सञ्जय साह मित्र
समाजमा राजनैतिक आन्दोलनको प्रभाव धेरै दिनसम्म रहिरहन्छ । सामाजिक क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा राजनीतिको प्रभाव रहन्छ । समाज आखिर समाज हो । यहाँ सबै किसिमको विविधता पाइन्छ । समाजको सम्पूर्ण स्वरूप कसैले एकैपल्ट बुझिहाल्न सक्दैन । समाजको अन्तर्सम्बन्ध बाहय तत्त्वसित पनि हुन्छ । आजभोलि हामी के पाइरहेका छौं भने एउटा गाउँका अधिकांश युवा विदेशमा छन् । विदेशमा बस्ने सयौं युवाहरू एउटै देशको एउटै शहरमा मात्र छैनन् । विभिन्न देशमा विभिन्न भाषाभाषी, समुदाय, सम्प्रदाय तथा अनेक विविधताबीच एउटै गाउँका युवाहरू अनेक समयमा घर फर्कंदा उनीहरूले केही न केही नयाँ पाएका वा केही न केही नयाँ छोडेका पनि हुन्छन् । समाजमा नयाँपन यस कारण पनि आइरहेको छ ।
विदेशको कमाइले समाजमा वास्तवमा परिवर्तन ल्याएको पाइएको छ । परिवर्तनको क्षेत्र अनेक भएको छ, तर राजनीतिक आन्दोलनहरूले फडको मारेजस्तो सामाजिक विकासमा समाजले फडको मारेको देखिएको छैन । राजनीतिक आन्दोलन र विकासमा मानिस जति सक्रिय भएर लागेको देखिन्छ, युवा समुदाय जति अगाडि राजनीतिक आन्दोलन वा सडक सङ्घर्षमा देखिन्छ, त्यतिको सक्रिय सामाजिक आन्दोलनमा देखिंदैन । यसै कारण पनि होला समाजमा युवा समुदायले नै चाहेकोजस्तो प्रगति तीव्र गतिमा हुन सकेको छैन । समाजलाई अग्रगति दिन अहिलेका युवाहरू उतिसारो उत्सुक नदेखिएझैं समाज परिवर्तन पनि अग्रगतिमा उत्सुक छैन । समाजलाई अगाडि बढाउन चाहने युवाहरू नै समाजको अवस्थाप्रति सहानुभूति दर्शाउने तर समाजको विकासमा सक्रिय नहुने बरु विदेशतिर देखेको कुरोसित तुलना गर्दै आफ्नो समाजलाई हेप्छन् । आफ्नो समाजलाई हेपेर अलिकति भए पनि अरूमा नकारात्मक प्रभाव उत्पन्न गर्छन् । आफ्नो समाज र समुदायमा रहेका राम्रा कुराहरूको प्रशंसा नगर्ने वा आलोचना गर्ने तर विदेशको राम्रो कुराको मात्र प्रशंसा गर्नाले समाजका अन्य युवाहरूमा थप निष्क्रियता बढिरहेको हुन्छ ।
समाजलाई अगाडि बढाउन र नकारात्मक कुराहरूलाई विस्तारै कम गर्दै त्यसमा सुधार ल्याउने नेतृत्व कसले गर्ने भन्ने प्रश्न रहन्छ । अहिलेका युवाहरूका लागि बूढापुरानाहरूका सबै कुरा ‘उहिलेका कुरा खुइले’जस्तो भइसकेको छ । अरूमाथि विश्वास नहुनु र आफूले केही गर्न सक्ने सोच नराख्ने प्रवृत्तिबीच जुन खाडल देखिएको छ, यसमा पुल निर्माण गरिनु जरुरी छ । समाजका नवयुवकहरूमा निरन्तर निराशा आइरहेको छ तर जब राजनीतिक आन्दोलनको कुरो आउँछ, प्राय: यो वर्ग आन्दोलन र यसले जन्माउने हरेक विकृतिको मोर्चामा अगाडि देखिन्छ । राजनैतिक आन्दोलनमा सक्रिय युवालाई सामाजिक विकासको आन्दोलनमा कसरी सहभागी गराउन सकिन्छ भन्नेतर्फ समाजले सोच्न केही ढिलो गरेजस्तो देखिएको छ । राजनीतिक दलका कार्यकर्ता तथा अगुवाहरू समाजलाई अहिलेको अवस्थाबाट सकारात्मक बाटोमा अगाडि बढाउन उतिसारो उत्सुक देखिंदैनन् । हैन भने राजनीतिक आन्दोलन अगाडि बढाउने बेला युवाहरूलाई परिचालन गर्ने सामथ्र्य भएका नेता तथा कार्यकर्ताहरूले काममा उपयोग गरे त सामाजिक विकासमा क्रान्ति आउने थियो ।
आज देशका युवाहरू पलायन भइरहेका तथा देशमा काम पाइएला भनी निराश भइरहेको अवस्थामा सामाजिक विकासलाई गति दिन युवाहरूको सक्रियता बचाउनु जरुरी छ । युवाहरूले पनि समाजलाई आफैंले अगाडि बढाउनुपर्छ भनेर सोच्नु जरुरी छ । राजनीतिक आन्दोलनमा सक्रिय हुने वा नहुने भन्ने विषयमा युवाहरूको आफ्नो स्वतन्त्र चिन्तन, दर्शन तथा विचार हुनुपर्छ तर सामाजिक विकासमा आफू सक्रिय रहेर अरूलाई पनि सक्रिय बनाउनु युवाहरूले समेत विचार पुर्याउनुपरेको छ । युवाले चाहेमा समाजलाई अझै पनि सही बाटोमा र हाम्रो समाजमा रहेका राम्रा पक्षलाई जोगाउने दिशामा सकारात्मक काम हुन सक्छ । देशको विकासमा युवाको सक्रियता नहुँदा वा कम हुँदा त्यहाँको समाजको हालत हाम्रो समाजको वर्तमानजस्तो हुन्छ भन्ने कुरो युवाहरूले बुझिसकेको हुनुपर्छ तर राजनीतिक आन्दोलनकर्मीहरूले युवालाई यस किसिमको कुरो बुझाउनुभन्दा नबुझाउनतिर नै बढी लागेको देखिन्छ ।
वास्तवमा अहिलेको समय युवाहरूको हो र युवाहरूको सक्रियताले देश बन्न सक्छ । देश फेरि सामाजिक विकासको आन्दोलनमा होमिन सक्छ । विभिन्न जिल्लामा युवाहरूकै अभाव भएको कारण विकास निर्माणको कार्य प्रभावित भएको पनि सुनिएको छ । विदेश पलायनको विकृति तथा आफ्नो समाजको राम्रो कुराप्रतिको अस्वीकृति कम गर्दै समाजलाई हरेक दृष्टिले विकासको बाटोमा ल्याउन युवाहरू सजग हुनु जरुरी छ । आखिर विदेशमा काम गरे पनि र आफ्नो समुदायलाई हेपेर पनि बस्नु त यही समाजमैं छ । फेरि आफ्नो सन्ततिलाई विदेश नै पठाउने कल्पना र कामना गरिरहनु न्यायोचित छैन । यसर्थ, समाजलाई अगाडि बढाउन, आफूले चाहेकोजस्तो समाजको निर्माण गर्न अरू कसैले हामीजस्तो निस्स्वार्थ भएर सोच्न सक्दैन ।
जताततै नकारात्मकता छ, केही गर्ने वातावरण नै छैन । कसैले केही गरेर नै हुन्न । सबै स्वार्थी मात्र छन् जस्ता नकारात्मक विचार कम गर्न अब समाजका बौद्धिक तथा जिम्मेवार व्यक्तिहरूले सोच्ने बेला आएको छ । बरु वैचारिक क्रान्तिको आवश्यकता छ, यस्तो क्रान्तिको कि हाम्रो समाजका यी यी कुराहरू राम्रा थिए, यी यी कुरा जोगाउन आवश्यक छ । समाजलाई यी कुराहरूले दीर्घकालीन फाइदा गर्ने देखिएको छ र फलाना कुराहरू अहिलेको लागि राम्रो भए पनि पछिको लागि चाहिं नराम्रो हुन्छ भनी वैचारिक बहस शुरु गर्नुपरेको छ । वैचारिकतामा पनि हामी दरिद्र नबनौं, बहसलाई अगाडि बढाऔ । वास्तवमा वैदेशिक रोजगारले हामीलाई आर्थिक सबलताबाहेक अरू पनि दिएको छ कि ? आर्थिक सबलताले हामी अन्य क्षेत्रमा पनि सबल भएका छौं कि ? आर्थिकरूपले हामी बलियो हुँदै जाँदा समाजमा अन्य केही नकारात्मकता फैलिएको पाइएको छ कि ? विदेशमा युवाहरूलाई पठाइरहनाले नै समाजमा झन् राम्रो हुन्छ ? अहिलेको पुस्ताले सोच्ने समय यही हो । समाजलाई चेतनशील र जागरुक बनाउन विदेशको भर पर्न सकिन्न । यसको लागि राजनीतिक सदाशयतामा हाम्रा युवाको सक्रियता चाहिन्छ । कसैले अर्हाएको मेसिनजस्तो काम गर्नुभन्दा आफ्नो समाजको लागि मौलिक चिन्तन राखेर समाजलाई अगाडि बढाउने सन्देश दिनु आवश्यक छ । अहिले राजनीतिक आन्दोलनजस्तो सामूहिक वा सा·ठनिक रूपमा नै सामाजिक आन्दोलन चलाउन दलका नेताहरूकै सहयोग वा नेतृत्व चाहिने हो कि ?