Posts

Showing posts from March, 2016

२०७२ चैत १९ गते शुक्रवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

२०७२ चैत १९ गते  शुक्रवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक शुरु, धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन भइरहेको छ– अध्यक्ष थापा

Image
  सरकारमा रहेका मन्त्री र तीन ठूला पार्टीका शीर्ष नेताहरूको कार्यक्रम अवरोध गर्ने घोषणा गरेका मधेसवादी दलका नेताहरू राप्रपा नेपालको केन्द्रीय बैठक वीरगंजमा हुँदा मौन रहे ।     एकीकृत माओवादीका केन्द्रीय अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगंज महोत्सव व्यापार मेला उद्घाटन गर्न चैत १२ गते वीरगंज आउँदा कालो झन्डा देखाएर अवरोध गरेका मधेसवादी दलहरू सोही दिन नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई वीरगंज आउँदा मौन रहेका थिए।     प्रचण्डलाई कालोझन्डा देखाई बजार बन्द गराउन खोजेको कसुरमा प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो । सोही दिन पूर्वप्रधानमन्त्री भट्टराईसमेतको कार्यक्रम भएको र अवरोध हुन सक्ने देखी प्रहरीले पक्राउ परेकामध्ये तीनजना महिलालाई सोही दिन र अन्यलाई भोलिपल्ट भट्टराई वीरगंजबाट काठमाडौं प्रस्थान गरेपछि रिहा गरेको थियो ।     बिहीवारदेखि शुरु भएको राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठकमा समेत मधेसवादी दलले अवरोध गर्न सक्ने देखी बैठकस्थल होटल सुरजदेखि वासस्थान टिवडेवाला धर्मशालासम्म प्रहरीले केही घण्टा कडा सुरक्षा दिएको थि

वीरगंजमा एसएलसी: पहिलो दिन शान्तिपूर्ण

Image
प्रस, वीरगंज, १८ चैत/     बिहीवारदेखि सञ्चालित प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन पर्सा जिल्लामा शान्तिपूर्ण परीक्षा सम्पन्न भएको छ । जिशिका, पर्साका विद्यालय निरीक्षिक आशा गौतमले नियमित र एक्जाम्टेड गरी ८ हजार ५१ जना विद्यार्थीले बिहीवार परीक्षा दिनुपर्नेमा २०६ जना अनुपस्थित रहेका र ७ हजार ८ सय ४५ जनाले परीक्षा दिएको बताइन् । उनले वीरगंज नगर क्षेत्र र ग्रामीण क्षेत्र गरी ११/११ वटा परीक्षा केन्द्रमा बिहीवार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको र सम्पूर्ण स्थानमा शान्तिपूर्ण परीक्षा सम्पन्न भएको प्रतीकलाई बताइन् ।     बिहीवार बिहान ८ बजे परीक्षा शुरु भएको र अङ्ग्रेजी विषय भएकोले २ घण्टा १५ मिनेटमा परीक्षा सकिएको थियो । शुक्रवार पनि बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुने र तीन घण्टा चल्ने बताइएको छ ।

भेडाहा खोलाको गिट्टी, बालुवा, ढुङ्गा, ग्रेभल उत्खननको विषयलाई लिएर विवाद

Image
प्रस, वीरगंज, १८ चैत/     जिविस पर्साले बालुवा, ढु·ा, गिट्टी, ग्रेभलका लागि जिल्लाको भेडाहा, भलुवाही, जमुनिया नदीको ठेक्का गराए पनि भेडहा खोलाको सन्दर्भमा ठेकेदारले सम्झौता गरेको छैन ।     भलुवाही खोलाको लागि गरिएको टेन्डरमा यसै महिनादेखि सञ्चालन हुने गरी ठेकेदारले ९ लाख ६४ हजार ३४६ घनफिट बालुवा, ढु·ा, गिट्टी, ग्रेभल उत्खननको लागि २५ लाख ७५ हजारमा ठेक्का लिएको छ भने जमुनिया खोलाको ५ लाख ५४ हजार ३५१ घनफिट उत्खननको लागि २१ लाखमा ठेक्का लिएको छ ।     दुवै ठेकेदारहरूले ठेक्का सकार गरे अनुसार सम्झौता गरे पनि भेडाहा खोलाको ठेक्का लिएका ठेकेदारले सम्झौता गरेको छैन । जिविस स्रोतका अनुसार भेडाहा खोला पर्सा र बारा दुवै जिल्लामा परेको र पर्सातर्फ बालुवा, ढु·ा, गिट्टी, ग्रेभलको अवस्था नाजुक भई जिविस पर्साले हाल अमानतमा उठाइरहेको नदीजन्य वस्तु बारा जिल्लामा पर्ने क्षेत्रबाट उत्खनन भइरहेको कारण ठेकेदारले सम्झौता गर्न नमानेको हो । जिविसले हाल अमानतमा उठाइरहेको बालुवा, ढु·ा, गिट्टी, ग्रेभल भेडाहाको खोलाको हकमा बारा जिल्लाबाट उत्खनन गर्ने कार्य भइरहेको भन्दै बारामा ठेक्का लिएको ठेकेदारले विरोध गरेको

३० वर्ष पहिले वीरगंज नगर विकासले प्लटिङ्ग गरे पनि खरिदकर्ता उपभोगबाट वञ्चित

Image
प्रस, वीरगंज, १८ चैत/     तत्कालीन वीरगंज नगर विकास समितिले प्लटि· गरी बिक्री गरेको जग्गा  ३० वर्ष बितिसक्दा पनि जग्गाधनीले उपभोग गर्न पाएका छैनन् ।     खल्वा श्रीसिया गविसमा टाउन प्लानि· गरी वीरगंज नगर विकास समितिले २०४२ सालमा ३४२ कित्ता घडेरी बिक्री गरेको थियो । नगर विकासले बनाएको नक्सा अनुसार दुई स्थानमा ६० फिटको सडक र अन्यत्र ४० र ३५ फिटको सडक नक्सामा देखाइएको छ । प्लट बिक्री भइसकेपछि नक्सा बमोजिम कित्ताकाटको सिमाना र सडकसमेत छुटयाइदिने तत्कालीन नगर विकास समितिले आश्वासन दिएको भए पनि हालसम्म उक्त सिमाना नछुटयाइदिएको जग्गा खरिदकर्ताहरूको गुनासो छ ।     प्लटको साँध सिमाना तथा सडकको क्षेत्र नछुटयाइएकै कारण टाउन प्लान स्थलमा हालसम्म एउटा पनि घर बनेको छैन । अहिले उक्त क्षेत्र विस्तारित वीरगंज नगरपालिकाभित्र परेको छ । सो स्थलको जग्गा हाल प्रतिघडेरी ३५ लाखदेखि ४० लाखसम्म पर्ने सो आसपासका बासिन्दा बताउँछन् ।     नगर विकासमा पटकपटक धाउँदा समेत कुनै बेला प्राविधिक  नहुने, कहिले हाकिम नभेटिने र कहिले बजेट छैन भन्दै साँध–किल्ला छुटयाउने काम स्थगित गर्दै आएको जग्गा खरिदकर्ता गणेशप्रसाद साहले

श्रीसिया गोल्डकप फूटबल प्रतियोगिता, वीरगंज युथ क्लब विजयी

Image
प्रस, वीरगंज, १८ चैत/     बजर·ी युवा क्लब श्रीसिया खल्वाटोलाद्वारा आयोजित अञ्चल स्तरीय श्रीसिया गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको सेमिफाइनल खेलमा वीरगंज युथ एकेडमी विजयी भएको छ । वीरगंज युथ एकेडमी र सनराइजि· युवा क्लब उमजनबीच भएको खेलमा १ को विरुद्ध ३ गोल गरी वीरगंज युथ एकेडमी विजयी भएको हो । पहिलो गोल सनराइजि·का गजेन्द्र चौधरीले गरेका थिए । सोको प्रतिउत्तरमा वीरगंज युथ एकेडमीका चत्रुघ्न चौधरीले २ गोल र अस्मित चौधरीले १ गोल गरेका थिए ।     वीरगंज युथ एकेडमीका राजेश पटेलले राम्रो खेल प्रदर्शन गरेबापत खेलको म्यान अफ द म्याच घोषित भए । पटेललाई अन्तर्राष्ट्रिय फिफा रेफ्री तथा रेफ्री प्रशिक्षक गजेन्द्र मान सिंहले ट्रफी प्रदान गरेका थिए ।

मार्कामा औद्योगिक क्षेत्र

Image
ई. गोपाल श्रेष्ठ     विभिन्न निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, प्रयोगात्मक तथा जिन्सी सामानहरू उत्पादन गर्ने कारखानाहरू भएको स्थान नै औद्योगिक क्षेत्र हो । नेपालका विभिन्न जिल्लाहरूमा विभिन्न सामानको उत्पादक कम्पनी तथा उद्योगहरू छन् । कुनै पनि उत्पादक कम्पनी तथा उद्योग खोल्नु र समय सापेक्ष ढ·बाट सञ्चालन गर्न सक्नु सामान्य कुरा होइन । यसको लागि ठूलो लगानीका साथै समयसापेक्ष व्यवस्थापकीय नीति–नियम चाहिन्छ । र उद्योग–व्यवसायलाई अग्रगतिमा लैजान समाज र राष्ट्रको तर्फबाट पनि सौहार्दतापूर्ण र भावनात्मक सहयोगको वातावरण सिर्जना गरिनुपर्छ । किनकि उद्योग व्यवसाय नै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो भने राष्ट्रिय अर्थतन्त्रमा राष्ट्रिय ढुकुटीदेखि देशका आम नागरिकको जनजीविकाको सरोकारसमेत समेटिएको हुन्छ ।        उद्योग संञ्चालन तथा उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ, मेशिन र मेशिनरी पार्टपुर्जा छिमेकी राष्ट्रबाट आयात गर्दा होस् या उत्पादन भएको वस्तुहरू राष्ट्रभित्रै बिक्री–वितरण गर्दा र छिमेकी राष्ट्रहरूमा निर्यात गर्दा होस् — सरकारले उद्योगसँग नियमबमोजिम कर असुली गर्छ । साथै उ

समृद्धिका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

Image
शीतल महतो     मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि महत्त्वपूर्ण मानिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं—तराई–मधेश द्रुतमार्गको निर्माण हुने समाचारले सि·ो मुलुकमा उत्साह छाएको थियो तर सरकारको अकर्मण्यताका कारण ‘राष्ट्रिय गौरव’का रूपमा रहेका यी आयोजना केवल कागज र सम्भाव्यताको भाषणमा मात्र सीमित हुन पुगेको छ । यी दुवै मुलुककै आर्थिक विकास र सम्भावना उजागर गर्ने महत्त्वपूर्ण आयोजना भएकाले सरकारले विदेशको मुख नहेरी आफैं निर्माण गर्न अग्रसरता देखाउनुपर्दछ । सरकारको दृढ प्रतिबद्धता र इमानदारी रहयो भने राष्ट्रिय गौरवका यी आयोजना स्वदेशी स्रोत साधनले पनि निर्माण गर्न सकिन्छ । किनभने अहिले नेपालको वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमा अर्बौ रुपियाँ तरलता थुप्रिएको छ । चालू आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि झन्डै १२ प्रतिशत मात्र पूँजीगत खर्च हुन सकेको देखिन्छ । त्यस कारण विकास निर्माणका लागि सरकार र नेपाली जनतासँग रकम नभएको होइनस जागरुकता, तदारुकता, इमान्दारी र व्यवस्थापनको मात्र खाँचो देखिन्छ । यतिखेर बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको शेयर नेपाली जनताले दशौं गुणा बढी रकम

आर्थिक समृद्धि र मेलमिलापको सान्दर्भिकता

वीरेन्द्र यादव     केही वर्ष पहिले मात्र  एउटा संयुक्त परिवार मिलापत्र गरी भिन्द भयो । अंश जस्तो जटिल विषय सहमतिमा समाधान भएपछि परिवारमा निकै सद्भाव र अमनचयन थियो तर लगत्तै अंशियारहरू मुद्दामा अल्झिन पुगे । परिवार दर्जनौ आपसी मुद्दामा बल्झियो । मुद्दाहरूले गर्दा सहोदर दाजुभाइको घरमा हुने मरन, विवाह चाडपर्वलगायतमा सहभागी हुने तथा बोलचाल रहेन । पानी बाराबार गरी एकले अर्कोलाई बहिष्कार गरे । परिवारमा शिक्षक, प्राध्यापकजस्ता बौद्धिक व्यक्तिबीच झैझगडा, मारपिट गर्नेसम्मको मनोविज्ञान देखियो । एउटै मुद्दाबाट तीनथरी नोक्सान भयो । मुद्दामा अल्झिंदा उत्पादन हुन सकेन । मानसिक तनावले परिवारलाई ग्रस्त पार्‍यो । आपसी विवादले परिवारिक शक्ति कमजोर त हुने नै भयो मुद्दा खर्चले आर्थिक भार पनि बढायो । आपसी सद्भाव क्षतविक्षत भयो । हुक्कापानी बहिष्कारले सामाजिक अपराधको सिर्जना गर्छ । यसर्थ मुद्दाले समृद्धि, विकास तथा नागरिक एकता, अमनचयन, शान्तिमा प्रतिकूलता ल्यायो ।      तराईमा विकास नहुनु र सामाजिक एकताको कडी कमजोर हुनुको कारण मुद्दा मामिला पनि हो । तराईमा प्राय: विवादमा मुद्दा हुन्छ नै र वर्षौंवर्ष चल्छ । य

आश्वासनको पोकोले भरिएको चीन भ्रमण

Image
श्रीमन्नारायण     पञ्चायती राष्ट्रवादले ग्रसित नेपालका वामपन्थी दल एवं देशका शोषित राष्ट्रवादी बुद्धिजीवीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणलाई ऐतिहासिक साबित गर्न भरमग्दुर प्रयत्न गरिरहेका छन् । एमालेका नेताहरूले त भारतमाथि निर्भरतालाई अन्त्य गर्न चीनप्रतिको निर्भरतालाई नै समुचित विकल्प ठानेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणलाई ‘भूतो न भविष्यति’ को रूपमा सफल साबित गर्न काठमाडौं केन्द्रित मिडियाले पनि निकै परिश्रम गरेको देखियो । राजधानीका अधिकांश समाचारपत्रहरू, विद्युतीय छापाहरू पनि यसलाई सफल साबित गर्न अहोरात्र परिश्रम गरिरहेका थिए तर अन्तत: प्रधानमन्त्रीको चीन भ्रमण औपचारिकमा मै सीमित साबित भयो । उधारोमा आश्वासनको भारी बोकेर उनी फर्केका छन् । गठबन्धन सरकारका एकजना प्रभावशाली मन्त्रीले त पुन: हिन्दुत्वको नारा घन्काउँदै आफ्नो फेस सेभि· गर्न खोज्दैछन् । वर्तमान प्रधानमन्त्री नेतृत्वको सरकारलाई सर्वाधिक असफल सरकारको फेहरिस्तमा  लिपिबद्ध गराउन उनले कुनै कोरकसर बाँकी राखेका छैनन् । वर्तमान सरकार ढल्न लागेको देख्दा नयाँ सरकारमा आफ्नो सहभागितालाई सुनिश्चित पार्न हिन

सेनाको प्रयास

    नेपाली सेनाले राजधानीबाट प्रकाशन एवं प्रसारण हुने राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत रक्षा बिटका सञ्चारकर्मीहरूलाई रक्षा सम्बन्धमा अभिमुखीकरण कार्यक्रम शुरू गरेको छ । सप्ताहव्यापी अभिमुखी कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाको इतिहास, स·ठनात्मक संरचना, ऐन–कानुन, उद्देश्य एवं गतिविधि र सेवा सुविधाबारे समेत जानकारी गराउने भएको छ । सहभागी सञ्चारकर्मीहरूलाई केन्द्रीय तहका रक्षा अधिकारीहरूसँग  परिचय गराउने र सेनाले गरिरहेको काम तथा भोगिरहेका अवस्थाहरूको बारेमा स्थलगत अध्ययन गराएर जतिसक्दो जानकारी दिने प्रयासमा सैनिक मुख्यालय जुटेको छ । मुलुक लोकतान्त्रिक गणतन्त्र उन्मुख भएपछि केन्द्रस्तरबाट नेपाली सेनाले सञ्चालन गरेको यो चौथो अभिमुखीकरण कार्यक्रम हो । सेनालाई राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीप्रति समर्पित रही पारदर्शी, व्यावसायिक दक्ष एवं लोकतान्त्रिक पद्धतिमा अब्बल बनाउन अभियान शुरू गरिएको रक्षा अधिकारीहरूको दाबी छ । अभियान सञ्चालन पूर्व पनि सेनाले सञ्चारप्रति चासो नदेखाएको होइन । मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागू भएलगत्तै सेनाले पत्रकारिताप्रति चासो देख

२०७२ चैत १८ गते बिहीवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

२०७२ चैत १८ गते  बिहीवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

अगुवाहरूको प्रयासपछि विवाद साम्य

प्रस, वीरगंज, १७ चैत/     अगुवा शिक्षक सङ्घ–स·ठनका पदाधिकारी र परीक्षा समन्वय समितिबीच जिल्ला प्रशासन कार्यालय बारामा बुधवार बसेको संयुक्त बैठकले केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा उत्पन्न भएको विवाद समाधान गरेको छ ।     नेपाल शिक्षक युनियनका अध्यक्ष भरत साह र पूर्व अध्यक्ष देवेन्द्र गिरीको सहजीकरणमा असन्तुष्ट मधेस दल केन्द्रित शिक्षक सङ्घ–स·ठन परीक्षा समन्वय समितिले गरेको केही त्रुटि सच्याई नियमानुसार केन्द्राध्यक्ष सोही विद्यालयका प्रधनाध्यापकहरूलाई नियुक्त गरेपछि समस्या समाधान भएको शिक्षक युनियनका पूर्व अध्यक्ष देवेन्द्र गिरीले बताए ।     चैत्र १६ गते परीक्षा समन्वय समितिको बैठकले सपही उच्च माविका प्राचार्य ज्ञानराज पुडासैनीलाई रामराजा बहुमुखी परीक्षा केन्द्र कलैयामा, भोजभगतमा  उच्च मावि परवानीपुर र बेगा साह उच्च माविका प्रधानाध्यापकलाई  बाइपास गरी अर्को विद्यालयबाट केन्द्राध्यक्ष बनाएकोमा मधेस केन्द्रित दल निकट रहेका शिक्षकहरू असन्तुष्ट देखिएका थिए । निर्णय सच्याएसँगै रामराजामा महम्मद शफीक अंसारी, भोजभगतमा सोही विद्यालयका नियमित प्रधानाध्यापक  पप्पु सिंह, बेगा साह उच्च मावि परसौनीमा

वीउमनापा सरसफाइ अभियानमा, घडिअर्वा पोखरी नपाद्वारा सञ्चालन

Image
प्रस, वीरगंज, १७ चैत/     वीरगंज उपमहानगरपालिका कार्यालयले सफाइ अभियानलाई तीव्रता दिएको छ ।     म्याद सकिएपछि वीउमनपाले पब्लिक पार्टनरसीप अन्तर्गत रहेको घडीअर्वा पोखरीलाई आफ्नो मातहतमा सञ्चालन गरेपछि म·लवार सो क्षेत्रको व्यापक सफाइ अभियान सञ्चालन गरेको छ । वीरगंजको ऐतिहासिक धरोहरको रूपमा रहेको घडीअर्वा पोखरी पब्लिक पार्टनरसीप कार्यक्रम अन्तर्गत सञ्चालन हुँदा सोको स्वरूप अझ बढी अगाडि बढ्ने आशा लिए पनि सो कार्य नभएपछि वीउमनपाले आफ्नो अधीनमा लिएको हो ।     पूर्व स्वरूप परिवर्तन भई घडीअर्वा पोखरी अझ बढी कुरूप हुन थालेपछि वीउमनपाले पब्लिक पार्टनसरसीप कार्यक्रम स्थगित गरी आफ्नो अधीनमा राखेर सञ्चालन गरेको छ । वीउमनपामा कार्यरत सरसफाइका सम्पूर्ण कर्मचारीहरूलाई म·लवार घडीअर्वा पोखरीको सफाइ अभियानमा लगाएको थियो भने बुधवार घण्टाघर लिड्ढरोडदेखि बसपार्कको सडक र इनरबाइपास रोडमा सरसफाइ गरेको छ । वडामा खटेका सफाइ कर्मचारी सबैलाई सो कार्यमा संलग्न गराएर नगर क्षेत्र सफा राख्ने अभियान शुरु भएको हो । वीउमनपाले लामो समयदेखि नगरस्तरमा सफाइ अभियान सञ्चालन हुँदा नगरको नालाहरू जाम भएको र ठाउँ–ठाउँमा फोहरको ड

वीरगंजमा इ–रिक्सातर्फ व्यवसायी र यात्रुको लगाव

Image
प्रस, वीरगंज, १७ चैत/     मधेस आन्दोलन–२०७२ पछि वीरगंजमा इ–रिक्शा सञ्चालनमा वृद्धि भएको छ । साउन २९ गतेदेखि अनिश्चितकालीन मधेस बन्दसँगै करिब ५ महिना नाकाबन्दी हुँदा पेट्रोलियम पदार्थ र ग्याँसको अभाव भएपछि सोबाट सञ्चालित सवारीसाधनहरूको विकल्पमा वीरगंजमा इ–रिक्शाको माग बढेको हो ।     न्यून सङ्ख्यामा सञ्चालनमा रहेको इ–रिक्शा त्यसपछिका दिनमा करिब ३ सयको हाराहारीमा सञ्चालनमा आएको छ भने टेम्पो, टाँगा र रिक्शा हाँक्दै आएका व्यक्तिहरू इ–रिक्शा सञ्चालनमा आकर्षित भएको पाइएको छ । न्यूनतम १० रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म घण्टाघरदेखि परवानीपुरसम्म र घण्टाघरदेखि शड्ढराचार्य गेटसम्म इ–रिक्शामा मानिसहरू सहज यात्रा गर्न पाएपछि वातावरणीय दृष्टिकोणले पनि सुरक्षित मानिएको इ–रिक्शाप्रति वीरगंजका मानिसहरू आकर्षित भएका हुन् ।     वीउमनपामा दर्ता गरी यातायात कार्यालयबाट नम्बर लिएर पुन: वीउमनपाबाट रोड परमिटसहित सञ्चालनमा आएका इ–रिक्शाको भाडादर टेम्पो, टाँगा र रिक्शाभन्दा सस्तो भएकोले पनि अहिले यसको आकर्षण यात्रुहरूमा बढेको छ । एउटा इ–रिक्शा सञ्चालकले दैनिक १ हजार ५ सयको हाराहारीमा कमाइ गरेको र खर्च काटेर

सामाजिक विकासका लागि आन्दोलन कहिले ?

Image
सञ्जय साह मित्र     समाजमा राजनैतिक आन्दोलनको प्रभाव धेरै दिनसम्म रहिरहन्छ । सामाजिक क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा राजनीतिको प्रभाव रहन्छ । समाज आखिर समाज हो । यहाँ सबै किसिमको विविधता पाइन्छ । समाजको सम्पूर्ण स्वरूप कसैले एकैपल्ट बुझिहाल्न सक्दैन । समाजको अन्तर्सम्बन्ध बाहय तत्त्वसित पनि हुन्छ । आजभोलि हामी के पाइरहेका छौं भने एउटा गाउँका अधिकांश युवा विदेशमा छन् । विदेशमा बस्ने सयौं युवाहरू एउटै देशको एउटै शहरमा मात्र छैनन् । विभिन्न देशमा विभिन्न भाषाभाषी, समुदाय, सम्प्रदाय तथा अनेक विविधताबीच एउटै गाउँका युवाहरू अनेक समयमा घर फर्कंदा उनीहरूले केही न केही नयाँ पाएका वा केही न केही नयाँ छोडेका पनि हुन्छन् । समाजमा नयाँपन यस कारण पनि आइरहेको छ ।     विदेशको कमाइले समाजमा वास्तवमा परिवर्तन ल्याएको पाइएको छ । परिवर्तनको क्षेत्र अनेक भएको छ, तर राजनीतिक आन्दोलनहरूले फडको मारेजस्तो सामाजिक विकासमा समाजले फडको मारेको देखिएको छैन । राजनीतिक आन्दोलन र विकासमा मानिस जति सक्रिय भएर लागेको देखिन्छ, युवा समुदाय जति अगाडि राजनीतिक आन्दोलन वा सडक सङ्घर्षमा देखिन्छ, त्यतिको सक्रिय सामाजिक आन

दण्डले अवस्था सुध्रिन्न

    यसपालिको प्रवेशिका परीक्षामा अरूको लागि परीक्षा दिने डमी परीक्षार्थी फेला परेमा रु एक लाख जरिवाना गर्ने शिक्षा विभागले निर्णय गरेको छ । गलत काम गर्नेलाई डर देखाउन यो दण्डविधान उचित हो । तर सरकार वा सरकारी विभागको काम दण्ड दिनुमा केन्द्रित हुनुहुन्न । यस्तो परिस्थिति निर्माण गर्नुपर्छ, जसले कसैमा गलत काम गर्ने प्रवृत्ति नजागोस् । डमी परीक्षार्थी किन राखिन्छ ? यसको भेउ पाएर त्यो वातावरण हटाउन सके दण्डविधान आवश्यक नै पर्दैन–पहिलो कुरो । दोस्रो यो दण्डविधान लागू भएको आज मात्र होइन । पहिले पनि कमोबेस दण्ड दिने परिपाटी थियो, खोइ प्रवेशिकामा अमर्यादा हटेको ? दण्डले गलत गर्ने प्रवृत्ति हटाउन सक्दैन । गलत गर्ने परिस्थिति हटाउनु मुख्य दायित्व हो । प्रवेशिका परीक्षा दिने विद्यार्थी नियमित विद्यालय गएको छ, राम्ररी पढेको छ, शिक्षकहरूले राम्ररी निर्देशन दिएका छन् भने उसले आफ्नो परीक्षा अरूसँग किन दिन लगाउँछ ? मूल समस्यामा जानुपर्छ ।     आरम्भबाट कुरा गरौं । विद्यार्थी आफैं स्व–अध्ययन गरेर प्रवेशिका दिन आउँदैन । ऊ कुनै विद्यालयमा पढ्छ र  दस वर्षसम्म पढेको कुराबारे कतिको जानकार भयो भन्ने जाँच्नका

२०७२ चैत १७ गते बुधवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

२०७२ चैत १७ गते  बुधवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

कोइरालाको आगमनपछि वीरगंज नगर सुधारोन्मुख

Image
प्रस, वीरगंज, १६ चैत/     वीरगंज उपमहानगरपालिका कार्यालयमा पुन: सुधारको सड्ढेतहरू देखा पर्न थालेको छ । मधेस आन्दोलनपछि आर्थिक र भौतिकरूपले लथालि· परेको वीउमनपामा दरबन्दी रहेका कार्यकारी अधिकृत विष्णु कोइराला काज फिर्ता भएर आएपछि पुन: सुधारका सड्ढेतहरू देखिएका हुन् ।     नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरू कार्यालय अगाडि बगैंचामा र पछाडि यान्त्रिक शाखा र सरसफाइतर्फ घाम तापेर बस्ने गरेकोमा अहिले सबै कार्यालय सञ्चालन हुने ठीक समयमा कार्यालयले उपलब्ध गराएको पोशाकमा हाजिर हुने गरेका छन् । उनीहरू हाजिर मात्रै हुँदैनन्, कार्यालयको निर्धारित समयसम्म जिम्मेवारी पनि निर्वाह गर्दै आएका छन् ।     यसैगरी सरसफाइतर्फ पनि बिहानैदेखि कर्मचारीहरू पोशाकमा ड्युटी गरिरहेका छन् । वीउमनपाले खरिद गरेको रोड, भ्याकुम स्वीपर मेसिन यता आएर रोडको सरसफाइमा प्रयोग भएको छ भने विगत तीन दिनदेखि नगर क्षेत्रमा रहेका मेनरोडको भेपरलाइटको पनि वीउमनपाले खरिद गरेको नयाँ मेसिनबाट मरम्मत–सम्भार तथा जडान भइरहेको छ । पछिल्लोपटक समग्र नगरको विकासमा ध्यान दिएका प्रमुख कोइराला वीरगंज आएपछि नगरवासीले नगरको सुधार हुने अपेक्षा ग

स्थापना दिवसमा प्रभातफेरी

Image
प्रस, वीरगंज, १६ चैत/     नेपाल पत्रकार महासङ्घको ६१ औं स्थापना दिवसको अवसरमा वीरगंजमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाले प्रभातफेरी गरेको छ । घण्टाघरबाट निस्केको प्रभातफेरी माईस्थान, आदर्शनगर, गीता मन्दिर हुँदै पुन: घण्टाघरमा पुगेर समापन भएको थियो ।     समापन कार्यक्रममा पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले नराम्रा कुरा परित्याग गरी राम्रा र असल परम्परा अ·ीकार गर्दै अगाडि बढ्नुपर्ने चुनौती भएकोले सो कार्यमा वीरगंजका सबै कलमजीवी पत्रकारहरूले शाखालाई सहयोग गर्नुपर्ने बताए ।     उनले पत्रकार महासङ्घलाई समृद्ध बनाउनेतर्फ आफ्नो पहल रहने प्रतिबद्धता पनि जाहेर गरे ।     कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरू शत्रुघ्न नेपाल, दीपेन्द्र चौहान, केसी लामिछाने, प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, जिल्ला अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई, प्रेस चौतारीका अनुप तिवारी, क्रान्तिकारीका नीरज पिठाकोठे, महिला पत्रकार सञ्जालकी अध्यक्ष लक्ष्मी खरेल, नयाँ शक्ति नेपालसँग आबद्ध पत्रकार सङ्घका केन्द्रीय सदस्य आरके पटेल, छठु साह, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेललगायतको सहभागिता थि

पर्साका स्वास्थ्य संस्थाहरूमा अनुगमन हुँदैनन्

सुषमा शर्मा, वीरगंज, १६ चैत्र/     पर्सामा स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरूको अनुगमन गरिंदैन ।     जिल्ला जनस्वास्थ्य कार्यालयको मातहत रहने स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीको सञ्चालन तथा सेवाबारे आवधिक अनुगमन गर्ने पहिलो दायित्व जिल्ला जनस्वास्थ्य कार्यालयको हो । अनुगमन कार्यकै लागि सरकारले जिल्ला जनस्वास्थ्यको लागि बर्सेनि बजेट विनियोजन गरेको हुन्छ ।        जनस्वास्थ्यले दुई किसिमको अनुगमन गर्नुपर्ने हुन्छ । प्रोग्राम बेस्ड अनुगमन, जुन खोप वा कुनै कार्यक्रम सञ्चालन हुँदा विशेषरूपमा गरिन्छ । अर्को इन्ट्रिग्रेटेड सुपरभिजन, जुन आवधिकरूपमा जिल्ला जनस्वास्थ्यले मातहतका स्वास्थ्यचौकीमा पुगेर अनुगमन गर्नुपर्छ । यस अनुगमनले सेवाको अवस्था, आवश्यक सुधार वा त्यसले गरेको राम्रो कामको मूल्या·न श्रेस्ता तयार गरिन्छ । राम्रोलाई प्रशंसा र नराम्रोलाई नसिहत दिने पनि यसै अनुगमनलाई मुख्य आधार बनाइन्छ । पर्सामा यस किसिमको कुनै पनि अनुगमन, जिल्ला जनस्वास्थ्य कार्यालयको टेबलमा नै कागजीरूपमा तयार हुने भएकोले जिल्लाका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीको सेवा नाममा मात्र सीमित भइरहेको जिल्लावासीको गुन

श्रीसिया गोल्डकप फूटबल प्रतियोगिता उमजन विजयी

Image
प्रस, वीरगंज, १६ चैत/     बजर·ी युवा क्लब खल्वाटोला श्रीसियाले श्रीसिया ड्राइपोर्ट खेल मैदानमा सञ्चालन गरेको अञ्चलस्तरीय श्रीसिया गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत म·लवार भएको खेलमा न्यू जनजागृति युवा क्लब सिमरालाई सनराइजि· युवा क्लब उमजनले पराजित गरेको छ ।     सनराइजि· युवा क्लब उमजनले जनजागृति युवा क्लब सिमरालाई १ को विरुद्ध २ गोलले पराजित गरेको हो । उमजनबाट खेलको २२ औं मिनेटमा  गजेन्द्र चौधरी र ३८ औं मिनेटमा विवेक चौधरीले १–१ गोल गरेका थिए भने न्यु जनजागृति युवा क्लब सिमराका तर्फबाट सन्दीप सिलवालले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सनराइजि·का गजेन्द्र चौधरी घोषित भएका थिए ।     भोलिको सेमिफाइनल खेल भरतपुर फूटबल क्लब चितवन र सरस्वती युवा क्लब चन्द्रनिगाहपुरबीच हुने क्लबका अध्यक्ष पड्ढज चौधरीले बताए ।

ओलीको चीन भ्रमण र ललिपप सम्झौता

Image
विनोद गुप्ता     प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमण समाप्त गरेर काठमाडौं फर्केका छन् । उनको यस भ्रमणबाट नेपाल भारतवेष्ठितबाट बल्ल भूपरिवेष्ठित भएको उद्गार प्रकट हुन थालेको छ । सम्पूर्ण नेपाललाई नै ओलीमय गर्ने प्रयास भएको छ । तर जब दुई राष्ट्रबीच कूटनैतिकस्तरमा उच्चस्तरीय भ्रमण आदानप्रदान हुन्छ त्यसको सफलता र असफलताको मूल्याड्ढन हुने गर्दछ । यो मूल्याड्ढनको पहिलो आधार भ्रमण कुनै खास समयमा गर्नुपरेको कारण अर्थात् द्विपक्षीय सम्बन्धमा देखा परेका ज्वलन्त समस्याहरूको निराकरण र दोस्रो दुवै देशबीच पारस्परिक एवं दीर्घकालीन सम्बन्ध एवं सहयोग विस्तारमा आधारित हुन्छ । प्रम ओलीले भारतपछि चीनको भ्रमण गरेका र नेपाल अहिले महाभूकम्प एवं राजनैतिक अस्थिरताको दलदलबाट गुज्रिरहेको अवस्थामा दुईवटै कसीमा उनको भ्रमणको सफलता एवं असफलतालाई मूल्याड्ढन गर्नुपर्ने हुन्छ । भारत भ्रमणपश्चात् जारी नभएको संयुक्त वक्तव्य एवं भारत सरकारले नेपाललाई दिने सहयोग राशिमा ४० प्रतिशतको कटौतिले प्रमको भारत भ्रमण पूर्णतया असफल भएको भन्नुमा कुनै अतिशयोक्ति मान्नुपर्ने कारण छैन । यस भ्रमणमा नयाँ केही पनि पाइएन र पुरानैको

राष्ट्रिय सरकार : नियत सफा छैन

    अहिले पुन: राष्ट्रिय सरकारको कुरा उठ्न थालेको छ । यद्यपि सबैभन्दा ठूलो प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार परिवर्तनका लागि हतार नभएको बताएको छ । सत्तामा रहेका दलहरू नै राष्ट्रिय सरकारको दाबी गरिरहेकाले आफ्नो भाग छाडी अरूलाई सहभागी बनाउन खोजेको त्याग भनेर मान्न सकिंदैन । नेपालमा अहिलेसम्म खासगरी  २०४६ सालपछि, आफ्नै पार्टीका नेतालाई त चैनले शासन गर्न न दिने परम्परा बसेको बेला सत्तामा ठूलो प्रतिपक्षी नेपाली काङ्ग्रेसलाई निम्त्याउनुले वर्तमान समीकरणमा अस्तव्यस्तता होस् र सिर्जित धमिलो राजनीतिक पानीमा सत्ताको माछो मार्न सकियोस् भन्ने ध्याउन्ना नै प्रबल रहेको मान्नुपर्ने अवस्था छ । सत्तामा बस्न नेकालाई हतारो हुनुपर्ने हो, एकदुईजना छुटभैया काङ्ग्रेसीबाहेक सत्तामा जान नेपाली काङ्ग्रेसको शीर्ष नेतृत्व तयार भएको कुनै सड्ढेत देखिएको पनि छैन, संसद्मा दलको नेताको लागि रामचन्द्र पौडेल र सभापति देउवाको चाहनाबाहेक । यो स्वाभाविक प्रक्रिया हो । दल छ भने दलको नेता पनि चाहिन्छ नै । तसर्थ यो चाहना सत्तामा जाने भर्‍याङ हो भन्न तत्काल सकिन्न ।     देशलाई अहिले राजनीतिक स्थिरता चाहिएको छ । संविधानसभा

२०७२ चैत १६ गते मङ्गलवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

२०७२ चैत १६ गते  मङ्गलवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

प्रस्तावित निर्वाचन आचारसंहिता अनुगमन निर्देशिकाबारे सरोकारवालासँग अन्तक्र्रिया

Image
प्रस, वीरगंज, १५ चैत/     प्रस्तावित निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका २०७२ को मस्यौदाबारे निर्वाचन आयोगले सोमवार वीरगंजमा सरोकारवालाहरूसँग अन्तक्र्रिया गरेको छ ।     स्थानीय होटल भिस्वामा अन्तक्र्रियाको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता निर्माण भइसकेको र यसले कानुनी रूप लिइसके पनि यसको कार्यान्वयनको लागि देशभरका चारवटा क्षेत्रमा अन्तक्र्रिया गरी सुझाव लिने कार्य भएको बताए । उनले चार क्षेत्रमध्ये वीरगंजबाट सुझाव सड्ढलन कार्य आरम्भ गरिएको बताएका थिए । उनले लोकतन्त्रमा निर्वाचन पारदर्शी हुनुपर्ने सर्वमान्य मान्यताको आधारमा निर्वाचन आयोगले काम गरिरहेको जानकारी गराएका थिए ।     निर्वाचन आचारसंहिता लागू गर्ने कुरामा आयोगले हदैसम्म निर्ममता अपनाउने उनले बताए । उनले नेपालको निर्वाचन प्रणालीमा यता आएर निकै सुधार भएको र आचारसंहिता उल्लङ्घनका घटनाहरू तुलनात्मक रूपमा घट्दै गएको बताए ।     कार्यक्रमका अध्यक्ष पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई हदैसम्मको कानुनी कारबाई हुनुपर्ने बताए । उनले कारबाई ग

चाँडै स्वरूप फेरेर आन्दोलन जारी हुने

Image
प्रस, वीरगंज, १५ चैत/     मधेसको आन्दोलन नरोकिएको र स्वरूप मात्र फेरिएको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।     एबिसी क्षेत्रीय ब्युरो वीरगंजले मधेसको समस्या समाधान र वीरगंजको विकास सम्बन्धमा सोमवार आयोजना गरेको बहस कार्यक्रममा यादवले चाँडै नै स्वरूप फेरेर आन्दोलन गर्ने बताएका थिए ।     मधेसको सवाल राष्ट्रिय सवाल भएकोले काठमाडौंमा बस्नेले क्षेत्रीय सवाल सम्झेर समस्या समाधान गर्न चाहे कहिल्यै पनि नहुने उनले बताए ।     मधेसी जनताको अधिकारको लागि  २०१२ सालदेखि नै तराई काङ्ग्रेस लड्दै आएको र अहिले हामीहरूले त्यसलाई संस्थागत गर्न खोजेको यादवले बताए । मधेसी जनताको आफ्नो भूमिमाथिको अधिकार, सबै ठाउँमा प्रतिनिधित्व, समावेशिता नै मूल समस्या रहेको उनले बताए । मधेसको भूमि एक इन्च नछोड्ने सो कार्यक्रमका अध्यक्ष यादवले बताए ।     कार्यक्रममा बोल्दै मधेस विश्लेषक तुलानारायण साहले विगतको आन्दोलनभन्दा अहिलेको आन्दोलन फराकिलो र दक्षिण भागको सीमासम्म फैलिएको बताए । विगतको आन्दोलन बजार सडकमा मात्र हुन्थ्यो तर अहिले सीमा र नाकाबन्दीसम्म आम जनताको व्यापक सहभागिता रहेको बताए

मधेस आन्दोलपछिको भूमिका

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     साउन ३० देखि निरन्तर जारी तेस्रो मधेस आन्दोलन माघ २२ मा बिनासहमति स्थगित भयो । साढे पाँच महिनासम्मको असामान्य जनजीवनले केही राहत पायो । तर पनि स्थिति पूर्ववत् हुन सकेको छैन । अर्को मधेस आन्दोलनको चेतावनी नेपाली जनमानसमा झुन्डिएकै छ जसले त्रास यथावत् छ । आन्दोलनबाट प्रभावित क्षेत्र पनि पूर्व अवस्थामा फर्कन सकेको छैन । जसले आम जनतालाई मात्र होइन राज्यलाई तथा क्षेत्रविशेषलाई पनि निकै नोक्सानी हुँदैछ । वीरगंज भन्सार कार्यालयले दैनिक ३० देखि ३५ करोड राजस्व उठाउँदै आएकोमा नाका खुलेको लगभग दुई महिना हुन लाग्दा पनि दैनिक २२ करोडसम्म सीमित रहनुले राजस्वको ठूलो नोक्सानी त हुँदै हो, वीरगंजको भविष्य पनि जोखिममा पर्दै गएको सड्ढेत हो । आन्दोलन ताका सबै नाका खुले पनि वीरगंज नाका–अवरोधले मात्र मुलुक भरिको चुलो मात्र निभेन अर्थतन्त्र नै नकारात्मक रहयो । एक ठाउँको बन्दले आन्दोलनकारीलाई देशमा मात्र होइन, भारतीय संसद्, बेलायती मन्त्रिपरिषद्, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्देखि अमेरिकाको वाशिंगटनसम्म चिनायो । यसबाट एउटा वीरगंज क्षेत्रको महत्त्व दुवै पक्षको लागि अत्

स्वस्थ मासु

    साताव्यापी स्वस्थ मासु अभियान शुरू भएको छ । जिल्लास्थित पशु सेवा कार्यालयहरूको अगुवाइमा मुलुकका विभिन्न जिल्लामा आइतवारदेखि अभियान सञ्चालन गरिएको हो । पर्सा, बारामा पनि चेतनामूलक र्‍याली निकाल्ने कार्य सम्पन्न भयो । अभियान अन्तर्गत पहिलो चरणमा फोहर मासुको उपभोगले हुन सक्ने रोग तथा सङ्क्रमणबारे जनचेतना जगाउने कार्यक्रम गर्ने र दोस्रो चरणमा प्रमुख बजार क्षेत्रमा रहेका मासु पसलको अवस्था, पशु–वधशालाको स्थिति, मासुको गुणस्तर परीक्षण गर्ने र व्यवसायीहरूमा चेतना जगाउनुका साथै सचेत गराउने कार्यक्रम रहेको छ ।     मासु मानिसको पौष्टिक आहारमध्ये एक  हो । मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । मानव शरीरको लागि अत्यावश्यक जिंक, भिटामिन बी, पोटासियमलगायत तत्त्व मासुमा पाइन्छ । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्यजस्तै भइसकेको छ । तर त्यही मासु असन्तुलित र अस्वस्थकर भयो भने उपभोक्ताको स्वास्थ्यमा डरलाग्दा रोगहरू उत्पन्न हुने र सङ्क्रमण हुने खतरा रहन्छ । असन्तुलित मासुको उपभोगले हाडजोर्नी सम्बन्धी रोग निम्त्याउने,  कोलस्ट्रोलको मात्रा बढ्ने, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनेलगायत समस्

२०७२ चैत १५ गते सोमवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

२०७२ चैत १५ गते  सोमवारको प्रतीक दैनिक पढ्न क्लिक गर्नुहोस् ।

अपराध अनुसन्धान शाखाका प्रहरी जवान, अपहरणकाण्डका आरोपी

Image
प्रस, वीरगंज, १४ चैत/     जिल्ला प्रहरी कार्यालय, पर्साले अपहरणमा संलग्न एकजना प्रहरी जवानसहित तीनजनालाई सार्वजनिक गरेको छ ।     जिप्रका, पर्साले पत्रकार सम्मेलन गरी आफ्नै अपराध शाखामा कार्यरत रहिसकेका हाल सुर्खेतमा दरबन्दी भएर सो स्थानमा कार्यरत प्रहरी जवान अरविन्द सिंहसहित वीरगंजका दीपक सिंह र श्रीभगवान सिंहलाई अपहरण गरी फिरौती लिएको अभियोगमा पक्राउ गरेको जनाएको छ ।     जिप्रका पर्साले पत्रकार सम्मेलनमा बताए अनुसार वीउमनपा–१९ नगवा निवासी राजेशकुमार साहलाई अपहरण गरेर एक महिना अघि अभियुक्तहरूले चार लाख लिएको सूचना हालै प्राप्त भएपछि पक्राउ गरिएको र उनीहरूले कसुर स्वीकार गरेको बताइएको छ । प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले अपहरणमा संलग्न तीनजनासहित थप तीनजनालाई अनुसन्धानको क्रममा पक्राउ गरेको तर उनीहरू कसुरवार नदेखिएपछि सार्वजनिक नगरेको बताए ।     पर्सा प्रहरीले पाएको सूचना अनुसार निजहरूलाई पक्राउ गरी उनीहरूको घर खानतलासी गरेको र अपहरण गरी फिरौती बुझेको रकममध्ये श्रीभगवान सिंहको घरबाट केही रकम बरामद भएको जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरी आइतवार यो कुराको जानकारी गराए पनि प्रतीकल