अहिले पुन: राष्ट्रिय सरकारको कुरा उठ्न थालेको छ । यद्यपि सबैभन्दा ठूलो प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार परिवर्तनका लागि हतार नभएको बताएको छ । सत्तामा रहेका दलहरू नै राष्ट्रिय सरकारको दाबी गरिरहेकाले आफ्नो भाग छाडी अरूलाई सहभागी बनाउन खोजेको त्याग भनेर मान्न सकिंदैन । नेपालमा अहिलेसम्म खासगरी २०४६ सालपछि, आफ्नै पार्टीका नेतालाई त चैनले शासन गर्न न दिने परम्परा बसेको बेला सत्तामा ठूलो प्रतिपक्षी नेपाली काङ्ग्रेसलाई निम्त्याउनुले वर्तमान समीकरणमा अस्तव्यस्तता होस् र सिर्जित धमिलो राजनीतिक पानीमा सत्ताको माछो मार्न सकियोस् भन्ने ध्याउन्ना नै प्रबल रहेको मान्नुपर्ने अवस्था छ । सत्तामा बस्न नेकालाई हतारो हुनुपर्ने हो, एकदुईजना छुटभैया काङ्ग्रेसीबाहेक सत्तामा जान नेपाली काङ्ग्रेसको शीर्ष नेतृत्व तयार भएको कुनै सड्ढेत देखिएको पनि छैन, संसद्मा दलको नेताको लागि रामचन्द्र पौडेल र सभापति देउवाको चाहनाबाहेक । यो स्वाभाविक प्रक्रिया हो । दल छ भने दलको नेता पनि चाहिन्छ नै । तसर्थ यो चाहना सत्तामा जाने भर्याङ हो भन्न तत्काल सकिन्न ।
देशलाई अहिले राजनीतिक स्थिरता चाहिएको छ । संविधानसभा अब व्यवस्थापिका–संसद्मा परिवर्तित भइसकेको छ । व्यवस्थापिका संसद् भनेको देशमा कानुन व्यवस्था बनाई विकासको बाटोमा अग्रसर हुने माध्यम हो । विगतमा देशले अस्तव्यस्तता भोगिसकेको छ । जुन कारणले होस् अहिले अलिकलि स्थिरताको आभास भइरहेको छ । यस्तो अवस्थामा फेरि सरकार परिवर्तनको कुरा उठाउन थालियो भने अन्य राष्ट्रिय दायित्वको निर्वहन हुन सक्दैन । सबैको ध्यान सरकारतिर जान्छ र सरकारमा बस्नेको ध्यान कुर्सी जोगाउनतिर जान्छ । र देशमा पुन: अन्योल सिर्जना हुन पुग्छ । अब पनि देशको लागि न सोच्ने हो र सत्ताकै वरिपरि घुमिरहने हो भने देशको बिजोग त हुन्छ नै, जनताको हरिबिजोग नै हुन्छ । लामो मधेस आन्दोलन र नाकाबन्दीको धङ्धङी अहिले बाँकी नै छ । आन्दोलनको क्रममा देखिएको राजनीतिक र कूटनीतिक गतिविधिहरू र त्यसपछिको अवस्थाको संयोजन गर्ने दायित्व निर्वाहमा सरकार लागेको छ । सरकारले सबै कुराको राम्रैगरी व्यवस्थापन गर्छ भन्ने विश्वास त छैन, त्यो विश्वास अन्य कोही भए बलियो हुन्छ भन्ने प्रत्याभूति पनि छैन भने राम्रो र नराम्रोको जवाफदेही हुन दिनका लागि सरकारलाई अहिले खुलेर काम गर्न दिनुपर्छ ।
हामीसँग लामो समय छ । राजनीतिक व्यक्तिमा परिवर्तन भइरहने अवस्था पनि हाम्रोजस्तो मुलुकमा प्राय: हुँदैन । एउटै व्यक्ति घरीघरी मन्त्री, प्रधानमन्त्री बनिरहेको हुन्छ । यसर्थ जो कोहीलाई इतिहास बनाउने अवसर अवश्य नै प्राप्त हुन्छ । कुरा केही दिन अघि वा केही दिन पछिको मात्र हो । प्राय: सबै ठूला दलका शीर्ष नेताहरू देशको सर्वोच्च पदमा आसीन भइसकेका छन् । प्राय: सबै असफल नै देखिएका छन्् । कसैको पनि पालामा देशले उन्नति गरेको, जनताले सुख पाएको आभास छैन । अनि के आधारमा वर्तमान सरकार अयोग्य र म योग्य भनेर दाबी गर्ने ? यति मात्र सन्तोष सबै दलका शीर्ष नेताहरूले राखिदिने हो भने घरीघरी सरकार परिवर्तनको आवश्यकता नै देखिन्न । अहिले व्यवस्थापिका–संसद् भएको बेला प्रतिपक्ष पनि चाहिन्छ र नेपाली काङ्ग्रेसजस्तो दरो प्रतिपक्षले सरकारको मनोमानीमा लगाम पनि लगाउन सक्छ । सरकारलाई काम गर्न दिनुपर्छ ।