्यार्थीहरूको हातमा पुस्तक उपलब्ध गराउने भनेको थियो तर आफ्नो प्रतिबद्धतालाई कायम गर्न सकेन बरु विगतका वर्षहरूभैंm यो वर्ष पनि शैक्षिक वर्गको अन्त्यसम्म पनि विद्यार्थीहरू पुस्तकविहीन भएर नै परीक्षा दिनु नपर्ला भन्ने कुनै ठोस आधार र तर्क अहिलेसम्म देखिएको छैन। एक वर्ष पहिलेदेखि तयारी गरिएको भए पनि के कारणले विद्यार्थीहरूको हातमा सामुदायिक विद्यालयमा निश्शुल्क पाठ्यपुस्तक पुग्दैन किन समयमा जनक शिक्षा सामग्रीले पुस्तकको छपाइ र वितरण कार्य सम्पन्न गर्दैन। झन् यस वर्ष त जनक शिक्षाबाहेकलाई पनि छपाइ कार्य दिएको थियो तर पनि पुस्तक किन पुगेन ? वीरगंजजस्तो ठाउँमा विद्यार्थीले पुस्तक पाउँदैनन् भने टाढाको दुर्गम बस्तीहरूमा पुस्तक कहिले र कसरी पाइएला ? वास्तवमा नेपाली राजनीतिमा कमिशनतन्त्र यसरी हावी भएको छ कि यसले सबै क्षेत्रलाई तहसनहस गरेको प्रस्टै देख

विश्वराज अधिकारीको ‘रानीघाट’

Image
चन्द्रकिशोर प्रतीक दैनिकका स्तम्भकार विश्वराज अधिकारी एउटा सफल सामाजिक–आर्थिक मामिलाका विश्लेषक मात्र होइनन्, स्थापित कथाकार पनि हुन्। उनका ६ वटा कथासङ्ग्रह प्रकाशित भइसकेको छ भने केही पाण्डुलिपि तयारी अवस्थामा छ। उनका प्रकाशित कृतिहरूमा सूर्य, लघुकथा सङग्रह, बहलिया कथा सङ्ग्रह, अभिनय लथुकथा, मधुर मिलन कथा र मिसिसिपीको किनार कथासङ्ग्रह छ। केही पहिले उनको ‘रानीघाट’ नामक कथासङ्ग्रह बजारमा आएको छ। यो वीरगंजका पुस्तक पसलहरूमा समेत उपलब्ध छ। विश्वराजको लेखन संसार व्यापक छ। उनले सामाजिक–आर्थिक विषयका एक दर्जन पुस्तकसमेत प्रकाशित गरिसकेका छन्। सर्लाही, रौतहटदेखि पर्सासम्मको परिवेशमा हुर्केका उनी आफ्नो रचना संसारमा पनि त्यस परिवेशलाई चिनाउन, पक्रिन र गाँसिन खोजेको पाइन्छ, जुन माटोमा हुर्के, बढे र खेले, आफूलाई चिने, खोजे र छामे, त्यसलाई कथा होस् वा कविता उनले त्यसको सुवासलाई चित्रित गर्न खोजेकै हुन्छन्। नेपाली र अङ्ग्रेजीमा निरन्तर कलम चलाइरहने विश्वराज यतिखेर बज्जिका भाषाका समेत परिचित हस्ताक्षर भइसकेका छन्। मधेसी जीवन, भोजपुरी परिवेश यिनका कथ्यका नछुटिने पाटाहरू हुन्। ‘रानीघाट’ पुस्

सफल को त?

Image
(कथा) – विश्वराज अधिकारी त्यो रेस्टुरा मेरो छनोटमा यस हुनाले पनि परेको थियो किनभने त्यो बाहिरबाट हेर्दा उच्च दर्जाको देखिन्थ्यो तर पैसाको हिसाबले अरू रेस्टुराभन्दा निकै सस्तो थियो । त्यसैले म त्यो रेस्टुरामा जाने गर्थें। साधारण रक्सी, कुखुराको मासु र थौरै चिउराका लागि कम पैसा तिरे पुग्ने। प्रत्येक दिन साँझ वा एक दिन बिराएर, त्यो रेस्टरामा म नियमित जाने गरेको एक वर्षभन्दा बढी भइसकेको थियो। त्यो रेस्टुरामा अरू दुई विशेषता थिए–पैसा नभएको दिन उधारो पनि चल्ने। त्यहाँ ग्राहकहरूको भीडमा उनीहरूसँग कुरा वा देखादेख गरेर मन बहलिने। रेस्टुराका यी विशेषताहरू मेरो आवश्यकता पनि थिए। केवल थोरै पेन्सन र प्राप्त अनियमित घरभाडाले घर खर्च धान्नुपर्ने हुन्थ्यो। घर भाडा दिनेले कहिले पनि नियमित भाडा दिन्थेनन् । म अलि कमजोर छु भन्ने मेरो यथार्थ उनीहरूले पनि बुझेका थिए, सम्भवत: । म त्यस रेस्टुरामा नियमित जानुको मुख्य कारण भने दिनभरि भोगेको एकाङगीपनलाई साँझमा रमाइलोमा परिवर्तित गर्नु थियो। हुन पनि बिहान उठेदेखि साँझसम्मको मेरो समय पूर्ण रूपमा एक्लो बित्थ्यो। सन्तानहरूलाई दु:ख दिन चाहिनँ र उनीहर

बज्जिका संस्कृतिमा आँपको महत्त्व र स्थान

Image
सञ्जय साह ‘मित्र’ नेपाली संस्कृति भन्नु नेपालभित्रका संस्कृतिहरूको सङगम हो। नेपालभित्र हिमाली, पहाडी र मधेसी गरी मूलत: तीन किसिमको संस्कृति रहेको परम्परागत मान्यता छ। यो भूगोलको आधारमा गरिएको अध्ययन हुन सक्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको भनिएको मधेसमा पनि  मौलिक सभ्यता र संस्कृतिहरूको भण्डार रहेको देखिन्छ। यिनै विशाल संस्कृतिमध्येको एक हो बज्जिका संस्कृति। बज्जिका संस्कृति प्रकृतिको निकै नजिक रहेको संस्कृति हो। एक हिसाबले हेर्ने हो भने प्रकृतिको सबै रूप र रङगको पूजन बज्जिका संस्कृतिमा गरिन्छ। पशुपक्षी, धरती, खोलनाला, पोखरी, हावा, चन्द्र, सूर्य, ग्रहहरूदेखि वनस्पतिसम्मको पूजा विभिन्न अवसर र सन्दर्भमा बज्जिका संस्कृतिमा गरिएको पाइन्छ। वनस्पतिमा पनि आँप, पीपल, नीम, महुआ, तुलसी, दुबो आदिको विशेष महत्त्व रहेको छ। बज्जिका संस्कृतिमा विशेष महत्त्व बोकेको आँपको साास्कृतिक महत्त्वबारे यहाँ समान्य चर्चा गरिएको छ। नयाँ घरमा बसोवास गर्दा आँपको पातको प्रयोग विविध काममा गरिन्छ। गृहपूजा गर्दा आँपको पातको तोरनले घरलाई चारैतिरबाट घेरिन्छ। यसले सम्पूर्ण घर पवित्र भएको र कुनै अ

पाण्डवहरूको अज्ञातवास–२२

उमाशङगर द्विवेदी कृपाचार्यलाई रणभूमिबाट हटाएपछि रातो घोडावाल रथमा बसेर आचार्य द्रोण धनुष–वाणले सुसज्जित भएर अर्जुनमाथि जाइ लागे। दुवै अस्त्र विद्याका पूर्ण ज्ञाता, धैर्यवान् र महान् बलवान् थिए। दुवै रणमा परास्त हुने खालका थिएनन्। यी दुई गुरुशिष्यको मुठभेड हुन लागेको देखेर भरतवंशीहरूको त्यो विशाल सेना थुरुथुरु काम्न थाल्यो। महारथि अर्जुनले आफ्नो रथ द्रोणाचार्यको छेउमा लगेर अत्यन्त हर्षले भरिएर मुस्काउँदै गुरुलाई नमस्कार गर्दै भने–युद्धमा सधैं विजयी रहने मेरा गुरुदेव, हामीहरू आजसम्म वनमा भौतारिदै थियौं, अब शत्रुहरूसित बदला लिन चाहन्छौं। तपाइले हामीमाथि क्रोध गर्नु हुँदैन। जबसम्म तपाईंले ममाथि प्रहार गर्नुहुन्न, म पनि तपाईंमाथि आफ्नो अस्त्र प्रहार गर्ने छैन।यस्तो मैले निश्चय गरेको छु, त्यसैले पहिला ममाथि प्रहार गर्नुहोस् । अनि द्रोणचार्यले अर्जुनलाई लक्षित गरेर एकाइसवटा वाण हाने। ती वाणहरू अर्जुनसम्म पुग्नु अगावै अर्जुनले बीचमैं काटिदिए। यसपछि उनले अर्जुनको रथमाथि एक हजार वाण हान्दै आफ्नो अद्भूत हस्तलाघव देखाए तथा उनका श्वेत वर्णका घोडाहरूलाई घाइते पारिदिए। यस प्रकार दुवैले एक अर

२०७३ वैशाख १७ गते शुक्रवारको प्रतीक दैनिक

२०७३ वैशाख १७ गते शुक्रवारको प्रतीक दैनिक

संस्थागत विद्यालयमा पुस्तक अनियमितता

प्रस, वीरगंज, १६ वैशाख/ पर्सा जिल्लामा रहेका संस्थागत विद्यालयहरूको पुस्तक वितरण कार्यमा व्यापक अनियमितता भइरहेको समाचार छ। शिक्षा मन्त्रालयले तीन वर्ष पहिले विद्यालयबाट बिक्री हुने पुस्तक, पोशाक लगायत शैक्षिक सामग्री, खेलकुद सामग्री बिक्रीमा रोक लगाएपछि उक्त सामग्रीहरू विद्यालय बाहिरका पसलहरूमा बिक्री शुरु भएको थियो।  अहिले पर्सा जिल्लामा इजाजत लिएका ११० र बिना इजाजत ६० भन्दा बढीको सङ्ख्यामा सञ्चालित विद्यालयहरूले नयाँ सेसनमा पुस्तक पसलमार्फत् पुस्तकहरू बिक्री गर्दै आएको देखावा गरी सरकारको आँखामा छारो हाल्ने काम गरेको एकजना अभिभावकले बताए। उनले सरकारी नियम अनुरूप निजी विद्यालयहरूले आआफ्नो विद्यालयको सिलेबस अनुरूप पुस्तकहरू सम्पूर्ण पुस्तक पसलहरूलाई उपलब्ध गराउनुपर्ने र अभिभावकहरूले आफूखुशी पुस्तक पसलबाट पुस्तक खरिद गर्न पाउनुपर्नेमा अहिले त्यसो भइरहेको छैन ।  प्रथम चरणमा वीरगंजस्थित पसलमा निजी विद्यालयहरूले पुस्तकको सूची दिएका छैनन्। सूची उपलब्ध नहुँदा अभिभावकहरू पुन: विद्यालयले तोकेको पसलमा गएर पुस्तक किन्न बाध्य छन्। सचेत अभिभावकहरू पुस्तक पसलमा भौतारिनुपर्ने अवस्था सिर्जन

एकैदिन ६ वटा अवैध मदिराभट्टीमा छापा, ७२ सय लिटर कच्चा मदिरा नष्ट

प्रस, वीरगंज, १६ वैशाख/ इप्रका पोखरिया र प्रहरी चौकी महुवनको संयुक्त टोलीले बिहीवार आफ्नो क्षेत्रमा सञ्चालित करिब ६ वटा अवैध मदिराभट्टी नष्ट गरेको छ। सूचनाको आधारमा विभिन्न ६ वटा स्थानमा छापामारी गरेर ठूलो परिमाणमा कच्चा मदिरा, मदिरा उत्पादन गर्ने मेसिन र सञ्चय गर्ने ड्रम बरामद भएको जिप्रका, पर्साका प्रनाउ होविन्द्र बोगटीले जानकारी गराएका छन्। उनले गम्हरिया–१ मा बिजली राम, विनोद चमार, बलिराम चमार, महुवन–५ मा कुञ्जबिहारी, प्रभु साह र नगरदाहा–८ मा मदन साहले सञ्चालन गरेको अवैध मदिराभट्टीमा छापामारी गरेको र ७२ सय लिटर कच्चा मदिरा तथा २ सय लिटर तयारी मदिरा नष्ट गरेको बताए। प्रहरीले छापामारीबाट ६ थान मदिरा बनाउने मेसिन, ११ वटा मदिरा सञ्चय गर्ने ड्रम बरामद गरेको बताएका छन्। प्रनाउ बोगटीले मदिरा उत्पादकहरू प्रहरीले छापामारी गर्ने क्रममा बेपत्ता भएका र उनीहरूको खोजी भइरहेको बताएका छन्। जिल्लामा अवैधरूपले मदिरा भट्टी सञ्चालनमा रहेको र यसबाट सामाजिक अपराध वृद्धि भइरहेको अवस्थामा प्रहरीले तदारुकताका साथ अभियान सञ्चालन गरेको र हालसम्म थुप्रै स्थानमा मदिराभट्टी नष्ट गरेको जिप्रका, पर्साले जनाए

रक्सौलमा मदिरा विरोधी अभियान तीव्र भारतीय मदिरासेवीको आगमनमा वृद्धि

राजेश केशरीवाल, रक्सौल, १६ वैशाख/ बिहारमा मदिरा निषेध भएको एक महिना बित्न लागेको अवस्थामा मदिरा विरोधी अभियानलाई सरकारीस्तरमा अझ बढी कडाइ गरिंदैछ।  नेपाल सीमासँग जोडिएका ग्रामीण क्षेत्रमा मदिरा विरोधी अभियान तीव्र बनाइएको अनुमण्डल पदाधिकारी श्रीप्रकाशले बताए। उनले सुरक्षाकर्मी र अधिकारीहरूलाई मदिरा चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन प्रयोग सम्बन्धमा तालिम दिएर ग्रामीण क्षेत्र र रक्सौल, पन्टोका आदि ठाउँमा खटाएको बताए । अनुमण्डल पदाधिकारी श्रीप्रकाशले पहिलो चरणमा ब्रेथलाइजर मेसिनबाट दोषी देखिनेलाई चेतावनी दिएर छोडेकोर अब उप्रान्त कानुन बमोजिम कारबाई हुने बताएका छन्।  अप्रिल १ देखि बिहार राज्य सरकारले मदिरा पूर्णरूपमा बन्द गरेपछि सीमावर्ती क्षेत्रबाट मदिरा सेवनको लागि नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या बढेको छ। पर्साको ग्रामीण क्षेत्रमा सीमासँग जोडिएका बिहारबाट मदिरासेवी आउने क्रम दैनिक बढ्दो छ। नेपालतर्फका सुरक्षा अधिकारीहरूले भारतबाट आउने मदिरासेवीविरुद्ध कारबाई नगरे पनि उनीहरूकै कारण अवैध मदिराभट्टीको पहिचान भइरहेको र छापा मारेर नष्ट गर्ने काम भइरहेको एकजना प्रहरीले बताए।  उनले प

‘हाम्रो साथी प्रहरी’ अन्तर्गत स्कूल सम्पर्क कार्यक्रम सम्पन्न

प्रस, वीरगंज, १६ वैशाख/ जिल्ला प्रहरी कार्यालय, पर्साले ‘हाम्रो साथी प्रहरी’ कार्यक्रम प्रभावकारी भएपछि यसलाई निरन्तरता दिंदै आएको छ। प्रहरीबारे विद्यार्थीहरूमा अनेक किसिमका नकारात्मक भावना देखिएपछि पर्सा प्रहरीले वीरगंजस्थित विद्यालयहरूमा पुगेर विद्यार्थीहरूसँग सम्बन्ध स्थापित गरी अन्तक्र्रियामार्फत् प्रहरी क्रियाकलापबारे जानकारी गराउँदै आएको छ। वीरगंज नगरलाई लक्षित गरेर प्रहरीले स्कूल सम्पर्क कार्यक्रम  बिहीवार नेपाल राष्ट्रिय विद्यापीठ उमावि श्रीपुर मुर्लीमा सम्पन्न गरेको छ। हाम्रो साथी प्रहरी स्कूल सम्पर्क कार्यक्रमका प्रमुख अतिथि प्रउ राजुबाबू श्रेष्ठले विद्यार्थीहरूलाई स्याउ प्रदान गरी आत्मीयता देखाएका थिए। सो क्रममा जिप्रका, पर्साले विद्यार्थीहरूलाई प्रहरीले दिने सेवा, प्रहरीको काम, कर्तव्य र अधिकारबारे जानकारी गराएको थियो । विद्यालयका प्राचार्य गोपाल महतोले यस्ता कार्यक्रमबाट विद्यार्थी र प्रहरीबीच सम्बन्ध प्रगाढ हुने बताए। उनले विद्यार्थीहरूमा प्रहरीप्रति सकारात्मक सोच वृद्धि हुने र उत्कृष्ट कामका लागि कार्यक्रमले दिशाबोध गराउनुको साथै विद्यार्थीहरूमा ऊर्जा प्रदान गर्न

विभेदले निम्त्याउने विषाक्तता

सरकारले निर्माण गरेको संरचना सार्वजनिक हुनैपर्छ । त्यसको प्रयोग कुनै पनि जातजातिको लागि आरक्षित गर्न सकिन्न। तर मनियारीमा राज्यकोषबाट लगानी गरी निर्मित शौचालयमा दलितहरूलाई प्रवेश दिइएको छैन। उनीहरूलाई तल्लो जाति भनी हेलाहोचो गरेकोले यस्तो भएको भन्न गार्‍हो छैन। वस्तुत: त्यो सार्वजनिक शौचालय बनाइएकै समाजमा तल्लो भनिने दलित जातिकै लागि हो। किनकि उनीहरूसँग पर्याप्त साधन–स्रोत हुँदैन कि निजी शौचालय बनाउन सकून्। जुन उच्च जाति भनिनेहरूले दलितहरूलाई शौचालय प्रवेशमा रोक लगाएका छन्, उनीहरू आफैंले प्रयोग  गर्ने हुँदा दलितहरूको प्रवेश वर्जित गरेको बुझिएको छ। यस्तो हुनु सामाजिक विभेद कायम राख्न खोज्नु त हुँदै हो समन्यायको दृष्टिले विषम अवस्था निम्त्याउने कारक पनि हो। आफूमा हैसियत हुँदाहुँदै अथवा निजी शौचालय हुँदाहुँदै सार्वजनिक शौचालय प्रयोग गर्नु अमान्य होइन, तर अरूलाई रोक लगाउनु मानवीय दृष्टिले उचित होइन। यस्तो हुनु समाजमा आज पनि सामन्तशाही कायम रहनु हो भने राज्य व्यवस्था लाचार भएको उदाहरण पनि हो। खुला दिसा–पिसाब गर्नु सभ्यता साथै स्वास्थ्यको दृष्टिले पनि हानिकारक र त्याज्य आचरण हो। तर नेपा

शान्ति मन्त्रालयको सान्दर्भिकता

Image
श्रीमन्नारायण सशस्त्र द्वन्द्वमा रहेका माओवादी शान्ति प्रक्रियामा आएपछि द्वन्द्व व्यवस्थापन र क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालय गठन भएको हो। उक्त मन्त्रालय गठन भएको ९ वर्ष पूरा भइसकेको छ। यस अवधिमा मन्त्रालयले ४० अर्ब रुपियाँ खर्च गरिसकेको छ तर कामको गति र परिणामका हिसाबले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सान्दर्भिकता अब समाप्त हुँदै गएको छ । पाँच वर्षभन्दा लामो समय माओवादी लडाकूको भरणपोषण र त्यसपछि स्वैच्छिक अवकाश भयो। द्वन्द पीडितहरूका लागि राहत, पुनस्र्थापना र सीपमूलक कार्यक्रम सञ्चालन भयो। क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणको काम चल्दैछ। शान्ति प्रक्रियाको सबैभन्दा जटिल र महत्त्वपूर्ण मानिएको लडाकू व्यवस्थापनको काम त सम्पन्न भयो तर पुनर्निर्माणको कामबाट मन्त्रालयकै अधिकारीहरू सन्तुष्ट छैनन्। लडाकू व्यवस्थापनपछि पुनर्निर्माणको काम ओझेलमा परेको छ। लडाकूको भरणपोषण र स्वेच्छिक अवकाशमा १९ अर्ब ६० करोडभन्दा बढी रुपियाँ खर्च भयो। उपरोक्त रकम पारदर्शीरूपमा खर्च भएन तथा यसको व्यापक दुरुपयोग भयो भन्ने चर्चा चारैतिर छ। स्वयं माओवादी

सङकटमा खाद्य–सुरक्षा

Image
शीतल महतो खाद्य सुरक्षा मानवीय जीवनसँग प्रत्यक्षरूपमा जोडिएको विषय हो। खाद्यान्न प्रत्येक व्यक्तिको मौलिक अधिकारसँग जोडिएको आधारभूत विषय पनि हो। त्यसैले संविधानको मौलिक हकदेखि मानव अधिकारका संयन्त्रले पनि यसलाई सर्वस्वीकार्य विषयको रूपमा लिने गरेको छ। मानव जीवनका लागि नभईर् नहुने खाद्यान्नको महत्त्व स्विकारेर कुनै पनि राज्यले आफ्नो मुलुकमा खाद्य सुरक्षाका लागि विशेष पहल, योजना, नीति र रणनीति बनाएको हुन्छ र त्यसलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा पनि ल्याएको हुन्छ। वास्तवमा खाद्य सुरक्षा तब मात्र पूरा हुन्छ, जब सबै व्यक्तिको क्रियाशील र स्वस्थ जीवनका लागि पोषणको आवश्यकता र रुचि अनुसार पर्याप्त सुरक्षित र पौष्टिक खानामा सधैंभरि भौतिक र आर्थिक पहुँच भएको हुन्छ। तर खाद्य सुरक्षाको आधार यही नै हो भन्न त्यति सहज भने पक्कै छैन। समग्रमा खाद्यान्न उत्पादन र यसको वृद्धि तथा त्यसमाथि उपभोक्ताको सहज पहुँच र त्यसको गुणस्तरको मात्रालगायत पक्षलाई आधार मानेर यसको मापन गर्नु सबैभन्दा बढी व्यावहारिक हुन्छ। विद्यमान जनसङ्ख्या र त्यसको वृद्धिको अनुपातमा खाद्यान्न उत्पादन वा त्यसको वृद्धि खाद्

टोरन्टोबाट फर्केपछि

Image
विश्वराज अधिकारी केही दिन पहिले मैले गरेको टोरन्टोको भ्रमण जानकारीको हिसाबले धेरै नै महत्त्वपूर्ण रहयो। त्यहाँ पुगेर क्यानाडा देखेर–बुझेर मैले एउटा निष्कर्ष झिकें–आर्थिक अवस्था मात्र होइन, ज्ञान, विज्ञान, समझ र संस्कृतिको क्षेत्रमा पनि दक्षिण एसियाका राष्ट्रहरू अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्सजस्ता विकसित राष्ट्रहरूभन्दा धेरै पछाडि रहेछन्। अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स, ब्रिटेनजस्ता धनी मुलुकहरूमा जीवनलाई सरल पार्ने उपायहरूको खोजी गरिन्छ, तिनलाई व्यवहारमा लागू गरिन्छ अनि जीवन यापनलाई सरल तुल्याइन्छ। तर दक्षिण एसियाका मुलुकहरू जस्तै नेपाल, भारत, पाकिस्तान, बङगलादेश आदिमा ठीकविपरित हुन्छ। यी मुलुकहरूमा जीवनलाई जटिल बनाउने उपायहरूको खोजी हुन्छ। तिनलाई व्यवहारमा लागू गरिन्छ। अनि जीवनलाई कष्टकर तुल्याइन्छ। माथि उल्लेख गरिएका धनी राष्ट्रहरू प्रणाली (कथकतझ) ले चलेका छन्। यी राष्ट्र प्रणालीलाई महत्त्व दिन्छन् र जीवनयापनका प्रत्येक कार्य प्रणाली द्वारा सम्पादन गर्छन्। तर दक्षिण एसियाका राष्ट्रहरूमा नियम–कानुनको पालना त उचित किसिमले हुँदैन प्रणालीको पालनाको त झन् के कुरा ? उदाह

२०७३ वैशाख १६ गते बिहीवार को प्रतीक दैनिक

२०७३ वैशाख १६ गते बिहीवार को प्रतीक दैनिक

रामचन्द्र प्यासीलाई १० वर्ष कैद सजाय

Image
प्रस, वीरगंज, १५ वैशाख/     एमाले बारा क्षेत्र नं. ४ का उम्मेदवार नेता महमुद आलमको हत्या अभियोगमा पक्राउ परेका एमालेका पूर्व सभासद् रामचन्द्र कुशवाहा (प्यासी)लाई बारा अदालतले १० वर्ष कैद सजाय सुनाएको छ ।     ३ वर्षदेखि चल्दै आएको मुद्दाको आज छिनोफानो हुने क्रममा आज दुवै पक्षका एमाले कार्यकर्ताहरूको ठूलो घुइँचो जिल्ला अदालतमा थियो । आलमको हत्या अभियोग लागेका रामचन्द्र कुशवाहा प्यासी, विपिन यादव भन्ने महम्मद फैद, अतिक खान र राजु श्रीवास्तवलाई मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १६ नम्बर अनुसार बारा जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको इजलासले १०–१० वर्ष कैद सजायको फैसला बुधवार गरेको छ ।     गोली प्रहार गर्ने मनोज पाण्डे भन्ने राजेश मिश्रालाई ज्यान सम्बन्धी महलको १३, ४ बमोजिम जन्मकैद सजाय हुने फैसलासमेत इजलास नम्बर १ बाटै भएको स्रेस्तेदार सुदिप भट्टराईले जानकारी गराए ।     बारा अदालतको फैसलाबारे आपत्ति जनाउँदै स्व. आलमकी एवं बारा क्षेत्र नं. ४ की निर्वाचित सभासद् नेजमा खातुन आलमले आपत्ति जनाएकी थिइन् ।     एउटै कसुरमा मुख्य आरोपी कुशवाहालगायत अन्यलाई १०–१० वर्ष कैद र बाँकी जन्म कैद गर्न