$type=ticker$count=12$cols=4$cate=0

समृद्धिका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

SHARE:

शीतल महतो
    मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि महत्त्वपूर्ण मानिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं—तराई–मधेश द्रुतमार्गको निर्माण हुने समाचारले सि·ो मुलुकमा उत्साह छाएको थियो तर सरकारको अकर्मण्यताका कारण ‘राष्ट्रिय गौरव’का रूपमा रहेका यी आयोजना केवल कागज र सम्भाव्यताको भाषणमा मात्र सीमित हुन पुगेको छ । यी दुवै मुलुककै आर्थिक विकास र सम्भावना उजागर गर्ने महत्त्वपूर्ण आयोजना भएकाले सरकारले विदेशको मुख नहेरी आफैं निर्माण गर्न अग्रसरता देखाउनुपर्दछ । सरकारको दृढ प्रतिबद्धता र इमानदारी रहयो भने राष्ट्रिय गौरवका यी आयोजना स्वदेशी स्रोत साधनले पनि निर्माण गर्न सकिन्छ । किनभने अहिले नेपालको वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमा अर्बौ रुपियाँ तरलता थुप्रिएको छ । चालू आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि झन्डै १२ प्रतिशत मात्र पूँजीगत खर्च हुन सकेको देखिन्छ । त्यस कारण विकास निर्माणका लागि सरकार र नेपाली जनतासँग रकम नभएको होइनस जागरुकता, तदारुकता, इमान्दारी र व्यवस्थापनको मात्र खाँचो देखिन्छ । यतिखेर बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको शेयर नेपाली जनताले दशौं गुणा बढी रकमको आवेदन दिने गरेका छन् । यो प्रक्रियाबाट भए पनि सरकारले आफ्नो कुनै विश्वासिलो संस्थामार्फत् जति पनि रकम जुटाएर यी दुवै आयोजना निर्माण गर्न सक्छ । अर्कोतिर पूँजीगत खर्च न्यून हुँदा विकास निर्माणको काम प्रभावित भइरहेको बेला राष्ट्र विकासका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका यी दुवै आयोजना निर्माण गर्न सक्यौं भने यसले मुलुकको विकास र समृद्धिको ढोका खुल्नेछ ।
    नागरिक उड्डयन प्राधिकरणका अनुसार निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु एक खर्ब २१ अर्ब लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा रु ५० अर्ब खर्च गरेर काम गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यस अघि सन् २०११ मा कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्ड वाइडले निजगढ विमानस्थल निर्माणका लागि रु ३ खर्ब ६५ अर्ब लाग्ने अनुमानसहितको विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो । तर पछिल्लो समयमा नागरिक उड्डयन प्राधिकरणले विस्तृत अध्ययनपश्चात् एक खर्ब २१ अर्बमैं आयोजना सम्पन्न गर्न सकिने निष्कर्ष निकालेपछि यसमा धेरैको चासो बढेको हो । यति थोरै बजेटबाट पनि नयाँ समुन्नत नेपालको पहिचान दिलाउन यो विमानस्थल सक्षम साबित हुने विश्वास अर्थविज्ञहरूको छ । तराई मधेसलाई राजधानीसँग जोड्ने र तराई मधेसको पर्यटन विस्तार गर्ने तथा काठमाडौंमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको उच्च चाप र अव्यवस्थाको समाधान गर्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकै पूरक आयोजना काठमाडौं–निजगढ द्रुत मार्ग बनाउन यसले अवश्य सघाउने छ । नागरिक उड्डयन प्राधिकरणले नै यो आयोजना निर्माण गर्न सकिने भन्दै सरकारले मन्त्रिपरिषद्वाट निर्णय गराउने सुरसार कसेको जनाइएको छ । वास्तवमा मुलुकको आर्थिक उन्नतिका लागि कोसेढु·ा साबित हुने यो आयोजनाको निर्माण कार्य सरकार आफैं गर्न कम्मर कस्नु सराहनीय पक्ष हुनेछ ।  यस कार्यका लागि चौतर्फी सहयोग र समर्थनको  जरुरत हुन्छ । विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणदेखि मुआब्जालगायत धेरै प्राविधिक अप्ठ्याराहरू छन् । ती अप्ठ्यारा चिर्न स्थानीयवासी, सञ्चारमाध्यम, निजी क्षेत्र र राजनीतिक दललगायत सबै सरोकारवालाको सहयोग, समन्वय, सहकार्य आवश्यक छ । प्राधिकरणले २०७३ भित्र मुआब्जा वितरण र पुनर्वासको काम सक्ने योजना  बनाएको छ । प्राधिकरणको अध्ययन अनुसार यो विमानस्थलमा ४ हजार मिटर लामो र ५० मिटर चौडा धावनमार्ग बनाउन सकिन्छ । यो विमानस्थल सुचारु हुन थालेपछि यसबाट वार्षिक करिब ६ करोड यात्रु ओसारपोसार गर्न सकिने अनुमान छ ।
    यति बेला करिब ६० लाख नेपाली विदेशमा छन् । विदेशी पर्यटक लगायत अन्य निकायहरूबाट पनि नेपाल आउने जाने क्रममा वृद्धि हुँदै गएको छ । एक सयभन्दा बढी मुलुकसँग नेपालको आपसी सम्बन्ध विस्तार भइसकेको छ । त्यस कारण पनि नेपालका लागि दोस्रो अन्तर्राािष्ट्रय विमानस्थलको निकै खाँचो छ । हालसम्म विभिन्न मुलुकका लगानीकर्ताहरूले निर्माणका लागि पटकपटक दरखास्त हाले पनि काठमाडौं निजगढ द्रुतमार्ग र त्यसकै पूरक आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य ओझलमा परेको छ । यसो हुनुको प्रमुख कारण सरकार परिवर्तन र राष्ट्रिय प्राथमिकतामा फेरबदल हुनु हो । सरकारले आवश्यक तयारी र योजनावद्ध कार्य गर्न नसक्दा नै राष्ट्रिय गौरवका यी आयोजना अलपत्र परेका छन् । विशेषगरेर यो आयोजना विकासको निमित्त मात्र नभई नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि अत्यन्त महत्त्वपूर्ण छ । यसको निर्माणले राजधानीलगायत नेपालको महँगी र अभाव नियन्त्रण, असुरक्षामा कमी, जनसाङ्ख्यिक स्थानान्तरण, अवसरहरूको विविधीकरण र विकेन्द्रीकरणको प्रभावकारी कार्यान्वयनमा कोसेढु·ा साबित हुने निश्चित छ । काठमाडौं— निजगढ द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं र मध्यतराईका झन्डै एक करोड नेपालीको आधारभूत आवश्यकतासँग प्रत्यक्षरूपमा गाँसिएको छ । निजगढ विमानस्थलको पूरकको रूपमा रहेको काठमाण्डौं–निजगढ द्रुत मार्ग करिब ७६ किलोमिटर दूरीको रहने बताइएको छ, जसको ट्रयाक खोल्ने कार्य २ वर्ष अघि नै नेपाली सेनाले सम्पन्न गरिसकेको छ । तराई/मधेसको मात्र नभई सि·ो मुलुककै आर्थिक विकास र समृद्धिका दृष्टिले अत्यन्त महत्त्वपूर्ण र कोसेढु·ा साबित हुने भनिएको यो द्रुतमार्गको निर्माणपछि काठमाडौंबाट बारा निजगढ पुग्नका लागि करिब एक घण्टा समय लाग्ने अनुमान छ ।
    हुनत अधिकांश विकासविद्हरू भन्ने गर्छन् — कुनै पनि मुलुकको विकास र समृद्धिको आधारशीला भनेको नै त्यहाँको पूर्वाधार निर्माण हो । तर पूर्वाधार विकास निर्माणको क्षेत्रमा नेपाल अत्यन्त पछाडि परेको छ । जसले गर्दा देशको विकास र समृद्धि हुन नसकेको यथार्थ छर्ल· छ । वास्तवमा तराई–मधेस, पहाड र हिमालबीचको अन्योन्याश्रित सम्बन्धलाई अझ बढी व्यवस्थित, प्रगाढ र सशक्त बनाउने हो भने मुलुकभित्र यस्ता ठूल्ठूला पूर्वाधार निर्माण गर्नैपर्दछ । पूर्वाधार निर्माणमा अग्रसरता लिने हो भने नेपाल विकास र समृद्धिबाट धेरै टाढा हुने छैन । त्यसैले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरण र दीर्घकालीन विकासका लागि यस्ता बहुआयामिक महत्त्वका ठूल्ठूला सडक र विमानस्थल निर्माण अपरिहार्य देखिएको छ । त्यसमा पनि ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकासँग सीधैं जोडिएको द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व अझ बढी देखिन्छ । त्यसैले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा कोसेढु·ा साबित हुन सक्ने यी आयोजनाको निर्माणमा सरकारले तत्काल आवश्यक पहल गर्न सक्नुपर्दछ । यसका साथै तराई–मधेसको विकासमा प्रत्यक्ष प्रभाव पार्ने तथा लामो
समयसम्म मधेस राजनीतिक बहसको केन्द्रबिन्दुमा रहेको हुलाकी
राजमार्गको निर्माण कार्यमा पनि तदारुकता देखाउनु अहिलेको माग र आवश्यकता हो । भारत सरकारको अनुदान सहयोगमा यो राजमार्गको निर्माणका लागि सन् २००६ मा
सम्झौता भएको थियो । तर हालसम्म पनि यसको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । विकास र समृद्धिका लागि रेल यातायातको सञ्जाल निर्माणसँगै पोखरा, गौतम बुद्ध र जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको उडान सञ्चालन हुन सक्नेगरी पूर्वाधार विकासमा पनि सक्दो जोड दिन सक्नुपर्दछ ।
    तराई–मधेस र सि·ो मुलुककै विकासका लागि निर्माण गरिने यस्ता सडक र अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारले महत्त्वपूर्ण भूमिका खेल्नेमा दुईमत हुन सक्दैन । तर प्रश्न उठ्छ, देशको सबैभन्दा बढी प्राथमिकतामा परेको सडक र विमानस्थल निर्माण आयोजनाको निर्माण कार्य के पारदर्शी र गुणस्तरीय हुन्छ ? बजेटको प्राथमिकता, प्रभावकारिता र लक्ष्य कतिको हासिल होला ? यी यस्ता महत्त्वपूर्ण प्रश्नहरूको जवाफ नखोजिकन अगाडि बढियो भने विगतजस्तै विकास निर्माणका आयोजनाबाट प्राप्त प्रतिफल सोचेजस्तो हुन सक्दैन । किनभने आर्थिक समृद्धि र विकासका लागि राजनीतिक स्थिरता आधारभूत र अनिवार्य शर्त हो । व्यक्तिको उत्पादनशीलतामा देखिने जाँगरको अभावले राज्यले सामाजिक न्यायको प्रत्याभूति दिलाउन सक्दैन । राज्यको ढाँचा, प्रतिनिधित्वको व्यवस्था, व्यक्तिलाई दिएको स्वतन्त्रता र न्याय निरूपणको स्पष्ट पद्धतिमा प्रत्येक नागरिकको स्वाभाविक सहभागिता छैन भने त्यो राज्य संयन्त्रको नागरिकसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । हुनत उदार अर्थ व्यवस्थाले समृद्धिलाई निश्चित गर्छ भन्ने कुरामा दुई मत नहोला तर उदार राजनीतिको अभावमा यो सम्भव देखिंदैन । यसका लागि उदार अर्थव्यवस्था र उदार राजनीति सँगसँगै जानुपर्दछ भन्ने यथार्थलाई राजनीतिक दलहरूले व्यवहारमा उतार्नुपर्ने हुन्छ । जनतालाई गणतन्त्रको अनुभूति गराउने घोषणाका साथ अगाडि सारिएका यस्ता सडक र अन्तर्राष्ट्रिय विमानस्थललगायत भौतिक संरचना निर्माणका परियोजनाहरूको कार्यान्वयनमा विगतजस्तै कर्मचारीतन्त्रले देखाउने उदासीनता र उच्च राजनीतिक प्रतिबद्धताको अभाव भयो भने सरकारले ल्याएको आर्थिक उन्नतिका यस्ता महत्त्वपूर्ण आयोजनाहरूले लिएको लक्ष्य पूरा हुन सक्दैन । त्यसैले यदि
साँच्चीकै आर्थिक र सामाजिक रूपान्तरण गर्ने हो भने मुलुकमा शान्ति, स्थायित्व र लगानीमैत्री
वातावरण निर्माण हुनैपर्दछ । यसका लागि सम्बन्धित सबै पक्ष अत्यन्त सजग, जिम्मेवार र समन्वयात्मक ढ·ले
अगाडि बढ्नु अहिलेको राष्ट्रिय आवश्यकता हो ।
      कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : समृद्धिका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
समृद्धिका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg19PT-1of4KOd4e35wvDYTUvMuLio1ghnA045DkTzeZA9xJnp227zz3KFHGH4zqexvZobBIT194kLFTOraxbjzAPpKruycodsOvLcfHEbX5VQw82uelsPqz4zRjd2ZbdG_fKmlMRHp4k4/s200/shital+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg19PT-1of4KOd4e35wvDYTUvMuLio1ghnA045DkTzeZA9xJnp227zz3KFHGH4zqexvZobBIT194kLFTOraxbjzAPpKruycodsOvLcfHEbX5VQw82uelsPqz4zRjd2ZbdG_fKmlMRHp4k4/s72-c/shital+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/03/blog-post_368.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/03/blog-post_368.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy