$type=ticker$count=12$cols=4$cate=0

मानिस सुत्दा किन घुर्छ ?

SHARE:

– विपी लामिछाने
    मानव शरीरको लागि निद्रा नभई नहुने तत्त्व हो । यो मानव शरीरको लागि अपरिहार्य नै छ । निदाइसकेपछि केही मानिस घुर्ने पनि गर्दछन् । कसैको त घुर्ने बानी नै परेको हुन्छ भने कसैले चाहिं बेला बेलामा मात्र घुर्ने गर्दछन् । घुर्ने बानी मानिसको लागि एउटा जोखिम रोग नै भइसकेको पाइन्छ ।
    हाम्रो गाउँघरतिर वा हाम्रो समाजमा भएका केही मानिसहरू निद्रामा हुँदा घुर्ने गर्दछन् । मानिसहरू किन निद्रामा घुर्छन् ? यो एउटा चासोको विषय बनेको छ । हालसम्म पनि यस घुराइको अचूक औषधि पत्ता लागिसकेको छैन । घुर्ने रोग भएका रोगीहरूलाई उपचारद्वारा निको बनाइएका प्राय:जसो बच्चाहरू नै पर्दछन्, जो टन्सिल वा ब्मभलयष्मक अर्थात् घाँटी र नाकको भित्री भागको अन्तिम छेउमा हुने स्पन्ज जस्तै: त्ष्ककगभ को कारणले बोल्न र श्वास फेर्नसमेत गाह्रो पर्ने कारणबाट ग्रसित थिए । वयस्कहरूको भन्दा बच्चाहरूको मुख र स्वरग्रन्थिबीचको खाली भाग ९ल्बकब िएजबचथलह०ले कम स्थान ओगटेको हुन्छ । सुन्निएको वा ठूलो ब्मभलयष्मक को कारणले श्वासनली साँघुरिन जाँदा घुराइ निस्कन्छ ।
    सामान्य उपचारबाट निर्मूल पार्न सकिने यस प्रकारको घुराइ भने मानिसहरूको लागि त्यति आपत्तिजनक छैन । घुराइ मानिसको श्वासप्रश्वासमा पनि भर पर्दछ । जब मानिसले नाकबाट फेर्नुपर्ने श्वासलाई मुखबाट फेर्छ, तब हावा जोडले मुखबाट बाहिर निस्कँदा मुखभित्रको माथिल्लो भाग अर्थात् तालुको नरम भागलाई हल्लाउँदै निस्कन्छ । जसको फलस्वरूप एक किसिमको आवाज निस्कन्छ । तालुको नरम भाग हल्लिने क्रमले गर्दा शरीरको अरू अ·हरू जस्तै: ओठ, गाला, नाक र मुखको अरू मांसपेशी पनि हल्लिन सक्छ । यसरी लगाताररूपमा हावा निस्किरहँदा मुखभित्रको मांशपेशी बढी सुक्न जान्छ, जसले गर्दा ती भागहरू बढी जोडले हल्लिन थाल्छन् । फलस्वरूप मानिसले यस घुराइलाई ठूलो आवाजमा परिणत गर्दछ ।
    मानिस उत्तानो परेर सुतेको अवस्थामा पनि घुर्ने गर्दछ किनकि यस अवस्थामा मान्छेको जिब्रोले हावा भित्र बाहिर हुने श्वासनलीको केही भागलाई छेकेको हुन्छ । श्वासनलीमा :गअगक को कारणले भएको कुनै रोग या नाक घाँटीका मांसपेशीहरू तन्किनाले पनि मानिसले घुर्न सक्छ । घुर्ने मानिसहरूलाई मोटोपन, एलर्जी, अति मद्यपान तथा धुम्रपानले निकै असर गरेको हुन्छ । यसले घुर्ने मानिसको घुराइलाई बढाउँदै लैजाने गर्दछ । मानिसको मुखभित्र हल्लिने भागहरूको तौल, आकार प्रकार र तन्कन सक्ने क्षमताको साथसाथै हावाको भित्र बाहिर हुने गति र हल्लाइको प्रक्रियामा फरक पर्नाले नै मानिसहरूको घुर्ने आवाज विभिन्न प्रकारका हुन्छन् । यस्तो किसिमको फरकमा घुर्दा कसैले अलिअलि आवाज मात्र निकाल्दछन् भने कसैले घुर्दा ठूलो आवाज निकाल्दछन् ।
    घुर्दाखेरी घुर्ने मानिसलाई त असर पर्छ नै । त्यसको अलावा नजिक बस्ने मानिसलाई भने शारीरिक दु:ख कष्टभन्दा बढी मानसिक यातना झेल्नुपर्छ । निद्रा अन्वेषकहरूको अनुसन्धान अनुसार मानिसले गहिरो निद्रामा परेको अवस्थामा अर्थात् मानिसले सपना देखेको अवस्थामा कम घुर्ने गर्दछ । किनकि मानिसले सपना देखेको अवस्थामा उनीहरूको आँखाको नानी चलिरहेको हुन्छ र आँखाको नानी चलिरहेको मानिसले कम घुर्ने गर्दछ । घुराइसम्बन्धी विभिन्न किसिमका अध्ययन अनुसन्धान गरिसकेपछि वैज्ञानिकहरू यसतर्फ निकै सजग भएका छन् । यससम्बन्धी रोकथामका उपायहरू प्रयोगमा ल्याइए तापनि ती सबै निरर्थक नै भएका छन् ।
    उन्नाइसौं शताब्दीमा आएर किलकिले (जिब्रोको पछिल्लो भागमा कोमल तालुको मासुको टुक्रा)लाई झिक्नु घुराइ निर्मूल पार्न गरिएको अति प्रचलित प्रयास थियो । तर किलकिले झिकेपछि कोहीकोहीले घुर्न छाडे पनि यस्ता अधिकांश प्रयास भने पूर्णरूपमा सफल हुन सकेनन् । आज आएर किलकिले झिक्ने प्रक्रिया घुराइ रोक्ने अप्रयोगात्मक र प्रभावहीन प्रविधिको रूपमा सिद्ध भएको छ ।
    यस्तै घुराइ रोक्न प्रयोग गरिएको प्रविधि अनुसार एबतभलत इााष्अभ मा घुराइ रोक्न राखिएको ३ सयभन्दा बढी साधनहरूले घुराइलाई कसरी रोक्छ अर्थात् घुर्ने व्यक्तिहरू यसबाट कसरी छुटकारा पाउँछन्, त्यो भने घुर्ने व्यक्तिहरूको लागि दिमागको उपज नै भएको उल्लेख गरिएको छ । यी साधनहरूको प्रयोग शरीरको कुनै न कुनै भागमा राखेर घुराइलाई रोक्न प्रयोग गरिन्छ । यी साधनहरूले निम्नानुसार घुराइ रोकिन सक्ने देखिएको छ ।
    सुत्दाखेरि उत्तानो परेर सुत्न नदिने, जिब्रोलाई मुखको अगाडिको भागमा पार्न मदत गर्ने, मुखबाट श्वास फेर्नबाट रोक्ने, मुखलाई खोल्न नदिने ।
    द्ययमथ च्भकतचबष्लभचस् यस अन्तर्गत जीउलाई उत्तानो पर्न नदिन साधारणतया लगाम जस्तै साधनले सुत्ने मानिसलाई उत्तानो परेर सुत्नुको साटो कोल्टे गरेर सुत्न सहयोग पुर्‍याउने साधन हो । अर्को साधन ऋयमथ च्भकतचबष्लभच चाहिं प्लास्टिकको पेटी हो, जसले घुर्ने मानिसलाई कोल्टे सुत्न बाध्य गराउँछ । त्यस्तै :यगतज च्भकतचबष्लभच ले मानिसलाई मुखबाट श्वास फेर्न दिंदैन । यो एक प्रकारको साधन हो, जुन घुर्ने मानिसलाई मुखबाट श्वास फेर्न नदिने तरिकाले बनाइएको हुन्छ । यस साधनलाई ओठ र दाँतको बीचमा रहेको तल्लो ब·ारामा राखिन्छ । जब यस साधनलाई मुखभित्र राखिन्छ, तब मुखबाट श्वास आवातजावत हुन पाउँदैन । यस प्रकारको साधनले मुखबाट हुने घुराइलाई अर्थात् मुखबाट श्वास फेर्दा हुने घुराइलाई रोक्दछ ।
    ऋजष्ल च्भकतचबष्लभच अर्थात् चिउँडो सम्हाल्ने साधनले मानिसलाई सुत्दाखेरी मुखबाट श्वास रोकी नाकबाट श्वास फेर्न सहयोग गर्दछ । यसको साथै यस साधनले चिउँडोमा बल लगाइरहन्छ । यी साधनहरूमध्ये त्जयmबक ऋयििबच कहिलेकाहीं सफल भएको मानिन्छ । यो विशेष गरेर घाँटी मर्कंदा प्रयोगमा ल्याइन्छ । यस किसिमको साधनलाई प्रयोग गरेर सुत्दा असजिलो हुने भएकोले यो प्राय: प्रयोग गरिंदैन ।
    त्यस्तै ऋजष्ल च्भकतचबष्लभच मा एक अर्को साधनको पनि उपयोग हुन्छ । त्यो हो ाबलमबनभ । यो साधन इलास्टिकबाट बनेको हुन्छ । यसले निदाइरहेको तल्लो ब·ारालाई तल झर्न दिंदैन । यो टाउकोदेखि चिउँडोसम्म टम्म मिल्ने गरी बस्ने हुनाले निकै नै आरामदायी हुन्छ । घुर्ने व्यक्तिहरूको लागि माथि दिएका प्रविधि फाइदाजनक छैनन् । तथापि घुर्नलाई रोक्न केही सुझावहरू भने तल दिइएका छन् ।
    सानो शल्यक्रियाद्वारा यससम्बन्धी रोगको उपचार हुने हुनाले यससम्बन्धी विशेषज्ञहरूसित विशेष गरेर भेटवार्ता गर्ने । यदि घाँटीभित्रको मासु सुक्खा वा सुन्निएको छ भने आद्रता अर्थात् हावामा पानीको मात्रा बढाउने यन्त्र
९ज्गmष्मषष्भच०द्वारा आद्रता बढाउने वा वाफ लिने ।
    शरीरको तौल चाहिनेभन्दा बढी हुने हुनाले पनि मानिसहरू घुर्ने गर्दछन् । तसर्थ शरीरको तौल बेलाबेलामा जाँच्ने । मद्य तथा धुम्रपानले घाँटी खसखसाउनुको साथै सुन्निने बनाउन सक्छ, जसले गर्दा हावा ओहोरदोहोर हुने प्वाल नै सानो पारिदिन्छ । तसर्थ यस्तो किसिमको असरबाट बच्न यी खराब बानी त्याग्ने ।
    सुत्नुभन्दा अघि नै आफ्नो जिब्रोले मुखको माथिल्लो भाग तालुमा टाँसिराख्ने । यसो गर्दा घुर्ने व्यक्तिको घुराइ नगण्य हुन्छ ।
–विज्ञान लेखमाला
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मानिस सुत्दा किन घुर्छ ?
मानिस सुत्दा किन घुर्छ ?
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/02/blog-post_649.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/02/blog-post_649.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy