प्रस, निजगढ, १६ फागुन/
बारा निर्वाचन क्षेत्र नं. ६ को विद्यालयस्तरीय राष्ट्रपति रनिङमा शिल्ड प्रतियोगिता आइतवार निजगढमा सम्पन्न भएको छ ।
प्रतियोगितामा गौरीशड्ढर उच्च मावि निजगढ ३ सय ६ अड्ढ ल्याएर प्रथम स्थान हात पार्न सफल भएको छ । त्यसैगरी २ सय १८ अड्ढ ल्याएर निजगढ वागदेवको सार्वजनिक मावि दोस्रो स्थानमा परेको छ । १ सय ९५ अड्ढ ल्याएर जनजागृति उच्च मावि सखुवाघाटले तेस्रो स्थान पाएको छ ।
यस क्षेत्रका कुल ५ विद्यालय मात्र सहभागी सो प्रतियोगितामा गौरीशड्ढर उच्च माविका छात्र र छात्रातर्फको कपर्दी, छात्र १००, ८००, ३००० मिटर दौड छात्रातर्फ १०० र ४०० मिटर रिले, छात्र हाइजम्प, सटपुट, ज्याभलिन थ्रो, ट्रिपल जम्पमा पहिलो भएका थिए ।
यता सार्वजनिक माविले छात्रातर्फको भलिबल, छात्रा ४००, हाइजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र छात्रतर्फको ल·जम्प र १५०० सय मिटर दौडमा प्रथम स्थान हात पारेको थियो ।
त्यसैगरी तेस्रो स्थान जनजागृति छात्र भलिबल छात्रातर्फको ल·जम्प, सटपुट र १०० मिटर दौडमा पहिलो स्थान ल्यायो । नेरा उच्च मावि रतननपुरीले छात्र २००, १०० र ४०० मिटर रिलेमा जीत हात पारेको थियो । जनता उच्च मावि रजघट्टाले छात्र ३००० र १५०० मिटर दौडमा दोस्रो र चौथो स्थान प्राप्त गर्यो ।
क्षेत्रीय प्रतियोगिताबाट पहिलो र दोस्रो स्थान हासिल गर्ने प्रत्येक इभेन्टका दुई टिम र खेलाडीलाई आगामी महिना हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिलबहादुर लामाले जानकारी दिए । निजगढमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिवार र आइतवार गरी दुई दिनसम्म उक्त प्रतियोगिता चलेको थियो ।