प्रस, कलैया, १५ फागुन/
तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जीतेन्द्र सोनलले तराई–मधेसको अधिकार युवाशक्तिले नै स्थापित गर्ने बताए ।
कलैयामा शनिवार सम्पन्न तराई–मधेस लोकतान्त्रिक पार्टीको भ्रातृ स·ठन तराई–मधेस युवा फ्रन्टको जिल्ला युवा भेला एवं प्रशिक्षण कार्यक्रममा नेता सोनलले देशमा परिवर्तनका लागि युवाहरूको भूमिका अपरिहार्य रहेको बताए । उनले मधेसको मुक्तिका लागि युवाहरू जाग्नुको विकल्प नरहेको पनि बताए । अधिकारका लागि ठूलो आन्दोलनको तयारी भइरहेको खुलासा सोनलले गरे । उनले आन्दोलन विश्वव्यापीरूपमा पुगिसकेको हुँदा अब आन्दोलन कसैले रोकेर पनि नरोकिने दाबी गरे । नेपालका प्रधानमन्त्रीलाई पनि तराई–मधेसको समस्या समाधान गर्न निकै दबाब आउन थालेकाले तराई–मधेसको मुद्दा सम्बोधन गर्न आफूहरूले पनि सरकारलाई बाध्य पार्ने उनले बताए ।
तराई–मधेस युवा फ्रन्टका जिल्ला अध्यक्ष बृजकिशोर साहको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका जिल्ला अध्यक्ष नवलकिशोर सिंह, पार्टी प्रवक्ता अरूणकुमार सिंह, महिला नेत्री पिड्ढी यादव, नेताहरू गोपाल ठाकुर, हरेन्द्र यादव, शम्भु गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।