प्रस, वीरगंज, १५ फागुन/
हरि खेतान बहुमुखी क्याम्पस वीरगंजले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लागि ‘फिजिक्स क्वीज सेमिनार’ शनिवार सम्पन्न गरेको छ ।
होटल भिस्वामा आयोजित कार्यक्रममा फिजिक्स विषय अध्ययनका लागि तराईका विद्यार्थीहरूको बढीभन्दा बढी सहभागिता गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले नेपालकै बढी जनघनत्व भएको तराईमा फिजिक्स विषय अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या कम रहेकाले सो विषयप्रति विद्यार्थीहरूलाई आकर्षित गराउन पहल गर्नुपर्नेमा जोड दिए ।
नेपालमा मात्र होइन, विश्वमैं अहिले यो विषय अध्ययन गर्ने विद्यार्थीहरूको खाँचो रहेको उनले औंल्याए ।
सही समयमा विद्यार्थीहरूलाई पाठ्यक्रमको विषयमा जानकारी गराउन नसकेकै कारण फिजिक्स विषय पढ्न चाहने विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको प्रजिअ घिमिरेले बताए । उनले हरि खेतान क्याम्पसले चालेको कदम सराहनीय तथा उद्देश्यपूर्ण रहेको पनि बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले फिजिक्स विषय अध्ययन गरेपछि प्राप्त हुने अवसरका बारेमा आआफ्नो धारणा राखेका थिए । उनीहरूले नेपाल अविकसित र सानो मुलुक भएको र यहाँ विकसित देशको तुलनामा अवसरहरू धेरै कम रहेकाले फिजिक्स विषय अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या कम रहेको चर्चा गरेका थिए ।
क्याम्पस प्रमुख भगवानप्रसाद यादवको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्राध्यापक सीताशरण प्रसाद, महेन्द्र गुप्ता, एलपी साह, डा. प्रमोदकुमार यादवलगायतले विद्यार्थीहरूको जिज्ञासालाई शान्त पारेका थिए ।
कार्यक्रममा माइक्रोबायोलजीका लेक्चरर विश्वेश्वर यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।