–कुमार रुपाखेती
कुनै भिजन नभएको अस्पष्ट वक्ता सांसद्हरूलाई पजेरो सुविधा दिलाउन सक्ने र विलासी जीवनयापन गर्ने, स्वास्नीको लहलहैमा बग्ने, राजा ज्ञानेन्द्रले अक्षमको लालमोहर ठोकेका, दरबारतिरै ससुराली घर भएका, काङ्ग्रेस टुक्र्याउने क्षमता भएका श्री शेरबहादुर अचेल काङ्ग्रेसका सर्वेसर्वा अर्थात् सभापति भएका छन् । यस्तो कुनै ल्याकत नभएका, बिग्रेको माइकभैंm घ्यारघ्यारे पाराले बोल्ने, सत्रपटक प्रधानमन्त्रीमा पराजित, पार्टीमा आफ्नो बेग्लै गुट बनाउन असमर्थ रामचन्द्र पौडेलले के सोचेर देउवासँग भिडन्त गरे मलाई के थाहा ? यही पर्सा जिल्लामा पनि ‘लिख लोढा, पढ पत्थर’ अर्थात् अनपढहरूको जमघटमा समेत मजाले रमाइरमाई अङ्ग्रेजीमा भाषण गर्ने, अङ्ग्रेजी उखान टुक्का धडल्लेले प्रयोग गर्ने विद्वान् श्री सुरेन्द्र चौधरीलाई त अशिक्षित मतदाताहरूले गुल्टयाइ दिए । पौडेलले चौधरीबाट क्यै न क्यै त सिक्नै पर्ने थियो । तर सुरेन्द्रबाट शिक्षा–दीक्षा लिने भन्दैमा तातै खाउँ जली मरूँ भन्दै विपीका होनहार पुत्रहरूले पार्टी चाहिं त्याग्ने अनि सांसद् पदमा ओथरा बस्ने काम नगर्नु बेस । तर अचम्मै यो आपराधिक र भ्रष्ट पृष्ठभूमिका खुमबहादुर खडकाले बार्ह वर्षमा खोला फर्काए ।
खबरीलालहरूको खबर
वीरगंजका खबरीलाल अर्थात् पत्रकारहरू गजबका प्राणी हुन् । यिनको भेंडा प्रवृत्ति र स्याल हुँइया प्रवृत्तिको वर्णन १०० जिब्रो भएका शेषनागले समेत गर्न सक्दैनन् । कुसमाचारलाई सुसमाचार र सुसमाचारलाई छुमन्तर भन्दै गायब गर्न सक्ने फूटपाथे चटकेको जादुगरी कला पनि यिनमा छ । कतिपय सुअवसरमा त यिनीहरू ‘बिन बुलावल मेहमान’ बन्दछन् भने कुनैकुनै बेला आफ्नो पेशाको मर्म र भावनाविपरीत न्यायाधीश, प्रशासक अनि भूमिगतहरूभैंm बार्गेनि· पनि गर्दछन् । फोस्रोमा बन्दूकभन्दा कलम ठूलो भएको ध्वाँस दिन्छन् । बेला–कुबेला अनधिकृत मामिलामा अनावश्यक र बलात् प्रवेश गर्ने कलामा यी माहिर मानिन्छन् । म त यही भन्छिु– नखेल है जुवा र तास, समयको नाश धनको बर्बाद । आम्मै जो चोर उसकै ठूलो स्वर १
परिवर्तन
हाम्रो मुलुकका नेता भनाउँदाहरूको आचरण पनि अचम्मकै र वर्णन गर्न योग्य हुन्छ । राजतन्त्रका बखत कट्टर राजतन्त्र विरोधीहरू अचेल राजतन्त्रको वकालत गरेर घुमिरहेको तथा पुराना राजावादी भनी नाम कहलिएकाहरू खाँटी गणतन्त्रवादी बनेका छन् । यसरी रत्नाकरहरू वाल्मीकि र वाल्मीकिहरू रत्नाकरणमा परिणत हुनुमा पनि कुर्सीको भोक र पदको प्यास मै प्रमुख रहेको पाइन्छ । कतिपयले यसलाई समय अनुसारको आवश्यकता भने पनि मेरो नजरमा ‘ये जिना भी क्या जिना है लल्लु’ मात्र हो ।
मनमर्जी
जनप्रतिनिधिविहीन भएकोले अचेल जिविस र नगरपालिकाहरू मनमर्जीको अखडा बनेको छ । अचेल जिविस र नगरपालिकाहरू परिषद् बोलाउन सक्रिय छन् । परिषद्को बहानामा जिल्ला र नगरका अतिआवश्यक कामहरू असरल्ल बनेका छन् । वीउमनपाले त झन् नगरपरिषद्मा बजेट, विकास र निर्माणबारे अनभिज्ञको जमातलाई परिषद् सफल पार्न बाइज्ज्त निमन्त्रण गरेर परिषद्बाट गरिने मनमर्जी र मनपर्दोको भण्डाफोर गरेको छ । पटक–पटक सर्दै आएको नगरपरिषद्का वीनपाले नगरभरिका वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका १–१ जना महिला सदस्यलाई रोजेको छ, यिनको नाम पत्ता लगाउनुस्, मनमर्जीको आपसेआप खुलासा हुनेछ । धन्य हो प्रभो १
बदनाम
अचेल जनसरोकारका सरकारी कार्यालयहरू मालपोत, नापी, भन्सार, यातायात कार्यालयका कर्मचारीहरू अनियमित काम गर्ने गराउनेमा दुर्नामी नै अर्जेका छन् । भ्रष्टाचारीहरूलाई तह लगाउने र कज्याउने भनिएको अख्तियार समेतले बेलाबखत आफ्नो सकली रूप देखाउँछ । स्व. गोपाल गिरीका छोरा गिरीश गिरीले वीरगंजको सेरोफेरोमा भर्खरै प्रकाशित गरेको पुस्तकमा विगतका वीनपाका कर्मचारी हाल फोरमबाट समानुपातिक सभासद् लालबाबू राउत गद्दीले यस्तै सड्ढेत दिएका छन् । सभासद् गदी बेइमान हुन् कि इमानदार त्यो त मलाई थाहा भएन तर पुस्तकमा दुई हरफमा गिरीले उनलाई अब्बल दर्जाको इमानदार भनेका छन् । किताबले भन्छ– राजीव पराजुली, प्रदीप सुवेदी सब बेइमान, बेचारा लालबाबू महान १ पुस्तकले वीरगंजभन्दा व्यक्तिको चिनारी गराउन खोजेजस्तै लाग्छ ।
कोभन्दा को कम ?
ऐलानी र विवादित जग्गामा रातोरात मन्दिर बनाएर हडप्ने परम्परा नेपालको तराईमा पुरानै हो । अचेल प्रहरी समेतले धर्मशाला, खाली ऐलानी पर्ती जग्गा, बन्द कारखाना आदिमा यस्तै सामुदायिक प्रहरी त कतै प्रहरीको बथान नै राखी कब्जा जमाउन थालेको छ । शान्ति सुरक्षाको नाममा यसरी बलमिच्याइ गर्न मिल्छ कि मिल्दैन ? मिल्दैन भने किन गरिंदैछ ?
टोल, गाउँका सानातिना, झिनामसिना झगडा त्यतै मिलाउन सामुदायिक प्रहरी गठन भए पनि आफूखुशी प्रहरी हाकिमहरूले झिनामसिना कुरा पनि वडा र जिल्लामा तान्ने सामुदायिकवालाहरू रमिते बनेको ताजा उदाहरण पनि छ ।
अस्ति भर्खर प्रहरीका एक उच्च ओहदाका हाकिमले प्रहरीको गाडी मरम्मत र इन्धन सरकारबाट नभई धनाढ्यहरूबाट मागेर चलिरहेको बताउँदै सबैलाई चकित पारे ।
होशियार १ कतै तपाईंको खाली घर, टहरा र जग्गामा प्रहरीको आँखा नपरोस् ।