नीलोज्ज्वल आकाश असीम छ । प्रकृतिको शोभा मनोरम छ । यस्तो कुनै स्थान छैन, जहाँ हामी विस्तृत आकाशलाई हेर्न सक्दैनौं । जता हेर्यो, त्यहाँ यसैको शोभाको अनौठो छटा फैलिएको छ । प्रकृतिको यस्तो अनुपम दृश्यलाई हेरेर हामी मुग्ध हुन्छौं । हाम्रो रौं–रौं आनन्दले निमग्न हुन्छ । यस्तो सौन्दर्यशालिनी आनन्दप्रदात्री प्रकृतिको बीच रहेर हामी आनन्दको चर्चा नगरे कसको गर्ने, तर यसको साथै थोरै कठिनता पनि छ । हाम्रो बाहिर प्रकृतिको स्थूल सौन्दर्य छ । हामीलाई थरीथरीका सुन्दर शरीर, अनेक प्रकारका विचित्र वस्तुले आकर्षित गर्छन् तर हामीसँग सूक्ष्म आनन्द पनि छ, जुन स्थूल सौन्दर्यभन्दा बढी आकर्षक छ । स्थूल वस्तुलाई हामी हेर्छौं, सम्झिदैनौं, यसै कारण त्यसतर्फ हाम्रो मन शीघ्र दौडिन्छ । सूक्ष्म वस्तु मनको भित्र समाहित रहन्छ । त्यसमा निवास गर्नको लागि बुद्धिको आवश्यकता हुन्छ, स्थूल पदार्थबाट मनलाई हटाउन आवश्यक हुन्छ । सूक्ष्ममा निवास गर्नको लागि केवल एकमात्र उपाय यो हो कि तपाईं आपैंmलाई बिलकुलै बिर्सिदिनु र सदा एकै प्रतीत हुने आन्तरिक आनन्दमा डुब्ने । यस्तो होइन कि हामीमध्ये कोही पनि यसमाथि विश्वास गर्दैनन् तर केही व्यक्तिमा यसलाई प्राप्त गर्ने लगन बढी हुन्छ । जसमा लगनको कमी हुन्छ, उनीहरूको लागि पनि एक यस्तो समय आउनेछ, जब ऊ आफूभित्र त्यस आवाजलाई सुन्नेछ र त्यसको अनुसरण गर्नेछ । यस आवाजलाई सुनेर यस्तो हुँदैन कि तपाईं माया मोहलाई त्यागी नै दिनुस् । यही नै भएको छ र यही नै हुनेछ । यो आज्ञा समयमा हामी सबैलाई प्राप्त हुनेछ र हामी तदनुसार हिंड्नुपर्छ । विकासक्रममा यो कुरा भएर रहन्छ तर भिन्दाभिन्दै सर्तमा । के तपाईं विचार गर्न सक्नुहुन्छ कि यसको आगमनको समयमा तपाईंको दशा के हुनेछ ? तपाईंको भाव कस्तो रहन्छ ? कसरी तपाईंले यसको स्वागत गर्नुहुन्छ ? यी सबै कुराको अभिप्राय के हुन सक्छ ? आफ्नो शरीरको आरामलाई छोड्नु या संसारलाई र नाता–सम्बन्धलाई छोड्नु त्यति कठिन छैन, जति कि आफ्नो अहमता (मपाइँ)लाई मेटाउनु र ‘म र तिमी’को भेदभावलाई बिर्सिनु । यो विचार अत्यन्त गम्भीर छ, कठिन छ, तर भित्रबाट भेदभावलाई नमेटाइकन शान्ति कहिल्यै पाइँदैन, हृदयमा पवित्रता कहिल्यै आउँदैन । आफ्नो अहमतालाई बिर्सेर आत्माको एकीकरण गर्नु नै अत्यन्त पवित्र कार्य हो । आत्मसाक्षात्कार हुनुको यो अभिप्राय हो कि भित्रको राग–द्वेष, पूर्वानुराग, कुनै मुख्य वस्तुमा रुचि तथा कुनै प्रकारको वैषयिक भावलाई तिरोभाव गर्नुपर्छ । कुरा त यो धेरै कठिन छ, तर यसलाई गर्नुपर्छ । तिमी के हौ, यसलाई बिलकुलै बिर्सिएर त्यसै प्रकारको हुनुपर्छ ।
हाम्रो सामुन्ने अत्यन्त ठूलो विस्तृत क्षेत्र छ । यस ठूलो क्षेत्रलाई हामी एउटा सानो चीजमा लुकाउने प्रयास गर्छौं । ठीक यस प्रकार कि केही थोरै–ससाना कुराहरूलाई त्याग गरेर हामी यही सोच्छौं कि हामीले सफलता पायौं । केही कुरालाई छोडिदिनाले केही हुँदैनस चीजलाई त्याग्नु हामीलाई आवश्यक छैन । यो त सानो पहाडको सामुन्ने उभिनु समान हो । यदि हामी पहाडको उच्च शिखरको दर्शन गर्न चाहन्छौं भने हामी त्यस सानो पहाडको सामुन्ने उभिने होइन कि त्यहाँबाट अगाडि तेज गतिले हिंड्नुपर्छ । आफ्नो साधारण रुचि, साधारण भक्तिभाव वा पूजापाठमा नै तल्लीन भएर काम चल्दैन । चन्द्रोदयको पूर्व असङ्ख्य नक्षत्र आकाशमण्डलमा चम्किन्छन् । चन्द्रमा निस्किएपछि सबै नक्षत्र फिका हुन्छन् र त्यसको स्वागतको लागि बाटो छाडिदिन्छन् । चन्द्रमा नै आकाशको शासनकर्ता हो । हामीहरूको पनि ठीक त्यस्तै दशा छ, तर यसको मतलब यो होइन कि तपाईं आफ्नो व्यक्तिलाई छोडिदिनु । बरु तपाईंले यो सम्झिनुपर्छ कि कुनै कार्यलाई अहमताको वशमा रहेर नगरौं, बरु जीवनमा प्रत्येक कार्य गर्ने समयमा तपाईंले यो भाव राख्नुपर्छ कि हाम्रो सबै काम उसैको लागि हो ।
हामी सबै प्रकृतिलाई हेर्छौं, तर हाम्रो हेराइ र एक चित्रकारको हेराइमा धेरै अन्तर छ । चित्रकार प्रकृतिको उपासक हो । आकाश, पृथ्वी, वृक्ष, पुष्पलाई हेरेर प्रसन्न हुन्छ । त्यसमा उसले आफ्नो तन्मयता प्राप्त गर्छ । त्यसमा लीन भएर यही हेर्छ कि यसलाई कुन प्रकारले चित्रित गरूँ ? उसले ती दृश्यको नक्कल गर्दैन, बरु त्यसको साथ एक भएर त्यसको प्रदर्शन गर्छ । यही कुरा हामी सबैले गर्नुपर्छ । त्यससँग एकाकार हुने कुरामा जे कुराले रोकावट गर्छ, ती सबैलाई छोड्नुपर्छ । सबै बन्धनलाई काटेर फाल्नुपर्छ । त्यसलाई नष्ट गरेर नै हामी उच्च शिखरसम्म पुग्न सक्छौं । त्यहाँ पुगेर तपाईं त्यससँग एकाकार हुन सक्नुहुन्छ । त्यहाँबाट तपाईं आफूलाई र संसारलाई सही प्रकारले हेर्न सक्नुहुन्छ । यस स्थितिमा तपाईंले आफ्ना ती कुरामाथि लेशमात्र ध्यान दिनुहुँदैन, जुन यस पूर्व तपाईंको प्रसन्नताको आधार थियो । यो दशा आफ्नै ढ·को एक अनोठौ स्थिति हो । त्यस शिखरमा पुगेर हृदय, मन र शरीर त्यसको अधीन हुन्छ । उसैको आज्ञानुसार सबै काम सम्पादन हुन्छ ।
यस शिखरमा पुग्नको लागि साधारणरूपमा सबैलाई आदेश पाएको हुन्छ । सबैजनाले भित्रको यो आवाज सुन्छन् । यसलाई सुनेर पनि कमैले यसको पालन गर्छन् । यो आज्ञा सुनेर यसको पालना गर्दागर्दै पनि कतिले त्यसमा आफूलाई विलीन गर्छन् । पहाडबाट निस्किएर नदी हजारौं मिलको यात्रा गरेर समुद्रमा विलीन हुन्छ, जहाँ त्यसको पृथक अस्तित्व सदाको लागि मेटिन्छ । हामी पनि नदीजस्तै आफ्नो हस्तीलाई मेटाउनुपर्छ । हामीमा अहमताको मात्रा बढी हुन्छ । हरेक वस्तुमा आफ्नोपन हेर्छौं । पूजा गर्दा भन्छौं– हामीले पूजा गर्दैछौं । आफ्नो पूजा, आफ्नो प्रसन्नता, आफ्नो मनोभाव यस प्रकार प्रत्येक कार्यलाई गर्दा पनि त्यसलाई हामी आफ्नोपनको भावनाले भरिदिन्छौं । त्यस आज्ञाको पालना गर्ने अभिप्राय यही हो कि आफ्नो हृदय र मन कुनै विचारले अवरोधित नहोस् । आफ्नो पूर्व अनुभव र कल्पनानुसार तपाईं त्यसको अनुसरण नगर्नु, बरु जुन कुरा तपाईंलाई तत्क्षण प्रतीत भयो, त्यसमाथि विचार गर्नुपर्छ । यस्तो गर्नाले तपाईं अनन्तमा निवास गर्नुहुनेछ । यही एक तरिका हो, जसको तपाईं अनुसरण गर्न सक्नुहुन्छ । त्यस अनन्तमा निवास गरेपछि तपाईं त्यही गर्नुहुनेछ, जसको चाह तपाईं धेरै समयदेखि गरिरहनुभएको थियो । त्यस उच्च शिखरमा निवास गर्नाले तपाईं विज्ञानवेत्ता हुनुहुनेछ, तपाईंमा स्वतन्त्र बुद्धि उत्पन्न हुनेछ, जसको सहायताले तपाईं आनन्दको राज्यमा प्रवेश गर्नुहुनेछ । यस दशालाई प्राप्त गरेपछि तपाईंको भित्रबाट ‘म र तिमी’को भेदभाव मेटिन्छ वा तपाईं यो पनि सम्झिनुहुन्छ कि म र तिमीलाई नमेटाइकन, ब्रह्माण्डको साथ नभइकन आनन्दको राज्यमा प्रवेश गर्न सकिंदैन । तपाईंको स्वभाव अनुसार जबसम्म तपाईं आफूलाई अलग सम्झिरहनुहुनेछ, आफ्नो स्वभावानुसार नै अरूलाई सत्यको अनुशीलन गराउने चेष्टा गरिरहनुहुनेछ, तबसम्म तपाईं सत्यदेखि अत्यन्त टाढा पुग्नुहुनेछ । जबसम्म हामी अलग छौं, हाम्रो प्रश्न यसरी नै रहिरहन्छ । आफूलाई बिर्सिदिनु नै सबै प्रश्नको हल गर्ने शक्ति हो ।
यस्तो वस्तुको अनुसरण गर, जुन अनन्त छ, जसमा कुनै परिवर्तन छैन । त्यसको प्राप्तिमा नै जीवनको पूर्णता छ । त्यसलाई प्राप्त गरेपछि जीवनको उद्देश्य समाप्त हुन्छ । जबसम्म हाम्रो ध्यान स्थूल शरीरतर्फ रहन्छ, तबसम्म त्यसको प्राप्ति असम्भव छ । हामीले त यो गर्नुपर्छ कि आफ्नो स्थूल शरीरलाई यस्ता अवसर दिइरहन सकौं, जसबाट यसप्रतिको ध्यान कम हुँदै जाओस् । यस्तो गर्नाले जीवनको उद्देश्य अवश्य पूर्ण हुनेछ ।
यसको रहस्यलाई सम्झेर हामीहरू आनन्दमा निवास गर्ने अभ्यासी बन्नुपर्छ । तपाईंलाई अहिले यसबारे थाहा छैन कि यसको क्षेत्र कति विस्तृत छ । आनन्दको पवित्र भाव लौकिक र पारलौकिक सबै भावभन्दा श्रेष्ठ छ । यही एक यस्तो वस्तु हो, जसको आकाङ्क्षी सबै हुन्छन् । यही एक यस्तो साम्राज्य हो, जहाँको हामी सम्राट बन्नुपर्छ । एकपटक पनि यदि तपाईंले यसको झलक पाउनुहुन्छ, तब तपाईं पछाडि हट्नुहुन्न । त्यसपछि तपाईं त्यस्तो चीजको इच्छा गर्नुहुँदैन, जुन प्रतिक्षण बदलिरहन्छ । यही एक यस्तो सत्य हो, जसको लागि प्रत्येक व्यक्ति लालायित हुनुपर्छ । यही वस्तु प्राप्त गर्न लायक छ, यही वस्तु दिन योग्य छ ।
यसलाई प्राप्त गर्नको लागि हामीले सौम्यतामाथि पनि बढी ध्यान दिनु आवश्यक छ । हाम्रो जीवन सबै प्रकारले सरल, सादा र राम्रो हुनुपर्छ । हाम्रो रहनसहनमा, व्यवहारमा कुनै प्रकारको भद्दापन, भडकिलोपन वा दम्भ हुनुहुँदैन । यानी हामी सबै प्रकारले शिष्ट र सच्चा हुनुपर्छ । शिष्ट र सच्चा बन्नको लागि जुन जुन कुरा आवश्यक छ, त्यही गर्नुपर्छ । जुन मनुष्य शिष्ट, सच्चा छ, चाहे कुनै प्रकारको कष्टमा होस्, तर जसमा त्यहाँसम्म पुग्ने सच्चा इच्छा छ, चाहे ऊ भटकिनै रहेको होस्, ऊ त्यस अनन्तमा चाँडै मिल्छ तर जसले कुनै बनावटी साधनमा सन्तोष प्राप्त गरेको छ, त्यसको लागि त्यो बाटो टाढा छ ।
यस खोजमा जुन दशा तपाईंलाई प्राप्त हुनेवाला छ, त्यो प्राप्त भएपछि तपाईंभित्रको एक्लोपन र विषादको दशा पनि हराउँछ । सबै प्रकारका कमजोरी वा त्यहाँसम्म पुग्ने जुन वस्तुले विघ्न पुर्याउँछ, ती सबै बाटोबाट हट्नेछ । जब तपाईं त्यस आनन्दलाई प्राप्त गर्नुहुनेछ, जब तपाईं त्यसैको साथ हुनुहुनेछ, तब तपाईं आफ्नो एक्लोपनलाई बिर्सिनुहुनेछ । ग्लानि के वस्तु हो, त्यसको थाहा पनि हुँदैन । सफलता अथवा बडप्पनको तपाईंको मनमा कुनै विचार पनि रहँदैन ।
आजभोलि हाम्रो ध्यान एक्लोपन, पारस्परिक मित्रता र प्रेमतर्फ अधिक रहन्छ । यस विचारबाट हामी भयभीत हुन्छौं कि हाम्रा प्राचीन संस्कारहरूको अन्त्य हुनेछ । यी वस्तु राम्रो हो, केही समयको लागि हामीलाई यसले प्रसन्नता दिन्छ, यसको मूल्य पनि छ, तर अनन्त आनन्दलाई प्राप्त गरेपछि हामीलाई
यसको अभाव प्रतीत हुँदैन । पहिले हामी आफ्नो इन्द्रियको सुखलाई सुख
मान्थ्यौं । आनन्दमा निवास आरम्भ भएपछि संसारको प्रत्येक वस्तुको साथ पार्थक्यको भाव मेटिन्छ । त्यसपछि आकाश, घाँस, वृक्ष, पशुपक्षी पनि आफ्नो हुन पुग्छ ।