प्रस, निजगढ, १५ फागुन/
निर्वाचन क्षेत्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारदेखि निजगढमा शुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन पूर्व खेलकुदमन्त्री एवं बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलले गरेका थिए । प्रमुख अतिथि पौडेलले सिट्ठी बजाएर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि पौडेलले विद्यालयदेखि नै खेलकुदको विकास गर्न र गाउँबस्तीबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यार्थीहरूका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए ।
क्षेत्रस्तरीय प्रतियोगिता भएपनि विद्यालयहरूको सहभागिता न्यून भएकोमा दु:ख व्यक्त गर्दै उनले विद्यालयमा पढाइका अतिरिक्त अनिवार्यरूपमा खेलकुदमा पनि विद्यार्थीहरूलाई सहभागी गराउन उनले आग्रह गरे ।
सो प्रतियोगितामा सटपुट, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याब्लिङ थ्रो, भलिबल, कबड्डी, दौडलगायतका खेल रहेका जनाइएको छ । जिल्ला खेलकुद विकास समिति बाराको आयोजनामा सो प्रतियोगिता भएको हो ।
उक्त प्रतियोगितामा गौरीशड्ढर उच्च मावि निजगढ–८, सार्वजनिक मावि निजगढ, जनजागृति उच्च मावि सखुवाघाट सहभागी रहेका छन् । निर्णायकमण्डलमा तसिरूद्दीन मन्सुर, मुन्नाकुमार पटेल, श्रीनारायण साह, सम्झना राई, धनकुमारी लुइँटेल रहेका छन् ।
जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिलबहादुर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बोधनाथ चौलागाईंले गरेका थिए ।
उक्त प्रतियोगिता गौरीशड्ढर उच्च मावि र बकैयास्थित खयरघारी खेल मैदानमा भइरहेको छ ।