उमाशङ्कर द्विवेदी
मत्स्यराज विराट गाईहरूलाई मुक्त गराउनको लागि त्रिगर्त सेनातर्फ गएपछि दुर्योधनले मौका छोपी आफ्ना मन्त्रीहरूका साथमा विराटनगरमाथि आक्रमण गरिदिए । भीष्म, द्रोण, कर्ण, कुप, अश्वत्थामा, शकुनि, दु:शासन, विविंशति, चित्रसेन, विकर्ण, दुर्मुख, दु:शल तथा अन्य अनेकौं महारथिहरू दुर्योधनका साथमा थिए । कौरव वीरहरूले विराट राजाका साठी हजार गाईलाई चारैतिरबाट आफ्ना रथहरूको पङ्क्तिले घेरेर लग्न थाले । उनीहरूलाई रोकेपछि मारकाट हुन थालेपछि गोठालाहरू कौरव वीरहरूको सामुन्ने अडिन सकेनन् तथा उनीहरूबाट चुटिएर रुन कराउन थाले । गोठालाहरूको नाइके रथमा सवार भई अत्यन्त दीनझैं रुँदै कराउँदै नगरमा आए । ऊ सरासर राजमहलको ढोकामा गई रथबाट ओर्लेर भित्र गयो । त्यहाँ उसले विराटको पुत्र भूमिञ्जय
(उत्तर)लाई पायो । गोठालाका नाइकेले उनैलाई सम्पूर्ण समाचार सुनायो तथा भन्यो– राजकुमार, तपाईंका साठी हजार गाईलाई हरण गरेर कौरवहरूले लग्दै छन् । यस बेला महाराजाले आफ्नो अनुपस्थितिमा तपाईंलाई नै यहाँको प्रबन्ध सुम्पेर गएका छन् । राजसभामा तपाईंको प्रशंसा गर्दै राजाले भन्ने गर्दथे– मेरो यो कुलदीपक पुत्र मेरै अनुरूप तथा बडो शूरवीर छ । अत: तपाईं गएर गाईहरूलाई मुक्त गर्नुहोस् र महाराजाको कथनलाई सत्य पार्नुहोस् ।
राजकुमार अन्त:पुरमा तरुणीहरूका बीचमा बसिरहेका थिए । गोठाला नाइकेले यो समाचार सुनाएपछि उनले आफ्नो बढाइ गर्दै भन्न थाले– आज गाईहरू जताबाट गएका छन्, उता म अवश्य जानेछु । मेरो धुनुष अत्यन्त बलियो छ तर एउटा यस्तो सारथि चाहिन्छ, जसले राम्ररी रथ हाँक्न सकोस् । यति बेला मेरो नजरमा कुनै पनि यस्तो सारथि छैन, जसले मेरो रथ हाँक्न सकोस् । अत: तिमीले कुनै यस्तो निपुण सारथि खोजेर ल्याऊ, जसले मेरो रथ हाँक्न सकोस् । अनि त इन्द्र जसरी दानवहरूलाई भयभीत पारि दिन्छन्, त्यसरी नै मैले दुर्योधन, भीष्म, कर्ण, कृपाचार्य, द्रोण र अश्वत्थामा जस्ता कौरव वीरहरूलाई परास्त गरी एक क्षणमैं गाईहरूलाई मुक्त गरी ल्याउनेछु । जुन बेला उनीहरूले युद्धमा मेरो पराक्रम देखी भन्नेछन्– साक्षात् पृथापुत्र अर्जुन नै आएर हामीहरूलाई हैरान पारिरहेछन् कि क्या हो ?
जब राजकुमारले स्त्रीहरूको सभामा बारम्बार अर्जुनको नाम लिएपछि द्रौपदीले सहन गर्न सकिनन् । उनी स्त्रीहरूको माझबाट उठेर उत्तरको नजिक आइन् तथा भनिन्– यिनी जुन हात्तीको समान विशालकाय र दर्शनीय युवक बृहन्नलाको नामले विख्यात छन्, पहिला अर्जुनका सारथि थिए । यदि उनी तपाईंको सारथि बन्न स्वीकार गरेको खण्डमा तपाईंले निश्चय नै जम्मै कौरवहरूलाई जितेर आफ्ना गाईहरूलाई फर्काएर ल्याउन सक्नुहुन्छ । सैरन्ध्रीको यस्तो कुरा सुनेर उत्तरले आफ्नी बहिनी उत्तरासित भने–बहिनी, तिमी छिट्टै गएर बृहन्नलालाई डाँकेर ल्याऊ । दाइको आज्ञानुसार उत्तरा छिट्टै नृत्यशालामा पुगिन् । बृहन्नलाले आफ्नी शिष्या उत्तरालाई देखेर सोधे–कता आयौं उत्तरा ? राजकन्याले विनीत भएर भनिन्– बृहन्नला, कौरवहरूले हाम्रो राष्ट्रका जम्मै गाईहरूको हरण गरेर लग्दैछन् । उनीहरूलाई परास्त गर्नको लागि मेरा दाइ उत्तरकुमार घनुष–वाण लिएर जाँदैछन् । तपाईं मेरो दाइको सारथि बनेर कौरवहरूले गाईहरूलाई लिएर टाढा जानुभन्दा पहिले रथ उनीहरू समक्ष पुर्याइदिनुहोस् । कुमारी उत्तराको यस प्रकारको कुरा सुनेर बृहन्नला (अर्जुन) राजकुमार उत्तरकुमारको छेउमा गए । उनलाई आइरहेको देखेर राजकुमारले भने– बृहन्नला, गाईहरूलाई बचाउनको लागि कौरवहरूसित युद्ध गर्न थालेपछि तिमीले घोडाहरूलाई अर्जुनको रथका घोडाहरूलाई कजाएझैं कजाउनु । मैले सुने अनुसार पहिले तिमी अर्जुनको प्रिय सारथि थियौ अरे र तिम्रै सहायताले अर्जुनले सम्पूर्ण पृथ्वीमाथि विजय पाएका थिए । यसपश्चात् उत्तरकुमारले सूर्यको समान टल्किने राम्रो कवच धारण गरेर आफ्नो रथमा सिंहको ध्वज लगाइ बृहन्नलालाई सारथि बनाए । अनि बहुमूल्य धनुष र धेरै किसिमका उत्तम वाण लिएर उनी युद्धको लागि कूच गरे । यस बेला बृहन्नलाकी शिष्या उत्तरा तथा अन्य कन्याहरूले बृहन्नलासित भने–बृहन्नला, तपाईं युद्धभूमिमा आएका भीष्म, द्रोण आदि कौरव वीरहरूलाई जितेर हाम्रा पुतलीहरूको लागि र·ीच·ी कोमल वस्त्र ल्याउनु होला है । शिष्याको कुरा सुनेर बृहन्नला (अर्जुन)ले हाँस्दै भने–यदि राजकुमारले रणभूमिमा ती कौरव वीर महारथिहरूलाई परास्त गर्न सके भने म अवश्य नै उनीहरूका दिव्य र राम्रा वस्त्रहरूलाई ल्याउनेछु ।
राजकुमार उत्तर राजधानीबाट बाहिर आए तथा सारथिसित भने–कौरवहरू जता गएका छन्, उतै जाउँ । यहाँ कौरवहरू विजयको आशामा भेला भएका छन्, ती जम्मैजनालाई जितेर गाईहरूलाई मुक्त गराएर छिट्टै फर्कि आउनेछु । राजकुमारको कुरा सुनेर अर्जुनले घोडाहरूको लगाम खुकुलो पारिदिए । अर्जुनले हाँक्न थालेपछि हावासित कुरा गर्न थाले तथा यस्तो देखियो मानौं आकाशमा उडिरहेको होस । केही पर गएपछि उत्तर र अर्जुनलाई महाबली कौरवहरूको विशाल सेना देखियो । त्यो विशाल वाहिनी हात्ती, घोडा र रथहरूले सजिएको थियो । कर्ण, दुर्योधन, कृपाचार्य, भीष्म र अश्वत्थामासहित महान् धनुर्धर द्रोणाचार्यले त्यसको रक्षा गरिरहेका थिए । त्यो दृश्य देखेर उत्तरकुमारका रौंहरू ठाडठाडा भए र उनी भयले व्याकुल भएर अर्जुनसित भने– कौरव वीरहरूसित युद्ध गर्न सक्ने मेरो औकात छैन । हेर, मेरा आङका रौंहरू ठाडठाडा भइसकेका छन् । यस सेनामा त अगणित वीरहरू देखिइरहेका छन् । यो त धेरै विकट छ, देउताहरू पनि यसको सामना गर्न सक्दैनन् । म त अहिले अल्लारे केटो नै छु, शस्त्रास्त्रको राम्रो अभ्यास पनि गरिसकेको छैन । क्रमश:...