प्रस, वीरगंज, १८ चैत/
तत्कालीन वीरगंज नगर विकास समितिले प्लटि· गरी बिक्री गरेको जग्गा ३० वर्ष बितिसक्दा पनि जग्गाधनीले उपभोग गर्न पाएका छैनन् ।
खल्वा श्रीसिया गविसमा टाउन प्लानि· गरी वीरगंज नगर विकास समितिले २०४२ सालमा ३४२ कित्ता घडेरी बिक्री गरेको थियो । नगर विकासले बनाएको नक्सा अनुसार दुई स्थानमा ६० फिटको सडक र अन्यत्र ४० र ३५ फिटको सडक नक्सामा देखाइएको छ । प्लट बिक्री भइसकेपछि नक्सा बमोजिम कित्ताकाटको सिमाना र सडकसमेत छुटयाइदिने तत्कालीन नगर विकास समितिले आश्वासन दिएको भए पनि हालसम्म उक्त सिमाना नछुटयाइदिएको जग्गा खरिदकर्ताहरूको गुनासो छ ।
प्लटको साँध सिमाना तथा सडकको क्षेत्र नछुटयाइएकै कारण टाउन प्लान स्थलमा हालसम्म एउटा पनि घर बनेको छैन । अहिले उक्त क्षेत्र विस्तारित
वीरगंज नगरपालिकाभित्र परेको छ । सो स्थलको जग्गा हाल प्रतिघडेरी ३५ लाखदेखि ४० लाखसम्म पर्ने सो आसपासका बासिन्दा बताउँछन् ।
नगर विकासमा पटकपटक धाउँदा समेत कुनै बेला प्राविधिक नहुने, कहिले हाकिम नभेटिने र कहिले बजेट छैन भन्दै साँध–किल्ला छुटयाउने काम स्थगित गर्दै आएको जग्गा खरिदकर्ता गणेशप्रसाद साहले प्रतीकलाई बताए ।
बिक्री भइसकेका ३४२ वटा घडेडी प्लटको लालपूर्जा हातमा भए पनि जग्गा कुन हो जग्गाधनीलाई नै थाहा छैन । उक्त स्थल गौचरनमा प्रयोग भइरहेको छ ।
घडेरीको साँध–सिमाना नछुटयाईदएकै कारण घर बनाउन नपाएको बैंकले पनि ऋण दिन अस्वीकार गरेको र खरीद बिक्री गर्न पनि नसकेको जग्गा खरीदकर्ता मनोजकुमार जैसवाल बताउँछन् । ‘निजी पैसा पैसा खर्च गरेर अमिन टोली मगाउन पनि निकै खर्च पर्ने भएकोले आँट गर्न नसकेको जैसवालको भनाइ छ ।
यस सम्बन्धमा वीरगंज नगर विकास समितिका अध्यक्ष अरविन्द गुप्ता भने नगर विकास समितिले बितेका दिनमा पटकपटक सार्वजनिक सूचना गरेर जग्गाधनीहरूलाई आफ्नो प्लट छुटयाउन आउन आह्वान गरेको दाबी गर्छन् ।
जग्गा खरिदकर्ताहरू भेला नभएकै कारण काम हुन नसकेको उनको भनाइ छ । नगर विकासले तत्कालीन अवस्थामा बाटोको स्थान स्पष्ट बुझिने गरी प्लटि· गरेको र हाल पनि नगर विकासका जग्गाहरू सुरक्षित गर्ने काम भइरहेको उनले बताए ।
कुनै पनि बहानामा उक्त स्थलमा बेवारिसे अवस्थामा जग्गा रहँदा आसपासका सँधियारबाट नगर विकासको जग्गा मिच्ने क्रम शुरु भइसकेकोले प्लटि·बाहेक नगर विकासको बचेको जग्गा पनि अतिक्रमणको चपेटामा
परिसकेको श्रीसिया खल्वाटोला निवासी हरिहर राउत बताउँछन् ।
उक्त प्लटि· क्षेत्रको साँध–सिमाना कित्ता छुटयाउनेतर्फ वीरगंज उपमहानगरपालिकाले नै पहल गर्नुपर्ने खल्वाटोला वासीको सुझाव छ । सो क्षेत्रमा घर बनेर टाउन प्लानि· भयो भने वीरगंज उपमहानगरपालिकाकै राजस्व तथा आम्दानी वृद्धि हुने उनीहरू बताउँछन् ।