–कुमार रुपाखेती
उखान–टुक्का प्रमुख श्री ओली अचेल नेपालको प्रधानमन्त्री हुनुहुन्छ । पार्टीभित्र ज·बहादुर नामले प्रसिद्ध उहाँ अहिले जनतालाई फोस्रो नारा बाँड्न व्यस्त हुनुहुन्छ । अन्य प्रधानमन्त्रीभैंm आफ्नो कुर्सी जोगाउन उहाँ सन्त–महात्माको आशीर्वाद लिन र क्रान्तिकारी झझल्को दिन तल्लीन हुनुहुन्छ ।
पाइपलाइनबाट घरघरमा ग्याँस, विद्युतीय यातायात सेवा, लोडसेडिङ मुक्त नेपाल पछि अब राजधानीमा रेलसेवा सञ्चालनको तानाबाना बुन्न मस्त हुनुहुन्छ । यस्तो हावादारी महावाणी न जनताले पत्याउँछन् न गफास्टकहरूको यस्तो गफले कुर्सी नै दिगो बनाउँछ ।
सबैलाई थाहा छ नेपालका प्रधानमन्त्रीहरूको रवैया ‘जुन जोगी आए पनि कानै चिरेका’सरह हुने गरेको छ । ‘नयाँ जोगीले बढी खरानी धसे’भैंm प्रधानमन्त्रीको कुर्सी उक्लिने बित्तिकै नाना भाँति फलाक्नुलाई उनीहरू आफ्नो विशेषता ठान्दछन् । ओली यो मामिलामा अरूभन्दा अलि बेसी नै बुझिन्छन् । पार्टी सञ्चालन गर्नु र सरकार सञ्चालन गर्नु दुई फरक चीज हो भन्ने कुरा नबुझ्ने ओलीहरूको सङ्ख्या यो मुलुकमा कम छैन । ओली सरकारमा सामेल विभिन्न दलहरूका चरित्र र विगत त्यसै पनि दागमुक्त छैन, बरु शड्ढास्पद नै छ ।
नेपालका थुप्रै राष्ट्रिय दलहरूमा वेटिङ प्राइम मिनिस्टरहरूको भरमार छ । लामो वेटिङपछि भोटिङबाट ओलीले कुर्सी पाएको जगजाहेर छ । ओलीको पालो सकियो भन्दै र्याल काढ्नेहरू एमालेमैं सक्रिय छन् । अरू त अरू सुनिन्छ अचेल त कमल थापासमेत आफूलाई वेटिङ प्राइम मिनिस्टरको दौडमा रहेको बताउँछन् । यस्ता वेटिङ प्राइम मिनिस्टरको प्रयास मुलुकको भाग्य बनाउनेभन्दा आफ्नो भाग्य चम्काउनेतर्फ केन्द्रित रहने अनि मुलुक र जनतालाई ‘भगवान भरोसे’ छोड्ने रहने गरेको छ ।
यो सत्य हो कि नेपालको सबैभन्दा विश्वसनीय छिमेकी भारतले गर्दा अहिले ओलीलाई अप्ठेरो परेको, नेपाली जनताले दु:ख पाएको र मुलुकलाई नै पर्नु पीर परेको छ । मुलुकभरि नै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको हाहाकार छ, कालोबजारी संस्थागत भएको छ, अशान्ति र असुरक्षा बढेको छ तर श्री ओली महाराज उखान–टुक्का अनि कोरा कल्पना बाँड्न व्यस्त छन् । तर प्रधानमन्त्री निवास बालुवाटार अगाडि नै हाकाहाकी कालोबजारिया ग्याँस, पेट्रोल, खाद्यान्नलगायत सामान धडल्लेले खुलेआम बिक्री वितरण भइरहेको छ ।
मधेस आन्दोलन र भारतलाई सरापेको सुन्दासुन्दा हाम्रो कान पाकिसक्यो । आम नागरिकको धैर्यको बाँध फुट्ने अवस्थामा पुगिसक्यो । तर सरकारमा रहेकाहरूले रेडियो, टिभीबाट लाजै लाग्ने गरी समस्या समाधान हुन लागिसक्यो, सबै मिलिसक्यो भन्दै ४ महिनादेखि झूटमाथि झूट बोलिरहेका छन् । निर्लज्जताको पनि एउटा सीमा हुन्छ, तर के गर्नु, निर्लज्जै निर्लज्जहरूको समूह सरकारमा छ । ‘कानो गोरुलाई औंसी न पूर्णे’ भनेभैंm यिनको रवैया छ । करिब ५ महिना लामो नाकाबन्दीले हजारौं बेरोजगार भए, कैयौं विदेशिए, कैयौं भोकभोकै छन्, कत्तिले औषधिमूलो नपाएर त कसैले चिसोले ज्यान गुमाए । सरकारले क्यै त गर्ला भन्ने आश अझै जनताले गरेको छ, तर क्यै गर्न त परै जाओस्, यस्तो विषम परिस्थितिमा सरकारलाई साथ दिएकोमा निमुखा जनतालाई धन्यवाद दिन समेत सरकारमा रहेकाहरूले कन्जुस्याइँ गरेका छन् । विगतको माओवादी जनयुद्धमा मर्ने माओवादी कार्यकर्ताहरूलाई नेपाली मर्यो नभनी माओवादी मर्यो भनिएभैंm अहिले मधेसमा पनि नेपाली होइन मधेसी मर्यो भन्ने अवस्था सिर्जना भएको छ । यसरी विभेद गर्न कसले सिकायो ? यस्तो विभेदकारी राजनीति गर्नेहरूबाट नेपाल र नेपालीले कतिसम्म आशा गर्ने ? थुतुनो र मुतुनो ठेकानमा नहुनेले दु:ख पाउँछ रे । तसर्थ ओली महाराजले थुतुनो कम चलाउने र काम बढी गरेर देखाउनुपर्नेछ ।
काठमाडौंको दानापानी रोक्ने नाममा सीमाक्षेत्रमा गरिएको नाकाबन्दीले काठमाडौंको सट्टा उल्टै मधेसकै दानापानी, हुक्कापानी रोकियो । यसबारे मधेसवादी नेताहरू चुइँक्क गरेका छैनन्, त्यस्तै ओलीले भारतबाहेक चीन र दुनियाँभरबाट सामान मगाएर जनतालाई राहत दिन्छु भनी गरेको वाचा टाँय–टाँय फिस्स भएको छ । राहतमा आएको सामान बरु सडेगलेर गएको छ तर भूकम्पपीडितहरूले पाएका छैनन् । तर पनि श्री उखान–टुक्का महाराज लबरलबर बोलि नै रहेका छन् ।
अहिले विभिन्न दल सम्मिलित छयासमिसे सरकारको नेतृत्व एमालेले गरेको छ । मन्त्रालयहरूमा छयासमिसे सरकारका मन्त्रीहरूले नेपाल सरकारको नियम कानुनको सट्टा आफ्नै दलको नियम अनुसार कछुवा चालले काम गरिरहेका छन् । तर मुलुकको दुर्दशा सुधार्न द्रुत गतिको काम कारबाई आवश्यक छ । फास्टट्रयाकबाट संविधान जारी गरेभैंm फास्टट्रयाकबाट जनताको समस्या समाधान गर्न सरकार पूर्णत: असफल छ । आम जनताका जल्दाबल्दा समस्या ज्यूँका त्यूँ भए पनि उखान–टुक्का महाराज श्री ओली जोकरशैलीमा आफ्नै गुणगानमा व्यस्त छन् । यसरी सरकारको नेतृत्व गर्ने अगुवा नै बेशरम भएपछि सरकारमा सामेल छोटेमियाँहरूले कर्मचारीतन्त्र भैंm ‘राजाको काम कहिले जाला घाम’ गर्नु स्वाभाविकै हो ।
एउटा उखान नै छ ‘जैसन गुरु वैसन चेला दुनु नरक में ठेलमठेला’ । अर्थात् यस अघि एमालेकै झलनाथ र माधव नेपाल प्रधानमन्त्री हुँदा के नै ख्याँसे र ? अनि आफ्ना अग्रजहरूभैंm ओलीले पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आफ्नो एउटा फोटो थप्नुको अलावा अरू के नै गर्न सक्छन् । यस्ता फोटो थपुवा वेटिङ प्राइममिनिस्टरहरूबाट मुलुकले निजात र निकास नपाएसम्म सिंहदरबारमा प्रधानमन्त्रीहरूको फोटोको सङ्ख्या मात्र थपिएभैंm जनता र मुलुकको समस्या थपिंदै मात्र जाने हो । समस्या सिर्जना गर्न जान्ने, समाधान गर्न नसक्ने यस्ता हस्तीहरूलाई पाखा लगाउन सकिएन भने नेपाल अझै सय वर्ष पछाडि धकेलिने पक्कापक्की छ ।
देख्नु भएन, ओलीको दर्शन भेट गर्न राजेन्द्र महतो दिल्लीबाट सीधै बालुवाटार छिरे, मधेस पस्न बिर्सिए । उखान–टुक्का सुनेर ओलीमय भए ।