प्रस, पथलैया, १५ फागुन/
फागुन २० गतेदेखि हुन लागेको रूस्लान सातौं सिमरा गोल्डकपको अवसर पारेर नव जनजागृति युवा क्लबले शनिवार सिमरामा निश्शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । आशाराम अस्पताल वीरगंजको सहयोग र विवेकशील नेपाली बाराको सहकार्यमा क्लबले निश्शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
सिमरास्थित सिमरा कलेजमा आयोजना गरिएको शिविरमा २५० जनाभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा आशाराम अस्पतालका अध्यक्ष एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. अशोक दास, फिजिसियन डा. उदयनारायण सिंह, डा. ओमप्रकाश साह, सर्जन डा. इमामुल हक, स्त्रीरोग विशेषज्ञ डा. ममता चौकीकर साह, स्वास्थ्यकर्मी सिमरन क्षेत्री र ज्ञानेन्द्र ठाकुर सम्मिलित टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सो शिविरमा सिमरासमेत डुमरवाना, पथलैया, जीतपुर, अमलेखगंजका सर्वसाधारण आएका थिए । शिविरमा आवश्यक औषधि निश्शुल्क वितरण गरिएको थियो ।
शिविरको उद्घाटन अस्पतालका अध्यक्ष डा. अशोक दासले गरेका थिए । सो अवसरमा उनले सहज उपचारको सुविधा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । सिमरा कलेजका सञ्चालक मुकुन्दबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जनजागृति युवा क्लबका सचिव शम्भुसिंह ठकुरी, विवेकशील नेपाली बाराका अध्यक्ष अर्पणराज घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । शिविर उद्घाटन कार्यक्रमको सहजीकरण क्लबका सहसचिव श्यामकृष्ण सुवेदीले गरेका थिए ।