प्रस, वीरगंज, १५ चैत/
प्रस्तावित निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका २०७२ को मस्यौदाबारे निर्वाचन आयोगले सोमवार वीरगंजमा सरोकारवालाहरूसँग अन्तक्र्रिया गरेको छ ।
स्थानीय होटल भिस्वामा अन्तक्र्रियाको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता निर्माण भइसकेको र यसले कानुनी रूप लिइसके पनि यसको कार्यान्वयनको लागि देशभरका चारवटा क्षेत्रमा अन्तक्र्रिया गरी सुझाव लिने कार्य भएको बताए । उनले चार क्षेत्रमध्ये वीरगंजबाट सुझाव सड्ढलन कार्य आरम्भ गरिएको बताएका थिए । उनले लोकतन्त्रमा निर्वाचन पारदर्शी हुनुपर्ने सर्वमान्य मान्यताको आधारमा निर्वाचन आयोगले काम गरिरहेको जानकारी गराएका थिए ।
निर्वाचन आचारसंहिता लागू गर्ने कुरामा आयोगले हदैसम्म निर्ममता अपनाउने उनले बताए । उनले नेपालको निर्वाचन प्रणालीमा यता आएर निकै सुधार भएको र आचारसंहिता उल्लङ्घनका घटनाहरू तुलनात्मक रूपमा घट्दै गएको बताए ।
कार्यक्रमका अध्यक्ष पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई हदैसम्मको कानुनी कारबाई हुनुपर्ने बताए । उनले कारबाई गरेर दण्ड जरिवानाको भागीदार बनाई उदाहरण प्रस्तुत गर्न सकेको अवस्थामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिमा कमी आउने तर्क दिए । उनले आफूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई २०७० सालको निर्वाचन कारबाई गर्न सबैखाले प्रक्रिया अवलम्बन गरेको जानकारी गराएका थिए ।
अन्तक्र्रिया कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला निर्वाचन प्रमुख मधुकरप्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपन्यायाधिवक्ता घनश्याम ओझाले विषयमाथि प्रकाश पारेका थिए । आयोगका सहसचिव सुशील कोइरालाले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सम्बन्धी कानुनबारे जानकारी गराएका थिए । उद्घाटन सत्रपछि सहभागीहरूसमक्ष सहसचिव सुशील कोइरालाले निर्वाचन आचारसंहिता निर्माणको सिद्धान्तबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने मस्यौदाकारसमेत रहेका श्यामकुमार यादवले निर्वाचन आयोगको सा·ठनिक संरचनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण डा. अरुणकुमार झाले गरेका थिए ।