सिकेन्द्र पासवान, कलैया, १४ फागुन/
नेपाली काङ्ग्रेस बाराको सभापतिमा जयचन्द्र चौरसिया निर्वाचित भएका छन्।
चौरसिया देउवा पक्षका हुन् । उनले ५ सय ३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षका रमानन्द यादवले ४ सय ६६ मत प्राप्त गरेका थिए । चौरसिया ७१ मतअन्तरले विजयी भएका हुन् ।
जिल्ला सचिवमा संस्थापनका मनोज भट्ट ६७ मतअन्तरले विजयी भए । उनले ४ सय ६७ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी गोपाल जैसवालले ४ सय ३ मत प्राप्त गरेका थिए ।
देउवा पक्षका चन्द्रशेखर यादवले ४८ मतअन्तरले कोषाध्यक्षमा विजय हासिल गरे । यादवको पक्षमा ४ सय ३६ मत आएको थियो भने संस्थापन पक्षका वीरेन्द्र यादवको पक्षमा ३ सय ८८ मत आएको थियो । त्यसैगरी स्वतन्त्र सचिवमा प्रभुनाथ राउतले ८२ मत प्राप्त गरेका थिए भने स्वतन्त्र कोषाध्यक्ष हरि थपलियाले १ सय ५९ मत प्राप्त गरेका थिए । त्यस्तै, १ हजार ५३ मत खसेकोमा ३५ वटा मत बदर भएको थियो ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा रोशन यादव, गजानन्द यादव, हरेन्द्र यादव, शशिकान्त मिश्र, महिला सदस्य ईसरपतिदेवी जिल्ला सदस्यमा निर्वाचित भएका छन् भने निर्वाचन क्षेत्र नं. ३ मा सुरेन्द्र गुप्ता, राजेश राय यादव, योगेन्द्र कुशवाहा, प्यारेलाल साह कानु र फूलकली देवी निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अरुण पञ्जियारले बताए ।
उनका अनुसार निर्वाचन क्षेत्र नं. ५ मा कपिलदेव पञ्जियार, वासु चौधरी, राधेश्याम पाण्डेय, सुभाषप्रसाद यादव, र मेनुका राईगाई निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं. ६ बाट अमिर मोक्तान, राजेशकुमार महतो, विष्णुबहादुर लो, कुमारमान श्रेष्ठ र महिलामा ईश्वरी ठाकुर निर्वाचित भएका छन् ।