प्रस, परवानीपुर, १८ फागुन/
तराईका अधिकांश समुदायमा प्राय: जसो बच्चालाई हुर्काउने जिम्मेवारी घरको महिलाको काँधमा हुने गर्छ । त्यसैले होला कुनै घरमा पुरुषले बालबालिकाको देखभाल तथा हेरचाह गरिरहेको छ भने समाजमा नौलो मानेर हेरिने गर्छ । वीरगंज –१५ मुर्ली निवासी कमल मानन्धर आफ्नो बच्चाको हेरचाहमा जुटेका एकजना पुरुष पात्र हुन् ।
उनी आफ्नो ६ वर्षीय छोरो आकृष मानन्धरलाई बेबी चेयरमा राखेर साँझपख डुलाउने गर्छन् । हरेक साँझ घरदेखि करिब ५ सय मिटरको दूरीसम्म सयर गराउने गरेको कमल बताउँछन् । छोरोलाई साँझको सयर गराउँदै गरेका उनलाई सुरेश आयल स्टोर्स आसपासमा प्राय: देख्न सकिन्छ । बेबीचेयरमा बालक छोरो लिएर हिंडेका उनलाई देख्नेहरू धेरैले अनौठो मानेर हेर्ने गरेको कमलले प्रतीकसँग कुराकानीको क्रममा सुनाए । नेपाल प्रहरीमा प्रहरी नायब निरीक्षक पदमा कार्यरत कमल मानन्धरलाई पनि अरूले आफूलाई हेरेको देख्दा शुरुशुरुमा अनौठो लाग्थ्यो तर विस्तारै त्यो हेराइ मन पर्न थालेको छ । अब त उनी छोरोलाई माया गरेको समयमा अरूले देख्दा उनीहरू पनि आफ्नो परिवारमा माया प्रेम स्थापित गर्छन् र यसबाट प्रेरित हुन्छन् । उनले आजसम्म कसैलाई नियालेर किन हेरिस् भनेर प्रश्न गर्न सकेका छैनन् । कथा बडो मार्मिक छ, ४८ वर्षीय कमलको ७ वर्ष अघि काठमाडौं, डल्लुकी अन्जुला श्रेष्ठ मानन्धरसँग बिहे त भयो, तर दुई हप्तामैं व्यक्तिगत काम विशेषले प्रहरी जागिरमा बिदा ठोकेर संयुक्त अधिराज्य (युके) उडे । परिवारजनमा बस्न उनले खासै समय पाएनन् । केही वर्ष अघि नेपाल फर्केपछि उनी एक छोराको बुवा बनेका हुन् । त्यसपछि उनी बच्चालाई नै समय दिइरहेका छन् । उनकी पत्नी अन्जुलाको पनि त्याग बेग्लै छ । उनी काठमाडौं हुँदा सफ्टवेयरको व्यापार गर्थिन् तर बच्चा पाएपछि पूरा समय बच्चा हुर्काउनैमा बितिरहेको बताउँछिन् । दैनिक आमाले ९ घण्टा त बुबाले ५ घण्टा गरी बच्चामा १४ घण्टा ध्यान दिने गर्छन् भने १० घण्टा जति बच्चा सुत्ने गर्छ । पत्नी अन्जुला काम विशेषले घर बाहिर जाँदा बच्चालाई गर्नुपर्ने सारा काम उनले मज्जाले रमाइरमाई गर्ने गरेको सुनाए । कुरा के जोड्न खोजिएको हो भने तराई–मधेस जिल्लाहरूमा घरको अभिभावक खास गरी पुरुष अर्थात् बुवा नै हुन्छन् । उनीहरू विशेषगरी कार्यालय, दैनिक ज्यालादारी, कलकरखाना, उद्योग, कृषि, व्यापार पेशामा हुन्छन् । बच्चाको स्याहारसुसारमा बुवाले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको पाइन्छ । बच्चा खेलाउन झन्झट मान्छन् । बुढापाकालाई मात्र प्रिय हुन्छन् बच्चाहरू । कतिपय त यस्ता बुबा भेटिन्छन् जो काममा निस्कँदा बच्चा सुतेकै हुन्छ र घर फर्कंदा बच्चा सुतिसकेको हुन्छ । तसर्थ कमल भन्छन्–विदेशमा बच्चालाई आफैंसँग राखेर सबै राम्रा कुरा गर्न र गराउन अभिप्रेरित गरिन्छ । नेपालमा बच्चालाई परिवारका पुरुष सदस्यभन्दा टाढा राख्ने चलन देखिन्छ । जसको फलस्वरूप बच्चाहरूमा बाल्यकालको असर युवा अवस्थामा देखा पर्छ । ठाकुरराम बहुमुखी क्याम्पसका प्रध्यापकहरूका अनुसार नवजातदेखि किशोरावस्थासम्म बालबालिकाहरूको पालनपोषणमा ध्यान दिनुपर्छ । बाल्यकाल सुखद र स्वस्थ बितेन भने बच्चाको दिमाग राम्ररी विकसित हुँदैन र पछि बच्चा मायाप्रेम पाएको घरको बच्चाभन्दा कमजोर भेटिने बालमनोविज्ञानका जानकारहरू बताउँछन् । यदि परिवारमा बच्चालाई स्याहारसुसार गर्ने काममा पुरुषहरूले पनि समय दिने हो भने गृहिणीको जिम्मेवारी हल्का हुने र आशिक रूपमा कतै काम पनि गरी परिवारको आर्थिक उन्नयनमा पनि सहयोग गर्न सकिने वीरगंजका महिला सञ्चारकर्मीहरूको कथन छ । सानैदेखि बच्चालाई सृजनशील र मेधावी बनाउनुछ भने चाहिने जति हरेक कुराको जानकारी र वातावरणसँग मेलमिलाप गराउँदा बालबालिकाहरूको चौतर्फी विकास हुने र ती बालबालिकाहरू पछि गएर योग्य नागरिक बन्ने कुरामा दुईमत छैन ।