$type=ticker$count=12$cols=4$cate=0

वीरगंज युथ एकेडेमी उपाधि जित्न सफल

SHARE:

प्रस, निजगढ, १५ फागुन/
    निजगढमा सञ्चालन हुँदै आएको शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फूटबल प्रतियोगिताको प्रथम उपाधि वीरगंज युथ एकेडेमीले जित्न सफल भएको छ ।
    शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा आरएफसी चितवनलाई ० का विरुद्ध ४ गोल गरी वीरगंज युथ एकेडेमी फराकिलो गोलअन्तरले उपाधि हात पारेको हो ।
    खेलको ७ औं मिनेटमा वीरगंज युथका जर्सी नं. १२ का चतुर्धन चौधरीले पहिलो गोलको खाता खोलेपछि उपविजेता आरएफसी चितवनका लागि गोलको वर्षा शुरू भएको थियो । खेलको १२ औं मिनेटमा आरएफसी चितवनतर्फको डिबक्सभित्र सोही टिमका खेलाडीको ह्यान्ड भएपछि वीरगंज युथलाई पेनाल्टी प्रहार गर्ने सुनौलो अवसर जुरेको थियो । उक्त अवसरलाई वीरगंज युथका जर्सी नं. ११ का कृष्ण शाक्यले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन पुग्यो । उनले प्रहार गरेको बल गोलकीपरले सही अनुमान गर्न नसक्दा विपरीत दिशातर्फ डाइभ हान्न पुगेका थिए ।
    वीरगंज युथकै खेलाडी जर्सी नं. १८ का रामअयोध्या चौधरीले ३५ औं मिनेटमा गोल गरे । खेलको ४० औं मिनेटमा वीरगंज युथकै जर्सी नं. ११ का कृष्ण शाक्यले अर्को गोल थप्दै ० का विरुद्ध ४ गोलको फराकिलो अन्तरले आफ्नो क्लबलाई उपाधिका लागि अकाट्य दाबेदार बनाएको थियो । आरएफसी चितवनले शुरूदेखि नै अपनाएको अफसाइड रणनीतिलाई बुझ्दै वीरगंज युथले गोलको वर्षा गर्न सफल भएको हो । चारै गोल पहिलो हाफमैं भएको हो । खेलको दोस्रो हाफमा आरएफसी चितवन रक्षात्मकरूपमा प्रस्तुत भएपछि उसले एक गोल पनि थप्न सकेन । चितवनका खेलाडीले प्रहार गरेका गतिला बललाई वीरगंज युथका.जर्सी नं. १ का गोलकीपर जयराम चौधरीले राम्ररी बचाव गरेका थिए । आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेबापत वीरगंज युथका गोलकीपर जयराम चौधरी ‘म्यान अफ दि म्याच’ घोषित भए । विजेता वीरगंज युथले ५० हजार नगद, मेडल, प्रमाणपत्र हात पार्‍यो भने उपविजेता आरएफसी चितवनले २५ हजार नगद, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो ।
    प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेबापत वीरगंज युथका कृष्ण शाक्य र सर्वाधिक गोल गर्ने चपुर–११ रौतहटका राजु लामालाई ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा मुख्य रेफ्री रियाजुल इस्लाम तथा सहायक रेफ्रीमा दधीर क्षेत्री, कृष्णमणि चौधरी र सानु मगरले भूमिका निभाएका थिए । प्रतियोगितामा ८ टिमले सहभागिता जनाएको आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
    प्रतियोगिताको सम्पूर्ण खेल निजगढ नगरपालिका–५ स्थित बागदेवस्थित खेल मैदानमा भएको थियो ।
प्रतियोगिता समापन :
    सो गोल्डकप प्रतियोगिताको समापन पूर्व खेलकुदमन्त्री एवं बारा क्षेत्र नं. ६ का सभासद् पुरुषोत्तम पौडेलले एक गरेका थिए । प्रमुख अतिथि पौडेलले रेफ्रीलाई खेल मैदानमा फूटबल हस्तान्तरण गरेपछि फाइनल खेल शुरू भएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि पौडेलले राजनीतिक परिवर्तनका लागि ज्यानको कुनै पर्वाह नगरी शहीद भएका गौतमलगायत अन्य शहीद, घाइतेहरूको उच्च सम्मान र मूल्याड्ढन राज्यले गरि रहेको बताए ।
    छिमेकी राष्ट्र भारतले हाम्रो मुलुकलाई महिनौं नाकाबन्दी गरेर देश र आमजनतालाई अनाहकमा दु:ख दिए पनि खेलमा नाकाबन्दी गर्न नसकिने रहेछ भन्ने भारतलाई सागमा फूटबल खेलमा पराजित गर्दै नेपालले स्वर्ण पदक जितेर देखाएको बताए । उनले निजगढकी यानकुमारी चौलागाईंले सागमा रजत पदक जितेकोमा उनलाई बधाईसमेत दिए ।
    सो अवसरमा संसदीय विकास कोषबाट निजगढस्थित हीरालाल खेल मैदान, सिमरा खेल मैदान र मनहर्वा खेल मैदानको स्तरोन्नतिका लागि १/१ लाख रुपैयाँ उपलब्ध गराउने घोषणासमेत प्रमुख अतिथि पौडेलले गरे ।
    कार्यक्रममा शहीद गौतमका पिता षडानन्द गौतम र शहीदपत्नी गायत्री गौतमको पनि उपस्थिति थियो ।
    क्लबका अध्यक्ष थानेश्वर सापकोटाको सभातित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्दप्रसाद गौतमले गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंज युथ एकेडेमी उपाधि जित्न सफल
वीरगंज युथ एकेडेमी उपाधि जित्न सफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEim-XY3YVdgMurkhLNPOm1eYMLfxNuj_awfdFefv4PFP4PwTxE79UDLZLaaZddkFyr47faIg0FHNiu2WJbeLpXAb3YetbpRCa-MJs5POnu4nUi_nZsoQMSXi8BVTIslG4T1k4IJAU1xF5A/s200/khelkud.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEim-XY3YVdgMurkhLNPOm1eYMLfxNuj_awfdFefv4PFP4PwTxE79UDLZLaaZddkFyr47faIg0FHNiu2WJbeLpXAb3YetbpRCa-MJs5POnu4nUi_nZsoQMSXi8BVTIslG4T1k4IJAU1xF5A/s72-c/khelkud.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/02/blog-post_636.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/02/blog-post_636.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy