प्रस, वीरगंज, १७ चैत/
वीरगंज उपमहानगरपालिका कार्यालयले सफाइ अभियानलाई तीव्रता दिएको छ ।
म्याद सकिएपछि वीउमनपाले पब्लिक पार्टनरसीप अन्तर्गत रहेको घडीअर्वा पोखरीलाई आफ्नो मातहतमा सञ्चालन गरेपछि म·लवार सो क्षेत्रको व्यापक सफाइ अभियान सञ्चालन गरेको छ । वीरगंजको ऐतिहासिक धरोहरको रूपमा रहेको घडीअर्वा पोखरी पब्लिक पार्टनरसीप कार्यक्रम अन्तर्गत सञ्चालन हुँदा सोको स्वरूप अझ बढी अगाडि बढ्ने आशा लिए पनि सो कार्य नभएपछि वीउमनपाले आफ्नो अधीनमा लिएको हो ।
पूर्व स्वरूप परिवर्तन भई घडीअर्वा पोखरी अझ बढी कुरूप हुन थालेपछि वीउमनपाले पब्लिक पार्टनसरसीप कार्यक्रम स्थगित गरी आफ्नो अधीनमा राखेर सञ्चालन गरेको छ । वीउमनपामा कार्यरत सरसफाइका सम्पूर्ण कर्मचारीहरूलाई म·लवार घडीअर्वा पोखरीको सफाइ अभियानमा लगाएको थियो भने बुधवार घण्टाघर लिड्ढरोडदेखि बसपार्कको सडक र इनरबाइपास रोडमा सरसफाइ गरेको छ । वडामा खटेका सफाइ कर्मचारी सबैलाई सो कार्यमा संलग्न गराएर नगर क्षेत्र सफा राख्ने अभियान शुरु भएको हो । वीउमनपाले लामो समयदेखि नगरस्तरमा सफाइ अभियान सञ्चालन हुँदा नगरको नालाहरू जाम भएको र ठाउँ–ठाउँमा फोहरको डुङ्गुर थुप्रिएको थियो ।
मेनरोडबाहेक सहायक रोडहरूमा सरसफाइप्रति बेवास्ता गरेको कारण उपमहानगरपालिकाले प्रत्येक दिन सरसफाइका सम्पूर्ण कर्मचारीहरूलाई एकीकृत गरेर आलोपालो नगर क्षेत्रको फोहर प्रभावित स्थानहरूमा सफाइ सञ्चालन गरेको छ । सरसफाइ अभियान सञ्चालन गरेपछि लिड्ढरोडको बीचमा रहेको वृक्षरोपण क्षेत्र सुन्दर भएको छ । त्यसैगरी इनरबाइपासको फोहरहरू हटाइएको छ भने नाला सफाइ शुरु भएको छ ।
वीउमनपाको कार्यकारी अधिकृतमा विष्णु कोइराला गत बिहीवार हाजिर भएलगत्तै नगर क्षेत्रमा लामखुट्टे मार्ने अभियान पनि शुरु गरेको छ । हुनत लामखुट्टे मार्ने अभियान मेनरोड र सहायक रोडमा गरिएको कारण अहिलेसम्म खासै प्रभावकारी देखिएको छैन । जानकारहरूका अनुसार नगर क्षेत्रमा रहेका खुला नालामा लामखुट्टेहरूको वास हुने र त्यहींबाट लामखुट्टेको लार्भा उत्पन्न भई आतड्ढ मचाउने कार्य भएकोमा सर्वप्रथम नालामा लामखुट्टेविरुद्ध अभियान सञ्चालन गर्दा प्रभावकारी हुने बताउँछन् ।
मेनरोड र सहायक रोडमा लामखुट्टेविरुद्ध अभियान चलाएको नगरपालिकाले लामखुट्टे नमरेपछि चैत १८ गते बिहीवारदेखि नालाबाट सोविरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । नालामा स्प्रे गरी मेनरोड र सहायक रोडहरूमा फगिङ मेशिनबाट लामखुट्टेविरुद्ध अभियान सञ्चालन गर्ने सरसफाइ कर्मचारीले प्रतीकलाई बताएका छन् ।