–कुमार रुपाखेती
अचेल थुप्रै धार्मिक कार्यक्रम, वैवाहिक कार्यक्रम र राजनीतिक जुलुसको अघिअघि ठूल्ठूला अरबी नश्लका अश्वहरू (घोडा) दौडाइएका देखिन्छन् । त्रेतायुगमा रामले अश्वमेघ यज्ञ गर्दा यस्तै घोडा दौडाएका थिए, जसलाई लवकुशले बन्धक बनाएका थिए । अचेल गाडी, मोटरसाइकलको युगमा यसरी किन घोडा दौडाइएका हुन् भनी कौतुहलता जाग्दा मैले एउटा धार्मिक कलशयात्रामा घोडावालालाई सोधें । घोडावालाका मालिकले भने– “यसरी कुनै पनि कार्यक्रममा दुई घण्टा घोडा दौडाएको हामी कम्तीमा दुई हजार लिन्छौं । विवाहमा जन्तीको अघिअघि हिंडेको र राति बास बस्दा २५ सय रुपैयाँ लिन्छौं । बास बस्दा घोडसवारको खाना र घोडाको दाना पनि आयोजकले नै दिनुपर्छ । पर्सा जिल्लामा करिब १२ जनाले ठूल्ठूला यस्ता घोडा पालेका छन् । हामीमध्ये कसैलाई पनि सम्पर्क गर्दा जति घोडा चाहिन्छ, हामी अन्य घोडाचालकलाई खबर गरी घोडा लिएर घोडचढी गर्दै सम्बन्धित कार्यक्रमको शोभा बढाउन पुग्छौं ।”
वडा नागरिक मञ्च
स्थानीय निर्वाचन नभएको र वडा समितिहरूले उचित ढ·ले वडाको काम गर्न नसकेकाले नेपाल सरकारले वडाहरूमा वडा नागरिक मञ्च गठन गरेको छ । यस्तै एउटा वडा नागरिक मञ्च वडा नं. ६ कुम्हालटोलमा पनि सक्रिय छ । यो वडा नागरिक मञ्चले गत जेठ महिनामा गठनपश्चात् गत भदौमा वडा समितिबाट सामाजिक सुरक्षा भत्ता उपभोग गरिरहेका १५१ जनालाई प्रमाणपत्र, छाता र टर्चलाइन दिएर सम्मानित गर्यो । त्यस्तै एउटा विद्यालयलाई पानीटड्ढी, खेलकुदका सामान वितरण गर्यो । लक्ष्मीपूजाका दिन पसलमा आगलागी भई सम्पूर्ण नगद तथा जिन्सी सामान नष्ट भएको नागरिक सचेतना केन्द्रकी एकजना सदस्यलाई सामाजिक परिचालिका अञ्जु साहको पहलमा जनसहभागिताबाट चन्दा सड्ढलन गरी रु. १३ हजार आर्थिक सहयोग गर्यो । त्यस्तै वडा नागरिक मञ्चको नेतृत्व गर्दै वडामा चहार्नेहरूका अनुसार कतै धारा छैन, कतै फोहर छ, कतै सडक नै छैन । वडामा समस्या नै समस्या छन्, जसको समाधान वडा नागरिक मञ्च र सामाजिक परिचालिकाको क्षमता बाहिरका कुरा हुन् ।
वडा नागरिक मञ्च गठनपश्चात् न नगरपालिका, न अन्य कुनै निकायले काम कसरी अगाडि बढिरहेको छ भनेर हेर्न नै आएका छन् । समस्याको समाधान त टाढाको कुरा भई नै गयो । अरू त अरू कार्यक्रममा निमन्त्रण गर्दासमेत नगरपालिकाले जिम्मेवार प्रतिनिधि पठाउँदैन । सबैलाई थाहै छ कि वीउमनपाका कार्यकारी अधिकृत सधैं काठमाडौं नै जान्छन् । यस्तो अवस्थामा वडा नागरिक मञ्चले चाहेर पनि वडाका समस्या समाधान गर्न सकेको छैन । तर पनि सरकारले सन् २००९ यता मुलुकभर झन्डै ३२ हजार वडा नागरिक मञ्च गठन गरेको, ४७ हजार सामाजिक परिचालिका परिचालन गरेको तथ्याड्ढ नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय सिंहदरबारले देखाउँछ । यसरी कागजी घोडा दौडाएर खान पल्केकाहरूले विगतभैंm ‘राजाको काम कहिले जाला घाम’ जस्तो रवैया नत्यागेसम्म विकासको नाममा विनाश नै हुने देखिन्छ ।
शिक्षा र स्वास्थ्य
आजको युगमा शिक्षा र स्वास्थ्यको के कति महत्त्व छ व्याख्या गरिरहनुपर्दैन । विकसित मुलुकमा त एउटा बच्चा जन्मिने बित्तिकै उसको स्वास्थ्य र शिक्षाको जिम्मेवारी सरकारको हुन्छ । तर हाम्रो मुलुकमा शिक्षा र स्वास्थ्यको दुरावस्था दिनको घामभैंm छर्ल· छ । हुनेखानेहरू त रुघाखोकी लाग्दासमेत उपचार गर्न विदेश जाने र आफ्ना सन्तानलाई शिक्षाका लागि विदेश पठाउँछन् तर गरिब निमुखाहरू न सिटोमोलको गोटी पाउँछन्, न सन्तानलाई उचित शिक्षादीक्षा दिने विद्यालय । सरकारी विद्यालय र सरकारी अस्पतालको भुखमरिया ताल हामी सबैलाई थाहै छ । निजी अस्पताल र बोर्डिङ स्कूलको चर्को शुल्क आम जनताको बुताको कुरा होइन ।
भनिन्छ, नेपालका ६० प्रतिशतभन्दा बढी निजी अस्पताल र ४० प्रतिशतभन्दा बढी बोर्डिङ स्कूलमा नेताजीहरूको लगानी छ । यस्तो अवस्थामा मुलुकमा साक्षरता अभियान कसरी सफल भइरहेको छ, त्यो त मलाई थाहा भएन तर एक सर्वेक्षणका अनुसार मुलुकमा निरक्षरहरूको सङ्ख्या बढ्दो छ र साक्षरता अभियानको नेतृत्व गर्ने नेता र राजनीतिक दल यसका प्रमुख खलनायक बनेका छन् । जुन मुलुकको भविष्यका कर्णधार बालबालिकाहरूले उचित शिक्षा पाउँदैनन्, उचित खानापिनाबाट वञ्चित हुन्छन्, त्यो मुलुकले कसरी भविष्यका कर्णधार उत्पादन गर्छ । यस्तै रवैया रहिरहेमा मुलुकमा निरक्षर र रोगीहरूको सङ्ख्या बढ्ने, अकाल मृत्यु बढ्ने देखिन्छ । आमाको कोखबाट न कोही शिक्षित जन्मिन्छन्, न निरोगी । यो त मुलुकको वातावरणले दिने वस्तु हो ।
अब इधर–उधरका
वीरगंज शहर अहिले फोहरको शहरमा परिणत भएको छ । विदेशी सहयोगमा बन्दै गरेका ठूल्ठूला नालाहरू जाम र जीर्ण भएका छन् । नगरवासीमा अझै फोहरसम्बन्धी चेतनाको कमी छ । नगरपालिकाको कामकार्यवाही नैराश्यपूर्ण छ ।
नेपाली सिनेमाको हबिगत निकै खराब छ । यहाँ न नेपाली सिनेमा चल्छ, न यहाँकाले नेपाली कलाकारलाई नै चिन्दछन् । नेपाली चलचित्रलाई नेपालमा प्रभावकारी बनाउन सरकारी र गैरसरकारी गरी करिब आधा दर्जन संस्था सक्रिय छन् तर उनीहरू कता सक्रिय छन्, कसैलाई थाहा छैन ।
मधेस आन्दोलन अचेल भारतको विहार राज्यका दैनिक पत्रपत्रिकाहरूमा सीमित छ । यदि तपाईं विहारका हिन्दूस्तान दैनिक, प्रभातखबर र दैनिक जागरण हेर्नुहुन्छ भने मधेस आन्दोलनसम्बन्धी हुँदै नभएका, तोडमरोड गरिएका थुप्रै फट्याइ खबर त्यसमा पाउनुहुनेछ । यसरी विहारी पत्रपत्रिकाहरूले आफ्नो स्तर नेपालमा किन खसाउँदैछन्, यो खोजको विषय हो । वीरगंजमा यी पत्रिकाहरूका नियमित पाठक थुप्रै छन् ।
कुम्हालेहरूले माटोको भाँडा बनाउने पुरानो स्थान भएको वडा नं. ६ लाई कुम्हालटोल भनिएको हो । यहाँका केही कुम्हाल परिवार यसै पेशामा छन् भने अन्यहरू अचेल नोकरीमा छन् । तर यो पेशा गर्नेहरू पनि अचेल चलाख भएका रहेछन् । अचेल माटाका भाँडा यहाँ बन्दैनन्, बेचिन्छन् मात्र । घोडासहन, छौडादानो, बैरगनियाबाट टायरगाडामा माटाका बनिबनाउ सामान मगाएर कुम्हालटोलबाट बेच्ने परम्परा अब शुरू भएको छ । अब यहाँका कुम्हालेको घरमा माटाका भाँडा बनाउने चक्का, पहेंलो माटोको थुप्रो, माटोको भाँडा पकाउन गोबर, गुइँठाको थुप्रो, परालको थुप्रो पाइँदैन । अब त उनीहरूका घरमा रातको समयमा टायरगाडामा सीमापारीबाट मगाइएका बनिबनाउ माटाका सामग्रीहरू लोड–अनलोड भइरहेको जोसुकैले अवलोकन गर्न सक्छन् ।
वीरगंज र साहित्य
वीरगंज र साहित्यबीच नङ र मासुको सम्बन्ध छ । धु्रवचन्द्र गौतम, स्व. भीम विराग, विमल निभा यही वीरगंजका सम्पत्ति हुन् । उनीहरू स्थानीय साहित्यकार, गीतकार भएपनि उनीहरूलाई बेलाबखत वीरगंजले सम्झिए पनि उनीहरूले वीरगंजप्रति आफ्नो दायित्व वहन गरेनन् । उनीहरूले स्थानीय प्राज्ञको हिसाबले आफूलाई वीरगंजेली ठानेको भए कमसेकम वीरगंजमा साहित्यको, साहित्यकारहरूको बेवारिसे अवस्था हुने थिएन ।
कहिलेकाहीं त लाग्छ, प्रभात काव्ययात्राका सहभागीहरू किन ‘खाई नपाई छालाको टोपी लगाई’को तालमा साहित्य–साहित्य भनी बौवाइरहन्छन् ? किन उनीहरू सानो समूह लिएर उपेक्षित तालमा कार्यक्रम गरिरहन्छन् ?
यहाँबाट नाम कमाएका धु्रवचन्द्र गौतमहरूको कानमा किन उनीहरूको आवाज गुञ्जिदैन । के वीरगंज साहित्यकारहरूको उर्वराभूमि बन्न सक्दैन ? सक्दैन भने किन यो बलौटे माटोमा प्रभात काव्ययात्राले पानी हालेको हाल्यै छ ।
प्रभात काव्ययात्राको अथक प्रयासले केही स्थानीय कवि कवियत्री देखिएका छन् । यसलाई उपलब्धि मान्नुपर्छ । स्थानीय साहित्यको उत्थानमा सम्बन्धित निकाय र नगरपालिकाले विशेष चासो दिनुपर्छ ।