प्रस, वीरगंज, १८ चैत/
जिविस पर्साले बालुवा, ढु·ा, गिट्टी, ग्रेभलका लागि जिल्लाको भेडाहा, भलुवाही, जमुनिया नदीको ठेक्का गराए पनि भेडहा खोलाको सन्दर्भमा ठेकेदारले सम्झौता गरेको छैन ।
भलुवाही खोलाको लागि गरिएको टेन्डरमा यसै महिनादेखि सञ्चालन हुने गरी ठेकेदारले ९ लाख ६४ हजार ३४६ घनफिट बालुवा, ढु·ा, गिट्टी, ग्रेभल उत्खननको लागि २५ लाख ७५ हजारमा ठेक्का लिएको छ भने जमुनिया खोलाको ५ लाख ५४ हजार ३५१ घनफिट उत्खननको लागि २१ लाखमा ठेक्का लिएको छ ।
दुवै ठेकेदारहरूले ठेक्का सकार गरे अनुसार सम्झौता गरे पनि भेडाहा खोलाको ठेक्का लिएका ठेकेदारले सम्झौता गरेको छैन । जिविस स्रोतका अनुसार भेडाहा खोला पर्सा र बारा दुवै जिल्लामा परेको र पर्सातर्फ बालुवा, ढु·ा, गिट्टी, ग्रेभलको अवस्था नाजुक भई जिविस पर्साले हाल अमानतमा उठाइरहेको नदीजन्य वस्तु बारा जिल्लामा पर्ने क्षेत्रबाट उत्खनन भइरहेको कारण ठेकेदारले सम्झौता गर्न नमानेको हो । जिविसले हाल अमानतमा उठाइरहेको बालुवा, ढु·ा, गिट्टी, ग्रेभल भेडाहाको खोलाको हकमा बारा जिल्लाबाट उत्खनन गर्ने कार्य भइरहेको भन्दै बारामा ठेक्का लिएको ठेकेदारले विरोध गरेको छ । जिविस पर्साले भने अन्य जिल्लामा पर्ने बालुवा, ढु·ा, गिट्टी, ग्रेभलका लागि लाग्ने शुल्क बुझी टयाक्टरहरूलाई गैरजिल्लामा पर्ने नदीबाट सड्ढलन गर्न लगाइरहेको छ ।
वीरगंजमा सञ्चालित एडिबीको मझौला शहरी एकीकृत विकास तथा वातावरणीय सुधार योजनाको लागि आवश्यक गिट्टी, बालुवा, ढु·ा, ग्रेभलसमेत भेडहा खोलाको बारा जिल्ला क्षेत्रबाट सड्ढलन भइरहेको र सोको विरोध भइरहेको बताइएको छ । टयाक्टर सञ्चालकहरूले आफूलाई जिविस पर्साले दस्तुर बुझी उत्खननको लागि स्थान प्रदान गरेको बताएका छन् । उनीहरूले यस मानेमा ठेकेदार कसुरवार नभएको भन्दै जिविस पर्सासँग बुझ्न आग्रह गरेका छन् । जिविस पर्साले भने जिल्लामा पर्ने भेडाहा खोलाबाट नदीजन्य वस्तु उत्खनन गर्न शुल्क लिएको तर टयाक्टरहरूले नै अन्य जिल्लामा गएर अनधिकृतरूपमा सो उत्खनन गरिरहेको आरोप लगाएको छ ।