प्रस, वीरगंज, १४ फागुन/
१५ महिने अबोध बालिकाको हत्या आरोपमा पर्सा प्रहरीले बालिकाको दुईजना पितालाई पक्राउ गरेको छ ।
बारा जिल्ला घर भई आकेस्ट्रामा काम गर्ने अनीतादेवी सोनारिनको १५ महिने बालिकाको हत्या आरोपमा
जिल्ला प्रहरी कार्यालय पर्साले
शुक्रवार अनीताका पूर्व पति देवेन्द्र यादव र वर्तमान पति सुनील यादवलाई पक्राउ गरेको हो ।
अनीताले बिहीवार साँझ साढे ५ बजे १५ महिने छोरी रूपालाई स्तनपान गराएर घरमा राखेकी थिइन् । रजतजयन्ती चोकको पूर्वतर्फ बाइपास सडकमा झुपडी पसल पनि सञ्चालन गर्ने अनीता पसलको काम सक्याएर राति साढे ९ बजे छोरी सुतेको कोठामा जाँदा छोरी त्यहाँ नपाएपछि हल्लीखल्ली गर्दै प्रहरीलाई खबर गरेकी थिइन् ।
बिहीवार रातिदेखि प्रहरीले बालिका रूपाको खोजी गर्दै आएकोमा शुक्रवार दिउँसो साढे तीन बजे मृत फेला पारिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रनि ऐनबहादुर मल्लले अनीताको पसलदेखि केही पर रूपा मृत फेला परेको बताए ।
उनले अनीताले पूर्व पति देवेन्द्रसँग वैवाहिक नाता तोडेर सुनीलसँग वैवाहिक जीवन बिताउन थालेपछि देवेन्द्रसँग मनमुटाव रहेको पता लागेको बताए ।
अनीताको हालका पति सुनील र पूर्व पति देवेन्द्रमध्ये एकले बालिकाको हत्या गरेको हुन सक्ने आशड्ढाको आधारमा पक्राउ गरेको प्रनि मल्लले बताए । एकले अर्कालाई फसाउनका लागि बालिकाको हत्या गरेको हुन सक्ने आधारहरू फेला परेका प्रहरीको दाबी छ ।