मुकुन्द आचार्य
आन्दोलन, बन्द, तोडफोड, आगजनी, लूटपाट, हत्याहिंसाको राम्रो सुन्दर मौसम देखेर प्रतीकलाई पनि क्रान्ति गर्न मन लागेछ । यै मौका हो, चौका हानिहाल्नुपर्यो भन्ठानेर प्रतीकले समयक्रान्ति शुरु गर्यो ।
तर ठूलठूला आन्दोलनको हुलमुलमा समय क्रान्तिजस्तो फुच्चे क्रान्तिलाई कसैले त्यतिसारो वास्तै नगर्ने भएपछि मेरो मन कुँडियो । सार्है माया लागेर आयो । त्यसैले समय क्रान्तिलाई टेवा दिन कलम कुदाउनै पर्यो, भन्ठानेर क्यै यसो कोर्दैछु । समय क्रान्तिको जगमा एउटा भए पनि इँट थर्पौ जस्तो लागेर आयो ।
उन्तीस वर्षे दैनिक प्रतीकको जन्मोत्सव १ हेर्दाहेर्दै लक्का जवान, जुँगामूठे पो भइसकेछ प्रतीक त १ तीस वर्ष छुन–छुन लागेकोलाई अर्थोक के भन्नु १
जन्मोत्सवको निम्तो कार्डमा लेखेको थियो– ‘हामी समय क्रान्तिमा छौं । निर्धारित समयभन्दा दस मिनेट बढी मात्र पर्खन्छौं ।’ यो त कैलालीको कफ्र्यूजस्तो भयो ।
म पनि समयमैं निस्कें । एक मन त लागेको थियो, एक घण्टा ढिलो गरी जाउँm । हाम्रो नेपाली समय र संस्कार अनुसार । तर अचेल सबैले धमाधम नेपालीपन छाड्दैछन् । मैले पनि नेपाली समयको माया मारेर समय–क्रान्तिको उर्दी भए बमोजिम पत्रकार महासङ्घको नयाँ भवनमा पुराना अनुहारहरू हेर्न पाइने लोभमा उतै हानिएँ ।
फुर्सतिला पत्रकारहरू तोकेको समयभन्दा पहिले नै पुगेर समय क्रान्तिलाई टेवा पुयाउँदै थिए । एक थान समाजसेवी दम्पती भेटिए । आफ्ना बूढातिर इशारा गर्दै बूढीले मलाई सुनाइन्– हेर्नुस् न १ हाम्रो बूढो त आठ बजे जसरी भए पनि पुग्नै पर्छ भनेर मलाई पनि छाडेर लुइँलुइँ हिंडे । यो समय क्रान्तिले त पतिपत्नीको अब सम्बन्ध पनि बिगार्ने पो भो त । मारेन त गाँठे १
कसरी ?– मैले सोधें
उक्त दम्पतीमध्ये स्त्रीलि·ले भनिन्– हामी महिलाले गर्नुपर्ने थुप्रै काम हुन्छन् घरमा । त्यसमा पनि बिहानीपख । एउटै कार्यक्रममा जानुछ । परेवाको जोडीभैंm हामी जुनसुकै समारोहमा पनि सँगै जान्छौं । सँगै आउँछौं । लोग्ने मान्छेलाई जस्तो हामीलाई फुत्त निस्कन मिल्दैन नि १ यो अलिकति मेकअप पनि त गर्नैपर्यो नि १ गोग्ने मान्छेलाई त सजिलो छ । घुँडामा फाटेको पैन्ट लाएर हिंडे पनि भयो–नयाँ फेसन । यो समय क्रान्तिले हामी बूढाबूढीलाई दिउँसै सार्वजनिक ठाउँमा जुधाउने भो कि कसो ? वीरगंजेली बिचरी विरक्त भइन् ।
मैले ती सम्भ्रान्त महिलालाई सम्झाउने प्रयास गरें– त्यसो हैन मैडम १ प्रतीकले समय क्रान्ति चलाएर हामी सबैलाई समयको महत्त्व बुझाउने राम्रो प्रयास गरेको हो । टाइममा आउनुस्, टाइममा जानुस् । कसैको हरहर न कचकच ।
ती मैम त पडकिन्, प्रतीकका मूली शर्माजी पनि सेतै फुलेका र तपाईं मूला पनि सेतै फुलेको । समय क्रान्तिको पक्ष त लिनु नै पर्यो तपैंले । अर्थोक क्यै काम नहुनेहरू त समयमै मुन्टिने नै भए नि १
प्रतीकको जन्मदिन उत्सव ठीक समयमा शुरु भयो र टाइममैं सकियो । सबै चाँडै मुक्ति पाइयो भन्ठानेर द· परेका थिए । यस खुशीमा कसैले चिसो बिस्कुट खाए, कसैले बिस्कुट मात्र खाए भने कसैले चिसोमा मात्र चित्त बुझाए ।
एक पुराना मित्र एउटा खुट्टामा चप्पल र अर्को खुट्टा खाली अवस्थामा घुम्दै थिए र आफ्नो हराएको चप्पल धुइँधुइँती खोज्दै थिए । मैले ती भद्र मित्रलाई अभद्र पारामा सम्झाएस हेर्नुस् भनिन्छ ... कि स्वास्नी र हराएको सामान झट्ट पाइँदैन । तपाईंको हराएको चरणपादुका अरू नै कुनै चरणकमलको शोभा बढाउन गएको हुनुपर्छ । त्यस चरणपादुकाले समय क्रान्तिको मर्म बुझेको छ भने समयमैं त्यो फर्केर तपाईंकै चरणकमलमा सुशोभित हुन आइपुग्ने छ । अब अन्तिम समयसम्म कुरेर बस्नुस् । हामी त समय क्रान्तिलाई मान्ने मान्छे पर्यौं । समयमै आयौं, समयमै जान्छौं ।
बाहिर निस्कँदा त एकजना पुराना खाँटी पत्रकार मित्रसँग जम्काभेट भयो । तोकिएको समयभन्दा झन्डै एक घण्टै ढिलो आइपुग्नुभएका मित्रको चम्किलो पोशाक र चम्किलो मुहार हेर्दा ज्यादै खुशी लाग्यो । भन्ठानें, हामी नेपालीलाई पुरानो संस्कार र नयाँ श्रीमतीलाई छाड्न बिछट्ट गार्हो हुँदो रै‘छ । मेरा ती परममित्र प्रतीकसँग सम्बन्धित हुनाले म झस· पनि भएँ । समय क्रान्तिले हामीलाई उल्लू पो बनाएको हो कि जस्तो लाग्यो ।
मैले यसो मौका हेरेर प्रतीकलाई सोधें, यो समय क्रान्तिको आइडिया कताबाट आयो त ? प्रतीकले पहिले त मलाई टार्न खोज्यो । मैले पुन: पुन: सोधेपछि बल्ल–बल्ल भन्यो, मैले टाइम इज मनी भन्ने उखानलाई चरितार्थ गरेको । अर्थोक खासै त्यस्तो क्यै हैन । फेरि नेपाली जनता र सरकार अचेल बन्द, विरोध आमरण अनशन, आन्दोलन र क्रान्तिलाई मात्र बुझ्दछ । अनि समय क्रान्ति नै सही १