प्रस, वीरगंज, १५ फागुन/
नाकाबन्दी हटेको २३ दिन बितिसक्दा पनि वीरगंज भन्सार कार्यालयले दैनिक राजस्व लक्ष्य पूरा गर्न सकेको छैन । वीरगंज नाकालाई लिएर अहिले पनि आयातकर्तामा त्रास कायमै रहेकोले नाका पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले बताए । उनले अहिले पनि नाका फेरि बन्द हुन्छ कि भन्ने त्रासमा आयातकर्ताहरू वीरगंज नाकामा नफर्केको बताए ।
वीरगंज भन्सार कार्यालयको राजस्व असुलीमा सर्वाधिक योगदान रहने सवारी साधनका आयातकर्ताहरू भने अहिलेसम्म नाकामा नफर्केको कारण राजस्व असुली नराम्रोसँग प्रभावित भएको प्रवक्ता शर्माले जानकारी गराए । वीरगंज नाकाबाट आयात हँुदै आएको करिब ४० प्रतिशत सवारी साधन भैरहवा नाकाबाट भित्रिन थालेको छ । वीरगंज नाका बन्द रहेको बेला भैरहवा गएका आयातकर्ताहरू फर्कन नचाहेका प्रवक्ता शर्माले बताए । उनले अहिले पनि व्यवसायीहरूमा फेरि नाकाबन्द हुने त्रास रहेको बताए । नाकाबन्दीको क्रममा बढी असर नपरेको भैरहवा नाकालाई आयातकर्ताहरूले विकल्पमा राखेका उनले बताए ।
नाका परिवर्तन गरेका आयातकर्ताहरू पुन: नफर्किएपछि वीरगंज भन्सारको राजस्व असुली ८० प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको फागुन महिनामा ९ अर्ब ३४ करोड राजस्व सड्ढलनको लक्ष्य रहेकोमा शुक्रवारसम्ममा लक्ष्यको १५ प्रतिशत अर्थात् १ अर्ब ४७ करोड रुपैयाँ मात्र असुली हुन सकेको छ । नाका खुलेपछि अहिलेसम्म ३३८ वटा नयाँ जीप, कार, भ्यान, ट्रक, बसका चेसीस आदि आयात भएका र यसबाट ४२ करोड ९३ लाख ९२ हजार रुपैयाँ राजस्व असुल भएको बताइएको छ ।
सामान्य अवस्थामा देशभरिका नाकाहरूबाट उठ्ने कुल राजस्वमा वीरगंज भन्सार कार्यालयको करिब ३२ प्रतिशत योगदान रहँदै आएको थियो, तर अहिले भने कुल राजस्वमा मात्र २० प्रतिशतको योगदान रहेको प्रवक्ता शर्माले जनाए । मधेस आन्दोलनअघि वीरगंज नाकाबाट भित्रिने कुल सवारी साधनमध्ये ४० प्रतिशत देशका अन्य नाकाबाट भित्रिरहेको उनले बताए ।
मुलुककै लाइफलाइनको रूपमा रहेको वीरगंज नाका आन्दोलनमा बढी प्रभावित भएको कारण उद्योग क्षेत्र नै धराशयी भएको र अहिले पनि आयातकर्ताहरू यस नाकाप्रति सशड्ढित नै रहनु वीरगंज क्षेत्रकै लागि दुर्भाग्यपूर्ण रहेको वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले बताए । आयातकर्तालाई यो नाका सहज र कम खर्चिलो भएपनि बन्दको त्रासले अर्को नाकालाई विकल्पमा राखिनुले व्यापार घाटा बढ्नेसमेत केडियाको तर्क छ ।
अहिले पनि विभिन्न बहानामा भारतीय कडाइका कारण वीरगंज नाकाबाट इन्धनको आयात सामान्य अवस्थामा जस्तै हुन सकेको छैन । नाका खुलेपछि सबैखाले इन्धनको आयातबाट ३२ करोड ५५ लाख रुपैयाँ राजस्व सड्ढलन भएको छ । यो कुल राजस्वमध्ये करिब २० प्रतिशत मात्र हो । सामान्य अवस्थामा कुल राजस्वको ३० प्रतिशत इन्धनबाट राजस्व सड्ढलन हुँदै आएको थियो । औद्योगिक कच्चा पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको आयात पनि सामान्य अवस्थामा नफर्किएकोले लक्ष्यको एकदमै न्यून राजस्व सड्ढलन भएको हो । बन्द हडतालकै कारण यो भन्सारले करिब ४१ अर्ब रुपैयाँ राजस्व गुमाउन पुगेको छ । वीरगंज भन्सार कार्यालयले दैनिक ३३ करोड राजस्व सड्ढलन गर्दै आएको थियो ।