प्रस, वीरगंज, १५ फागुन/
वीरगंज–१२, पानमण्डी सडकमा रहेको नेपाल टेलिकमको केबिनेट बक्स मधेस आन्दोलनको क्रममा तोडफोड भएपछि महिनौंको अन्तरालमा शुक्रवार सञ्चालनमा आए पनि त्यहाँका उपभोक्ताहरू तनावमा परेका छन् ।
मधेस आन्दोलनताका आन्दोलनकारीहरूले तोडफोड गरेको केबिनेट बक्सलाई हिजो शुक्रवार नेपाल टेलिकमले मर्मत गरी सञ्चालनमा ल्याएको थियो । महिनौंसम्म बन्द रहेको टेलिफोन सञ्चालनमा आएपछि उपभोक्ताहरू झन् ठूलो तनावमा परे ।
करिब ५ सय लाइन वितरण भएको सो केबिनेट बक्समा लाइन जोड्ने क्रममा एकको लाइन अर्काेमा परेपछि सो क्षेत्रका उपभोक्ताहरू गलत नम्बरका फोनहरू उठाउनुपर्दा तनावमा आएका हुन् । माईस्थान बूक स्टलका सुनील भट्टराईले आफ्नो पसलको फोन नम्बर ५२३४५० रहेकोमा अहिले ५२४८२० नम्बर भएको र सो फोन कुनै व्यापारीको भएकोले दिनभरि तनाव खेप्नुपरेको बताए । उनले नेपाल टेलिकमलाई यसबारेमा जानकारी गराएको तर आज शनिवार बिदा भएकोले मर्मत हुन नसकेको बताए । भट्टराईले पाए जस्तै पीडा सो आसपासका सबैले पाइरहेका छन् ।
नेपाल टेलिकमले केबिनेट बक्स मर्मत हुँदा एकाधको लाइनमा समस्या आउन सक्ने बताएको छ । केबिनेट बक्स मर्मत गर्दा सयौंका सङ्ख्यामा लाइनहरू जोड्दा केही लाइन साटफेर हुने भएकाले यस्तो समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ ।