सरकारमा रहेका मन्त्री र तीन ठूला पार्टीका शीर्ष नेताहरूको कार्यक्रम
अवरोध गर्ने घोषणा गरेका मधेसवादी दलका नेताहरू राप्रपा नेपालको केन्द्रीय
बैठक वीरगंजमा हुँदा मौन रहे ।
एकीकृत माओवादीका केन्द्रीय अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगंज महोत्सव व्यापार मेला उद्घाटन गर्न चैत १२ गते वीरगंज आउँदा कालो झन्डा देखाएर अवरोध गरेका मधेसवादी दलहरू सोही दिन नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई वीरगंज आउँदा मौन रहेका थिए।
प्रचण्डलाई कालोझन्डा देखाई बजार बन्द गराउन खोजेको कसुरमा प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो । सोही दिन पूर्वप्रधानमन्त्री भट्टराईसमेतको कार्यक्रम भएको र अवरोध हुन सक्ने देखी प्रहरीले पक्राउ परेकामध्ये तीनजना महिलालाई सोही दिन र अन्यलाई भोलिपल्ट भट्टराई वीरगंजबाट काठमाडौं प्रस्थान गरेपछि रिहा गरेको थियो ।
बिहीवारदेखि शुरु भएको राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठकमा समेत मधेसवादी दलले अवरोध गर्न सक्ने देखी बैठकस्थल होटल सुरजदेखि वासस्थान टिवडेवाला धर्मशालासम्म प्रहरीले केही घण्टा कडा सुरक्षा दिएको थियो तर मधेसवादी दलहरूले राप्रपा नेपालको कार्यक्रममा कुनै किसिमको अवरोध नगरेपछि सुरक्षाकर्मीहरू हटाइएका थिए ।
प्रस, वीरगंज, १८ चैत/
राप्रपा नेपाल, केन्द्रीय कार्यसमितिको बैठक बिहीवारदेखि वीरगंजमा शुरु भएको छ । बैठकको होटल सुरजको सभाकक्षमा उद्घाटन गर्दै पार्टी अध्यक्ष एवं सरकारका उपप्रधान, परराष्ट्र तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
बिहीवारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा वर्तमान राजनीतिक परिस्थिति, भावी कार्यदिशा, स्थानीय निर्वाचन कार्ययोजना, सरकारमा सहभागिताको समीक्षा, वडास्तरीय राप्रपा नेपालको अभियानको समीक्षा, सचिवालयको प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।
राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले संविधान कार्यान्वयन एवं राष्ट्र निर्माणको जटिल र कठिन तथा नयाँ सङ्क्रमणकाल आरम्भ भएको बताएका थिए । अध्यक्ष थापाले संविधान निर्माणको अन्तिम अवस्थादेखि असन्तुष्ट रहँदै आएका मधेसकेन्द्रित दलहरू संविधान जारी भएपछि निरन्तर आन्दोलनमा रहेकाले संविधानमा कतिपय प्रावधानप्रति विभिन्न क्षेत्र र समुदायको व्यापक असहमति र असन्तुष्ट कायम रहेको बताए ।
उनले संविधानमा समावेश भएका कतिपय विरोधाभासपूर्ण मान्यताले वर्तमान सड्ढटलाई अझ जटिल बनाउने खतरा देखिएको चर्चा गरेका थिए । उनले धर्म निरपेक्षताको आडमा योजनाबद्ध र स·ठितरूपले धर्म परिवर्तन गराउने कार्य तीव्र गतिले भइरहेको आरोप लगाए । अध्यक्ष थापाले धर्म परिवर्तन गराउने कार्य तीव्र गतिले भइरहेको चर्चा गर्दै नेपालको सनातन धर्म, संस्कृति र पहिचान नै सड्ढटमा पर्ने खतरा देखिएको बताए । उनले यथास्थितिमा सांस्कृतिक सद्भाव खलबलिई देश आर्थिक द्वन्द्वमा फस्ने खतरा औंल्याएका थिए ।
केन्द्रीय कार्यसमिति बैठकमा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा, भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापा, स्थानीय विकासराज्यमन्त्री कुन्तीकुमारी शाही, उपसभामुख ग·ा यादव, भूमि सहायकमन्त्री दिनेश श्रेष्ठ, पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री राजीव पराजुलीलगायत राप्रपाका २५ जना सांसद्, केन्द्रीय पदाधिकारी, सदस्यलगायतको सहभागिता रहेको छ ।
बैठक चैत २० गतेसम्म चल्ने बताइएको छ ।